alopalo.com

Send News,Article and Feedback to us ! e-mail: This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.

Sat05192012

Last update01:18:52 AM

Font Size

Profile

Menu Style

Cpanel

पुर्खाको संझनामा मनाआँै चिङमिङ पर्व

User Rating:  / 1
PoorBest 

पुर्खाको संझनामा मनाआँै चिङमिङ पर्व
अर्पौँ हाम्रा श्रद्धाञ्जली भइ अति गर्व

वसन्तको पालुवासँगै हङकङका वनपाखाभरि छरिएका समाधिहरुले यतिखेर नयाँ काँचुली फेरेका छन् । यी समाधिहरु भर्खरै मात्र चुनले लिपिएर सिँगारिएका कारण यहाँका न्यू टेरीटरीज, डायमण्ड हील र अन्य केहि भेगहरु हिमचुली भैmँ सेताम्मे बनेका छन् ।

हङकङका स्थानिय बासिन्दा चिनियाँहरुले आफ्ना पूर्वजहरुको स्मिृतिमा मनाउँदै आईरहेको चिङमिङ पर्व हरेक साल अप्रिल ५ तारीकका दिन पर्दछ । यस पर्वमा चिनियाँहरु आफ्ना पुर्खाहरुको समाधि सरसफाई, मर्मत संभार र रङ रोगन गर्ने र उनीहरुको समाधिमा गई आदरभक्ति र श्रद्धाञ्जली चढाउने गर्छन् ।

चीन, हङकङ, मकाऊ र ताईवानमा चिङमिङ पर्वको अवसरमा १ दिनको सार्वजनिक विदा हुन्छ । तर यसको चहलपहल भने अप्रिल महिनाभरि नै भई रहन्छ । सिंगपूर र मलेसियामा रहँदै आएका चिनियाँहरुले पनि यस पर्वलाई आत्मसात गर्दै आईरहेका छन् ।

लगभग २ हजार वर्ष अघि स्याङ डायनाष्टीले प्रचलनमा ल्याएको यस प्रथा चीनमा चाईना कम्यूनिष्ट पार्टीले सन् १९४९ सालमा खारेज गरे पश्चात सन् २००८ सालमा यसको पुन स्थापित नहुन्जेल करीब ६ दशकको अबधि सम्म ओझेलमा रह्यो । हङकङ र मकाऊमा भने यस पर्व परापूर्वकालदेखि निरन्तर रुपमा मनाउँदै आईरहेको छ ।

चिनियाँहरु चिङमिङ पर्व र चुङयुङ पर्व गरि वर्षको दुई पटक पुर्खाहरुको समाधि सरसफाई र मर्मत संभार गर्छन् र समाधिस्थलमा उनीहरुको नाउँमा धुपबत्ती बालेर गोदाबरी फूल, मिठामिठा परीकारहरु, पेय पदार्थ, कागजका नक्कली नोट, घर, मोटरगाडी, उपहार स्वरुप चढाउँछन् ।

आदिकालमा मानव र पशु बली दिइने चलन थियो । मानव सभ्यताको विकास क्रमसँगै उक्त प्रथा हटेर कालान्तरमा माटाले बनेको नोकरचाकर, जनावर, घर र रथहरु मृतकको साथमा गाडिने चलन चल्यो । हाल आएर कागजका सस्ता सामाग्रीहरु जलाएर चढाउने गरिन्छ । समयको मागसँगै हिँजोआज बजारमा कागजका मोबाइल फोन, आईफोन र क्रेडिट कार्डहरु पनि पाइन थालेको छ ।

चिङमिङ पर्वका दिन “दि एप्रल फिÏथ मुभमेन्ट” र “टीनान्मेन इन्सिडेन्ट” जस्ता चीनकै इतिहासको अति दुखद घटना काण्डहरुमा ज्यान गुमाएकाहरुको स्मरण गरिन्छ ।

चिङमिङ पर्वकै अवसर पारी हङकङेली नेपालीहरुले विगत ७ वर्षदेखि अप्रिल ५ का दिन वर्षेनीे मनाउँदै आईरहेका पुर्खा दिवस कार्यक्रम यस वर्षपनि समपन्न भयो । कार्यक्रम विभन्न युद्धमा ज्यान गुमाई नेपालीहरुलाई विश्वसामु बीर जातीका रुपमा चिनाउने गोर्खाली पुर्खाहरुको सम्मान र संझनामा गोर्खा सेमेटी« ट्रष्टले आयोजना गरेको थियो । ट्रष्टका अधक्ष्य एकराज राईको अधक्ष्यतामा उक्त कार्यक्रम सानतिन गोर्खा सेमेट्रीमा सम्पन्न भएको थियो ।

बृहत नेपाली तथा बिदेशी समुदायको उपस्थित रहेको कार्यक्रम मौन धारण र गोर्खा सेमेट्री ट्रष्टले प्रकाशन गरेको समाधि पुस्तकको छैँटो संस्करणको विमोचनबाट सुरुआत गरिएको थियो ।

अति भावमय वातावरणमा नेपाली विद्यार्थीहरुले श्रद्धाञ्जली गीत गाएका थिए र कविता वाचन पनि गरेका थिए । उपस्थित सबैले पुर्खाहरुको वेदीमा पुष्प गुच्छा अपर्ण गरेका थिए ।  कार्यक्रममा युद्धका तस्बिरहरु, युद्धताकाका नेपाली गाउँघरका तस्बिरहरु, विश्वभर छरिएर रहेका गोर्खाली समाधिका तस्बिरहरु र समाधि पुस्तकका पुराना अंकहरु प्रदर्शन गरिएको थियो ।

“चिङमिङ पर्व” वा “पुर्खा दिवस” जुनसुकै नाउँले चिनिएतापनि अर्थात नेपाली र चिनियाँहरुले आ आÏनै ढाचाले भिन्न प्रकारले यस पर्व मनाएतापनि उनीहरुको एउटै मुख्य उदेश्य आÏना पुर्खाहरुलाई भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नु नै रहेको छ ।

 

Book reviews

भयवाद चिन्तन र विमर्श

भरखरै नेपालको बजारमा भयवाद सम्बन्धी अर्को पुस्तक ‘भयवाद चिन्तन र विमर्श’ आएको छ । यो पुस्तक भृकृटी मण्डपको पुस्तक प्रदर्शनीमा पनि बिक्री भएको थियो । यो भयवाद अध्ययन केन्द्रको पहिलो प्रकाशन हो ।