एकपटक हेर्नै पर्ने हङकङको फूल प्रदर्शनी
- Details
- Category: वातावरण सामाग्री
- Written by Dev Raj Rai / Photo by; Ambu Gurung
- Hits: 198
के तपाई यतिबेला हङकङमा हुनुहुन्छ ? वा हङकङ भ्रमणमा आउँदै हुनुहुन्छ । यदि त्यसो हो भने भिक्टोरिया पार्कमा सजिसजाउँ गरिएको पुष्प (फूल) प्रदर्शनी हेर्न नभुल्नु होला । बिदाको दिनमा भीडभाड हुने भिक्टोरिया पार्कमा २१ देशबाट दुईसय अधिक संस्थाहरुले ३ लाख ५० हजारभन्दा बढी फुलको गुच्छाहरु ३० हजार अधिक गमलाहरुमा सजाइएका छन् यसैकारण यति बेला उनीहरुले हङकङको रौनक नै परिवर्तन गरिदिएका छन् ।
इलाममा पर्यटकको चहलपहल
- Details
- Category: वातावरण सामाग्री
- Written by AND Nepal
- Hits: 283
इलाम ६ कात्तिक / इलामको सन्दकपुर, कन्याम, पाथिभरा, माइपोखरी, इलामबजार लगायतका पर्यटकीय स्थलमा पर्यटकको चहलपहल सुरु हुन थालेको छ । मौसममा सुधार आएसँगै जिल्लाका विभिन्न ठाउँमा पर्यटकहरुको चहलपहल देखिन थालेको हो । पर्यटक आगमनले सीमावर्ती होटल तथा बजार भरिभराउ भएका छन् । भारत भएर आउने पर्यटकले मानेभञ्ज्याङदेखि सन्दकपुरसम्मका होटल भरिभराउ भएको स्थानिय नर्वु शेर्पाले बताउनुभयो ।
इलाममा पर्यटन सूचना केन्द्र
- Details
- Category: वातावरण सामाग्री
- Written by AND Nepal
- Hits: 174
१३ असार / इलामको कोल्बुङ्ग गाविसको वडा नम्बर ९ मा पर्यटन सुचना केन्द्र निर्माण शुरु भएको छ ।
बजेट अभावले निर्माणको काम अलपत्र परेको केन्द्रको भवन जिल्ला विकास समितिको पहलमा पूनः निर्माण शुरु भएको हो । झापाको काँकरभिट्टा स्थित पर्यटन कार्यालयले पर्यटन सुचना केन्द्रको भवन उपभोक्ता समिति मार्फत निर्माण शुरु गरेको थियो । तर, समयमै काम नहुँदा गत आर्थिक वर्षमा विनियोजित २१ लाख बजेट मध्ये १५ लाख रोक्का भएको थियो ।
अन्तराष्ट्रिय पर्वतिय विकास योजना (इसिमोड)बिच अन्तरक्रिया सम्पन्न
- Details
- Category: वातावरण सामाग्री
- Written by Dev Raj Rai
- Hits: 276
धरान ३ कात्तिक / धरान एकिकृत जलाधार समितिको आयोजनामा आज धरान नगरपालिका र अन्र्तराष्ट्रिय पर्वतिय विकास योजना (इसिमोड)बिच अन्तरक्रिया सम्पन्न भएको छ ।
Read more: अन्तराष्ट्रिय पर्वतिय विकास योजना (इसिमोड)बिच अन्तरक्रिया सम्पन्न
इटहरीलाई शान्त नगर बनाइने
- Details
- Category: वातावरण सामाग्री
- Written by AND Nepal
- Hits: 208
इटहरी ६ असार / इटहरीमा कृयाशील राजनीतिक दलका प्रतिनिधिहरुले इटहरीलाई शान्त नगर बनाउन कुनै कसर बाकी नराख्ने प्रतिबद्धता जनाएका छन् ।इटहरी नगरपालिकाले हिजो गरेको सार्वजानिक सुनुवाई कार्यक्रममा दलका प्रतिनिधिले आफ्ना कार्यकताहरु गतल कृयाकलापमा संलग्न भएको पाए कारवाहीको लागी कुनै अवरोध नगर्ने समेत प्रतिवद्धता जनाएका छन् ।
जलवायु परिवर्तनको दृष्टिले सप्तरीसहित तराईका नौ जिल्ला उच्च जोखिमम
- Details
- Category: वातावरण सामाग्री
- Written by AND Hong Kong
- Hits: 282
राजविराज १० असोज÷ जलवायु परिवर्तनको दृष्टिले सप्तरीसहित तराईका नौ जिल्ला उच्च जोखिममा रहेको विज्ञहरुले बताएका छन् ।
व्यापक वन फँडानी, अव्यवस्थित सहरीकरण तथा आठ हिमताल फुट्नसक्ने खतराका कारण कोसी नदीको जल प्रवाह बढ्नगई सप्तरीसहित केही तराईका जिल्लाहरु जलवायु परिवर्तनको हिसाबले उच्च जोखिममा परेको विज्ञहरुले बताएका छन् ।
Read more: जलवायु परिवर्तनको दृष्टिले सप्तरीसहित तराईका नौ जिल्ला उच्च जोखिमम
सन्दर्भ विश्व वातावारण दिवस : इलाममा सरसफाइ
- Details
- Category: वातावरण सामाग्री
- Written by AND Nepal
- Hits: 286
इलाम २४ जेठ / विश्व वातावरण दिवसको अवसरमा इलाम नगरपालिका र इलाम उद्योग वाणिज्य संघको पहलमा इलामको माइखोला क्षेत्र परिसर सरसफाई गरिएको छ ।
भूकम्पको क्षति
- Details
- Category: वातावरण सामाग्री
- Written by सन्तोष काफ्ले (सुनसरी)
- Hits: 265
सेप्टेम्बर १८ तारिखको भूकम्पले नेपालमा ७ जनाको मृत्यु भएको पुिष्ट भएको छ । पछिल्लो विवरणा अनुसार काठमाणडौँमा ३ धरानमा २ धनकुटामा १ र संखुवासभामा १ एकजनाको मृत्यु भएको दैवी प्रकोप व्यवस्थापन महाशाखाले जनाएको छ ।
िहजो धरानमा भूकम्पका कारण धरान १३ फुस्र स्थित देवेन्द्र मान श्रेष्ठको घरको छत भत्किदा सोही घरमा डेरा गरि वस्ने एक बालक सहित दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ओखलढुङा कटुन्जे घर भई धरान १३ श्रेष्ठकोघरमा वस्ने ६ बर्Èीय विमल परियार र उनका काका २२ बर्Èीय सन्तोÈ परियार रहेका छन् । भूकम्प आउदा उनीहरु भूइतलामा बसेको तथा बच्नकोलागी खाटमुनि पसेका भए पनि घरको छतले खाटनै भाचेर उनिहरुलाई किचेको उद्धारमा संग्लग्न धरान स्थित सेनाबो कालिबक्स गण्ँका क्याप्टेन योगन्द्र रोक्काले जानकारी दिए ।
इलामा नगरापालिका दिशापिसाब मुक्त
- Details
- Category: वातावरण सामाग्री
- Written by AND Nepal
- Hits: 188
न्यूजडेस्क २१ जेठ / इलाम नगरपालिका ५ गोला खर्कलाई खुल्ला दिशा पिसाब मुक्त क्षेत्र बनाउन सरोकारवालाहरू लागी परेका छन् ।इलाममा वातावरणको क्षेत्रमा काम गरिरहेको सिमएन आयोजना, इलाम नगरपालिका र स्थानीयबासी लागि परेका हुन् । खुल्ला दिसा पिसाब मुक्त क्षेत्र बनाउन आफूहरुले अनुदान दिएर शौचालय निर्माण अभियान सञ्चालन गरेको सिमएन आयोजना इलामका प्रमुख प्रज्वल राउतले बताउनुभयो ।
कृषिलाई प्राथमिकतामा नराख्दा नेपालको अर्थतन्त्र बलियो हुन नसकेका आरोप
विराटनगर २१ जेठ / कृषि तथा सहकारीमन्त्री हरिनारायण यादवले नेपाल कृषि प्रधान देश भएर पनि कृषिलाई प्राथमिकतामा नराख्दा नेपालको अर्थतन्त्र बलियो हुन नसकेको बताउनुभएको छ ।
व्यावसायिक कृषि आयोजना विराटनगरको चौथो साधारणसभाको आज विराटनगरमा उद्घाटन गर्दै उहाँले कृषिलाई प्राथमिकतामा नराखिकन मुलुकको निर्यात बढाउन नसकिने धारणा व्यक्त गर्नुभयो ।
निकट भविष्यमै कृषि क्षेत्रमा परिवर्तन आउने र त्यो आम कृषकले महसुस गर्ने बताउँदै मन्त्री यादवले कृषिलाई व्यावसायिक, वैज्ञानिक एवम् प्रतिष्ठित बनाउन सरकारले आवश्यक कदम चाल्ने जानकारी दिनुभएको छ । कृषि क्षेत्रमा सरकारी साझेदारी निजी अवधारणा लगाउन लागेको समेत उहाँले बताउनुभयो ।
सुनसरी र मोरङमा फोहोर मुक्त गर्न पहल
- Details
- Category: वातावरण सामाग्री
- Written by AND Nepal
- Hits: 150
इटहरी २८ भदौ÷ सुनसरी र मोरङका फोहरलाई दीर्घकालीन रुपमा व्यवस्थापन गर्नका लागि पहल थालिएको छ । सुनसरीको ३ वटा नगरपालीका, ५ वटा गाविस र मोरङको विराटनगर उपमहानगरपालिका र ४ वटा गाविसका फोहोरलाई दिर्घकालीन ब्यवस्थापनगर्ने क्षेत्रिय फोहोर ब्यवस्थापन परियोजना विराटनगरले जनाएको छ । यसको लागि मोरङको डङग्राहामा ५९ करोडको लगानीमा ल्याण्डफिल साइट निर्माण गर्न लागिएको छ ।
सन्दर्भ: विश्व वातावरण िदवस
- Details
- Category: वातावरण सामाग्री
- Written by Dev Raj Rai
- Hits: 187
धरान २१ जेठ / भोली विश्व वातावरण दिवस यसैको अवसरमा रोट्याक्ट क्लब अफ् धरान घोपाकोे आयोजना तथा धरान नगरपालिकाको सहयोगमा आज धरानमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
भित्ताभरि पोखिएको डाँडाबजार
- Details
- Category: वातावरण सामाग्री
- Written by Debendra Karki
- Hits: 233
-देबेन्द्र कार्की
धरान/ हामीसँग मन मिलाउन भन्छ डाँडा बजारले हामीसँग हात मिलाउन भन्छ डाँडा बजारले फाटेको भए त्यो मन सिलाउन भन्छ डाँडा बजारले । कवि मन भएका श्रेष्ठ 'परिक्रमा'ले धरानको मोति भवनमा आयोजित कलरवको सातौं शृङ्खलाअन्तर्गत शनिबार 'विम्ब र रङ्गहरुमा डाँडाबजारु कार्यक्रममा यसरी डाँडाबजारबारे गजल सुनाए । गत चैत अन्तिम दिन र बैशाख १ गते धरान इटहरी काठमाडौंलगायत्का कलाकार र साहित्यकारहरुको जम्बो टोलीले धनकुटाको डाँडाबजार अवलोकन गरेको थियो । त्यस क्रममा डाँडाबजारको सौन्दर्यमा हराउँदा मनमा पलाएका गीत कविता गजल सुनाउने कार्यक्रम कलरवले मिलाएको थियो । यो अवसरलाई स्रस्टाहरुले भरपुर सदुपयोग गरे ।
मोति भवनको भित्ताभरि डाँडाबजार प्रतिविम्बित थियो । कतै रुझेको कतै खुलेको कतै कुहिरोभित्र हराएको डाँडाबजारका चित्रहरुले उपस्थितहरुलाई लोभ्याएको थियो । कतिलाई त डाँडाबजार नै पुगेको भान भइरहेको थियो । एकजना कविले ते रचना सुनाउँदै आपुू डाँडाबजारमा पुगेको अनुभव सुनाइहाले । साँघुरो हलमा मान्छेहरुको'बाक्लो उपस्थितिबीच भित्ताको आडमा बसेका मोतिराम भट्ट पनि डाँडाबजारको सौन्दर्य भित्ताभरि देखेर मख्ख परेको भान भइरहेको थियो ।
भित्ताभरि पोखिएको लोभलाग्दो डाँडाबजार आँखाले अघाउाजेल हेर्नेहरुको भीड थियो । ती चित्रमा देखिएका दृश्यहरुबारे कवि र सहित्यकारहरुले गीत गजल र कविताबाट व्याख्या गरेपछि दृश्यबारे अझ प्रष्ट भयो । कार्यक्रममा मनु मिाजल एकु घिमिरे राजेश विद्रोही शेखर ढकाल सुदीप पाखि्रन साजीव राईलगायत्ले डाँडाबजारबारे रचना सुनाएका थिए । प्रा.डा. टङ्क न्यौपाने प्रा.सरण राई साहित्यकार बदि्र पलिखेलगायत्ले करलवको साहित्यिक यात्रा डाँडाबजारबारेका चित्र र कविताबारे बोलेका थिए ।
कला र साहित्य उत्थानमा लागेका युवाहरुको संस्था कलरवले डाँडाबजारबारे कोरिएका पेन्टिङ सार्वजनिक गरेको थियो । कला साहित्यलाई माया गर्ने र साहित्य रचनाबाट परिवर्तनको अभियानमा जुटेका साहित्यकारहरुले ओझेलमा परेको पर्यटकीय स्थल डाँडाबजारबारे व्यक्त गरिएको अभिव्यक्तिले डाँडाबजारलाई पर्यटकीय गन्तव्य बनाउन सहयोग पुग्ने डाँडाबजार गाविसका सचिव ढाकाप्रसाद बरालले बताएका थिए । कार्यक्रममा कृष्ण ब्लोनले पनि बोलेका थिए ।
मह उत्पदनमा कमी भए पछि किसानहरु निराश
- Details
- Category: वातावरण सामाग्री
- Written by alopalo news desk
- Hits: 191
इलाम १८ जेठ / मह बेचेर आम्दानि गर्ने इलाम जिर्मलेका किसान यसवर्ष भने मुख्य सिजनमा पनि मह उत्पादन नभएपछि निराश भएका छन् ।
वर्षमा एउटा घारबाट न्यूनतम ३० केजीसम्म मह उत्पादन गर्ने गरेपनि यसपटक घारहरु रित्तो भएको व्यवसायिक मौरि पालन गर्ने कृषकहरु वताउछन् ।
सर्दु जलाधारको विवाद र अधिकार
- Details
- Category: वातावरण सामाग्री
- Written by गोपाल देवान, आदिवासी अधिकारकर्मी
- Hits: 294
-गोपाल देवान, आदिवासी अधिकारकर्मी
सर्दु जलाधार भनेको धराने जनताको खानेपानीको स्रोत र प्राणाधार हो । त्यतिमात्रै होइन, सर्दु जलाधार धरानका लागि जैविक विविधता तथा प्राकृतिक सौन्दर्यको खानी पनि हो । यसको दीगो र वैज्ञानिक संरक्षण आवश्यक छ । अहिलेको विश्व मान्यताअनुसार कुनै पनि कुराको तबमात्र दीगो विकास हुन्छ, जब स्थानीय जनतालाई विकास वा विकाससम्बन्धी आयोजनामा आधिकारिक रुपमा सहभागी गराइन्छ । अहिले सर्दु जलाधारसम्बन्धी विवादको मुख्य जड भनेको यही हो ।
वन कार्यलयले मोरङमा घर भत्काउने
- Details
- Category: वातावरण सामाग्री
- Written by alopalo news desk
- Hits: 163
विराटनगर १८ जेठ / वन अतिक्रमण गरी मोरङको जाँते स्थित धानखेतीमा निर्माण गरिएका एक दर्जन घर जिल्ला वन कार्यालय मोरङले हटाउने भएको छ ।
सुनसरीमा बाढीबाट सय परिवार विस्थापित
- Details
- Category: वातावरण सामाग्री
- Written by Alopalo News Desk
- Hits: 267
इटहरी // केही दिनदेखि परेको अविरल वर्षाबाट सुनसरीको धेरै गाउँ जलमग्न हुँदा १ सय १६ परिवार विस्थापित भएका छन् । उनीहरुलाई अस्थायी शिविरमा राखिएको छ ।सुनसरी खोलामा आएको बाढीले इनरुवा नगरपालिका( ६ को मुसहरी टोलका १३ परिवार र सोही वडाको खिखरीपट्टी वस्तीका ३० परिवार विस्थापित हुन पुगेका छन् । उता सोही खोलाको पश्चिमी क्षेत्रमा रहेको भोक्राहा( ७ को वस्तीमा पनि सुनसरी खोला पस्दा सो स्थानका ७३ परिवार विस्थापित हुन पुगेको राससले जनाएको छ ।
पावर हाउसमा चट्याङले ट्रान्सर्फमरमा क्षति पु¥याएपछि मर्मत नहुँदा सप्तरीका स्थानीयवासी प्रभावित
- Details
- Category: वातावरण सामाग्री
- Written by AND Nepal
- Hits: 165
सप्तरी १६ जेठ÷ भारतको कटैया पावर हाउसमा चट्याङले ट्रान्सर्फमरमा क्षति पु¥याएपछि मर्मत नहुँदा सप्तरीका स्थानीयवासी प्रभावित भएका छन् ।
अविरल वर्षाले सुनसरीका अधिकाशं गाउँ जलमग्न
- Details
- Category: वातावरण सामाग्री
- Written by AND Nepal
- Hits: 222
सुनसरी १९ असार / केही दिनदेखि परेको अविरल वर्षाले सुनसरीका अधिकाशं गाउँ जलमग्न हुदाँ स्थानीवासी विस्थापित भएका छन् । १ सय १६ घरपरिवार विस्थापित भएपछि उनीहरूलाई अस्थायी शिविरमा राखिएको छ । सुनसरी खोलामा आएको बाढीले इनरुवा नगरपालिका ६ को मुसहरी टोलका १३ परिवार र सोही वडाको खिखरी पट्टी वस्तीका ३० घर परिवार विस्थापित भएका हुन् ।
अलैँची बगान संकटमा
- Details
- Category: वातावरण सामाग्री
- Written by alopalo news desk
- Hits: 196
इलाम १२ जेठ / नेपालकै उल्लेख्य मात्रामा अँलैची उत्पादन हुने इलाम जिल्लामा वर्षेनि अँलैची बगान सखाप भईरहेको कृषि विकास कार्यालय इलामले जनाएको छ ।
सप्तकोशीमा पानीको बहाव यसवर्ष सबैभन्दा उच्च
- Details
- Category: वातावरण सामाग्री
- Written by AND Nepal
- Hits: 200
इटहरी १६ असार / सप्तकोशी नदीमा दुईदिन अघिदेखि निरन्तर बढेको पानीको बहाव यस बर्षकै सवैभन्दा उच्च भएको छ । नदीमा पानीको बहाव बढेपछि गृहसचिव सहित उच्च अधिकारीको टोलीले आज सुनसरीको प्रकाशपुर निरीक्षण गरेका छन् । केहीदिन यता सप्तकोशीमा पानीको बहाव बढेपछि गृहसचिव लिलामणी पौडेल सहित उच्चसुरक्षा अधिकारीको टोलीले निरीक्षण गरेको हो ।
धनकुटामा सरसफाई तालिम, इलाममा बाख्रा पालन
- Details
- Category: वातावरण सामाग्री
- Written by Dev Raj Rai
- Hits: 215
धनकुटा ११ जेठ / विद्यालय अगुवाईमा पूर्ण सरसफाई कार्यक्रम सम्वन्धि ३ दिने अभिमुखिकरण गोष्ठी धनकुटामा आज सम्पन्न भएको छ ।
क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यक्रम धनकुटाको आयोजनामा संचालित गोष्ठी सम्पन्न भएको हो । गोष्ठीमा आँखिसल्ला गाविसका ६ वटा विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक शिक्षिका गरी २४ जना र आँखिसल्ला महिला समूहका अध्यक्ष एक जना गरी २५ जनाको सहभागिता रहेको थियो ।

Send News,Article and Feedback to us ! e-mail:
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.







