alopalo.com

Send News,Article and Feedback to us ! e-mail: This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.

Sat05192012

Last update01:18:52 AM

Font Size

Profile

Menu Style

Cpanel

समाचार

अफगानिस्तानमा मारिएका विजयको अन्तिम संस्कार धरानमा

User Rating:  / 0
PoorBest 

गत असोज २८ गते शनिवारका दिन अफगानिस्तानमा  तालिवानद्धारा मारिएका बेलायती सेना सुनसरीका २२ बर्षीया विजय राईको सब गृह जिल्ला सुनसरी ल्याएर बुधवार अन्तिम संस्कार गरिएको छ ।आज करिव पौने १२ बजे बेलायतवाट त्रिभुवन अन्र्तराष्टिय विमान स्थलमा ल्याइपुर्याएको विजयको सव दिउसो ३ बजे  सुनसरीको हासपोसा २ तरहरामा रहेको खेलमैदानमा ल्याइएको थियो ।  उक्त खेलमैदानमा विजयका आफन्त , स्थानीयवासी र शुभ चिन्तकहरुकालागि श्रदाञ्जली अर्पण गर्न करिव २ घण्टा समय उपलब्ध गराइएको थियो ।

टुडिखेलमा आयोजित सद्धाञ्जली सभा पश्चात विजयको सब तरहरामै रहेको उनको घरमा लगिएको थियो । धार्मिक विधिअनुसार विजयलाई परिवारका सदस्यले घरवाट सव उठाए पश्चात  अन्तिम संस्कारका लागि विजयको सब धरानको व्रिटिस क्याम धरानमा लगिएको थियो ।
धरानमा भूतपूर्व सैनिक संघ लगायत धरानवासिले सद्धाञ्जली दिए पश्चात विजयको अन्तिम सस्कार धरानको ब्रिटिस क्याप्प परिसरमा गरिएको छ । उक्त क्याप्पमा बेलायतमा वीर गति प्राप्त गर्ने गोर्खा सैनिकहरुको समाधि स्थलमा विजयको अन्तिम संस्कार गरिएको हो ।

विजयको पार्थिव शरीरमा श्रञ्द्धाञ्जली दिन तरहरा, धरानमा स्थानीय वासिन्दाहरुको भिड लागेको थियो ।  विजयकी आमा लक्ष्मी राई विजयको निधनले शोकाकुल बनेकी छिन् । उनका आसु अझै थामिएका छैनन् । विजयको मृत्युको खवर सुने लगत्तै खोटाङको रतन्छामा रहेकी उनकी आमालाइ आफन्त जनले तरहरामा ल्याएका थिए ।२०४७ साल भदौ २१ गते खोटाङको रतन्छा गाविस स्थित बुतेमा भन्ने ठाउमा जन्मिएका विजय तीन बर्ष अगाडी सन् २००८ मा बेलायति सेनामा भर्ति भएका थिए ।

उनी रोयल गोर्खा राइफल्सको दोस्रो बटालियनमा बेलायती सेनाका सिपाही थिए । बेलायत सरकारको तर्फवाट शान्ति सेनाको रुपमा खटिएका विजय अफगानिस्तानको हेलमण्ड प्रान्त स्थित नहर ए  सरजमा अपगानी प्रहरी संगै डिउटीमा खटिएका अबस्थामा विद्रोही तालिवानले प्रहार गरेको गोली प्रहारवाट उनको मृत्यु भएको थियो । 

विजय अफगानिस्तानमा मारिने मध्ये पाचौ गोर्खा सैनिक हुन् । उनको सव लिन बाबु  नागधन राई जेठीआमा धनकुमारी र जेठा दाजु नगेन राई बेलायत गएका थिए । बेलायत सरकारले आफनो देशको परम्परा अनुसार वीर गति प्राप्त गरेका विजयलाई बेलायत र बु्रनाइमा सद्धाञ्जलीसंगै उच्च सम्मान गरे पश्चात परिवारलाई बुझाएको विजयका दाजु नगेन राईले बताए ।

यता बेलायत सरकारले विजयलाई एलीजावेद क्रसले सम्मान गरेको व्रिटिस गोर्खा नेपालका मेजर हितमान गुरुङले जानकारी दिएका छन् ।  उनका अनुसार बेलायत सरकारले वीर गति प्राप्त गर्ने गोराहरु भन्दा पनि उच्च प्रकारले विजयलाई सम्मान गरेको बताए । मेजर  गुरुङले विजयको पद अनुसार बेलायत सरकारले छिट्टै क्षतिपूर्ति रकम परिवारलाई बुझाउने पनि जानकारी दिए ।  क्षतिपूर्ति रकम वारे भने उनले खुलाएनन् ।

 त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलवाट विजयको सब नेपाली सेनाको हेलिकोप्टरबाट विराटनगर विमानस्थलमा अवतरण गराएर शब बाहनमा  तरहरा ल्याएको थियो ।

 

Book reviews

भयवाद चिन्तन र विमर्श

भरखरै नेपालको बजारमा भयवाद सम्बन्धी अर्को पुस्तक ‘भयवाद चिन्तन र विमर्श’ आएको छ । यो पुस्तक भृकृटी मण्डपको पुस्तक प्रदर्शनीमा पनि बिक्री भएको थियो । यो भयवाद अध्ययन केन्द्रको पहिलो प्रकाशन हो ।