alopalo.com

Send News,Article and Feedback to us ! e-mail: This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.

Sat05192012

Last update01:18:52 AM

Font Size

Profile

Menu Style

Cpanel

Movies

धरान पूर्वाञ्चलको चलचित्र सिटी बन्न सक्ने

User Rating:  / 0
PoorBest 

धरान असार २५ /  धरानमा कलाकारहरु एक भएमा धरान पूर्वाञ्चलको चलचित्र सिटी बन्न सक्ने एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।
शुक्रबार साप्ताहिक र अनाम नेपालको आयोजनामा हिजो आयोजित धरानमा चलचित्र पर्यटनको संम्भावना सम्बन्धी अन्तक्रिया कार्यक्रममा सहभागिहरुले यस्तो बताएका हुन् । धरानमा प्रसस्त कलाकारहरु भएपनि फिल्ममा बनाउदा चाहिने सामग्री काठमाण्डौबाट ल्याउनुपर्ने बाध्यता रहेको शुक्रबार साप्ताहिकका सम्पादक किशोर नेपालले बताउनुभयो । यस्तै, धरानमा चलचित्रको सम्भावना भएपनि केन्द्रीकृत राज्य सत्ताका कारण समस्या भएको कलाकार प्रेम सुब्बाले बताउनुभयो । कार्यक्रममा अनामका अध्यक्ष राजेन्द्र रिमालले कलाकारहरुमा एकता हुन जरुरी रहेको बताउनुभयो । सो कार्यक्रममा अनामका निर्देशक विनोद श्रेष्ठ, कलाकार विशाल भण्डारी, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष केशव घिमिरे लगायत मिस पूर्वाञ्चलमा सहभागिहरुको समेत उपस्थिति रहेको थियो ।

 

Book reviews

भयवाद चिन्तन र विमर्श

भरखरै नेपालको बजारमा भयवाद सम्बन्धी अर्को पुस्तक ‘भयवाद चिन्तन र विमर्श’ आएको छ । यो पुस्तक भृकृटी मण्डपको पुस्तक प्रदर्शनीमा पनि बिक्री भएको थियो । यो भयवाद अध्ययन केन्द्रको पहिलो प्रकाशन हो ।