बालअधिकार सम्बन्धि कार्यशाला सम्पन्न
- Details
- Category: महिला तथा बालबालिका
- Written by Dev Raj Rai
- Hits: 55
-देवराज राई
हेवेन्लीपाथ हङकङको आयोजनामा संचालन भइरहेको स्वस्थ सुखी बाल्यजीवन कार्यशाला अप्रेल १५ तारिखका दिन सीएमए माध्यमिक विद्यालय टुनमुनमा समापन गरिायो । कार्यक्रममा बाल विकास परियोजना हङकङकी प्रतिनिधि मिस योभना ल प्रमुख अतिथिको रुपमा उपस्थित भएकी थिइन् ।
विदेशबाट फर्किएर आत्मनिर्भर बन्दै
- Details
- Category: महिला तथा बालबालिका
- Written by देवेन्द्र कार्की
- Hits: 68
देवेन्द्र कार्की
असुरक्षित वैदेशिक रोजगारीमा जान सरकारले रोक लगाएको छ, तर एजेन्टमार्पmत खाडी मुलुकमा महिला जाने कार्य रोकिएको छैन । नेपाली महिलाको एउटा ठूलो समूह तेस्रो मुलुक हुँदै विदेशिने क्रम अभैm रोकिएको छैन । तर, विदेश पुगेर दुःख पाएका तथा लामो समयसम्म विदेशमा आफ्नो भविष्य सुनिश्चित नदेखेका केही महिलाले भने नेपालमै आत्मनिर्भर हुने बाटो खोज्न थालेका छन् । विदेशबाट फर्किएर आएका महिला स्वदेशमै उद्योगी, व्यापारी बनेर उदाहरण प्रस्तुत गर्ने क्रममा छन् । उनीहरूले भिœयाएको रेमिट्यान्ससमेत उत्पादनमूलक क्षेत्रमा लगानी गरेर समाजलाई गतिलो पाठ सिकाएका छन् । धरान( १५ सुवेदीटोलकी ३५ वर्षीया गंगा निरौला माओवादी द्वन्द्वकालमा दुई वर्ष कुवेतमा बसेर फर्केकी महिला हुन् । उनी ०५८ सालमा छिमेकीसँग सयकडा पाँचको दरले ब्याजमा ऋण काढेर विदेश गएकी थिइन् । दुई वर्षको बसाइमा खासै उपलब्धि नभएपछि उनी नेपाल फर्किएर आत्मनिर्भरको बाटो खोजिरहेकी थिइन् । सानो लगानीमा धेरै आम्दानी हुने व्यवसाय कुखुरापालन पनि एक भएको देखेपछि उनी यतिबेला घरमै कुखुरापालन व्यवसाय गर्दै आएकी छिन् । कुखुरापालन व्यवसायबारे तीनदिने तालिम लिएर उनले व्यवसाय सुरु गरेकी हुन् । कुखुरा व्यवसायबाट आएको आम्दानीबाट नवचेतना आमा समूहमा उनले मासिक एक सय रुपैयाँ बचत पनि गर्दै आएकी छिन् । आफ्नै देशमा मिहिनेत र पसिना बगाएर केही गर्न व्यवसाय थालेको उनको भनाइ छ ।
माओवादी द्वन्द्वका कारण धरान( १५ की शारदा मास्के विश्वकर्मा पनि ०६० सालमा विदेशिएकी थिइन् । एजेन्टमार्पmत भारत हँुदै कुवेत पुगेकी शारदाले डेढ वर्षको अवधि कष्टपूर्ण जीवन बिताएको सुनाइन् । ‘बिहान ५ बजेदेखि राति २ बजेसम्म बच्चा हेर्ने तथा घरेलु कामकाज गर्नुपरेको उनले बताइन् । ‘डेढ वर्षको समय साह्रै कष्टपूर्ण बिताइयो,’ उनले भनिन् । भाषा ज्ञानको अभावले महिलाले बढी दुःख पाउने गरेको उनको बुझाइ छ । विदेशमा सोचेजस्तो नभएपछि उनी नेपाल फर्केर त्यसै भौँतारिइरहेकी थिइन् । त्यसैबीच ०६३ सालमा विदेश गएर फर्किएका महिलाको बृहत् भेला काठमाडौंमा गरिएको थियो । त्यही भेलापछि धरानमा पौरखी नेपाल धरान शाखा स्थापना गरियो । हाल उनी त्यही संस्थाको सचिव पदमा रहेर विदेश जाने महिलालाई जनचेतना जगाउने अभियानमा लागेकी छिन् । आपूmले विदेशमा दुःख पाए पनि अब जाने महिलाले आफ्नोजस्तो कष्ट भोग्नु नपरोस् भन्ने उनको चाहना छ ।
यस्तै धरान( १५ मा डेरा गरी बस्ने ३६ वर्षीया गीता अधिकारी ०५२ सालमा भारतको बाटो हँुदै कुवेत पुगी सात वर्षसम्म घरेलु कामदारको रूपमा काम गरिन् । केही गरौँ भन्ने जाँगरिलो २० वर्षको उमेरमा धन कमाउन विदेशिएकी अधिकारीले सात वर्षसम्म विदेशमा घोटिँदा खासै प्रगति गर्न सकिनन् । सुनसरीको पाँचकन्यामा जन्मेकी अधिकारी सात वर्षको विदेश बसाइ औचित्यहीन भएको बताउँछिन् । खाडीमा बगाएको श्रम र पसिनाको मूल्य नपाएका कारण उनी यतिबेला भने विदेशको अनुभवसँगै धरानमा मैनबत्ती उद्योग खोलेर बसेकी छिन् । उनले मैनबत्ती उत्पादन गरेर मासिक एक सय ५० केजी मैनबत्ती बजारमा बिक्री गर्दै आएकी छिन् । लोडसेडिङको विकल्पको रूपमा प्रयोग गरिँदै आएको मैनबत्तीको बजार निकै राम्रो छ । मैनबत्ती उत्पादन गरेर नजिकका किराना पसलेहरूलाई मैनबत्ती आपूर्ति गर्दै आएकी अधिकारीले घर राम्ररी चलाएकी छिन् । उद्योगकै आम्दानीबाट ६ वर्षीय छोराको पढाइ र घरखर्च टार्दै आएको उनी बताउँछिन् । ‘विदेशी मुलुकमा श्रम बेच्यो पैसा पनि नपाइने, अर्काको हप्कीदप्कीमा जीवन बिताउनुपर्ने, तर आजभोलि आफ्नै भूमिमा परिवारसँग बसेर काम गर्न पाएकी छु,’ उनले भनिन् ।
सङ्खुवासभा घर भएकी ४० वर्षीया लक्ष्मी र ३५ वर्षीया कमला राई दिदीबहिनी हुन् । ०६३ सालमा भारतकै बाटो हुँदै ओमनमा पुगेर उनीहरूले दुई वर्ष सङ्घर्ष गरे । तर, ओमनको बसाइले उनीहरूको भविष्य सुनिश्चित हुन सकेन । त्यो पैसाले धरानस्थित बगरकोटमा एउटा सानो बास बस्ने घर बनाउन सके । सानैदेखि साहसी महिलाको रूपमा दरिएका लक्ष्मी र कमला गाउँकै दिदी विवहामाया राईको साथमा यतिबेला नेपालमै आफ्नो भविष्य खोज्दै छन् । उनीहरू तीनजना मिलेर एउटा सानो किराना पसल खोलेका छन् । त्योसँगै तीनवटा सिलाइमेसिन पनि राखिएको छ । ‘राम्रै चलेको छ, विदेशको जस्तो दुःख गर्नुपरेको छैन,’ लक्ष्मीले भनिन् । एक वर्षअघि पाँच हजारमा सुरु गरेको पसल अहिले एक लाखको भएको छ ।
विदेशमा बसेर चेतना र सीपसमेत आर्जन गरेका केही महिला स्वदेशमा पनि केही गर्न सकिन्छ भन्ने उदाहरणका प्रतिनिधि पात्र हुन् । गीता, कमला, लक्ष्मी, गंगा, शारदा मात्र होइन, विदेशमा बसेर नेपाल फर्किएका सुनसरीका तीन सय महिला आत्मनिर्भरताका लागि उद्योग, व्यापार, व्यवसाय चलाएर बसेका छन् । विदेशमा बसेर फर्किएका महिलालाई फेरि विदेशिनु नपरोस् भनेर पौरखी संस्थाले आप्रवासी महिला कामदारका लागि आर्थिक सुरक्षा परियोजना र एकहप्ते उद्यमशीलता विकास तालिम प्रदान गरेको थियो । सुनसरीका महेन्द्रनगर, भरौल, पाँचकन्या, बराहक्षेत्र, डुम्राहा तथा धरान क्षेत्रका तीन सय ३५ जना महिलालाई प्रदान गरिएको उक्त तालिमपछि व्यवसाय रोज्न लगाइयो । व्यवसायमा दक्षताका लागि पुनः दुर्ईदिने व्यवसायी विकास तालिम लिएर उनीहरू काममा लागेका थिए । विदेशबाट फर्किएका तीन सय महिलाले हाल ढाका कपडा उत्पादन, मैनबत्ती, सिलाइ(कटाइ, बेसार प्याकेजिङ, कुखुरापालन, होटल व्यवसाय, साइबर, तरकारी पसल, किराना पसल, चटपटे पसल, विद्यालय सञ्चालनलगायतका व्यापार(व्यवसाय सञ्चालन गरेर आत्मनिर्भर हँुदै आएका छन् । एक वर्षको अवधिमा उनीहरूले निकै प्रगति गरेको आर्थिक सुरक्षा परियोजना (निड्स) का सुनसरी संयोजक यज्ञराज खनालले बताए । उनका अनुुसार प्रायः विदेश गएर फर्किएकाहरू सुुविधाका सामान मोटरसाइकल, कार, सुविधासम्पन्न घर किनेर खर्चन्छन् । यस्तो कार्य रोक्न उनीहरूले कमाएर ल्याएको पुँजी उत्पादनशील क्षेत्रमा खर्चन व्यापार(व्यवसाय गर्न प्रेरित गरेको उनले बताए । कतिपय महिला ज्ञानको अभावले बिनाजानकारी विदेश गएर दुःख पाएका छन् । पौरखी नेपालले विगत पाँच वर्षदेखि विदेश जान चाहनेहरूलाई अपनाउनुपर्ने सावधानीलगायत सुरक्षित वैदेशिक रोजगारबारे सहजीकरण तथा वैदेशिक रोजगारको स्वदेशमै विकल्पबारे परामर्श दिँदै आएको पौरखी नेपालकी निर्देशक विजय राई श्रेष्ठले बताइन् । ‘हामी सकभर स्वदेशमै केही गरेर आत्मनिर्भर हुन सल्लाह दिन्छौँ । जानै परे सबै प्रक्रिया मिलाएर सुरक्षित वैदेशिक रोजगारमा जान सल्लाह र परामर्श दिने गरेका छौँ,’ १० महिनासम्म कुवेतमा कष्टपूर्ण जीवन व्यतीत गरेर फर्किएकी पौरखी नेपाल सुनसरी संयोजक दिलु गजमेर बताउँछिन् ।
वैदेशिक रोजगारबाट आएको रुपैयाँ उत्पादनमूलक काममा लगाउन तथा विदेशबाट आएको रेमिट्यान्स सदुपयोग होस् भनेर यस्तो कार्यक्रम ल्याइएको यूएन ओमेनकी कार्यक्रम विशेषज्ञ सरु जोशी श्रेष्ठले बताइन् । यस्तो कार्यक्रम ११ देशमा सञ्चालन गरिएको जानकारी दिँदै नेपालमा काठमाडौं, कास्की र सुनसरीमा सञ्चालन गरिएको उनले बताइन् । आठदिने उद्यमशीलता तालिमबाट तीन जिल्लाका ६ सय ११ महिला कामदार स्वदेशमै आत्मनिर्भर भएको जोशीले जनाइन् । ‘विदेशबाट फर्किएका महिला बढी परिपक्व र व्यावहारिक हुन्छन् । श्रमको मूल्य बुझेका हुन्छन्,’ जोशीले भनिन्, ‘अन्य महिलालाई उद्यमशीलता तालिम दिनुभन्दा उनीहरूलाई दिनु प्रभावकारी हुने भएकाले तथा उनीहरूलाई स्वदेशमै रोजगारी दिन यस्तो कार्यक्रम ल्याइएको हो ।’ सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालमा प्रत्येक वर्ष चार लाख ५० हजार युवा श्रम बजारमा आउने गरेका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार वार्षिक दुई लाख ९४ हजार ९४ जना युवायुवती विदेशिने गरेका छन् । यसमा महिलाको सङ्ख्या ११ देखि १५ प्रतिशत रहेको छ । साभार ः संचारिका फिचर सेवा
आदिवासी महिलाहरुकालागि आत्मानिर्भर अभिवृद्धि तालिम
- Details
- Category: महिला तथा बालबालिका
- Written by AND Nepal
- Hits: 234
दमक २ साउन÷ आदीवासी महिलालाई आत्म निर्भर बनाउने तथा क्षमता अभिवृद्धी गराउने उदेश्यले झापाको दमकमा आजदेखी विभिन्न पाँचवटा तालिम दिन सुरु गरीएको छ । राष्ट्रिय आदीवासी जनजाति महिला नगर समन्वय परिषदको आयोजना तथा दमक नगरपालिकाको आर्थिक सहयोगमा तालिम सुरु गरीएको हो । तालिममा नगर भित्रका राई, लिम्वु, तामाङ, गुरुङ, मगर, राजवंशी, सन्थाल, लगायतका दुई दर्जन वढी आदीबासी महिलाहरुको सहभागिता रहने परिषद दमक नगर समितिका अध्यक्ष धनमाया मगरले बताउनुभयो ।
Read more: आदिवासी महिलाहरुकालागि आत्मानिर्भर अभिवृद्धि तालिम
आश्रमका बालवालिकालाई सहयोग
- Details
- Category: महिला तथा बालबालिका
- Written by Debendra Karki
- Hits: 65
देबेन्द्र कार्की
धरान, २१ चैत
धरान–३ स्थित सरस्वती बाल आश्रममा रहेका २२ बालबालिकाहरुले गत आईतबार साझको खाना ठूला मान्छेहरुको जमातमा बसेर खाना पाउदै निकै हर्षित देखिए । उनीहरुसँग धरान आएको अवसरलाई सदुपयोग गर्दै सरस्वती बाल आश्रमका बालबालिकाहरुसंगै बसेर सामुहिक खाना खान पाउदा हङकङ नेपाली महासंघका अध्यक्ष प्रदीप थापा, महासचिव रिता गुरुङ, हङकङ नेप्लिज युथ अग्रनाइजेसनका उपाध्यक्ष नारद राई, धरान युके समाजका सदस्य अजय राई हङकङका समाजसेवी धन थापा लगायतलाई समेत निकै आनन्दानुभूति भयो ।
आज विश्व जनसंख्या दिवस
- Details
- Category: महिला तथा बालबालिका
- Written by AND Nepal
- Hits: 310
काठमाडौ २७ असार / आज जुलाई ११ विश्व जनसंख्या दिवस नेपालमा पनि मनाइदै छ । यसवर्ष सात अर्व मानिसको कथा, गरिवी र असमानता हटाउनु छ सदा’ भन्ने नारा तय भएको छ । विश्वको जनसंख्या पाँच अर्व पुगेको अवसरमा संयुक्त राष्ट्रसंघले सन १९८९ देखि हरेक वर्ष जुलाई ११ तारिखमा यो दिवस मनाउने निर्णय गरेको हो । विश्वको जनसंख्या यस बर्षको अक्टोबरमा सात अर्ब पुग्ने भएकाले आजैदेखि राष्ट्रसंघिय जनसंख्या कोषले सात अर्व कार्य अभियान समेत सुरु गर्दैछ ।
विधार्थी तथा अभिभावक कार्यशाला चौथो सम्पन्न
- Details
- Category: महिला तथा बालबालिका
- Written by Dev Raj Rai
- Hits: 87
असल अभिभावकत्व निर्वाहकालागि सहयोग गर्न । हङकङमा रहेका नेपाली अभिभावकहरुलाई स्वस्थ्य सुखी बाल्यजीवन सम्बन्धि श्रृङ्खलावद्ध कार्यशाला शिविर गएको आईतबार पनि सीएमए विद्यालयमा सम्पन्न भयो ।
दलित समुदायलाई सिलाई मेसिन प्रदान
- Details
- Category: महिला तथा बालबालिका
- Written by AND Nepal
- Hits: 231
खोटाङ असार २५ / आर्थिक अवस्था कमजोर भई आत्मनिर्भरताको बाटो कुरिरहेका दलित समुदायलाई सिलाई मेसिन प्रदान गरिएको छ ।
खोटाङ स्थित च्यास्मिटार गाउँका ९ घर दलित परिवारलाई सिलाई मेसिन प्रदान गरिएको हो । सरकारको गरिबी निवारण कोष अन्तर्गत हलेसी बिकास मञ्चको सहकार्यमा त्यहाँका दलित परिवारलाई मेसिन प्रदान गरिएको हो ।
इ देरूनीखपू बाल पुरस्कार नौजनालाई प्रदान
- Details
- Category: महिला तथा बालबालिका
- Written by नरेन्द्रराज प्रसाई
- Hits: 165
काठमाडौं, २०६८ साल, पुस २९ गते
वरिष्ठ साहित्यकार पं.श्यामदास वैष्णवले आज एक समारोहमाझ आआफ्नो ठाउँमा समर्पित भई प्रतिष्ठा आर्जन गर्ने नौजना बालबालिकालाई २०६८ सालको ‘नइ देरूनीखपू पुरस्कार’ प्रदान गर्नुभयो । सो पुरस्कार पाउने साहित्यतर्फ सुशान्तमानसिंह मास्के, चित्रकलातर्फ छेतेन डोका शेर्पा, गायनतर्फ सरगम वस्नेत, नृत्यतर्फ यज्जु श्रेष्ठ, खेलकुदतर्फ संसारविक्रम थापा र विज्ञानतर्फ तालाङ्क बराल हुनुहुन्छ । यी पुरस्कारका राशि जनही दस हजार रूपियाँ रहेका छन् ।
महिला हिंसाका घटना न्युनिकरण गर्न इन्सेकको माग
- Details
- Category: महिला तथा बालबालिका
- Written by ALopalo Nepal
- Hits: 237
संखुवासभा , १९ असार — अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) संखुवासभाले जिल्लामा पछिल्लो समयमा महिला हिंसाका घटना दिनप्रतिदिन बढ्दै गएको भन्दै त्यसलाई न्युनिकरण गर्नका लागि सम्वन्धीत पक्ष संग माग गरेको छ ।
आफन्त नै दलाल भएपछि...
- Details
- Category: महिला तथा बालबालिका
- Written by कपिलदेव खनाल
- Hits: 208
नुवाकोटको घ्याङफेदी–६ सिसिपुकी १८ वर्षीया सेलमेन्दो तामाङलाई उनकै काका जितबहादुर तामाङले बिक्रीको प्रयास गरे । असार १, ०६८ मा माइती गएकी सेलमेन्दोलाई काकाले घुमाउन लैजाने भन्दै गाउँबाट रसुवा पु¥याए । सानैमा बाआमाको मृत्यु भएपछि काकाले नै पालनपोषण गरेर सात महिनाअघि विवाह गरी पठाइएकी सेलमेन्दो माइत आएकी थिइन् । माइत गएको दुई दिनसम्म श्रीमती घर नफर्केपछि श्रीमान् आइतमान तामाङले खोजी गर्दा आफ्नी श्रीमती बिक्रीका लागि भगाइएको चाल पाए । सेलमेन्दोको खोजी गरिदिन उनले प्रहरी र विभिन्न सङ्घसंस्थासँग हारगुहार गर्ने क्रममा रसुवामा छोरी बिक्री गर्न हिँडेका जितबहादुर भेटिए । प्रहरीको हातबाट उम्किन सफल भएका उनी आजभोलि गाउँमै छन् भने सेलमेन्दोलाई शक्ति समूहले उद्धार गरेर घर फिर्ता गरेको छ । ‘काकाले बेच्न लगेको भन्ने थाहा पाएपछि माइती पनि टुङ्गियो,’ सेलमेन्दोले भनिन्, ‘गोसाइँकुण्ड जाऊँ भनेर चार दिनसम्म जङ्गलैजङ्गल हिँडाएर रसुवा पु¥याए । प्रहरीले फेलापारेपछि मात्रै आफू बेचिन लागेको थाहा पाएँ ।’
सेलमेन्दो तामाङमाथि भएको यो घटना एउटा पछिल्लो उदाहरण मात्र हो । नुवाकोटमा मानव बेचविखनका अनेक रूप छन् । आफन्तकै मिलेमतो र सक्रियतामा हुने महिला तथा बालिका बिक्रीले घ्याङफेदी गाविसमा भयावह रूप लिएको छ । यहाँका तीन हजारभन्दा बढी महिला र बालिका भारतका विभिन्न वेश्यालयमा बिक्री भइसकेका छन् । ‘केटी दलालले गाविस नै रित्तो बनाइसक्यो, कुन–कुन घरमा महिला छन् भनेर औंलामा नै गन्न सकिने अवस्था छ,’ सिसिपुका सीताराम तामाङले भने ।
०२२ सालमा पहिलोपटक भारतको वेश्यालयमा बिक्री भएकी सिसिपुकै एक महिलाबाट सुरु भएको यो अपराधले अहिले गाविसलाई महिलाविहीनताको अवस्थामा पु¥याएको छ । गाउँमा भएका युवती सकिएपछि पछिल्लो समयमा दश–बाह्र वर्षका बालिका गाउँबाट हराउने गरेका छन् । ‘गाउँबाट कुनै बालिका वा महिला हराए भने सीधै कोलकाता र मुम्बईका यौनकोठीमा खोज्न गए हुन्छ,’ स्थानीय शिक्षक कमल सिटौला भन्छन् । उनका अनुसार गाउँकै दलाल भनेर चिनिएकाले चेली बिक्री गर्ने गरेका छन् । विकासको नाममा गाउँ भित्रिएको सडकका कारण दलाललाई महिला बिक्रीमा सहजता मिलेको छ । गाउँबाट हिँडाएको एकै दिनमा नेपालको सिमाना काटिसक्ने भएकोले प्रहरी र कानुनको आँखा छल्न सजिलो बनेको छ ।
गाउँका धेरै महिला वेश्यालयमा पुगिसकेको कारण घ्याङफेदीमा कल्पना नै गर्न नसकिने एउटा सामाजिक समस्या सिर्जना भएको छ । सयभन्दा बढी पुरुषले महिलाको अभावमा विवाह गर्न पाएका छैनन् । जसमा १६ वर्षदेखि ५२ वर्ष उमेर समूहका पुरुष छन् । ‘गाउँका केटी दलालले ठूलो गाउँ –भारत) पु¥यायो, यो उमेरसम्ममा पनि विवाह गर्न पाइएन,’ सिसिपुका ५२ वर्षीय सेलबोन तामाङले भने । उनले विवाह गर्ने रहर पालेको पनि ३० वर्ष नाघिसकेको छ । छिमेकी गाविसहरूमा विवाहका लागि कुरा चलाए तापनि विवाह गर्न केटी नै नपाएको उनको भनाइ छ । ‘आफ्नै गाउँमा केटी भएको भए मेरो पनि विवाह हुन्थ्यो होला, घरजम्म बस्थ्यो होला,’ उनले भने ।
सिसिपुका ३२ वर्षीय आइतमान तामाङसँग ०६७ मङ्सिरमा सेलमेन्दो तामाङको विवाह हुँदा गाउँभरि नै तरङ्ग छाएको थियो । त्यस गाउँमा आठ वर्षपछि भएको त्यो एक मात्र विवाहलाई गाउँमा निकै महत्वका साथ लिइएको थियो । स्थानीय सीताराम तामाङ र कुमार तामाङका अनुसार महिला नहुँदा विवाह गर्न नपाएका पुरुषको सङ्ख्या एउटै गाउँमा ६० भन्दा बढी छ ।
गाउँका महिला सकिएपछि दलालले बालिकालाई वेश्यालयमा बिक्रीका लागि गाउँबाट भगाउन थालेका छन् । घरमा केही दिनका लागि महिला मात्रै छाडियो भने बालबच्चासहित परिवार नै दलालले भगाउने गरेको घटना पनि गाउँमा छन् । ‘तीन वर्षको बच्चा र श्रीमतीलाई घरमा छाडेर छिमेकी दावा र म गोसाइँकुण्ड गएका थियौँ, फर्कंदा दलालले बच्चासहित श्रीमती भगाए छ । चार वर्षदेखि मेरी श्रीमती कोलकाता १५ नम्बर गल्लीको कोठीमा छ,’ घ्याङडाँडाका ४५ वर्षीय वीरबहादुर तामाङले भने । श्रीमतीलाई चिनजानकै व्यक्ति बोलुङ गाउँका प्रेमबहादुर तामाङ र छोपा भनिने काले तामाङले बिक्री गरेको उनको भनाइ छ । उनी श्रीमती फर्किएर आउने बाटो हेरिरहेका छन् । ‘यो उमेरमा अर्को महिला पाइँदैन, केटाहरूले त विवाह गर्न पाएका छैनन्, म बूढाले कसरी विवाह गर्नसक्नु । बरु मेरी श्रीमती फिर्ता ल्याउन कसलाई भन्ने होला ?’ वीरबहादुरले भने ।
गाउँमा साना बच्चा र पुरुषहरूको बाहुल्य रहेको छ । गाउँमा भेटिने ज्यादै थोरैको सङ्ख्यामा रहेका महिला ४० वर्षभन्दा माथिमा मात्र छन् । त्यसमा पनि केही महिला एचआईभी÷एड्स सङ्क्रमित भएपछि वेश्यालयबाट फर्काइएका छन् जो मृत्युको समय कुरेर बसिरहेका छन् । शिक्षक कमल सिटौलाका अनुसार घ्याङफेदी गाविसबाट वेश्यालयमा पुगेका महिलामध्ये ६० जनाले आफंै वेश्यालय सञ्चालन गरेर बसेका छन् । ४० जनाभन्दा बढी महिला यता घरमा श्रीमान्लाई बच्चा हेर्न लगाएर उता यौन व्यापार गरिरहेका छन् । शिखरबेसीनिवासी एकीकृत माओवादीका जिल्ला नेता लालबहादुर तामाङ भन्छन्, ‘यही अवस्था रहिरहने हो भने गाउँमा जनशक्ति अभाव प्रमुख चुनौती बन्नेछ ।’
घरको झ्यालमा बसेर हाँसेपछि बाटोबाट पैसा फाल्छन् र टिप्न पाइन्छ भनेर मुम्बई पु¥याइएकी राममाया –नाम परिवर्तन) अहिले गाउँ फिरेकी छिन् । उनी के गरियो के गरिएन अहिले जीवनलाई फर्किएर हेर्न चाहन्नन् । मानव बेचविखन अदृश्य तर व्यापक बनेको छ । आफन्तहरू नै महिला बिक्रीमा प्रत्यक्ष संलग्न रहने कारणले प्रहरीमा यस्ता उजुरी ज्यादै कम पर्छन् । प्रहरीका अनुसार नुवाकोटमा मानव बेचविखनमा संलग्न आठजना पक्राउ परिसकेका छन् भने ३० जना फरार अभियुक्तको खोजीकार्य भइरहेको छ ।
प्रभावित गाउँका सचेत नागरिक भने प्रहरी प्रशासनले यो समस्या रोक्नका लागि खासै चासो नदेखाएको आरोप लगाउँछन् । प्रहरीको गाउँमा हुने पातलो उपस्थिति र दलाललाई हुने राजनीतिक संरक्षणका कारण समस्या विकराल बन्दै गएको शिखरबेसीका बुद्धिजीवी कुमार पण्डितको ठम्याइ छ । उनी यो समस्या रोक्नका लागि सरकारले गाउँमै रोजगारीको अवसर सिर्जना गरिदिनुपर्ने बताउँछन् ।
प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष ०६७÷६८ मा ४९ जना महिला हराएको उजुरी परेको छ । त्यसैगरी आव ०६६÷६७ मा ४५ जना महिला हराएको उजुरी परेकोमा १३ जनाको उद्धार गरेर परिवारको जिम्मा लगाइएको छ । आव ०६५÷६६ मा २८ जना हराएकामा १५ जना फेलापरेका थिए । ‘हराउने र बिक्री हुनेमा १०÷१२ वर्षका बालिका बढी रहेका छन्,’ प्रहरी नायव उपरीक्षक बालकृष्ण थापाले भने, ‘फेलापारेर आफन्तको जिम्मा लगाएकाहरू पनि फेरि हराएका र बिक्री भइसकेका छन् । आफन्त नै छोरीचेली बिक्रीमा कत्तिको सक्रिय छन् भन्ने कुरा यसबाट पनि थाहा हुन्छ ।’
गाउँमा मानव बिक्रीविरुद्ध आवाज उठाउनेलाई दलालले ज्यान लिनेसम्मको धम्की दिने गरेका छन् । शिखरबेसी गाविसका प्राथमिक विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद आचार्य मानव बिक्रीविरुद्ध लाग्दा आफूलाई खतरा भएको सुनाउँछन् । त्यसैगरी शिखरबेसी– ८ का शेरबहादुर तामाङ र सत्यमान तामाङसमेत दलालको सञ्जाल गाउँमा सुषुप्त तर डरलाग्दो रहेको बताउँछन् । उनीहरूविरुद्ध लाग्नेमाथि आक्रमण हुने गरेको उनीहरूको भनाइ छ । गएको महिना घ्याङफेदी–९ बोलुङका स्याङ्जा तामाङले १० वर्षकी आफ्नी छोरी हराएर गाउँमा खोजी गर्दा दलालको हातबाट मरणासन्न हुनेगरी कुटाइ खाएका थिए । उनलाई आफ्नी छोरी हराएको कतै खबर नगर्ने सर्तमा उपचार गर्नका लागि गाउँबाहिर जाने अनुमति दिइएको थियो । उनी अहिले आफ्नी छोरी बिक्री भएको विषयमा केही बोल्दैनन् ।
यो एउटा घटनालाई छाडेर महिला र बालिका बिक्रीका घटनालाई हेर्ने हो भने आफन्तकै प्रत्यक्ष संलग्नता बढी छ । आर्थिक प्रलोभनमा परेका एक दम्पतीले आफ्नै छोरी भारतीय यौनबजारमा बेचेका छन् । रालुकादेवी–२ चिलाउने गाउँकी १९ वर्षीया सीता तामाङ भारतको यौनकोठीबाट फर्किएपछि उक्त घटना सार्वजनिक भएको हो । तामाङलाई गाउँकै एक महिलाले भारतको कोठीमा पु¥याई यौन–व्यवसायमा लगाएकी थिइन् । भारतमा यौनकोठी खोलेकी चिलाउने गाउँकी मैया तामाङले सीतालाई तीन वर्षअघि घर–परिवारको अनुमतिमा लगेकी थिइन् । नेपाल आएपछि सीताले प्रहरीमा उजुरी दिएको आधारमा दलाल मैया तामाङ र बिक्रीका लागि सहयोग गर्ने आरोप लागेका चिलाउने प्राथमिक विद्यालयका प्रधानाध्यापक इन्द्र खतिवडा पक्राउ परेका छन् । आफ्नै शिक्षकले आफूलाई गाउँबाट सदरमुकामसम्म ल्याएका र त्यसपछि मैया तामाङले भारत लगेको सीताले बताएकी छिन् । मैयाले सीताको घर–परिवारसँग कुरा गरेर भारत लगेको बताउँदै आफूले भारतमा सीतालाई यौन–व्यवसायमा लगाएको स्वीकार गरेकी छिन् । त्यसका लागि सीताको बुबा साइला तामाङलाई बीस हजार नेपाली पैसा दिने सहमति भएको पनि उनले बताएकी छिन् । नेपाल आउने एक चिनजानको व्यक्तिलाई भारतबाट सहमतिअनुसारको पैसा पठाएको भए तापनि परिवारले नपाएपछि आफ्नोविरुद्धमा प्रहरीमा उजुरी दिएको मैया तामाङको आरोप छ ।
मानव बेचविखनको विकराल समस्या भोगिरहेको घ्याङफेदी गाविसबाट यो रोग अब शिखरबेसीका वडाहरूमा समेत फैलिएको छ । वडा नं. ५, ६, ७, ८ र ९ मा महिला बेचविखन बढ्दो छ । ती वडाबाट पाँच सयभन्दा बढी महिला र बालिका बिक्री भइसकेका छन् । यस्तै छिमेकी गाविस गाउँखर्क, राउतबेसी, बेतिनी, रालुकादेवीमा समेत महिला र बालिका बिक्रीको अवस्था डरलाग्दो छ । यसका साथै भारतका वेश्यालयबाट फर्काइएका महिला अधिकांश एचआईभी÷एड्स रोगको सिकार भएका छन् । गाउँ भित्रिएका ती महिलाका कारण घ्याङफेदी र शिखरबेसी गाविसमा एचआईभी÷एड्सको महामारी फैलिएको छ । तीन वर्षको अवधिमा दुई गाविसमा ३० जनाभन्दा बढी एचआईभी÷एड्स सङ्क्रमितको मृत्यु भइसकेको छ ।
–संचारिका फिचर सेवा
लैङ्गिक विभेद हटाउँन महिलाहरु सक्रिय
- Details
- Category: महिला तथा बालबालिका
- Written by AND Nepal
- Hits: 172
धनकुटा ८ असार / समाजमा हुने गरेका लैङ्गिक विभेद हटाउँन महिलाहरु सक्रिय हुनुपर्ने आज धनकुटामा आयोजित कार्यक्रममा बक्ताहरुले बताएका छन् । महिला शसक्तिकरण सहयोग समूह वेष्ट नेपाल धनकुटाको आयोजनामा आजदेखि शुरु भएको समविकास तथा महिला हिँसा न्यूनिकरण विषयक कार्यशाला गोष्ठीको उद्घाटन कार्यक्रममा वक्ताले यस्तो बताएका हुन् ।
इलाममा अन्तराष्ट्रिय अपांग दिवसमा
- Details
- Category: महिला तथा बालबालिका
- Written by AND Nepal
- Hits: 191
इलाम १७ मंसिर / सुनौलो बिश्वका लागि सबैको संलग्नता, अपाङ्गता भएका ब्यक्तिहरु सहितको बिकासमा शहभागिता भन्ने नाराका साथ अपाङ्गता भएका ब्यक्तिहरुको २० औ अन्तराष्ट्रिय अपाङ्गता दिवस आज इलाममा बिभिन्न कार्यक्रमका साथ मनाइएको छ ।
झापामा युनेस्को क्लवको अभियान
- Details
- Category: महिला तथा बालबालिका
- Written by AND Nepal
- Hits: 184
दमक असार ४÷ झापाको धरमपुर स्थित लक्ष्मीनारायण उच्चमावीमा आज नेपाल युनेस्को क्लव तथा युनेस्को सम्वद्ध स्कुल अभियान कार्यक्रम सम्पन्न भएको छ ।
नजन्मदै सुरु हुने महिला हिंसाको कथा
- Details
- Category: महिला तथा बालबालिका
- Written by नवराज अधिकारी
- Hits: 285
‘युथ कि आवाज’ नामको भारतीय वेबसाइटमा विनिता चावलाले पोस्ट गरेको आलेखको एउटा पङ्क्तिमा लेखिएको छ,
‘भारतमा महिलाको सङ्ख्या निरन्तर घट्दै छ, स्त्री भ्रुणहत्या रोक्न कुनै कदम चालिएन भने त्यस्तो समय आउन सक्छ जतिबेला यहाँ महिला नै हुने छैनन् ।’ सोही आलेखको अर्को पङ्क्तिमा भारतको धनी राज्य हरियाणामा १५ देखि ४५ वर्ष उमेर समूहका ३६ प्रतिशत पुरुष अविवाहित रहेको जानकारी छ । भ्रुणहत्याविरोधी अभियानका एकजना सदस्य डा. पुनीत वेदी पछिल्लो २० वर्षमा गर्भमै वा जन्मेर एक वर्ष नपुग्दै मारिएका महिला शिशुका कारण भारतीय समाजको रूप नै बदलिइसकेको बताउँछिन् । गर्भस्थ शिशुको लिङ्ग पहिचानपछि गरिने गर्भपतनले भारतमा एक करोड महिलाको सङ्ख्या घटाएको उनको दाबी छ । ‘हामीले यसको मूल्य चुकाउनुपर्छ,’ चेतावनीको भाषामा वेदी भन्छिन्, ‘महिला भएनन् भने त्यहाँ श्रीमती, आमा कोही हुने छैनन् र भविष्य पनि हुने छैन ।’
दाइजोको कुसंस्कारले नराम्ररी जरा गाडेको तथा ३७ प्रतिशत जनता गरिबीको रेखमुनि रहेको भारतीय समाजमा छोरीको बिहे आमनागरिकका लागि सबभन्दा महङ्गो रीति हो । छोरीको पालनपोषण र हैसियतले धान्नेभन्दा बढी रकम खर्च गरेर बिहे गरिदिनुपर्ने बाध्यताबाट बच्ने प्रयासमा त्यहाँ स्त्री भ्रुणहत्याले जरो गाडेको छ । तर, अनियन्त्रित बन्दै गएको गर्भस्थ शिशुको लिङ्ग पहिचान गर्ने चिकित्सकीय विधिले लैङ्गिक अनुपात (चाइल्ड सेक्स रेसियो) पछिल्लो दशकमा डरलाग्दो गरी घटाएको छ । परिणामस्वरूप भारतका तीन करोड पुरुष विपरीतलिङ्गीसँग बिहे गर्ने अवसरबाट वञ्चित हुने सम्भावना बलियो बन्दै छ ।
भारतीय जनगणना २०११ को अस्थायी तथ्याङ्कअनुसार सन् २००१ देखि २०११ को बीचमा ग्रामीण भारतको बाल लैङ्गिक अनुपात १५ बिन्दुले घटेको छ । सहरमा भने यस्तो गिरावटको बिन्दु चार मात्रै छ । जनगणनाको प्रारम्भिक परिणामलाई उद्धृत गरिएको एक रिपोर्टअनुसार अहिले भारतमा प्रतिहजार पुरुषमा महिलाको अनुपात नौ सय १४ मात्रै छ । यो भनेको एक हजार भारतीयमध्ये नौ सय १४ जनाले मात्रै विपरीतलिङ्गी जीवनसाथी पाउने अवस्था हो । कुल जनसङ्ख्या एक अर्ब २१ करोड रहेको भारतमा ६२ करोड ३७ लाख पुरुष छन् । महिलाको सङ्ख्या ५८ करोड ६४ लाख ७४ मात्रै छ । अर्थात् त्यहाँ पुरुषको तुलनामा महिलाको सङ्ख्या ३ करोड ७२ लाखले घटी छ ।
भारतमा सन् १९७१ मा तीव्र गतिको जनसङ्ख्या वृद्धि नियन्त्रण गर्न मान्यता दिइएको गर्भपतन पछिल्लो दशकमा ठूलै समस्याको रूपमा खडा भयो । चावलाले चिन्ता प्रकट गरेको त्यही गर्भपतन हो जसले सन् १९९१ मा प्रतिहजार पुरुषमा नौ सय ४५ रहेको महिला अनुपातलाई २०११ मा आइपुग्दा नौ सय १४ मा झारेर यहाँका नीति–निर्मातालाई नै झस्काइदिएको छ र सरकारलाई सर्वसाधारणमा छोरी जन्माउने र हुर्काउने प्रेरणा जगाउन विभिन्न किसिमका कार्यक्रम अघि सार्न बाध्य पारेको छ ।
बेलायती मेडिकल जर्नल लान्सेटका अनुसार भारतमा प्रत्येक वर्ष पाँच लाखसम्म गर्भस्थ स्त्री भ्रुण तुहाइन्छ । पछिल्लो दुई दशकमा त्यहाँका झन्डै एक करोड छोरीले धर्ती देख्नै नपाई मृत्युवरण गरे । फलस्वरूप कुनै समय दाइजो नपाई बिहे नगर्ने भारतीय पुरुष अहिले विवाह गर्ने कन्या नपाएर बिहार, असमजस्ता गरिब राज्य र नेपाल, भुटानजस्ता छिमेकी देशबाट पैसा तिरेर श्रीमती किन्न बाध्य छन् ।
आर्थिक क्षेत्रमा तीव्र गतिको प्रगति हासिल गरिरहेको भारतमा भ्रुणहत्या मात्रै होइन सन् १७८९ मा राजस्थानबाट सुरु भएको नवजात छोरी मार्ने अमानवीय तथा कहालीलाग्दो प्रचलन पनि कायमै रहेको चावलाले लेखेकी छिन् । आलेखको एउटा पङ्क्तिमा उनी भन्छिन्, ‘कोचीमा त नवजात छोरी नमारेको घर हामीले जम्मा पाँचवटा मात्र भेट्यौँ ।’
सीमापारिसम्म दुष्प्रभाव
भारतमा बढ्दो स्त्री भ्रुण र नवजात शिशु हत्याको दुष्प्रभाव भारतीय भूमिमा मात्रै सीमित छैन, भौगोलिक सिमाना नाघेर नेपाल र भुटानजस्ता खुल्ला सिमाना जोडिएको छिमेकीसम्म फैलिएको छ ।
अन्तर्राष्ट्रिय मापदण्ड (प्रतिहजार पुरुषमा नौ सय ५२ महिला) भन्दा निकै तलको लैङ्गिक अनुपात भएको भारतमा विवाह गर्ने उमेरका पुरुषलाई दुलही पाउन निकै गाह्रो छ । विश्लेषकहरूको भनाइमा भारतमा यौनकर्मी महिलाको माग बढ्नुमा पनि लैङ्गिक असन्तुलनकै हात छ । नेपालका हजारौँ चेली वर्षेनी भारतीय वेश्यालयमा बेचिने गरेका छन् ।
‘गर्भस्थ शिशुको लिङ्ग पहिचानपछि गरिने गर्भपातले भारतमा महिलाको सङ्ख्या घटाउँदा त्यहाँका पुरुषले श्रीमती नपाउने वातावरण बन्यो र भारतीय बजारमा यौनकर्मीको माग बढ्यो,’ अमेरिकी समाचार संस्था एपीले १४ जुलाईको एउटा समाचारमा नाम नखुलाईकन संयुक्त राज्य अमेरिकाको लोयोला स्कुल अफ लका दुईजना प्राध्यापकको भनाइ उद्धृत गरेको छ ।
हलिउड स्टार डेमी मुरको ‘नेपाल्स स्टोलेन चिल्डे«न’ नामको डकुमेन्ट्र«ीमा नेपाललाई भारतीय वेश्यालयमा हुने यौनकर्मीको माग पूर्ति गर्ने थलोको रूपमा चित्रित गरिएको छ । अमेरिकी टेलिभिजन च्यानल सीएनएनबाट हालसालै प्रसारित डकुमेन्ट्र«ीअनुसार नेपाल, भुटानजस्ता गरिब छिमेकबाट बेचिने भाग्यमानी युवतीले चाहिँ भारतीय पुरुषको श्रीमती बन्ने अवसर पाउँछन्, अभागी जति कोठीमा बेचिन्छन् र नारकीय जीवन बाँच्न बाध्य हुन्छन् ।
अमेरिकी अखबार न्युयोर्क टाइम्सका स्तम्भकार रोस डोथाटका अनुसार ‘गर्भमा रहेको शिशुको लिङ्ग पहिचान गर्ने विधि’ हालसम्ममा १६ करोड गर्भस्थ महिलाले धर्ती देख्न नपाउनुको कारण बनेको छ । पछिल्लो दुई दशकमा मात्रै संसारमा ६ करोड स्त्री भ्रुणहत्या भएको उनको अनुमान छ, जसले नजन्मँदै सुरु हुने महिला हिंसाको पाटोलाई छर्लङ्ग पार्छ ।
स्त्री भ्रुणहत्याको मामिलामा अशिक्षित र विपन्न परिवारभन्दा शिक्षित र धनी परिवार नै अगाडि रहेको तथ्याङ्कहरूले देखाउँछन् । भारतमा भ्रुणहत्या र शिशुहत्या दशकौंदेखि अधिकारवादी समूहको निगरानीमा रहे पनि अधिकांश ठाउँको अवस्था झन्झन् बिगँ्रदै गएको राष्ट्रसङ्घीय जनसङ्ख्या कोषको निक्र्योल छ । भारतमा समस्याको रूपमा खडा भइसकेको स्त्री भ्रुणहत्याको चलन एसियाका अन्य मुलुकमा पनि नभएकोचाहिँ होइन । भारतबाहेक चीन, कोरिया, भियतनामजस्ता एसियाली मुलुकमा व्यापक रहेको स्त्री भ्रुणहत्याको अभ्यास संयुक्त राज्य अमेरिकामा पनि सूक्ष्म रूपमा यदाकदा देख्न सकिने युनिभर्सिटी अफ टोरन्टोका सरुवा रोग तथा जनसङ्ख्याविज्ञ प्रभात झाको लान्सेटमा प्रकाशित अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
फेरि भारततिरै फर्किंदा लिङ्ग पहिचानपछि गरिने गर्भपतनले निम्त्याएको समस्या निराकरण गर्ने प्रयासमा गर्भधारणको जानकारी सरकारी निकायमा गराउनुपर्ने र गर्भपतन गराउन चाहे सरकारबाट अनुमति लिनुपर्ने प्रस्ताव हालसालै अघि सारिएको छ । प्रस्तावबारे महिला तथा बालविकासमन्त्री रेणुका चौधरीले भनेकी छिन्, ‘यसले भ्रुणहत्या र बाल मृत्युदर दुवै नियन्त्रण गर्छ र ठूलो समस्याको रूपमा रहेको गर्भपतनतर्फको बाटो कठिन बनाउँछ ।’
महाराष्ट्र सरकारले त गर्भस्थ शिशुको लिङ्ग पहिचान गर्ने गैरकानुनी चिकित्सकीय परीक्षणको खबर दिन सजिलो होस् भन्ने हेतुले सर्वसाधारणको पहुँच पुग्नेगरी नयाँ वेबसाइट नै सुरु गरेको छ । जसको उद्देश्य प्राप्त सूचनाहरू गोप्य रूपमा रेकर्ड गरी त्यस्ता घटना प्रभावकारी रूपमा पत्ता लगाउनु हो । वेबसाइट उद्घाटन समारोहलाई सम्बोधन गर्दा त्यहाँका मुख्यमन्त्री पृथ्वीराज चौहानले भनेका थिए, ‘हामीले कारबाहीको त्रास सिर्जना गर्नुपर्छ । सजाय पनि कठोर हुनुपर्छ, अवैध काम गर्नेको लाइसेन्स खारेजीसम्म गर्न सक्नुपर्छ ।’ अहिलेदेखि नै सचेतता नअपनाए नेपालमा पनि यो समस्या नआउला भन्न सकिन्न ।
साभार: संचारिका फिचर सेवा
महिलालाई नाङ्लो र ढक्की
- Details
- Category: महिला तथा बालबालिका
- Written by AND Nepal
- Hits: 201
सप्तरी ३१ जेठ÷ घरेलु तथा साना उद्योग कार्यालयले तालिम समापनका अवसरमा सप्तरीको तेरहौता गाविसका १० जना विपन्न महिलाहरुलाई नाङ्लो, ढक्की बनाउने औजार सामग्री प्रदान गरेको छ ।
सिमान्तकृत समुदायलाई “आरक्षण” किन ?
- Details
- Category: महिला तथा बालबालिका
- Written by भीम राई
- Hits: 172
रिसर्च फेलो,मार्टिन चौतारी
गणतान्त्रिक “नयाँ नेपाल”मा समावेशीकरणको सवाल सेना,पुलिस तथा निजामति सेवा जस्ता राज्यका हरेक क्षेत्रमा सिमान्तकृत समुदायहरुलाई “आरक्षरण” दिनुपर्छ भन्नेवारेमा कुरा गर्दा“सिमान्तकृत समुदायलाई आरक्षण होइन,अवसर” दिनुपर्छ भन्ने तर्क गरिन्छ । यस्ता विचार राख्नेहरु“मेहेनत र आफ्नो योग्यता वढाउँदै लैजाने मान्छे प्रतिस्पर्धी हुन्छन् र उनीहरुबाट गुणस्तरीय कामको अपेक्षा गर्न सकिन्छ भने आरक्षणले क्षमतावान व्यक्तिलाई उपेक्षा गर्छ” भन्ने गर्छन । तर तिनीहरुको यस्तो कुटिल “भावना”ले योग्यता भन्ने कुरा सापेक्ष हुन्छ र यो परिस्थिति र विषय अनुसार फरक–फरक हुन सक्छ भन्ने तथ्यलाई बिर्सेएको तर्क गर्नु हो भन्ने तर्कलाई बल पु¥याउँछ ।
नेपालमा भारतीय बालकहरुको उद्दार
- Details
- Category: महिला तथा बालबालिका
- Written by AND Nepal
- Hits: 191
विराटनगर ३१ जेठ÷ तीनदिन अघि विराटनगर ७ र ८ नंम्बर वडाका चारवटा होटलवाट उद्दार गरीएका १४ वर्ष मुनिका ६ जना भारत घर बताउने वालकहरुलाई मानवअधिकार तथा वातावरण मंञ्च (फरेन) विराटनगरले अभिभावकको जिम्मा लगाउने भएको छ ।विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै फरेनले संस्थाद्धारा संञ्चालीत ड्रपइन सेन्टर तथा ट्रन्जिट हाउसमा राखिएका ६ जना बालकहरुलाई उनिहरुको अभिभावक
खोजेर जिम्मा लगाइने भएको जानकारी दिएको हो ।
जातीय भेदभाव हटाउँनका लागि दलितहरुवाटै सुरुवात गर्नुपन
- Details
- Category: महिला तथा बालबालिका
- Written by AND Nepal
- Hits: 155
धनकुटा ६ कार्तिक / समाजमा रहेको छुवाछुत तथा जातीय भेदभाव हटाउँनका लागि दलितहरुवाटै सुरुवात गर्नुपर्ने धनकुटामा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।दलित एकता समाज धनकुटा र दलित महिला संघ धनकुटाको संयुक्त आयोजनामा आज धनकुटामा आयोजित विजया दशमी तथा दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रममा वक्ताहरुले यस्तो वताएका हुन् ।
Read more: जातीय भेदभाव हटाउँनका लागि दलितहरुवाटै सुरुवात गर्नुपन
विद्यालयमा शिक्षकको अभाव भएपछि पठन पाठन प्रभावित
- Details
- Category: महिला तथा बालबालिका
- Written by AND Nepal
- Hits: 164
धनकुटा ३० जेठ÷ धनकुटाको डाँडाबजार गाविसमा रहेको भानु उच्च माध्यमिक विद्यालयमा शिक्षकहरु नभएपछि पठन पाठन प्रभावित भएको छ । सो विद्यालयमा अध्यापन गराउदै आएका शिक्षकहरु जिल्ला निर्वाचन कार्यालय धनकुटाद्धारा संचालन भईरहेको फोटो सहितको मतदाता नामावली संकलनमा खटिएकाले पठन पाठन प्रभावित भएको हो ।
सञ्चार माध्यमले उठाए मात्र समाज भित्रको विभेद अन्त्यहुने
- Details
- Category: महिला तथा बालबालिका
- Written by AND Nepal
- Hits: 165
विराटनगर २९ असोज / आम उत्पीडित दलित समुदायको मुद्दालाई सञ्चार माध्यमले उठाए मात्र समाज भित्रको विभेद अन्त्यहुने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
Read more: सञ्चार माध्यमले उठाए मात्र समाज भित्रको विभेद अन्त्यहुने
धनकुटामा बाल अधिकार कार्यक्रम
- Details
- Category: महिला तथा बालबालिका
- Written by AND Nepal
- Hits: 245
धनकुटा २३ जेठ / जिल्ला बाल कल्याण समिति धनकुटाको आयोजनामा आज धनकुटाको पाख्रिवास गाविसमा बालबालिकाहरुका लागि क्षेत्रीय स्तरको क्षमता विकास तथा बाल अधिकार सम्वन्धि कार्यक्रम सम्पन्न भएको छ ।

Send News,Article and Feedback to us ! e-mail:
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.







