alopalo.com

Send News,Article and Feedback to us ! e-mail: This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.

Sat05192012

Last update01:18:52 AM

Font Size

Profile

Menu Style

Cpanel

जलवायु परिवर्तनको दृष्टिले सप्तरीसहित तराईका नौ जिल्ला उच्च जोखिमम

User Rating:  / 0
PoorBest 

राजविराज १० असोज÷ जलवायु परिवर्तनको दृष्टिले सप्तरीसहित तराईका नौ जिल्ला उच्च जोखिममा रहेको विज्ञहरुले बताएका छन्  ।
    व्यापक वन फँडानी, अव्यवस्थित सहरीकरण तथा आठ हिमताल फुट्नसक्ने खतराका कारण कोसी नदीको जल प्रवाह बढ्नगई सप्तरीसहित केही तराईका जिल्लाहरु जलवायु परिवर्तनको हिसाबले उच्च जोखिममा परेको विज्ञहरुले बताएका छन् ।

  विश्व वसोवास दिवसको अवसरमा आज राजविराजमा आयोजित कार्यक्रममा जलवायु परिवर्तनको उच्च जोखिममा काठमाडौँ, भक्तपुर, रामेछप, उदयपुर, लमजुङ, दोलखा र जाजरकोट रहेको र इलाम, झापा, बाँके, पाल्पा र रुपन्देही अति कम जोखिममा रहेको बताइएको छ । 

    प्राकृतिक प्रकोपबाट मानवीय क्षतिहुने देशमा नेपाल २३ औँ स्थानमा रहेको र बढी ज्यान जाने नेपाल आठौँ स्थानमा रहेको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यलयका प्रमुख चक्रवर्ती कण्ठले बताउनुभयो ।   यस्तै, बाढी, भूक्षय, र हिमपहिरोको एकीकृत प्रभावबाट मानविय क्षतिहुने नेपाल विश्वको साताँै स्थानमा रहेको उहाँले बताउनुभयो ।

यसैबिच, प्रमुख जिल्ला अधिकारी लेखनाथ पोखरेलले जलवायु परिवर्तनबारे नेपालमा ३९ प्रतिशत जनतालाई मात्र थाहा भएको बताउँदै यसको प्रभावलाई न्यूनीकरणगर्ने उपायलाई प्रभावकारीरुपमा पालना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

 

Book reviews

भयवाद चिन्तन र विमर्श

भरखरै नेपालको बजारमा भयवाद सम्बन्धी अर्को पुस्तक ‘भयवाद चिन्तन र विमर्श’ आएको छ । यो पुस्तक भृकृटी मण्डपको पुस्तक प्रदर्शनीमा पनि बिक्री भएको थियो । यो भयवाद अध्ययन केन्द्रको पहिलो प्रकाशन हो ।