alopalo.com

Send News,Article and Feedback to us ! e-mail: This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.

Sat05192012

Last update01:18:52 AM

Font Size

Profile

Menu Style

Cpanel

ब्रुनाईमा राजेश पायल

अफगानिस्तानको युद्धमा वीरगति प्राप्त गर्नुभएका स्व. विजय राईको सम्मानार्थ शनिबार ब्रुनाईको सेरियामा आयोजना भएको ‘विजय साँझ विथ राजेशपायल राई’ भव्य रुपमा सम्पन्न भएको छ । आफ्नो लामो सांगीतिक क्यारीयरमा पहिलोपल्ट ब्रुनाई आएका गायक पायलले बीर गोरखाली योद्धाहरुप्रति कार्यक्रम समर्पित गर्दै इराक एण्ड अफगान सच ए सरो गाउँदै कार्यक्रमको सुरुवात गरेका थिए ।

यलम्बर नाइट चौथो सम्पन्न

डिसेम्बरको अन्तिम साता हङकङमा यतिबेला नेपाली गीत संगीतमय बनेको छ । नेपालका चर्चित कलाकारहरु गणेश रसिक, धिरज राई, भुवन सुप्तिहाङ र बिनोद खम्बू यहाँ रहेका नेपालीहरुलाई मनोरञ्जन दिलाउन ब्यस्त बनेका छन् ।

धिरजले ईलाममा गाउँदा

चियै चिया वगानको बीचमा बसेर धीरजले आफ्नो सफल एकल कार्यक्रम प्रस्तुत गरे । नेपालकै अत्यन्त मनोरम स्थान मध्येको एक ईलामको कन्याममा पहिलो पटक आफ्नो एकल प्रस्तुती गरिरहँदा धीरजले ईलाम “चित्रकारले कोरेको चित्र झैं” लागेको बताए । कन्याममा “नेपाली ज्याक्सन” आउने खबरले पशुपतिनगर अनि इलामबाट समेत फ्यानहरुको घुइँचो लागेको थियो ।

मिलनको सांगीतिक ‘मिलन’ सार्वजनिक

गायिका मिलन अमात्यको एकल गीति संग्रह ‘मिलन’ लोकार्पण भएको छ  ।  ‘मिलन’को सोमवार वरिष्ठ गायक प्रेमध्वज प्रधान र नायिका करिश्मा मानन्धरले एक समारोहवीच लोकार्पण गर्न‘भयौ । एल्वमको लोकार्पणअघि गायिका मिलनलै ६ वटा गीत लाईभ म्यूजिकमा गाएकी थिईन् । उनलै आफ्नौ एल्वम् मिलनका चारवटा गीतहरु ‘जहिलेसम्म...’, ‘रिमझिम’, ‘आफन्त’, ‘जसलाइ’ त्यसैगरी तारादेवीले गाउनुभएका ‘उकालीओरालीहरुमा....’र ‘फूलैफूलको मौसम....’ गाएकी थिईन् । 

स्टेज किङ अर्थात नेपाली माइकल

स्टेज पर्फमेन्स राम्रो भएका गायक धीरज राईले दर्शक तथा स्रोताबाट 'नेपाली माइकल ज्याक्सन' र 'स्टेज किङ' को उपाधि पाएका छन् । अंग्रेजी साहित्यमा 'मास्टर डिग्री' तथा ईाजनियरिङमा 'ग्राजुएसन' गरेका धीरज गायक मात्र नभएर कलेजको 'लेक्चरर' र 'ओभसियर' पनि हुन् । 'के हो पप् संगीत'  र पप्मा बितेका १५ वर्ष' नामक दुई पुस्तक लेखिसकेका धीरजको 'ओमविक्रम' नामक डकुमेन्ट्री अमेरिकाको 'कर्नेल युनिभसर्िटी' मा समेत पढाइ हुन्छ। नयाँ एल्बम '20 Years' को सफलतासँगै हालै उनी ुकोइलीदेवी पुरस्कारु बाट पुरस्कृत भएका छन् । वर्षको ६ महिना जति विदेश भ्रमणमै व्यस्त रहने धीरज बौद्धिक गायकका रुपमा पनि चिनिन्छन् । प्रस्तुत छ एउटा भेटमा गरेको कुराकानीको सार:

सञ्जिव लामा पुनः सांगीतिक बजारमा

सन्तोष काफ्ले, धरान
धराने सांगीतिक क्षेत्रमा एक दशक अगाडी पप संगीतमा जमेका गायक सञ्जिव लामा लामो समयको पुन नयाँ एल्वमका साथ बजारमा आउने भएका छन् । २०५० सालदेखिको सांगीतिक क्षेत्रमा लागेका लामाले २०५४ सालमा धरानका केही साथीसँग मिलेर मिक्स मेलोडी नामक व्याण्ड खोलेका थिए । तत्कालिन समय धरान मात्र नभई राष्ट्रिय स्तरमै राम्रो चर्चा कमाएका लामा वैदेशिक रोजगारको शिलशिलामा ५ बर्ष अगाडी हङकङ पुगेका थिए ।

हङकङमा कला सुब्बा र पवित्रा सुब्बालाई सम्मान

नेपाली गायन क्षेत्रमा संलग्न पवित्रा सुब्बा र नेपाली मोडलिङ र संचार क्षेत्रकी चर्चित संचारकर्मी कला सुब्बाको सम्मानमा  धरान ८ समाज हङकङले अप्रिल २८ तारिख साँझ रात्रिभोजको आयोजना गरी सम्मान सहित हङकङमा स्वागत गरेको छ ।

हङकङमा खेमराज गुरूङ साँझ २०६८

"वारी जमुना पारी जमुना...." जस्तो लोकप्रिय लोक गीत गाएर नेपाली संगीतकाशमा एकाएक चर्चित बनेका खेमराज गुरुङ हङकङ आइरहन्छन् ।
केही महिना यतादेखि हङकङमा रहेका उनले मे २१ तारिख शनिवारका दिन कंगन रेष्टुरेण्टमा जोर्डनमा 'खेमराज गुरुङ एकल साँझ २०६८' कार्यक्रममा आफ्ना आफन्ती, भाइबहिनी, श्रोताहरुलाई भरपूर मनोरञ्जन दिलाए ।

गुराँसको राजधानी तताए धिरज रेस्मा र तुलसीले

  • देबेन्द्र कार्की

तेह्रथुम / म्याङ्लुङ वरपरका बासिन्दाहरुलाई सोमबार विहानैदेखि बेग्लै हतारो थियो । बेलुकासम्मको मेला पात बस्तु भाउ घर धन्दा मध्यान्नमै सकाउनु थियो । म्याङ्लुङ वरपरका तन्नेरी तरुणी बालबालिका बृद्धा सबैलाई सदरमुकामस्थित सागुरो टुडिखेलमा जम्मा हुन सबैलाई हतारो थियो । कतिपय त राम्रो बस्ने ठाउँ नपाईएला भनेर बेलैमा टुडिखेलमा जम्मा भई सकेका थिए ।' उनीहरुको यो हतारो र उत्साह अरु केहीका लागि नभएर देशविदेशमा चर्चा पाएका पहिलो पटक राष्ट्रिय कलाकारहरुको सांगितिक प्रस्तुतीमा आनन्द लिनका लागि थियो । करिव २ बजेको समयतिर होला बजारको वीचमा रहेको टुडिखेलमा खुट्टा हाल्ने ठाँउ थिएन । त्यही भिडमा नेपाली पप संगित अभियानमा लागेको ख्यातिप्राप्त पप गायक धिरज राई गायिका रेस्मा सुनुवार र पूर्वेली लोक भाका संरक्षण र प्रचार अभियानमा जुटेका लोकगायक तुलसी पराजुली भिड छिचोल्दै माचमा देखा परे ।

एम ग्रेटफुल टु हङकङ नेपाली अडियन्स- राजेशपायल राई

नेपाली सुगम संगीतकालागि चर्चित नेपाली गायक राजेशपायल राई हङकङमा कउलुन  पार्कको पियाजामा आयोजित खुल्ला सोलो कन्सर्ट पछि आफ्ने फेसबुक स्टाटसमा लेख्छन् -" एम ग्रेटफुल टु हङकङ नेपाली अडियन्स । जय होस् दर्शन नमस्ते ।" स्टाटसकै क्रममा लेखेका छन् -"कति प्यारो मान्छे, कति प्यारो मन । "

'पाइला'संगै पाइला बढाउँदा-मनमा लागेका कुराहरु

(गोधूली साँझमा टोलाउँछु एक्लै, तिमीलाई नै सम्झेर)-
(
जूनतारा हेर्नै सक्दिन)- , (तिम्रो याद आउँछ बल्झेर)-
गोधूली
साँझमा…हो… हो… हो…
.हो

राजेशपायल राईले आफनो गृह जिल्ला खोटाङको विकास निर्माणको लागि ७५ हजार नगद आर्थिक सहयोग

नेपालका बहुचर्चित एंव व्यस्त गायक राजेशपायल राईले आफनो गृह जिल्ला खोटाङको विकास निर्माणको लागि ७५ हजार नगद आर्थिक सहयोग गरेका छन् । मंगलवार भाइ राइ नविनको गिति एल्बम मार्ग विमोचन कार्यक्रममा गायक राजेशले उक्त रकम खोटाङ सेवा समाजका अध्यक्ष राकेश राईलाई हस्तान्तरण गरेका छन् ।

 

Book reviews

भयवाद चिन्तन र विमर्श

भरखरै नेपालको बजारमा भयवाद सम्बन्धी अर्को पुस्तक ‘भयवाद चिन्तन र विमर्श’ आएको छ । यो पुस्तक भृकृटी मण्डपको पुस्तक प्रदर्शनीमा पनि बिक्री भएको थियो । यो भयवाद अध्ययन केन्द्रको पहिलो प्रकाशन हो ।