बुढासुब्बा गोल्डकपमा पत्रकार सम्मानित
- Details
- Category: खेलकुद समाचार
- Written by AND Nepal
- Hits: 64
धरान फुटबल क्लवले एचकेनेपाल डटकमका धरान प्रतिनिधि सहित पाच जना पत्रकारलाई सम्मान गरेको छ । धरानमा जारी १४ अन्तर राष्ट्रिय आमन्त्रण वुढासुब्बा टुवोर्ग गोल्डकपको समापनको अवसरमा शनिबार क्लवले एचकेनेपालका धरान प्रतिनिधि तथा ब्लाष्ट टाइम्स तथा मकालु टेलिभिजनका धरान संवददाता सन्तोष काफ्ले अन्नपूर्ण पोष्टका धरान संवाददाता रत्नप्रसाद आचार्य र फोटो पत्रकार विकास राईलाई नगद ४ हजार सहित सम्मान गरेका हो ।
बुढा सुब्वा गोल्ड कपमा थ्रीस्टारको कीर्तिमान
- Details
- Category: खेलकुद समाचार
- Written by देबेन्द्र कार्की
- Hits: 76
देबेन्द्र कार्की / Photo: Upendra Chamling
धरान, १८ चैत
नेपालका चर्चित स्टाइगर सन्तोष साहुखलको एक मात्र गोलले मेघा थ्री स्टार क्लब धरानमा जारी १४औ अन्र्राष्ट्रिय आमन्त्रण बुढासुब्बा टुवोर्ग गोल्डकपको उपाधी हात पारेको छ । धरान स्थित एन्फा एकेडेमीको मैदानमा सनिवार भएको अत्यन्त प्रतिस्पधात्कम खेलमा प्रतिद्वन्द्वी लक्ष्मी हुण्डाई मनाङ मस्र्यादीलाई १–०को अन्तरले हराउदै उपाधी हात पारेको हो ।
दृष्टिविहिनहरूको खेल साउण्ड टेबल टेनिस
- Details
- Category: खेलकुद समाचार
- Written by AND Nepal
- Hits: 229
न्युजडेस्क २७ बैशाख / पूर्वाञ्चल विकास क्षेत्रभित्र छरिएर बसेका दृष्टिविहिन टेबल टेनिस खेलाडीहरुको प्रशिक्षण एवम् प्रतियोगीता कार्यक्रम आज धरान स्थित पूर्वाञ्चल ज्ञान चक्षु विद्यायलयमा समापन गरिएको छ ।
दृष्टिविहिनहरुलाई शारीरिक, मानसिक रुपमा स्फूर्त राख्ने तथा उनिहरुको सघन शक्तिको विकास गर्ने उदेश्यले संचालित साउण्ड टेबल टेनिस प्रशिक्षण तथा प्रतियोगीता कार्यक्रम आज समापन गरिएको हो ।
बूढासुब्बा गोल्ड कपमा हङकङ नेपाली विजयी
- Details
- Category: खेलकुद समाचार
- Written by सन्तोष काफ्ले, धरान
- Hits: 89
पहिलो पटक सहभागी हङकङ नेप्लीज फुटवल टिम १४ औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुव्वा टुवोर्ग गोल्डकप फुटवल प्रतियोगिताको सेमी फाइनलमा प्रवेस गरेको छ । धरान स्थित एन्फा खेलमैदानमा मंगलबारको खेलमा यति हिमायलयन शेर्पालाई १ का विरुद्ध ३ गोलले पाखा लगाउर्दै हङकङकले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । नेपाल का तीन राष्ट्रय खेलाडी र एक तान्जेनियाका खेलाडी सहित मैदानमा उत्रिएको हङकङका लागि टंक वस्नेत सागर थापा र म्यान अफ दि म्याच क्यास्टोरी मुम्वाराले गोल गरेका थिए ।
मजदुर दिवसमा फुटबल प्रतियोगिता, चुम्लुङ विजयी
- Details
- Category: खेलकुद समाचार
- Written by Dev Raj Rai
- Hits: 335
मजदुर दिवसका दिन मे १ तारिखका दिन जनसरोकार समाज हङकङको आयोजनामा सम्पन्न भएको एक दिवसीय फुटबल प्रतियोगितामा प्रिभे फुटबल क्लवलाई १(० गोलले पराजित गर्दै चुम्लुङ फुटबल क्लवले शहीद कप उपाधि हात पारेको छ ।
सूर्य नेपाल ईष्टर्न ओपनको उपाधि शिवरामले चुमे
- Details
- Category: खेलकुद समाचार
- Written by alopalo desk
- Hits: 194
धरान, १५ पुसः नम्बर १ गल्फरका रुपमा चिनिएका शिवराम श्रेष्ठले लगातार दोस्रो पटक सुर्य नेपाल ईष्टर्न ओपनको उपाधी हात पारेका छन् । यो उनको करियरको १६औं उपाधि हो ।सुक्रबार ५ ओभर ७५ को खराब प्रदर्शनका बाबजुत कुल ५ ओभर २१५ अंकका साथ रमेश अधिकारी र रवि खड्कालाई २ स्टूोकले पछि पार्दै श्रेष्ठले उपाधि चुमेका हुन् । पहिलो दिन ७२ र दोस्रो दिन ६८ अंक बनाई अन्तिम दिन ४ स्टोकले अघि रहेका शिवरामले १ डवल वोगी र २ वोगीका बिरुद्ध ३ वडीै प्रहार गरी फ्रण्ट नाईन १ ओभर ३६ मा सकाएका थिए । । ब्याक नाईनमा उनले लय गुमाउदा रमेशले १६औं होलमा वर्डी प्रहार गरी शिवरामको अग्रतालाई १ स्ट्रोकमा झारे पनि पछि दुवैले खेल राम्रो प्रदर्शन गर्न नसके पछि ब्याक नाईनमा २ वर्डीका बिरुद्ध ६ वोगी प्रहार गरे । शिवराम २ स्टोकले नतिजा आफ्नो पक्षमा पार्न सफल भए ।
धरानका फुटबल खेलाडीहरुलाई खेलसामाग्री वितरण
- Details
- Category: खेलकुद समाचार
- Written by AND Nepal
- Hits: 218
धरान ११ बैशाख / पूर्व फुटबल खेलाडी किशोर राईको सहयोगमा धरानका फुटबल खेलाडीहरुलाई आज खेलसामाग्री वितरण गरिएको छ ।
मित्रमिलन क्लव धरानद्धारा आज धरानमा आयोजित एक कार्यक्रममा उनीहरुलाई सामाग्री वितरण गरिएको हो । फुटबल खेलाडिलाई ट्रयाक्सुट, जर्सी, बुट लगायतका सामाग्री नेपाल पत्रकार महासँघ सुनसरीका अध्यक्ष केशव घिमिरे, बरिष्ठ पत्रकार हर्ष सुब्बा, क्लवका अध्यक्ष किशोर राई लगायतले सामाग्री वितरण गर्नुभएको थियो ।
सूर्य नेपाल ईष्टर्न ओपन गल्फ साविक विजेता शिवरामलाई अग्रता
- Details
- Category: खेलकुद समाचार
- Written by सन्तेष काफ्ले
- Hits: 169
धरान // साविक बिजेता शिवराम श्रेष्ठ सुर्य नेपाल ईष्टर्न ओपनको दोस्रो दिन ४ स्टोकको अग्रता कायम गर्न सफल भएका छन् ।२ अण्डर ६८ अंक बनाउदै समग्रमा इभन पार १४० को कार्ड सहित उनले रमेश अधिकारी, सञ्जय लामा र थाम बहादुर राईलाई ४ स्टकोलेपछि पारे ।
दोस्रो दिनको खेलको शुरुवात गर्दा २ स्टोकले पछि रहेका शिवरामले पहिले र ७औं होलको वर्डि संगै तेस्रो होलमा इगलको सफलता प्राप्त गरे पनि चौंथो होलको फ्रण्ट नाइन १ अण्डर ३४ मा पुरा गरे । यसपछि १३औं र १८औं होलको वर्डीका विरुद्ध १४औं होलको वोगीले ब्याक नाइन १ अण्डर ३४ मा सकाउदै शिवराम आफ्नो करियरको १६औ उपाधि नजिक पुगेका छन् ।
Read more: सूर्य नेपाल ईष्टर्न ओपन गल्फ साविक विजेता शिवरामलाई अग्रता
क्रिकेट विकासकालागि भौतिक पूर्वाधार
- Details
- Category: खेलकुद समाचार
- Written by AND Nepal
- Hits: 284
विराटनगर १ बैशाख / क्रिकेटको विकासका लागि भौतिक पुर्वाधारको प्रशस्त ब्यवस्था गर्नुपर्ने आज विराटनगरमा आयोजना गरीएको एक कार्यक्रमका बक्ताहरुले बताएका छन ।साङग्रीला क्रिकेट एकेडेमिले आयोजना गरेको छलफल कार्यक्रमका बक्ताहरुले भौतिक पुर्वाधारको अभावमा क्रिकेट खेल दिनप्रतिदिन खस्कदै गएको बताएका हुन ।
बूढासुब्बा गोल्डकप चैत्रमा
- Details
- Category: खेलकुद समाचार
- Written by AND Nepal
- Hits: 196
धरान ८ मंसिर / धरानमा १४ औ संस्करणको अन्र्तराष्ट्रीय आमन्त्रण बुढा सुब्बा टुर्बाेग गोल्ड कप फुटबल प्रतियोगीता आगमी चैत्र १८ गतदेखि २५ गते सम्म हुने भएको छ । आज पत्रकार संम्मेलनगरीे धरान फुटबल क्ल्बको आयोजनामा प्रतियोगीता हुन लागेको आयोजकले जानकारी दिएको हो ।
भारत २८ वर्षपछि च्याम्पियन
- Details
- Category: खेलकुद समाचार
- Written by Dev Raj Rai
- Hits: 210
मुम्बई, चैत २० (एएफपी)- भारतले श्रीलंकालाई ६ विकेटले पराजित गरी २८ वर्षपछि विश्वकप क्रिकेट जितेको छ। सन् १९८३ यता भारतले पहिलोपटक विश्वकप उपाधि जितेको हो।
रोटयाक्ट रनिङ कप क्रिक्रेट खेल प्रतियोगिता
- Details
- Category: खेलकुद समाचार
- Written by AND Nepal
- Hits: 245
रोटयाक्ट क्लव अफ धरानको आयोजनामा गत शनिवारदेखि धरानमा सञ्चालित तेश्रो रोटयाक्ट रनिङ कप क्रिक्रेट टूर्नामेन्टको आज ३ खेल भएको छ । रोट¥याक्ट क्लव अफ धरानको आयोजनामा गत शनिवारदेखि धरानस्थित भगवती निमाविको खेल मैदानमा सञ्चालित तेश्रो रोट¥याक्ट रनि¨ कप क्रिक्रेट टूर्नामेन्ट २०११ संचालन भइरहेको छ ।
फुटबल विश्लेषणः बूढासुब्बा गोल्डकप
- Details
- Category: खेलकुद समाचार
- Written by AND (Alopalo News Desk)
- Hits: 225
धरान, २९ चैत ः तेह्रौ अन्तराष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकप फुटवल तियोगिताको फाइनल आज आइतवार धरान रंगशालामा हुदैछ । बूढासुब्बा गोल्डकपको बाजी मार्न काठमाडौंका चर्चित दुइ क्लव मैदानमा उत्रदैछन् । बूढासुब्बा गोल्डकप माथि कब्जा जमाउनकोलागि यस पटक पनि साविक विजेता रानी पोखरी कर्नर टिम (आरसिटी) र लक्ष्मी हुण्डाइ मनाङ मर्स्याङदी क्लव तम्तयार रहेका छन् ।
एभरेष्ट ताइ क्वान दो एकेडेमीलाई पदक प्राप्त
- Details
- Category: खेलकुद समाचार
- Written by AND Hong Kong
- Hits: 184
सन् २०११ सेप्टेम्वर २५ तारिख आइतवारको दिन हङकङस्थित हङकङ पार्क स्पोर्ट सेन्टरमा हङकङ त क्वान दो एसोसिएसन्को संयोजनमा ८ देखि १४ बर्ष उमेरका पुरुष खेलाडीहरु बीच खुल्ला प्रतिस्पर्धा भएका थियो ।
खुल्ला पुम्से तथा स्पेरीङ भब्यताका साथ सम्पन्न
- Details
- Category: खेलकुद समाचार
- Written by Dev Raj Rai
- Hits: 214
मार्च २७ आर्इतबारका दिन हङकङस्थित कौलन पार्कको स्पोर्ट सेन्टरमा एचकेएनटीएको नवौं बार्षिकोत्सव उपलक्ष्यमा ताई क्वान दो खेल विकास गर्नको लागि खुल्ला पुम्से तथा स्पेरीङ भब्यताका साथ सम्पन्न भएको छ ।
रोट-याक्ट क्लब अफ धरानको मैत्रीपूर्ण क्रिक्रेट
- Details
- Category: खेलकुद समाचार
- Written by AND Nepal
- Hits: 176
धरान ७ असोज / रोट-याक्ट क्लब अफ धरानको आयोजनामा आज भएको मैत्रिपूर्ण क्रिक्रेट प्रतियोगीतामा धरान क्रिक्रेट क्लबले चतारालाइन क्लबलाई २ विकेटले हराएको छ ।
खेलकुद प्रतियोगिता सम्पन्न
- Details
- Category: खेलकुद समाचार
- Written by Dev Raj Rai
- Hits: 256
मार्च २५, २०११
सर्वाधिक नेपाली विधार्थीहरु अध्ययान गरिरहेको विद्यालय पीएच केन्द्रीय प्राथमिक विद्यालयले आफ्नो वार्षिक खेलकुद कार्यक्रम मार्च २५ तारिखका दिन युनलङ स्टेडियममा सम्पन्न गर्यो ।
हङकङमा नेपाली बडीबिल्डरहरूलाई सफल्ता
- Details
- Category: खेलकुद समाचार
- Written by Dev Raj Rai
- Hits: 289
मिस्टर हङकङ नेपाल लोकेन्द्र परियार र किशोर पुनलाई हङकङमा बडीबिल्डिङ खेलमा अर्को सफल्ता मिलेको छ ।
लोकेनले जुन २५ तारिखका दिन हङकङ किटेक अडीटोरियम हल कउलुनबेमा हङकङ फेडेरेशन अफ बडी बिल्डिङ एण्ड फिटनेशको आयोजनामा सम्पन्न भएको हङकङ बडीबिल्डिङ इन्भाइटेशन च्याम्पियनशीप २०११ प्रतियोगितामा उनलाई ८५ केजी तौल समूहको नोभाइसमा फस्टरनअप उपाधि प्राप्त गर्न सफल भएका थिए ।

Send News,Article and Feedback to us ! e-mail:
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.







