रोटयाक्ट रनिङ कप क्रिक्रेट खेल प्रतियोगिता
रोटयाक्ट क्लव अफ धरानको आयोजनामा गत शनिवारदेखि धरानमा सञ्चालित तेश्रो रोटयाक्ट रनिङ कप क्रिक्रेट टूर्नामेन्टको आज ३ खेल भएको छ । रोट¥याक्ट क्लव अफ धरानको आयोजनामा गत शनिवारदेखि धरानस्थित भगवती निमाविको खेल मैदानमा सञ्चालित तेश्रो रोट¥याक्ट रनि¨ कप क्रिक्रेट टूर्नामेन्ट २०११ संचालन भइरहेको छ ।
आज चौथो दिन भएकोे पहिलो खेलमा ईनरुवा क्रिक्रेट क्लवलाई हराउदै चतरालाईन क्रिक्रेट क्लव विजयी भएको छ । निर्धारित १६ ओभरको खेलमा चतरालाईन क्रिक्रेट क्लवले टस जितेर फिल्डि¨ रोजेको थियो ।
व्याटि¨मा उत्रिएको ईनरुवा क्रिक्रेट क्लवले कूल ७४ रनको टारगेट दिएका थियो । विपक्षी टिमको खेलाडि आउटगर्ने क्रममा चतरालाईन क्रिक्रेट क्लवका ईराज श्रेष्ठले २ विकेट लिएका थिए । जवाफि व्याटिङ गरेको चतरालाईन क्रिक्रेट क्लवले कूलदिप ढुंगानाको ३४ रनको मद्घतले खेल आफ्ना ६ खेलाडि बाकी रहदै टारगेट पूरा गरि खेल जितेको थियो । खेलको म्यान अफ दि म्याच चतरालाईन क्रिक्रेट क्लवका कूलदिप ढुंगाना भएका थिए ।
यसैगरि दिनको दोश्रो खेल, आचार्यलाईन क्रिक्रेट क्लव र ईनरुवा क्रिक्रेट क्लव विच भएको थियो । सो खेलमा, टस जितेर व्याटि¨ रोजेको आचार्यलाईन क्रिक्रेट क्लवले अजित शाहको १७ रनको मद्घतले कूल ३९ रन जोड्न सफल भएको थियो । वलि¨ गर्ने क्रममा ईनरुवा क्रिक्रेट क्लवका अफजल हुसैनले २ विकेट लिएका थिए ।
जवाफमा व्याटि¨मा गरेको ईनरुवा क्रिक्रेट क्लव ९ रनमात्र जोडदै अलआउट भएको थियो । विपक्षी टिमको विकेट झार्ने क्रममा आचार्यलाईन क्रिक्रेट क्लवका पंकज शर्माले ले सर्वाधिक ३ विकेट लिएका थिए । सो खेल आचार्यलाईन क्रिक्रेट क्लवले जितेको थियो । खेलको म्यान अफ दि म्याच आचार्यलाईन क्रिक्रेट क्लवका पंकज शर्मा भएका थिए । खेल जितेपनि यसअघिको लीग म्याचमा पराजय भएकोले आचार्यलाईन क्रिक्रेट क्लवले सेमिफाइनलको यात्रा तय गर्न असफल रह्यो ।
लीग चरणको अन्तिम खेलबाट आफ्नो समूहबाट सम्पूर्ण खेल जित्दै आज चतरालाईन क्रिक्रेट क्लव, धरान सेमिफाइनलमा पुग्न सफल भयो । यसअघि नै गल्लीटोल क्रिक्रेट क्लव, धरान क्रिक्रेट क्लव र रोट¥याक्ट क्लव अफ धरानको समूह सेमिफाइनलमा पुगिसकेको छ । प्रतियोगितामा ईनरुवा, पकली, चक्रघट्टी, धरान का गरि १० वटा टिमको सहभागिता रहेता पनि सेमिफाइनलमा धरानका टिमहरु मात्र पुग्न सफल भएका छन् । प्रतियोगिता अन्तर्गतको पहिलो सेमिफाइनल विहिवार गल्लीटोल क्रिक्रेट क्लव र रोट¥याक्ट क्लव अफ धरान साथै दोश्रो सेमिफाइनल धरान क्रिक्रेट क्लव र चतरालाईन क्रिक्रेट क्लव विच हुनेछ । खेलको फाइनल शविार हुनेछ ।

Send News,Article and Feedback to us ! e-mail:
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.








