alopalo.com

आलोपालो डटकम अलि भिन्न वेभ पत्रिका

Send News,Article and Feedback to us ! e-mail: This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.

Sat05192012

Last update01:18:52 AM

Font Size

Profile

Menu Style

Cpanel

Health

धरानमा अन्तर्राष्ट्रिय रेडियोलोजी सम्मेलन हुने

विभिन्न मुलुकका १२५ जना विज्ञहरुले रेडियोलोजीबारे कार्यपत्र प्रस्तुत गर्ने
धरान / धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यहि फागुन ४ गते ७ गतेसम्म(फेव्रुवरी १६–१९ सम्म) ‘पाँचौं काङ्ग्रेस अफ रेडियोलोजी‘ अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ । एसोसिएसन अफ नेपाल रेडियोलोजी, रेडियोलोजिकल सोसाईटी अफ सार्क कन्ट्रीज् तथा वीपी प्रतिष्ठानको रेडियोलोजी विभागको आयोजनामा सो सम्मेलन हुन लागेको हो । प्रतिष्ठानको रेडियोलोजी विभाग तथा रेडियोलोजिकल सोसाईटी अफ सार्क कन्ट्रीज्का अध्यक्ष राजकुमार रौनियारले मंगलबार पत्रकार सम्मेलन गरि सम्मेलनको जानकारी गराएका छन् ।
    सम्मेलनमा अमेरिका, बेलायत, जापान, मलेशिया, चीन, तथा सार्क सदस्य राष्ट्रहरुका झण्डै एक हजार रेडियोलाजिष्ट, मेडिकल चिकित्सक र रेडियोग्राफरहरुको सहभागिता रहेन जानकारी गराइएको छ । ‘सार्क तथा अन्य ६ वटा मुलुकका  करिव १ सय २५ जना रेडियोलोजी विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने छन् ।’–प्रमुख रौनियारले भने–‘सम्मेलनमा रेडियोलोजी क्षेत्रमा भईरहेको  विकास,  प्रविधि, सीप तथा दक्षताको विषयमा छलफल हुने छ ।’ सम्मेलनमा विश्वमा भएका आविस्कार र खोजका बारेमा पनि विज्ञहरुले जानकारी गराउने छन् ।
    न्ेपालका पहिलो पटक हुन लागेको सो सम्मेलनको व्यवस्थापन कार्य भईरहेको आयोजकले जानकारी दिएको छ । सम्मेलनको उद्घाटन राष्ट्रपति रामबरण यादव तथा प्रधानमन्त्रि बाबुराम भट्राईले गर्ने बताइएको छ ।
 सम्मेलनमा सार्क टिवी सेन्टरको पनि सहभागिता रहेकाले फोक्सो तथा अन्य ठाउँमा टीवीको डाईलोसिसबारे पनि  व्यापक छलफल हुने भएको छ । सम्मेलनमा रेडियोलिजीकल सोृसाईटी अफ नोथ अमेरिका(आरएसएनए)ले विश्वको ख्यातीप्राप्त रेडियोलोजी विज्ञ डा. काम्वीज मोटामेडी(म्च। प्बmदष्श ःयतबmभमष्) डा. एनी सी. रोर्वडस्(म्च। ब्ललभ ऋ। च्यदभचतक) र डा. योग एच. किम(म्च।थ्यगलन ज्। प्ष्m०  पनि सहभागि हुने भएका छन् । यसै गरि बेलायतका विश्व प्रख्यात रेडियोलोजीष्ट डा. डेविड कास्ग्रोभ(म्च। म्बखष्म अयलकनचयखभ), हुमन हेल्थ डिभिजनका डाईरेक्टर डा. रेथी छेम र अर्का विज्ञ डा. रवी काश्यप पनि सम्मेलनमा सहभागी हुदैछन् । उनीहरुबाट नेपालले रेडियोलोजी प्रविधीबारे सिक्ने मौका पाउने छ ।
    उदेघाट्न कार्यक्रममा डा. रौनियारले सम्पादन गरेको ‘नेप्लीज जोर्नल अफ रेडियोलोजी’ अन्तर्राष्ट्रिय स्तरको अनुसन्धान कृतिको पनि विमोचन गरिने सम्मेलनमा जानकारी गराइएको छ । सम्मेलनमा ८ वटै देशको रेडियोलोजी को राष्ट्रिय अध्यक्षलगायत रेडियोलोजिष्टहरुको उपस्थिति रहने बताइएको छ ।  सोह िसम्मेलनले रेडियोलोजिष्ट सोसाईटी अफ सार्क कन्ट्रीजले नयाँ अध्यक्ष समेत निर्वाचित गर्ने छ ।
    नेपालमा पहिलो पटक हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनले रेडियोलोशीको विकासमा नेपाललाई ठूलो सहयोग पुग्ने आयोजकले बताएको छ । पूर्वाञ्चल क्षेत्रलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउनसमेत सहयोग पुग्ने बताइएको छ । ‘यो सम्मेलनले नयाँ प्रविधि भित्राउन समेत सहयोगी हुने छ ।’–डा. रौनियारले पत्रकार सम्मेलनमा भने ।
    नेपालमा करिव ३ सय रेडियोलोजिष्टहरु रहेका छन् । सम्मेलनमा सबैको सहभागिता रहने डा. रौनियारले जनाएका छन् । सम्मेलनमा रेडियोलोजी मेसिन ल्याउने करिव ३० वटा रेडियोलोजी ट्रेड एजेन्सीहरुले रेडियो मेसिनहरु प्रर्दशनमा ल्याउने भएका छन् । प्रर्दशनमा ल्याएका मेसिनहरु विज्ञ रेडियोलोजिष्टहरुले परिक्षण रअवलोकन गर्ने बताइएको छ । नेपालका वीपी प्रतिष्ठान, राजधानीको वीर अस्पताल, शिक्षण अस्पतालमा मात्र रेडियोलोजीको अध्यायपन हुदै आएको छ ।

निशुल्क प्रसुति सेवा केन्द्र स्थापनाको लागि आज धरान नगरपालिकासँग छलफल

धरान १ मंसिर / जिल्ला स्वास्थ्य कार्यलय सुनसरीले शहरी स्वास्थ्य केन्द्र अन्र्तगत निशुल्क प्रसुति सेवा केन्द्र स्थापनाको लागि आज धरान नगरपालिकासँग छलफल गरेकोे छ । धरान नगरपालिकाको संयोजनमा भएको कार्यक्रममा गरिब तथा विपन्न वर्गहरुका लागि निशुल्क प्रसुति सेवा केन्द्रको स्थापना गर्न छलफल भएको हो । छलफलमा धरान स्थित विपि प्रतिष्ठानबाट प्रसुती सेवादिन कठिन भएकोले धरान लगायतका पाँचकन्या र विष्णुपादुका गाविसमा सुरक्षित निशुल्क प्रसुति सेवा प्रदानगर्न आवश्यक रहेको जिल्ला स्वास्थ्य कार्यलय सुनसरीका प्रमुख डाक्टर श्रीराम प्रसाद शाहले बताउनभयो ।

Read more: निशुल्क प्रसुति सेवा केन्द्र स्थापनाको लागि आज धरान नगरपालिकासँग छलफल

हङकङमा भानुजयन्ती सम्पन्न

आफ्नो भाषा, साहित्य र संस्कृतिको सम्वृद्धिसँगै नेपाली समाज बसाऔँ भन्ने अभियोजना बोकेर हरेक वर्ष आयोजना हुँदै आएको भानुजयन्ती यसपालि पनि हङकङमा सम्पन्न भएको छ । नेपाली विधार्थी, तिनका अभिभावकहरु, शिक्षक, विभिन्न संघसंस्थाका प्रतिनिधि, विभिन्न विद्यालयका प्रधानध्यापकहरुको उपस्थितिमा भानुजयन्ती मनाइएको थियो ।

Read more: हङकङमा भानुजयन्ती सम्पन्न

भूकम्पका कारण बालबालिकाको पठनपाठनमा प्रभावित

इलाम १० असोज / एकसाता अघि गएको भूकम्पका कारण विद्यालय बन्द हुँदा इलामका एक हजारभन्दा बढी बालबालिकाको पठनपाठन प्रभावित भएको छ ।  इलामका एकदर्जन भन्दा बढी विद्यालय भत्किएका कारण विद्यार्थीको पठनपाठन हुन नसकेको हो । भूकम्पका कारण जमुनाको राष्ट्रिय निमावि, भानुदय निमावि, सुलुबुङको बालनिकेतन प्रावि, मावुको नवज्योति प्रावि, माईमझुवाको गुफा प्रावि र आमचोकको कालिकादेवी प्राविको पठनपाठन प्रभावित भएको छ ।

Read more: भूकम्पका कारण बालबालिकाको पठनपाठनमा प्रभावित

अनुमति बिना सञ्चालन गरिएका नीजि विद्यालय खारेज

मोरङ २० असार /  जिल्ला शिक्षा कार्यालय मोरङले अनुमति विना सञ्चालन गरिएका ६ वटा निजी विद्यालयलाई खारेज गरेको छ ।
शिक्षा कार्यालयले कारबाही गरेका विद्यालयलाई एक साताभित्रमा कक्षा बन्द गर्न पत्र पठाएको छ । कार्यालयले बाहुनीको ज्ञानोदय अङ्ग्रेजी स्कुल र एभरग्रीन स्कुल, जाँतेको सुनगाभा उच्च माविको प्राथमिक तह, भौडाहाको चन्द्र मेमोरियल, मधुमल्लाको ग्रीनल्याण्ड इङ्लिस स्कुल र क्लासिक बोर्डिङ स्कुललाई खारेज गरेको हो ।

Read more: अनुमति बिना सञ्चालन गरिएका नीजि विद्यालय खारेज

बाल दिवसमा दमकमा विभिन्न कार्यक्रमहरु

दमक भदौ २९ / बाल दिवसको अवसरमा आज दमकमा विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । सोही अवसरमा झापाको तोपगाछी क्याम्प स्थित कमला मदन आश्रीत उच्चमावीमा प्रतियोगितात्मक सास्कृतीक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कक्षा १० की पुजा सुवेदी र कक्षा ९ की सरीता लिम्वु प्रथम भएका छन् । त्यस्तै कक्षा ७ की अप्सरा तुम्वापो द्धीतिय तथा कक्षा ४ की आरती सुव्वा तृतीय भएकी छिन् ।

Read more: बाल दिवसमा दमकमा विभिन्न कार्यक्रमहरु

एक करोड रुपैया बराबर छात्रवृत्ति बितरण

तेह्रथुम १९ असार / जिल्ला शिक्षा कार्यालय तेह्रथुमले यसवर्ष करिव १ करोड बरावरको छात्रवृत्ति बितरण गरेको छ ।  आर्थिक वर्ष २०६७/६८ मा ९४ लाख ३४ हजार छात्रवत्ति वितरण गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । माध्यमिक र आधारभुत तहका ६ हजार ९ सय ६७ जना विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरिएको जिल्ला शिक्षा कार्यालयका योजना तथा तथ्याङ्क फाँटका भिम मिश्रले जानकारी दिनुभयो ।

Read more: एक करोड रुपैया बराबर छात्रवृत्ति बितरण

बिद्यालय बन्द नर्गन बालबालीकाको आग्रह

इटहरी ३ साउन /  सुनसरीका बालबालीकाले विद्यालयलाई राजनीतिक वाहानामा वन्द नगर्न र विद्यालयको पर्खालहरुमा राजनीतिक नारा नलेख्न राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।आज सुनसरीको बबिया गाविसमा रहेको सरस्वती माध्यमिक बिद्यालयका बालबालिकाहरुले सुनसरीको सरकारी तथा सामुदायीक विद्यालयहरुमा केही राजनीतिक दलहरुले विद्यालयको पर्खालमा राजनीतिक नारा लेख्ने गरेकोले त्यसो नगर्न बालवालीकाहरुले आग्रह गरेका हुन् ।

Read more: बिद्यालय बन्द नर्गन बालबालीकाको आग्रह

धनकुटा बहुमूखी क्याम्पस व्यवस्थित गर्ने सहमति

धनकुटा १६ असार /  धनकुटा बहुमुखी क्याम्पसलाई ब्यवस्थित रुपमा सञ्चालन गर्न क्याम्पस प्रशासन र अखिल क्रान्तिकारी क्याम्पस इकाई समितिवीच आज ३७ बुँदे सहमति भएको छ ।

Read more: धनकुटा बहुमूखी क्याम्पस व्यवस्थित गर्ने सहमति

Subcategories

 

Book reviews

भयवाद चिन्तन र विमर्श

भरखरै नेपालको बजारमा भयवाद सम्बन्धी अर्को पुस्तक ‘भयवाद चिन्तन र विमर्श’ आएको छ । यो पुस्तक भृकृटी मण्डपको पुस्तक प्रदर्शनीमा पनि बिक्री भएको थियो । यो भयवाद अध्ययन केन्द्रको पहिलो प्रकाशन हो ।