समाचार
शताब्दीको मैजारो -भीमनिधि तिवारी
- Details
- Category: समाचार / शब्दचित्र
- Written by नरेन्द्रराज प्रसाई
- Hits: 50
-नरेन्द्रराज प्रसाई
भीमनिधि तिवारी नसुन्ने नेपाली छैनन् । संसारभरि जहाँजहाँ नेपाली भाषासाहित्य पढिन्छ त्यतात्यता तिवारी पुगे । उनको योगदानको सुभासमात्र देशदेशान्तरमा पुगेन; उनको व्यवहारिक ज्ञान, सिद्धान्त र सीपले नै नेपाली भाषीहरूलाई रङ्गाई दियो । उदाहरणका लागि भन्ने हो भने धेरैपल्ट दार्जीलिङगेहरूले यिनको गीत गाए । त्यही सन्दर्भमा नेपाली साहित्यका महारथी भारत दार्जीलिङका पारसमणि प्रधानले घरिघरि यिनको महिमाको चर्चा गरिरहे, ‘तिवारी साहित्य हामीले दार्जीलिङतिर प्रचार गर्न नपाएको भए आज दार्जीलिङको साहित्यसम्बन्धी जतिको मान र मर्यादा छ त्यो हुने थिएन ।’
देशविदेशका ११ जनालाई नइ पुरस्कार
- Details
- Category: समाचार / शब्दचित्र
- Written by नई
- Hits: 62
काठमाडौं, २०६८ चैत १० गते
पूर्व प्रधानमन्त्रीद्वय कीर्तिनिधि विष्ट तथा माधवकुमार नेपालले विविध क्षेत्रमा समर्पित भई आआफ्ना ठाउँबाट प्रतिष्ठा आर्जन गर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका एघार जना प्रतिभालाई २०६८ सालको नइ पुरस्कार प्रदान गर्नु भयो । यी पुरस्कार जनही बीस हजार रूपियाँ राशिका छन् ।
नइ चन्द्रधन पुरस्कार धर्मसंस्कृतिको सम्बर्धन, संरक्षण र जागरणमा समर्पित जगद्गुरू बालसन्त मोहनशरण देवाचार्यलाई प्रदान गरिएको छ ।
त्यसै गरी नेपालको राष्ट्रिय अखण्डता र स्वतन्त्रता विषयक चिन्तन, विश्लेषण र जागरणका निम्ति गणेश रसिकलाई नइ कीर्तिनिधि पुरस्कार प्रदान गरियो ।
देशविदेशका ११ जनालाई नइ पुरस्कार
- Details
- Category: समाचार / शब्दचित्र
- Written by alopalo
- Hits: 145
काठमाडौं / नइ प्रकाशनले विविध क्षेत्रमा समर्पित भई आआफ्ना ठाउँबाट प्रतिष्ठा आर्जन गर्ने राष्टिूय र अन्तर्राष्टिूय क्षेात्रका एघार प्रतिभालाई २०६८ सालको नइ पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । ती पुरस्कार जनही रु २० हजार राशिका छन् । नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको प्रकाशनको पूर्ण बैठकले सो निर्णय गरेको हो ।सो अनुसार नइ चन्द्रधन पुरस्कार धर्मसंस्कृतिको सम्वद्र्धन संरक्षण र जागरणमा समर्पित जगद्गुरु बालसन्त मोहनशरणदेवाचार्यलाई दिइने छ । त्यसैगरी नेपालको राष्टिूय अखण्डता र स्वतन्त्रता विषयक चिन्तन विश्लेषण र जागरणका निम्ति गणेश रसिकलाई नइ कीर्तिनिधि पुरस्कार प्रदान गर्ने निर्णय भएको छ । राजनीतिमा समर्पित भएर पनि कथा उपन्यास निबन्ध तथा कविताको स्तरीय सिर्जना गर्दै देशदेशान्तरमा नेपाली भाषाको गरिमा बढाएबापत प्रदीप नेपाललाई नइ ईश्वरबल्लभ पुरस्कार प्रदान गर्ने निर्णय भएको छ । साथै अनिता तुलाधरलाई आधुनिक कथालेखनमा समर्पित रही नेपाली भाषासाहित्यको श्रीवृद्धिमा उल्लेखनीय भूमिका निर्वाहका निम्ति नइ रेखा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ ।
नेपाली भाषासाहित्यको समालोचना तथा अन्वेषणमा योगदान गरेबापत डा।देवीप्रसाद सुवेदीलाई नइ ईश्वर बराल पुरस्कार प्रदान गरिने भएको छ भने केशव आचार्यलाई नेपाली भाषासाहित्यको सिर्जना र सङ्गठनमा समर्पित भई योगदान पुर् याएबापत नइ भाजप पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ ।
गीतसङ्गीतमार्फत जनस्तरमा नेपाली भाषाको गरिमा बढाउनाका अतिरिक्त आधुनिक सङ्गीतको महिमा वृद्धि गराउन गरेको योगदानका निम्ति भारत दार्जिलिङका चन्दन लोम्जेल र डेजी बराइलीलाई नइ कोइलीदेवी पुरस्कार संयुक्त रुपमा प्रदान गर्ने निर्णय भएको छ ।
यसैगरी मानव समुदायभित्र रहेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको सङ्गठन विस्तार र सेवामा राष्टू र अन्तर्राष्टिूय क्षेत्रमा योगदान पुर् याएबापत तेस्रोलिङ्गी पिङ्की गुरुङलाई नइ रामलक्ष्मी पुरस्कार प्रदान गरिने भएको छ । विदेशमा रहेर पनि नेपाली भाषासाहित्यमा समर्पित भई कृति निर्माणमा समेत योगदान गर्ने बेलायतका स्रष्टाद्वय गोपीकृष्ण प्रसाईंको ुरात ढलेको थिएनु कवितासङ्ग्रह र जया राईको ुबेकर स्टिूटका दुई आँखाु कथासङ्ग्रहलाई नइ गणेशदुर्गा पुरस्कार संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरिएको छ । नइ प्रकाशनले तीन चरण गरेर हरेक वर्ष रु दस लाख राशिको २५ वटा पुरस्कार प्रदान गर्दै आएको प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईंले बताउनुभयो । RSS
हङ्कङमा जन्मिएकी अस्मिता मिस पूर्वाञ्चल
- Details
- Category: समाचार / शब्दचित्र
- Written by देबेन्द्र कार्की
- Hits: 57
धरान / धरँन की अस्मिता गुरुङ्ग पूर्वका १४ प्रतिष्पधी सुन्दरीहरुलाई पछि पार्दै मिस पुर्वाञ्चल २०१२ को उपाधि हात हात पारेकी छन् । फागुन २७ गते शनिवार राती धरान सभागृहमा सम्पन्न फाईनल प्रतिस्पर्धामा उनले उपाधि हात पारेकी हुन । धरान उच्च माविको व्यवस्गथापन विषयमा कक्षा ११ मा पढ्दै गरेकी गुरुङ्गलाई मिस पूर्वाञ्चल २०११ की विजेता प्रतिभा श्रेष्ठले ताज पहिराईदिईन । ताजसगै उनले महेन्द्र स्कुटी तथा ल्यापटप प्राप्त गरिन । अव काठमाण्डौमा हुने मिस नेपाल २०१२ मा सहभागि हुन समेत ढोका खुले पनि उनको कक्षा ११ को परीक्षा र मिस नेपाल एकै चोटी पर्ने भएकाले भाग भने नलिने भएकिछन् । प्रतियोगितको फाइनल राउण्डमा मुख्य निर्णायक रविना देशराज श्रेष्ठले सोधेको प्रश्न मिस पूर्वाञ्चल बन्ने मुख्य लक्ष्य के हो भन्दा प्रतिउत्तरमा गुरुङले आफु देशमा चिनिन तथा छुट्टै पहिचाहन वनाउन र आफ्नो परिवारले आफु माथि गर्व गर्न सक्ने बन्न मिस पुर्वाञ्चलमा सहभागी भएको उत्तर दिएकि थिईन । यही जवाफले उनको शिरमा मिस पूर्वाञ्चलको ताज मिल्यो । उनले उपाधिसगै वेष्ट क्याटवाकको टाईटल समेत हात पारिन ।
सानैदेखि फोटो खिच्न र नयाँ नयाँ लुगा लगाउन रुचाउने गुरुङ्ग ताज पाए पछि उनको लक्ष्य पनि बद्लिएको छ । हङकङमा जन्मिएकी गुरुङ बेलायततिर बाबुआमासँग गएर बस्ने मोडमा थिईन तर मिस पूर्वाञ्चल भए पनि उनले नेपालमै बसेर केह ीगर्ने अठोट गरेकी छिन ।
प्रतियोगिताको फष्ट रनर अप धरानकै सन्दिपा लिम्बुृले जितिन । अन्य प्रतियोगियो भन्द निकै अल्गी लिम्बुले वेष्ट पर्सानालिटि र वेष्ट फेण्ड्रसिपको टाइटल पनि हात पारिन । उनलाई गत बर्षकी फस्ट रनर अप लक्ष्मी सुब्बाले े ताज पहिरियाएकी थिइन । उनले एक थान ल्यापटप तथा विभिन्न स्करसपि उपहार समेत पाइन् । सेकेण्ड रनर अप भने झापाकी हिना श्रेष्ठ भईन । उनले उपाधि सगै एक थान ल्यापटप तथा विभिन्न स्करसपि उपहारसमेत पाइन् । उनलाई मिस पुर्वाञ्चल २०११ की अनिता विश्कर्माले ताज पहि¥यादिएकि थिईन । प्रतियोगितामा वेष्ट हेयरका उपाधि निलिमा राई ,वेष्ट स्माइल चन्द्रिका मोते , मिस ट्यालेण्ट कविता लिम्बु , भ्युअर च्याइस कञ्चन तामाङ मिस ब्युटि कम्प्लेक्सन वीना खापुङ र फोटो जेनिकको उपाधी मुस्कान शुब्बाले हात पारिन । कार्यक्रममा गायिका मिलन अमात्य, सपन श्रेष्ठ, सीमा सङ्ग्रौला, एपी लामालगायतले गित गाएर दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए । बुढा सुब्वा ट्रेनिङ सेन्टरले आयोजना गरेको मिस पूर्वाञ्चलको यो तेश्रो संस्करण हो ।
अफगानिस्तानमा मारिएका विजयको अन्तिम संस्कार धरानमा
- Details
- Category: समाचार / शब्दचित्र
- Written by सन्तोष काफले धरान सुनसरी
- Hits: 292
गत असोज २८ गते शनिवारका दिन अफगानिस्तानमा तालिवानद्धारा मारिएका बेलायती सेना सुनसरीका २२ बर्षीया विजय राईको सब गृह जिल्ला सुनसरी ल्याएर बुधवार अन्तिम संस्कार गरिएको छ ।आज करिव पौने १२ बजे बेलायतवाट त्रिभुवन अन्र्तराष्टिय विमान स्थलमा ल्याइपुर्याएको विजयको सव दिउसो ३ बजे सुनसरीको हासपोसा २ तरहरामा रहेको खेलमैदानमा ल्याइएको थियो । उक्त खेलमैदानमा विजयका आफन्त , स्थानीयवासी र शुभ चिन्तकहरुकालागि श्रदाञ्जली अर्पण गर्न करिव २ घण्टा समय उपलब्ध गराइएको थियो ।
Read more: अफगानिस्तानमा मारिएका विजयको अन्तिम संस्कार धरानमा
पीडित बालिकालाई बेलायतबाट सहयोग
- Details
- Category: समाचार / शब्दचित्र
- Written by AND Nepal
- Hits: 101
काठमाण्डौ / शरीरमा रगत नबन्ने (आइटीपी) रोगको महँगोे र जटिल उपचार गराइरहेकी बर्दियाकी १२ बर्षिया बालिका सरिता डिसीको उपचारकालागि बेलायतमा आस्फोर्ड स्थित एसविइ कम्पनिमा कार्यारत नेपालीहरुले रु. १ लाख २८ हजार नगद सहयोग गरेकाछन् ।
चर्चा झुमा वनेम एकल साँझको
- Details
- Category: समाचार / शब्दचित्र
- Written by Photo by: Ambu Gurung
- Hits: 399
यसपालि दसै तिहारमा हङकङको नेपाली समुदाय भित्र थुप्रै कार्यक्रमयहरु आयोजना गरियो । ती कार्यक्रमहरु मध्येमा विशुद्ध सांगीतिक कार्यक्रमहरुले पनि स्थान पाएका थिए । यसरी चर्चा पाउनेमा झुमा वनेम एकल साँझ पनि एक हो ।
Subcategories
-
राजनैतिक समाचार
News of Nepali politics.
-
वातावरण सामाग्री
वातावरण सम्बन्धि समाचारहरू
-
विश्व नेपाली गतिविधि
नेपाली गतिविधिहरू
- नेपालका समाचार
- खेलकुद समाचार
- महिला तथा बालबालिका
- संस्कृति

Send News,Article and Feedback to us ! e-mail:
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.







