वन विनासले संकटमा परेको चुरे क्षेत्र
इलाम १४ चैत÷ सरकारले इलामका दक्षिणी गाविसमा वैकल्पिक उर्जा कार्यक्रम लागु गर्ने भएको छ । वन विनासले संकटमा परेको चुरे क्षेत्र संरक्षणका लागि उर्जा तथा वातावरण इकाईले वैकल्पिक उर्जा कार्यक्रम लागु गर्ने भएको हो । चुरे क्षेत्रमा बढ्दै गएको बसोबास, वन जंगलमाथि बढदै गएको चाप र वन फडाँनीले जलवायु परिवर्तनमा समेत असर पारेकाले वैकल्पिक उर्जा कार्यक्रम सुरू गर्ने इलामका स्थानीय विकास अधिकारी भूपराज राईले बताउनुभयो ।
वन विनाश र विद्युत संकट समाधानका लागि दातृ निकायसँग पनि समन्वय गरि वैकल्पिक उर्जा कार्यक्रम लागु गर्ने बताइएको छ ।

Send News,Article and Feedback to us ! e-mail:
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.








