alopalo.com

Send News,Article and Feedback to us ! e-mail: This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.

Sat05192012

Last update01:18:52 AM

Font Size

Profile

Menu Style

Cpanel

Theatre

सबनम गुरुङ बनिन् हङकङ नेपाली डान्स आइडल तेश्रो

User Rating:  / 7
PoorBest 

- देवराज राई
फियोना हङकङले आयोजना गरेको हङकङ नेपाली डान्स आइडल प्रतियोगिताको तेश्रो संस्करणमा सवनम गुरुङले विभिन्न चरणहरु पार गर्दै ट्यालेण्ट शो जितेकी छिन् । नृत्य विधाको यस प्रतियोगितामा सुकु लिम्बू फस्ट रनरअप तथा प्रिया गुरुङ सेकेण्ड रनरअप बनेकी छिन् ।

याउ मा तेइ कम्युनिटी हलमा खचाखच दर्शकहरु तथा सहभागी कलाकारहरुका अभिभावक, परिवारहरुको उपस्थितिमा सम्पन्न भएको ग्राण्ड फिनालेमा उत्कृष्ट १३ प्रतियोगीहरु बीच प्रतिस्पर्धा भएको थियो ।

विजयी कलाकारहरुले ट्रफी एवं नगद पुरस्कार पाएका थिए।  प्रतियोगितामा विजयी भएकी सबनम गुस्ङले हङकङ डलर ५ हजार १ सय,  उप विजयी भएकी सुकु लिम्बूले ३ हजार १ सय तथा  तेश्रो भएकी प्रिया गुरुङले २ हजार १ सय हङकङ डलर नगद पुरस्कार प्राप्त गरे ।

प्रतियोगितीहरुले एकल, सामुहिक तथा युगल नृत्यहरु प्रस्तुत गरेका थिए । ग्राण्ड फिनाले नाममा सहभागीहरु यस अघिको अडिसन राउण्ड तथा फस्ट राउण्ड पार गरी टप १३ मा छनौट भएका थिए ।

एचकेनेपाली डटकमको तर्फबाट सहभागी भएकी विजेत सवनम गुरुङ लगायत किरात याक्थुङ चुम्लुङबाट सहभागी सुकु लिम्बू, तमू प्ये ल्हु संघबाट सहभागी प्रिया गुरुङ, तनहूँ समाजकी एलिना गुरुङ र दान्सिङ समाजबाट आएकी सानी गुरुङ मात्र प्रतियोगिताको टप फाइभमा पर्न सफल भएका थिए ।

अडिसन राउण्ड अप्रेल १७ तारिखका दिन मंकी हिलमा सम्पन्न भएको थियो । मौसम खराब भएका कारण अडिसन राउण्डमा पुगेका १३ प्रतिस्पर्धीहरुलाई सोझै फाइनसम्म प्रवेश पाएका थिए ।

डान्सिङ आइडलमा ऋतु गुरुङ, मोना गुरुङ, कमला थापा, इसप राई, सुना राई, पूजा गुरुङ, रीया गुरुङ, सुजिना गुरुङले भने प्रतिस्पर्धामा टप फाइभ स्थान ओगट्न असमर्थ भए । फियोनाले अडिसन राउण्डमा आएका १३ प्रतिस्पार्धीहरुलाई लगभग १ महिनासम्म नृत्य सम्बन्धि प्रशिक्षण प्रदान गरिएको थियो । आयोजकले जानकारी गराएका छन् । गत वर्ष नेपालबाट नृत्य प्रशिक्षक बोलाएर प्रशिक्षण गराएता पनि यसपालि भने स्थानीय उत्कृष्ट नृत्य प्रशिक्षकहरुले पनि फियोना आइडलमा आफ्ना कला, समय खर्चिएका थिए । 

नेपाली लोक तथा आधुनिक नेपाली नृत्यको आधारमा आयोजना गरिएको कार्यक्रम साँझको ६ बजेदेखि शुभारम्भ भएको थियो ।
विशुद्ध नेपाली नृत्य कार्यक्रममा प्रतियोगित तथा पूर्व विजेताहरुले मात्र ३४ भिन्नाभिन्नै नृत्यहरु प्रस्तुत गरेका थिए । जौं गुरुङ, देवमान लिम्बू, योगिता गुरुङ, राजु श्रेष्ठ तथा सुवास गुरुङले निर्णायकको भूभिका निर्वाह गरेका थिए ।

निर्णायकहरुको अंकको आधारमा आइडल छानिएको थियो । निर्णायकहरुको छनौटको गीत एवं गोला प्रथाबाट छनौट गरिएको गीतको आधारमा प्रतियोगिहरुलाई आफ्नो कला प्रदर्शन गरेका थिए ।

हङकङ नेपाली डान्स आइडल प्रतियोगिताकालागि १२ महिला १ पुरुष कलाकारहरुले आइडलमा सहभागी हुन नाम दर्ता गराएका थिए । ग्राण्ड फिनालेमा हङकङका उत्कृष्ट कोरियोग्राफरहरुले समेत आफ्ना सीप खर्चेका थिए ।

दुई चरणमा सम्पन्न कार्यक्रमको पहिलो चरणमा छोटो औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो ।फियोनाका अध्यक्ष गणेश गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा हङकङ स्थित महावाणिज्यदूतवासका वाणिज्यदूत किरण शाक्य प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थियो ।  फियोनाको सचिव भिम गुरुङ र श्याम माया तामाङले कार्यक्रम संचालन गरेका थिए ।

कार्यक्रममा याउ चि मोङ जिल्ला पार्षद बेन्नी योङ तथा पकास्तानी, भारतीय तथा अन्य चीना मुलका व्यक्तिहएको उपस्थिति देखिएको थियो ।

विजयी शवनमले पत्रकारहरु खुशी हुँदै सफल्ताको श्रेय परिवार साथीहरुलाई जाने बताएकी थिइन । मेहनत र लगणशीलताले सफल्ता पाएकोमो आफू प्रशन्न भएको बताईन ।

फस्ट रनरअप बनेकी सुकु लिम्बू गत साल भएको डान्स आइडलमा सेकेण्ड रनरअप बनेकी थिइन् । यसपालि उनलाई फष्ट रनरअप उपाधि प्राप्त भएको थियो । सुकु हङकङको स्टेजहरुमा उनको बाक्लो उपस्थिति रहँदै आएको थियो । यसपालि सेकेण्ड रनरअप बनेकी प्रिया गुरुङ गत सालको डान्स आइडलमा टप फाइभसम्म प्रवेश गरेकी थिइन् ।

यस पालिको प्रतियोगितामा पनि प्रतियोगितहरुले हङकङको कुनै एक संस्थाको सिफारिसमा आवेदन गरेका थिए । हङकङमा आयोजना भएका नृत्यहरुमा सबै भन्दा उत्कृष्ट नृत्यहरु स्थानीय कोरिया ग्राफरहरुले कोरियाग्राफ गरेका थिए । डान्स आइडल तेश्रोमा धिरज, सन्ध्या, नगेन र श्री गुरुङलाई सबै दर्शकहरुले उत्कृष्ट नृत्य निर्देशनकालागि स्याबासी दिएका थिए ।

 

Book reviews

भयवाद चिन्तन र विमर्श

भरखरै नेपालको बजारमा भयवाद सम्बन्धी अर्को पुस्तक ‘भयवाद चिन्तन र विमर्श’ आएको छ । यो पुस्तक भृकृटी मण्डपको पुस्तक प्रदर्शनीमा पनि बिक्री भएको थियो । यो भयवाद अध्ययन केन्द्रको पहिलो प्रकाशन हो ।