alopalo.com

Send News,Article and Feedback to us ! e-mail: This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.

Sat05192012

Last update01:18:52 AM

Font Size

Profile

Menu Style

Cpanel

नेपाल, भारत र अमेरिकाका सर्जकलाई नइ पुरस्कार

काठमाडौं, २०६९ बैशाख २२ गते (४ मे २०१२)
नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति बैरागी काइँला, स्रष्टा उषा शेरचन र प्रा.डा. उषा ठाकुरले विविध क्षेत्रमा समर्पित भई आआफ्ना ठाउँबाट प्रतिष्ठा आर्जन गर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका सात जना व्यक्तित्वलाई शुक्रबार २०६९ सालको नइ पुरस्कार प्रदान गर्नु भयो ।नइ प्रकाशनका पुरस्कार संस्थापक खनूप्रुदे रामबाबू अस्वस्थ हुनु भएकाले समारोहमा उपस्थित हुनुभएन ।

Read more: नेपाल, भारत र अमेरिकाका सर्जकलाई नइ पुरस्कार

आख्यानकार इन्द्रबहादुर राईलाई अभिनन्दन

देबेन्द्र कार्की
धरान, १७ वैशाख
भारतमा रहेर तीन दशक भन्दा वढी समयदेखि नेपाली भाषा र साहित्यमा महत्वपूर्ण योगदान दिने भाषिक अधिकारका योद्धा, विशिष्ठ साहित्यकार एंव चिन्तक इन्द्रबहादुर राईलाई आईतबार धरानमा वृहत कार्यक्रम गरि अभिनन्दन गरिएको छ । महेन्द्र बहुमुखि क्याम्पस नेपाली भाषा विभागको सकृयतामा नेपाली बाङ्मयका स्रष्टा एंव आख्यानकार राईलाई नौमति पञ्चे बाजागाजा सहित नगर परिक्रममा गराई अभिनन्दन गरिएको हो । विहान ८ बजे भानुचौकमा भेला भई राईलाई नगर परिक्रममा गराइएको थियो । नगरपरिक्रममा कार्यक्रममा धरानको विशिष्ट व्यक्ति, प्राध्यापक,साहित्यकारलगायत स्थानियको उल्लेख्य उपस्थिति रहेको थियो ।

Read more: आख्यानकार इन्द्रबहादुर राईलाई अभिनन्दन

साहित्य समाजको साहित्यिक यात्रा भब्यतापूर्वक सम्पन्न

ब्रुनाई, १२ मार्च १२, प्रवासी नेपाली साहित्य समाज, ब्रुनाई/बेलायतले समुन्द्र माथि सिर्जना बाचन तथा साहित्यिक यात्रा सम्पन्न गरयो ।

Read more: साहित्य समाजको साहित्यिक यात्रा भब्यतापूर्वक सम्पन्न

सरल गीतहरु बिर्सिएका गीतहरु

कृष्णकला वनेम जीवनको अठ्तीस हिउँदमा 'बिर्सिएका गीतहरु' कृति लिएर नेपाली साहित्यमा उदाएकी छन् । सामाजिक सञ्जाल 'फेसबुक'ले आफूलाई गीतकार बनाएको उनले पुस्तकको 'मेरो भन्नु' महलमा उजागर गरेकी छन् । उनी लेख्छिन्, 'आजको साइबर युगमा विभिन्न नेटवर्क मनोरञ्जन र आनन्दको माध्यम भएको छ ।

Read more: सरल गीतहरु बिर्सिएका गीतहरु

अमेरिका र भारतका प्राज्ञलाई नइ पुरस्कार

Kathmandu, Nepal. 2012 Feb. 24
नइ प्रकाशनले अन्तर्राष्ट्रिय  क्षेत्रका दुई जना महानुभावहरूलाई २०६८ सालको नइ पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।तीन लाख रूपियाँ राशिको नइ देरूख अन्तर्राष्ट्रिय पुरस्कार संयुक्तराज्य अमेरिकाका मानवशास्त्री प्रा.डा.टेड रिक्कार्डीलाई प्रदान गरिने भएको छ ।झन्नै आधा शताब्दीदेखि नेपालीभाषा, संस्कृति, इतिहास र पुरातत्वसम्पदाजस्ता विषयमा गहिरिएर अनुसन्धान गरी अन्तर्राष्ट्रिय जगतमा नै नेपालको महिमा बढाउन योगदान पुर्याएवापत अमेरिकाको कोलम्बिया विश्वविद्यालयका प्राध्यापक डा.टेड रिक्कार्डीलाई सो पुरस्कार प्रदान गरिने भएको हो । यो पुरस्कार विदेशी नागरिकलाई हरेक वर्ष प्रदान गरिन्छ ।

Read more: अमेरिका र भारतका प्राज्ञलाई नइ पुरस्कार