Art
धरानमा अनामको दशैं
धरान / विजया दशमी २०६८ को अवसरमा धरानका पुराना कलाकारहरुको भेटघाट तथा टीका कार्यक्रम आयोजना गरिएको छ । अनामका अध्यक्ष रंगकर्मी राजेन्द्र रिमाल तथा रंगकर्मी अल्पना कर्माचार्यले आयोजना गरेको कार्यक्रममा पुराना रंगकर्मीहरु प्रेम सुब्बा तथा शारदा शाक्यले कलाकारहरुलाई टीका लगाई दिएका थिए ।
रंगकर्मी राजेन्द्र रिमालको घरमा आयोजना गरिएको कार्यक्रममा सन्तोष थेबे, राजीव आचार्य, मदन गुप्ता, रमेश शाह, विशाल भण्डारी, कुलचन्द्र न्यौपाने, जसकुमार राई, किशोर थुलुङ, सुलभ गजमेर, सुजाता राई, सुमीना खड्गी, विमला श्रेष्ठ, अरुण प्रधान, संगीता शाही, राजेन्द्र रिमाल, अल्पना कर्माचार्य, संस्कृति रिमाल, भुमिता ताम्रकार आदिले टीका तथा आशिर्वाद ग्रहण गरेका थिए ।
दशैं मनाउन धरान आई पुगेका सन्तोष थेबेले रंगकर्म संसारभरि नै व्यावसायिक नभएको यहा“ पनि व्यावसायिक हुन नसक्ने, रंगकर्म गर्नलाई गम्भीर र अध्ययनशील पनि हुनु पर्ने बताए ।
के भने कलाकारहरुले
राजिव आचार्य ः नेपाली रंगकर्मलाई समृद्ध बनाउन अझ ठुलो योगदानको जरुरी छ ।
किशोर थुलुङ ः स्टेशन मेनेजर, विजयपुर एफएम, धरानको रंगकर्मको रंग चाहीं रहेको तर कर्म चाहीं हराएको चर्चा गरे ।
जसकुमार राई ः अनामको रंगकर्मलाई नया“ ढंगबाट अघि लैजानु पर्ने जसका लागि सघन छलफल गरी दीर्घकालिन रणनीति तयार गरी बढ्न जरुरी रहेका औंल्याए । तत्कालका लागि रेडियो मार्फत पनि अघि बढ्न सकिने जसका लागि विजयपुर एफएम सहयोग गर्न तत्पर रहेको पनि बताए ।
सुलभ गजमेर ः अनाममा पछिल्लो पुस्ताका कलाकारहरुको अस्तित्वलाई पनि स्थान दिईएकोमा खुशी व्यक्त गरे ।
कार्यक्रममा उपस्थित सबै रंगकर्मीहरुले आ–आºना धारणा राख्दै आयोजनाका लागि धन्यवाद ज्ञापन गरेका थिए ।
राजेन्द्र रिमाल ः अध्यक्ष,
अनाम अब त्यसका सदस्यहरुको मात्र नभई सार्वजनिक संस्था भईसकेकोले यसले गर्ने हरेक क्रियाकलापहरु परिपक्व, शिष्ट र मर्यादित हुनुपर्छ । यस अघि धेरै क्रियाकलापहरु गरेको भए पनि अनामले पद्धति र संस्थागत संस्कृतिको निर्माण गर्न नसकिएकोले व्यवधानहरु आएको हो भन्ने अनुभुति भएको छ । आगामी दिनहरुमा त्यसलाई चिर्न जरुरी रहेको छ । यसका क्रियाकलापहरु सार्वजनिक लेखाजोखा गर्नु पर्ने र सबै शुभचिन्तक, दर्शक समेतको सामाजिक अनुमोदन लिएर मात्र गर्नु पर्छ ।

Send News,Article and Feedback to us ! e-mail:
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.








