alopalo.com

Send News,Article and Feedback to us ! e-mail: This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.

Sat05192012

Last update01:18:52 AM

Font Size

Profile

Menu Style

Cpanel

किन मारिन्छन् पत्रकार ?

नयाँ समस्या एवम् चुनौतीका कारण विश्वका पत्रकारहरू दिनप्रतिदिन असुरक्षित हुँदै गएपछि युनेस्कोले विश्व प्रेस स्वतन्त्रता दिवस २०११ को नारा ‘एक्काइसौँ शताब्दीको मिडिया, नयाँ आयाम नयाँ चुनौती’ तय गरेको थियो ।  हरेक वर्ष मे ३ मा मनाइने यो दिवसको गत वर्षको नाराले दिन खोजेको सन्देश हो– ‘विश्वका पत्रकारहरूले झेल्नुपरेका समस्याहरू सबै क्षेत्र वा देशमा एकैखाले छैनन् । उनीहरूले विभिन्न देशमा नयाँ–नयाँ चुनौतीहरूको सामना गर्नुपरिरहेको छ । किनभने पत्रकारितामा पनि नयाँ आयामहरू थपिँदैछन् ।’

 यस्तो नयाँ चुनौतीको सामना नेपाली सञ्चारकर्मीले पनि गरिरहेका छन् । जसका कारण नेपाली सञ्चारकर्मी पनि बर्सेनि मारिनुपर्ने अवस्थाको सिर्जना भइरहेको छ । यो चुनौतीको पछिल्लो सिकार गत चैत २१ मा झापाका पत्रकार यादव पौडेल बनेका छन् । सो नाराले भनेजस्तै यतिखेरका नेपाली सञ्चारकर्मीको चुनौती अरू देशको तुलनामा निकै फरक छ । नेपालमा आफूविरुद्धको आलोचना सहन गर्न नसक्ने खतरनाक प्रवृत्ति विकास भइरहेको छ । यो प्रवृत्ति राजनीतिक दलका नेताहरूदेखि व्यवसायी एवम् समाजका अन्य क्षेत्रमा पनि विकास भइरहेको छ । पछिल्लो समयका नेपाली सञ्चारकर्मी यो विकृतिको सिकार बनेका छन् ।

 नेपालमा लोकतान्त्रिक संविधान–२०६३ जारी भएपछि नै यादवसहित आठजना पत्रकारको ज्यान गइसकेको छ । प्रकाश ठकुरी, जेपी जोशी, उमा सिंह, वीरेन्द्र साह, जमिम साह, अरूण सिंहानियाँ र देवीप्रसाद धितालको हत्या भइसकेको छ । यो हत्याको शृङ्खलाको पछिल्लो सिकार भएका छन् झापाका पत्रकार यादव पौडेल ।   समाचार लेखेकै आधारमा पत्रकारको हत्या हुनुलाई सबैभन्दा खतरनाक अवस्थाका रूपमा लिनुपर्छ भन्नुहुन्छ नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहाल । उहाँ भन्नुहुन्छ– ‘प्रेसले सबैलाई खुसी पार्ने गरी लेख्न सक्दैन र त्यो सम्भव पनि छैन । विरोधमा समाचार लेख्ने वित्तिकै हत्या हुने त्रासबाट नेपाली सञ्चारकर्मीले कहिल्यै स्वतन्त्रताको अनुभूति गर्न सक्दैनन् ।’

 महासङ्घका अध्यक्ष शिव गाउँले नेपाली सञ्चारकर्मीको हत्याको शृङ्खला दण्डहीनताका कारण बढेको धारणा राख्नुहुन्छ । ‘एकपछि अर्को गरी सञ्चारकर्मीको हत्या भइरहेको छ तर यसअघिका हत्याराहरूलाई कानुनी कारबाही नगर्दा उत्पन्न भएको दण्डहीनताका कारण हत्याको वातावरण झनै बढाएको छ’– अध्यक्ष गाउँले भन्नुहुन्छ । पत्रकार हत्या र आक्रमणका घटना नेपालमा बढ्दोरूपमा देखिएका छन् । यसको अधिकांंश कारण समाचार लेखेकै कारण देखिएको छ । यसरी पत्रकारको हत्या र आक्रमणमा संलग्नहरू अहिले पनि या त राजनीतिक दलका ओहदामा छन् या छत्रछायाँमा ।

 पत्रकार कुटिएपछि वा मारिएपछि सरकारले नै ती अपराधीलाई कानुनबमोजिम कारबाही गर्नुको सट्टा न्यायका लागि सञ्चारकर्मीहरू मन्त्री, प्रधानमन्त्रीको ढोका चाहार्नुपर्ने दुःखद् परिस्थिति अहिले पनि कायमै छ ।आफ्नो अध्ययन भ्रमणका क्रममा गतवर्ष नेपाल आएका अमेरिकाको एरिजोना विश्वविद्यालयका मिडिया ल (सञ्चार कानुन) का प्राध्यापक जोसेफ रुसोमानोले यति बलियो संवैधानिक एवम् कानुनी प्रेस स्वतन्त्रता पाएका नेपाली सञ्चारकर्मीहरू पनि व्यावसायिक असुरक्षामा पर्नुको कारण प्रजातान्त्रिक संस्कारको कमी भएको टिप्पणी गर्नुभएको थियो ।

 उहाँका अनुसार संविधानको प्रस्तावनामा नै र मौलिक हकअन्तर्गत प्रेस स्वतन्त्रताको जुन व्यवस्था नेपालको अन्तरिम संविधानले गरेको छ त्यस्तो दरिलो कानुनी सुनिश्चितता विश्वका अरू देशका संविधानले सायदै गरेका होलान् । तर यस्तो पृष्ठभूमिका नेपाली सञ्चारकर्मी भने सधैँ त्रासको वातावरणमा नै जीउनुपर्ने बाध्यता जीवितै छ । योभन्दा ठूलो विडम्बना अरू केही हुनसक्दैन । दसवर्षे सशस्त्र द्वन्द्वका समयमा माओवादी र राज्यपक्षबाट गरी नेपालका १८ जना पत्राकारले ज्यान गुमाउनुप¥यो । त्यसपछि राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनका समयमा पनि नेपाललाई विश्वका अधिकारकर्मीहरूले पत्रकारहरूको विश्वकै सबैभन्दा ठूलो जेलका रूपमा नामकरण गरे । तर देशमा लोकतान्त्रिक गणतन्त्र आएपछि भने प्रेस जगतले सुरक्षित र संरक्षित वातावरण पाउला भन्ने आशा पनि साकार हुन सकिरहेको छैन । पत्रकारहरू विश्वमा जतासुकै मारिने क्रम जारी नै छ । सन् २०११ मा मात्र विश्वमा करिब १०३ जना पत्रकार मारिए । गतवर्ष पाकिस्तानमा मात्र सातजना पत्रकार मारिए । अरब क्रान्तिका क्रममा १५ पत्रकारको ज्यान गयो भने सोमालियाका पत्रकार प्रायः त्यहाँका विद्रोहीको सिकार बन्ने गरेका छन् । त्यसैगरी होन्डुरसमा दुई वर्षयता मात्र १८ जना पत्रकार मारिएका एएफपी समाचार समितिले जनाएको छ । त्यस्तै मेक्सिकोमा पनि बर्सेनि पत्रकार मारिन्छन् ।

 यसरी युनेस्कोले तय गरेको गत वर्षको विश्व प्रेस स्वतन्त्रताको नाराजस्तै विश्वका विभिन्न देशमा फरक फरक समस्या र चुनौतीहरूको सामना गर्ने क्रममा पत्रकारको ज्यान जाने गरेको छ ।  पाकिस्तान र अफगानिस्तामा मुस्लिम अतिवादीहरूको चपेटामा सञ्चारकर्मी पर्ने गरेका छन् भने सोमालियामा त्यहाँको विद्रोही हतियारधारी समूहको पक्षमा समाचार नलेख्ने सञ्चारकर्मीले ज्यान गुमाउँछन् । होन्डुरस र मेक्सिकोका पत्रकारहरूले त्यहाँका लागुऔषध तस्करहरूको सामना गर्नुपरिरहेको छ । ती तस्करहरू तथा कहिलेकाहीँ तस्करसँग सामना गर्न नसक्दा सरकारी सेनाकै सिकार पत्रकारहरू बन्नु परिरहेको छ । त्यसैले यी फरक फरक चुनौतीको सामनाका लागि पत्रकारहरू आफ्ना कार्यस्थलमा सङ्घर्षरत छन् ।

 नेपाली सञ्चारकर्मीहरू उनीहरूमाथिको हत्या र आमक्रमणका अपराधीहरूलाई कडा कारबाहीका लागि एकजुट हुनु आवश्यक छ । सञ्चारकर्मीका आफ्ना राजनीतिक आस्था र विचारधारा जे जस्तो भए पनि पेसागत हक, अधिकार, सुरक्षा र प्रेस स्वतन्त्रताको सवालमा सबैजना एकै मोर्चामा गोलबन्द हुनु आजको आवश्यकता हो । यसो हुन नसकी सञ्चारकर्मीहरू नै विभिन्न कित्तामा विभाजित भइरहने हो र अहिलेकै दण्डहीनताको अवस्था कायम रहिरहने हो भने प्राणहरणमा पर्ने सञ्चारकर्मीहरूको नामावली लामो हुँदै जानेछ ।  यसले स्वतन्त्र प्रेस र पत्रकारिताको सुरक्षाजस्ता विषयलाई कागजमा मात्र सीमित तुल्याइदिने छ । त्यसैले पत्रकार किन मारिन्छन् भन्ने प्रश्नको जवाफ अब उनीहरू आफैँ जागरुक भएर खोज्नु आवश्यक छ । रासस

आज मनाङ मस्र्यादी र थ्रीस्टारको घम्साघम्सी

देबेन्द्र कार्की
धरान,१७ चैत
चौधौ अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटवल प्रतियोगिताको उपाधीका लागि नेपाली राष्ट्रिय फुटवलका प्रभावशाली क्वल मेघा थ्रीस्टार र लक्ष्मी हुण्डाई मनाङ मस्र्यादी क्लव वीच (शनिवार खरो प्रतिस्पर्दा हुने भएको छ ।  लक्ष्मी हुण्डाइ मनाङ मस्र्याङदी क्लव साविकको विजेता हो । दुई पटक उपाधी चुमि सकेको छ ।

Read more: आज मनाङ मस्र्यादी र थ्रीस्टारको घम्साघम्सी

आदिवासी जनजाति र मधेशवादीदलहरूको अन्तरसंवाद

संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र स्वायत्तताका लागि सहकार्य गर्न सहमत

 

ललितपुर/जातीय स्वायत्तता र संघीयताका लागि संयुक्त गठबन्धनद्वारा संविधान र संघीयता सम्बन्धमा आदिवासी जनजाति र मधेशवादी दलहरूबीच गोदावरी ललितपुरमा १२ र १३ साउन २०६८ मा भएको दुई दिने अन्तरसंवाद कार्यक्रम संघीयता, गणतन्त्र,धर्मरिपेक्षता, स्वायत्तता र राष्ट्रिय स्वाधीनताका लागि सहकार्य गर्न सहमत हुँदै सम्पन्न भएको छ ।

अन्तरसंवाद कार्यक्रमको समापनसँगै आयोजक जातीय स्वायत्तता र संघीयताका लागि संयुक्त गठबन्धनले कार्यक्रममा भएका सहमतिलाई एक प्रेस-विज्ञप्तिमार्फत  सहमतिका निर्णयहरू सार्वजनिक गरेको छ ।

संयुक्त गठबन्धनबाट प्रेसित विज्ञप्ति अनुसार "मुलुकमा विद्यमान ब्राहृमणवादी, केन्द्रीकृत र एकात्मकतावादी राज्य व्यवस्थाबाट आदिवासी जनजाति र मधेशी समुदाय सदियौंदेखि उत्पीडित र बहिष्कृत रहँदै आएका छन् । त्यसैले, आ-आफ्नो समुदायको पहिचान, स्वाभिमान, सम्मान र हक-अधिकारको प्राप्तिका लागि तिनीहरूले अलग-अलग प्रकारले निरन्तर संघर्ष गर्दै आएका छन् । यस क्रममा, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, जातीय तथा क्षेत्रीय स्वायत्तता र स्वशासन, आत्मनिर्णयको अधिकार, विभिन्न समुदायहरूको भाषिक-साँस्कृतिक अधिकार, राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको रक्षा र सर्वाधिक महत्वपूर्ण सवाल मधेशी र आदिवासी जनजाति समुदायहरूको पहिचानको मान्यता तथा अन्य कैयन् साझा मुद्दाहरूमा संयुक्त रुपले अघि बढ्न उचित र अनिवार्य रहेको कुरामा सहमत भएका छन् ।"

अन्तरसंवाद कार्यक्रममा जातीय स्वायत्तता र संघीयताका लागि संयुक्त गठबन्धन (United Alliance for National Self-Rule & Federalism)का तर्फबाट नेपाः राष्ट्रिय पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी, ताम्सालिङ नेपाल राष्ट्रिय दल, जनमुक्ति पार्टी, नेपाल; आदिवासी-जातीय-क्षेत्रीय महासंघ, नेपाल; अखिल नेपाल आदिवासी जनजाति महासंघ (एकीकृत),आदिवासी जनजाति महासंघ (समाजवादी)को सहभागिता रहेको थियो । त्यसैगरी, मधेशवादी दलहरूको तर्फबाट विजय गच्छदार, अध्यक्ष, मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक); महेन्द्रप्रसाद यादव, अध्यक्ष, तराई-मधेश लोकतान्त्रिक पार्टी, नेपाल;जयप्रकाश गुप्ता, अध्यक्ष, मधेशी जनअधिकार फोरम (गणतान्त्रिक); गोविन्द चौधरी, महासचिव, तराई-मधेश लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो, अध्यक्ष, सद्भावना पार्टी; त्नेश्वर लाल कायस्थ, सचिव, मधेशी जनाधिकार फोरम, नेपालको सहभागिता रहेको थियो ।

विज्ञप्तिमा उपर्युक्त आधारभूत मान्यताहरूप्रति दृढताका साथ प्रतिवद्धता जनाउँदै संविधानसभाबाट नै नयाँ नेपालको संविधान बनाउनु पर्ने दायित्व निर्वाहका लागि आगामी दिनहरूमा थप सहकार्य गर्नसमेत सहमति भएको जानकारी गराइएको छ ।

आदिवासी जनजाति र मधेशी पक्षका विभिन्न मुद्दाहरूमा सहमत हुन, साझा अवधारणाहरू बनाउन र आगामी कार्यदिशा तय गर्न आवश्यक गृहकार्यका निम्ति जातीय स्वायत्तता र संघीयताका लागि संयुक्त गठबन्धनमधेशवादी दलहरूको तर्फबाट ४ सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलमा जातीय स्वायत्तता संघीयताका लागि संयुक्त गठबन्धनको तर्फबाट एनेकपा माओवादी सम्बद्ध आदिवासी-जातीय-क्षेत्रीय महासंघ, नेपालका महासचिव सुरेश आले मगर, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासविच खगेन्द्र माखिम र मधेशवादी दलहरूको तर्फबाट जितेन्द्र नारायण देव र राजकिशोर यादव रहेका छन् ।

उक्त कार्यदलले यथाशीघ्र प्रतिवेदन तयार पारी निकट भविष्यमा उपयुक्त संगठनात्मक संरचना निर्माण गरी अघि बढ्ने प्रतिवद्धता व्यक्त गरिएको छ । विज्ञप्तिमा संयुक्त गठबन्धनका अध्यक्ष परशुराम तामाङद्वारा हस्ताक्षर गरिएको छ ।

- डीबी आङ्बुङ लिम्बू

धनकुटामा कामदारको समस्या

धनकुटा २० मङ्सिर÷ वैदेशिक रोजगारका लागि युवा पुस्ता विदेशिनेक्रम बढेपछि धनकुटामा कामदारको समस्या हुन थालेको छ । विदेशमा राम्रो आम्दानीगर्ने आशामा पछिल्लो समयमा युवापुस्ता विदेशिनेक्रम बढेपछि कामदार अभाव हुँदा जिल्लाको अधिकांश उद्योग धन्दाहरु समस्यामा परेका हुन्  । कामदार अभावकै कारण हिलेमा सञ्चालित करिब पाँचवटा बिस्कुट उद्योगमध्ये हाल तीनवटा बन्द भइसकेका छन् ।  

Read more: धनकुटामा कामदारको समस्या

नेपालकै उत्कृष्ठ गन्तब्य बराहक्षेत्र

सुनसरी जिल्लाको उत्तर पश्चिम सीमावर्ती गाविस बराहक्षेत्र वडा नं. १ मा पर्ने बराहक्षेत्र मन्दिर दक्षिण एशियाकै हिन्दु धर्मावलम्वीहरुका लागि धार्मिक गन्तब्य हो । यहाँ विशेष अवसरहरुमा मात्र नभई दैनिक रुपमा पनि बराह भगवानका दर्शनार्थीहरुको घुईचो लाग्छ । अत्यन्तै प्राचिन बैदिक क्षेत्र भएकोले यसको प्रचार र पूजा कहिलेदेखि शुरु भयो भन्ने तथ्य पौराणिक ग्रन्थहरुवाट समेत खुल्न सकेको छैन । बराह भगवानको मुर्ति र क्षेत्रको वर्णन बराहपुराणमा आएकोले बराहपुराण अघिदेखि नै यस क्षेत्रको अस्तित्वले प्रसिद्धि पाएको मान्न सकिन्छ ।



यसअघि पटक पटक जिर्णोद्धार गरिईंदै आएको बराहक्षेत्र मन्दिरको पुनः जिर्णोद्धार वि.सं. १७१० मा विजयपुरका राजा विजय सेनले गरी दुरुस्त बनाएको विभिन्न ईतिहास ग्रन्थहरुमा उल्लेख छ । वि.सं. १८४३ मा तत्कालिन राजा रणबहादुर शाहले मन्दिरलाई मर्मतसम्भार गरी ब्यवस्थित गरेका थिए भने भीमसेन थापाले मन्दिरवाट कोशीतर्फ जाने सिँढी निर्माण गरेका थिए । नेपाल एकिकरणको क्रममा रहेका पृथ्वीनारायण शाहले गहनाहरु दान दिई कर्मचारीहरुको समेत ब्यवस्था गरेपछि मन्दिरको ब्यवस्थापन सहज बन्दै गएपनि वि.सं. १९९० माघ २ को भुकम्पले मन्दिर ध्वस्त हुन पुगेको थियो । श्री ३ जुद्ध शम्शेरले भारतवाट कालिगढ झिकाई ध्वस्त संरचनाहरु पुनः जिर्णोद्धार गरेपछि मन्दिर हालसम्मको अवस्थामा आईपुगेको ती ग्रन्थहरुमा उल्लेख छ ।

 

डीबीसी रेडियोको उद्घाटन: हङकङको ब्रोडकास्टिङ क्षेत्रमा काशेढुङ्गा

डिजिटल ब्रोडकास्टिङ कर्पोरेसन (डीबीसी)ले अल्पसंख्यक जातिका भाषामा रेडियो कार्यक्रम शुरु गरेकोलाई गृहमामिला विभागका पर्मानेन्ट सेक्रेटरी रेमण्ड यङले कोशेढुङ्गा बताएका छन् । डिजिटल वि, वि आर द फेमिली’ नारासहित शुरु भएको रेडियो कार्यक्रमको उद्घाटन समारोहमा सेक्रेटरी यङले भने, ‘अल्पसंख्यक जातीय समुदायमा सेवा पुर्याउने पहिलो च्यानल डीबीसीको काम हङकङको ब्रोडकास्टिङ क्षेत्रमा कोशेढुङ्गा बनेको छ ।

Read more: डीबीसी रेडियोको उद्घाटन: हङकङको ब्रोडकास्टिङ क्षेत्रमा काशेढुङ्गा

उदयपुरका कर्माचारी आन्दोलित

उदयपुर २ साउन /  सरकारले प्रस्तुत गरेको आर्थिक बर्ष २०६८÷६९ को बजेटमा कर्मचारीको माग प्रति सरकारले उपेक्षा गरेको भन्दै उदयपुरका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।आज जिल्ला ब्यापी कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन कार्यलय उदयपुर अगाडि कर्मचारीहरुले बिहान १० बजेदेखी १२ बजे सम्म मुल द्धारमा धर्ना दिएका छन् । उनीहरुले स्थायी कर्मचारीलाई सरकारले पोसाक भत्ता बापत ७ हजार ५ सय दिएको तर अस्थायी र करार कर्मचारी लाई भने सरकारले पोसाक भत्ता नदिएको, महगीं मत्ताको उचित ब्यबस्था गर्नु पर्ने लगायतका माग रहेको राष्ट्रिय कर्मचारी संगठन उदयपुरका अध्यक्ष मधुकर थापाले बताउनुभयो ।

Read more: उदयपुरका कर्माचारी आन्दोलित

भूपू गोर्खाहरुले पपी डे मनाए

धरान / पूर्वका भूतपूर्व गोर्खा शैनिकहरुले सुनसरीको विष्णुपादुका माछामारास्थित वि्रटिस गोर्खा स्मृती पार्क निमार्ण स्थलमा पप्पी डे मनाएका छन् । पार्क निमार्ण समितिको आयोजनामा भिक्ट्रोरिया क्रस विजेताभिसी रामबहादुर बेघा लिम्बूको प्रमुअ आतिथ्यतामा सम्पन्न कार्यक्रममा भूपू गोर्खा सैनिक तथा उनीहरुको परिवारको उपस्थिति रहेको थियो ।
विनासकारी प्रथम विश्व युद्धको अन्त्य सन १९१८को नोभेम्वर महिना ११ को ११ तारिक ११ बजे र ११ मिनेटमा भएको मानिन्छ । यही बेला ब्यारेक फूलपप्पी फूलीरहेको शैनिकहरुले देखे पछि युद्ध रोकिएको बताईन्छ । यही समय देखि पपी फूल लगाएर पपी डे मनाईदै आएको जानकारहरु बताउछन् । 
पपी फूललाई युद्ध मैदान र वीरगति प्राप्त वीरहरुको प्रतिकको रुपमा मानिने गरिन्छ । यस बर्ष साल पनि सन् २०११ परेको छ । यस बर्ष भूपू गोर्खाहरुले धरानदेखि करिव ९ किमि पश्चिम उत्तरमा रहेको मनमोहक माछामारा डाडामा भेला भएर वीरगति प्राप्त सैनिकहरुको चिर आत्मको कामना गरेका छन् ।सोही अवसरमा वीरगति प्राप्त गोर्खाहरुको स्मरणका लागि माछामारा क्षेत्रमा बन्न लागेको ुगोर्खा स्मारकु स्तम्भको भिसी रामबहादुर बेघा लिम्बुले शिल्यान्यास समेत गरेका छन् । भिसी लिम्बुले पार्कलाई व्यवस्थित बनाएर पर्यटकिय क्षेत्र बनाउन सबै एक भएर लाग्नु पर्ने बताए ।
पूर्व क्षेत्रकै दृष्यावलोकन गर्न सकिने उक्त माछामारामा १२ विगाहा जमिन खरिद गरि भूपू गोर्खाहरुले नमुना पर्यटकिय गन्तव्य बनाउन सुरु गरेका छन् । गोर्खा सैनिकको सम्झनाका लागि स्मारक निमार्ण गर्न लागिउको निमार्ण समितिका अध्यक्ष दानबहादर राईले बताए । सो क्षेत्रमा भ्यु टावर पार्क भिसी हट चिल्ड्रेन पार्कलगायत निमार्ण गरिने राईले बताए । 
कार्यक्रममा पपी डे वारेमा गोर्खा भूतपूर्व सैनिक संघ सुनसरीका ेअध्यक्ष गजेन्द्र इस्बो विष्णुपादुका गाविसका पूर्व अध्यक्ष मणिराम राई धरान नगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राई नागरिक सरोकार तथा अनुगमन समितिका संयोजक तिलक राईलगायतले बोलेका थिए ।

'मिस पूर्वााचल' को उपाधि प्रतिभालाई

धरान / पूर्वका २२ प्रतिस्पर्धीलाई पछि पार्दै धरानकी प्रतिभा श्रेष्ठ 'मिस पूर्वााचल २०११' को ताज पहिरिन सफल भएकी छन्् । शनिबार धरान सभागृहमा भएको फाइनलका प्रमुख निर्णायक गोपाललाल कक्षपतिले सोधेको ुयुवाहरुको संसारमा वृद्धहरुको कुनै स्थान हुँदैन । यो विचारमा तपाईं सहमत वा असहमत के हुनुहुन्छ ' प्रश्नमा उनको उत्कृष्ट जवाफबाट नै मिस पूर्वााचलको ताज सुनिश्चित भएको थियो । ुपुर्खाहरु नै हाम्रा प्रेरणाका स्रोत हुन् । उनीहरुबाटै युवा पुस्ताले हरेक कुरा सिकिरहेका हुन्छन् । आधुनिक संसारको सुरुआत पनि पुर्खाहरुकै आशीर्वाद हो' भन्ने उनको जवाफले उपाधि सुनिश्चित गरेको हो । उनले मिस पूर्वााचलको ताजसँगै ुमिस क्याटवाकु को उपाधि पनि हात पारिन् । 'उपाधि जित्ने आत्मविश्वास थियो' उनले ब्लाष्टसँग भनिन् ुखुशी लागेको छ ।'
प्रतियोगिताको 'फस्र्ट रनर अप' धरानकै लक्ष्मी सुब्वा भइन् । उनले यसै गरी 'मिस प्रेुण्डसीप' धरान-१ की पि्रयङ्का श्रेष्ठ 'मिस भ्युअस्र च्वाइसु दमककी रोजी बराइली 'मिस ब्युटीफुलु धरानकी ज्योती श्रेष्ठ 'मिस ब्युटीफुल हेयरु धरानकी अमिना पाखि्रन 'मिस फोटोजेनिक' बिर्तामोडकी अस्मिता गजमेर ुमिस ट्यालेन्टु धरानकी नीशा राई घोषित भए ।'मिस पूर्वााचलु बन्न सफल प्रतिभाले ताजसँगै महिन्द्रा कम्पनीको डुरो स्कुटीसमेत हात पारिन् । दोस्रो र तेस्रो हुने सुब्बा र विश्वकर्माले हयासी कम्पनीको ल्यापटप जितेका छन् । यस्तै अन्य उपाधि पाउने प्रतियोगीहरुले एक/कवटा 'कलर मोबाइल' पाएका छन् ।
बुढासुब्बा ट्रेनिङ सेन्टरको आयोाजनामा सम्पन्न प्रतियोगितामा 'मिस पूर्वााचल' तथा 'फस्र्ट रनर अप' र 'सेकेण्ड रनर अप' लाई २०१० की मिस पूर्वााचल पि्रयारानी लामाले ताज पहिर् याइदिएकी थिइन् । विजेता तीनजनाले काठमाडौंमा हुने ुमिस नेपालु मा सहभागी हुन पाउने प्रतियोगिताका संयोजक सौरभ श्रेष्ठले जनाए ।
नेपाल पर्यटन बोर्डका सुबास निरौलाको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगिताका निर्णायकमा कक्षपति मिस नेपाल सुदीक्षा श्रेष्ठ मुना श्रेष्ठ शुक्रबार साप्ताहिकका सम्पादक किशोर नेपाल हेयर डिजाइनर नील डेभिड कट्वाल गायक निर्णय श्रेष्ठ र तारा चाम्लिङ थिए ।
पूर्व मिस नेपाल सुगरिका केसीले साचालन गरेको कार्यक्रममा गायक राजेश पायल राईले गीत गाएर दर्शकहरुलाई मनोराजन दिलाएका थिए । कार्यक्रममा चर्चित फेसन डिजाइनर उत्तम बनेपालीलाई आयोजक बुढासुब्बा ट्रेनिङ सेन्टरका अध्यक्ष वीरेन्द्र लिम्बूले सम्मान गरेका थिए ।

धरानमा सप्ताह व्यापी पपी डे मनाइने

सन्तोष काफ्ले
धरान,
 भूतपूर्व गोर्खा सैनिक संघ गेसोले सप्ताह व्यापी पपी डे मनाउने भएको छ ।  प्रथम विश्व युद्धमा वीरगति प्राप्त गरेका  गोर्खा सैनिकको जानकारी गरुाएको आत्माको शिर शान्तिको कामना गर्दै गेसो सुनसरीले धरानमा एक हप्ते पपी डे मनाउने घोषना गरेको छ ।

Read more: धरानमा सप्ताह व्यापी पपी डे मनाइने

दलाई लामाको जन्मोत्सवमा नेपालीहरुलाई खाद्य संकट

१९ असार /  दलाई लामाको जन्मोत्सब मनाउने भन्दै तिब्बत सरकारले पुर्वी नेपालको सिमाको उत्तरी नाका बन्द गरेपछि सिमा क्षेत्रमा खाध्य संकट सुरु भएको छ ।

Read more: दलाई लामाको जन्मोत्सवमा नेपालीहरुलाई खाद्य संकट

भूकम्प पीडित परिवारलाई राहत

खोटाङ ७ कात्तिक // गत असोज १ गते गएको भूकम्पमापरी घर भत्किएका खोटाङका १ सय ६८ परिवारले राहत पाएका छन् ।  जिल्ला प्रशासन कार्यालय खोटाङले आजसम्म भूकम्पपीडित परिवारलाई ५ लाख छ हजार राहत रकम वितरण गरिसके जनाएको छ । पूर्णरुपमा घर भत्किएकालाई चार हजार र आंशिक भत्किएकालाई २ देखि ३ हजारका दरले राहत वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले बताउनुभयो ।

Read more: भूकम्प पीडित परिवारलाई राहत

जाऊँ है पोखरा’ अभियान

विराटनगर १८ असार /  दशवर्ष पछि पोखराका होटल व्यवसायीहरुले आन्तरिक पर्यटक प्याकेजका कार्यक्रम सहित ‘जाऊँ है पोखरा’ अभियान गर्ने भएका छन् ।  विदेशी पर्यटकको घुइँचो लाग्ने पोखरामा आन्तरिक पर्यटकहरुका लागि पश्चिमाञ्चल होटल व्यवसायीसंघले अभियान थाल्ने भएको हो । पर्यटन वर्षलाई भव्य रुपले सम्पन्न गरी पोखरालाई पर्यटकीय गन्तव्य बनाउने उदेश्यले अभियान थाल्न लागिएको हो ।

Read more: जाऊँ है पोखरा’ अभियान

धरानमा आन्तरिक पर्यटन प्रवर्द्धन र दुर्व्यसन मुक्त सांगीतिक तथा सांस्कृतिक उत्सव सुरु

सन्तोष काफ्ले / धरान
आन्तरिक पर्यटनको विकास तथा दुव्र्यसनमा फसेका युवाहरुलाई सचेत गराउने  उद्येश्यले धरानमा आजदेखि  दुव्र्यसन मुक्त सांगीतिक तथा सांस्कृतिक अत्सव सुरु भएको छ । विगत ४ वर्षदेखि लागुऔषध दुव्यर्सनको विरुद्ध काम गर्दै आएको तथा लागुऔषध सेवन कर्ता  युवाहरुलाईकालागि  पुनस्थापना केन्द्र सञ्चालन गर्दै आएको सञ्जीवनी  उपचार तथा पुनस्थापना केन्द्रको आयोजनामा पब्लिक खेल मैदानमा उत्सव सुरु भएको हो ।

Read more: धरानमा आन्तरिक पर्यटन प्रवर्द्धन र दुर्व्यसन मुक्त सांगीतिक तथा सांस्कृतिक उत्सव सुरु

खानीडाँडा विमानस्थलमा उडान बन्द

खोटाङ ८ असार /  मनसुनी एअरपोर्टको नाम दिई नागरिक उड्यन प्राधिकरणले खोटाङको खानीडाँडा विमानस्थलमा उडान बन्द गराएपछि यात्रुहरु मारमा परेका छन् ।

Read more: खानीडाँडा विमानस्थलमा उडान बन्द

धरानमा भीषण आगलागी, १८ लाख बराबरको क्षति

-- सन्तोष काफ्ले , सुनसरी
सुनसरीको धरान १८ स्थीत आन्टी होटलमा विहिवार वेलुका पौने नौ मा भिषण आगलागी भएको छ । धरानको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मुल गेट अगडि रहेको ईन्द्रधन लिम्वूको घरमा रहेको आन्टी होटलमा आगलागि हुदा करिब साढे १८ लाख वरावरको क्षती भएको इलाका प्रहरी कार्यलय धरानले जनाएको छ ।

Read more: धरानमा भीषण आगलागी, १८ लाख बराबरको क्षति

युवा संघका अध्यक्ष महेश वस्नेत इटहरीमा पक्राउ

इटहरी, अषाढ २ - इटहरीबाट नियन्त्रणमा लिएका युवा स‌घका अध्यक्ष महेश बस्नेतलाई प्रहरीले काठमाडौ‌ जान भन्दै विराटनगरस्थित विमानस्थल पुर्याएर छाडेका छन् । उनीस‌गै पक्राउ परेका कोषाध्यक्ष निरु पाल र मोरङ अध्यक्ष सन्तोष बान्तवाको बारेमा भने थाहा हुन सकेको छैन ।

Read more: युवा संघका अध्यक्ष महेश वस्नेत इटहरीमा पक्राउ

वजार अनुगमन गर्दा मिति सकिएको सामान भेटियो ।

सन्तोष काफ्ले  (सुनसरी)
सुनसरीको धरानमा उपभोग गर्नै मिति सकिएका खाद्यान्नको  बित्री बितरण भइरहेको पाइएको छ । इलाका प्रशासन कार्यालय धरान , उद्योग बाणिज्य सङ्घ सुनसरी र इलाका प्रहरी कार्यलय धरानका पादाधीकारीले आज गरको बजार अनुगमनको क्रममा अधिकांश पसलमहरुमा खान हुने समय सकिएका सामान भेटिएको हो  ।

Read more: वजार अनुगमन गर्दा मिति सकिएको सामान भेटियो ।

ट्याक्टर व्यावसायीहरु आन्दोलित

दमक जेठ ३० / ट्याक्टर व्यवसायीहरु अवैध करको मारमा परेको भन्दै झापाका ट्याक्टर व्यावसायीहरुले सम्वन्धित पक्षको ध्यानाआकर्षण गराएका छन् । झापाको दमकमा झापा कन्काईमाई ट्याक्टर सघंले आज एक अन्र्तकृया कार्यक्रम गरी सबैकिसिमका अवैध करको विरोध गरेका छन् । कार्यक्रममा दमक नगरपालिका, इलाका ट्राफिक कार्यलय दमक, राजनितिक दल र सञ्चारकर्मी लगायतको उपस्थितीमा व्यवसायीले आफुहरु सवै खाले अवैध करको तारो भएको गुनासो गरका हुन् । 

Read more: ट्याक्टर व्यावसायीहरु आन्दोलित

वृगेडियर जनरल यज्ञविक्रम राणाको निधन

Normal 0 false false false EN-US X-NONE X-NONE MicrosoftInternetExplorer4 /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-qformat:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin:0in; mso-para-margin-bottom:.0001pt; mso-pagination:widow-orphan; font-size:11.0pt; font-family:"Calibri","sans-serif"; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-fareast-font-family:"Times New Roman"; mso-fareast-theme-font:minor-fareast; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin; mso-bidi-font-family:"Times New Roman"; mso-bidi-theme-font:minor-bidi;}

नेपाली साहित्यका महारथी झपटबहादुर राणाका साइँला छोरा वृगेडियर जनरल यज्ञविक्रम राणाको ८८ वर्षो उमेरमा गत ५ गते काठमाडौंमा निधन भयो ।

उनी शारदाकालीन साहित्यकार थिए । उनले विद्याथी जीवनदेखि नेपाली, अङ्ग्रेजी, हिन्दी, चिनीया र संस्कृत भाषामा लेखरचना गरे । तर उनको ग्रन्थका रूपमा 'यज्ञ रचनावली' २०४६ सालमा प्रकाशित भयो । २०१२ सालमा उनले आफ्ना घरमा यज्ञ पुस्तकालयको पनि स्थापना गरेका थिए ।

राणाले आफ्ना बुबाका नाउँमा २०३७ सालमा झपट पुरस्कार गुठीको स्थापना गरेका थिए । साथै उनैको पहलमा सोही वर्षसैनध्वज-नन्दकुमारी गुठीको पनि स्थापना भएको थियो । त्रिमर्ति निकेतन, बालकृष्ण सम फान्डेशन, मदन पुरस्कार गुठी, दीपस्मृति गुठीका सदस्य भएका राणा बानेश्वरको रत्नपुस्तकालय र श्री ५ रत्नराज्यलक्ष्मी माद्यामिक विद्यालयको पनि अध्यक्ष थिए ।

२००७ सालमा नेपाली सेनाको सहायक सेनानीमा प्रवेश भएका उनी वृगेडियर जनरलको पदबाट २०४६ सालमा अवकास भएका थिए ।उनी विभिन्न मानपद्वी र विभूषणबाट सम्मानित थिए ।

निकाले सिमेन्ट बजारमा

धरान / धनकुटाको परेवादिन –७ सिधुवा  वजारमा रहेको निगाले सिमेन्ट उद्योगले सोमवारदेखि आफ्नो उत्पादन वजारमा ल्याएको छ । निगाले सिमेण्ट उद्योगका संचालक दिनेश पौडेलले आईतवार उधोगको उत्पादनको वारेमा पत्रकार सम्मेलन गरी स्थानिय संचारकर्मिहरुलाई  यस्तो जानकारी गराएका हुन् । उनले सिमेण्ट उद्योग अहिले परिक्षण कालमा रहेको वताउदै हाल सम्म उधोग सञ्चालन गर्नका लागी ८० करोड रुपैया खर्च गरेर उद्योग स्थापना गरेको वताए । उनले निगाले सिमेण्ट उधोगले दैनिक ६ हजार वोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको वताए । सञ्चालित उद्योगमा १ सय २५ जना कामदारको आवश्यकता भए पनि अहिले दक्ष तथा अदक्ष  कामदार गरि ९० जना मात्र कार्यरत रहेको वताए ।
सिमेन्ट उत्पादनका लागी आवश्यक चुन ढुङगा अर्खाैलेजितपुर गाविस र मुर्तिढुगा गाविसको विचमा रहेको निगाले भन्ने स्थानवाट ल्याउने गरेको पौडेलले जानकारी दिएका छन् । एक सय रोपनी क्षेत्रफलमा फैलिएको सो उधोग चिनको अति प्रतिष्ठत फाङ्गकुई कम्पनिको नयाँ प्रविधिवाट उच्च गुणस्तरको सिमेन्ट उत्पादन गरिरहेको संचालक पौडेलले वताएका छन् ।
उनले स्थानिय स्तरमा यसरी उद्योग सञ्चालन भईरहेको अवस्थामा नेपाल सरकारले कुनै सहयोग नगरेको गुनासो गरेका छन् । उनले उद्योग सञ्चालन मारुती ग्रुप, टायल ग्रुप, माछापुछ्रे वैंक, सिटिजन वैंक, प्राईम वेंकको लगानी रहेको पनि उनले वताएका छन् ।

 

Book reviews

भयवाद चिन्तन र विमर्श

भरखरै नेपालको बजारमा भयवाद सम्बन्धी अर्को पुस्तक ‘भयवाद चिन्तन र विमर्श’ आएको छ । यो पुस्तक भृकृटी मण्डपको पुस्तक प्रदर्शनीमा पनि बिक्री भएको थियो । यो भयवाद अध्ययन केन्द्रको पहिलो प्रकाशन हो ।