खानेपानी आयोजनाको सार्वजानिक सुनुवाई
- Details
- Category: विकासे समाचार
- Written by AND Nepal
धनुकटा ८ मंसीर / धनकुटाको सान्ने गाविसमा सञ्चालित छिन्ताङदेवी खानेपानी आयोजनाको निमार्ण प्रक्रिया सम्वन्धि सार्वजनिक सुनुवाई कार्यक्रम आज सम्पन्न भएको छ ।
धनकुटामा फिल्ड जीन बैकको स्थापना
- Details
- Category: विकासे समाचार
- Written by AND Nepal
धनकुटा २९ असोज÷ धनकुटामा सुन्तला, जुनार र कागतीका जातहरुको अनुसन्धानगरी गुणस्तर तथा उत्पादन क्षमता बृद्धि गराउँनका लागि फिल्ड जीन बैकको स्थापना गरिएको छ । फलफुलको जातीय छनौट कार्यक्रमको करिव १० बर्ष लामो अनुसन्धानको नतिजाका आधारमा राष्ट्रिय सुन्तला जात अनुसन्धान केन्द्र पारिपात्ले धनकुटाले जीन बैङको स्थापना गरेको हो । बेमौसमी समयको उत्पादनमा पनि गुणस्तरिय एवं बढी उत्पादनगर्न सक्नेगरी फिल्ड जीन बैककोे स्थापना गरीएको बताइएको छ ।
कार्य सम्पादनमा झापा प्रथम, धनकुटा दोश्रो र इलाम तेश्रो
- Details
- Category: विकासे समाचार
- Written by AND Nepal
इलाम ३ साउन / न्यूनतम शर्त तथा कार्य सम्पादनमा जिल्ला शिक्षा कार्यालय इलाम पूर्वाञ्चलबाट तेस्रो स्थानमा पर्न सफल भएको छ ।
क्षेत्रिय शिक्षा निर्देशनालयले गरेको मूल्याङ्कनमा इलाम तेस्रो स्थानमा पर्न सफल भएको जिल्ला शिक्षा अधिकारि महेन्द« पौडेलले वताउनुभयो । कार्य सम्पादनमा गत वर्षहरुको तुलनामा राम्रो भएतापनि गतवर्षको एसएलसिको नतिजा घटेको कारण इलाम तेस्रो स्थानमा परेको पौडेलको भनाइ छ ।
इलाम फिक्कलमा हरियो चिया प्रशोधन करखाना
- Details
- Category: विकासे समाचार
- Written by AND Nepal
इलाम २४ असोज / इलामको फिक्कल ३ स्थित गैरिगाउँमा हरियो चिया प्रशोधन कारखानाको निर्माण कार्य शुरु भएको छ । ग्रामिण चिया उद्योग प्रालि नामाङ्करण गरिएको कारखानाको स्थानिय बासिहरुको सक्रियतामा निर्माणकार्य शुरु भएको हो । कारखाना निर्माणका लागि स्थानिय सात जना ब्यक्तिहरुले प्रतिव्यक्ति ५ देखि २५ लाख लगानिगरी कारखानाको निर्माण शुरु गरेको प्रालिका प्रवन्ध निर्देशक देवकुमार दहालले बताउनुभयो ।
चौबिसेमा विद्युत महसुल काउण्टर
- Details
- Category: विकासे समाचार
- Written by Alopalo News Desk
धनकुटा ३ साउन÷ धनकुटाको चौबिसे क्षेत्रका विुद्यत सेवाग्राहीहरुलाई मध्यनजर गरी राजारानीमा नेपाल विद्युत प्राविधिकरण धनकुटा शाखाले विद्युत महसुल काउन्टरको स्थापना गरेको छ ।
भूकम्प पीडितहरुलाई राहत वितरण
- Details
- Category: विकासे समाचार
- Written by AND Nepal
इलाम १२ असोज / असोज १ गते साझ आएको भूकम्पले विस्थापित इलामका ६५ भूकम्प पीडितहरुलाई राहत वितरण गरिएको छ ।
इलाम नगरपालिकाले प्रति परिवार पाँच हजार र १ थान त्रिपाल वितरण गरेको हो । भूकम्प पिडितहरुले जिल्ला दैवी प्रकोप उद्धार समिति इलामबाट समेत जनही दुई हजार राहत प्राप्त गरेका छन् । भूकम्पग्रस्त क्षेत्रको इलाम नगरपालिका, प्रहरी कार्यालय लगायतको प्रतिनीधिहरुले स्थलगत निरीक्षण गरि राहत वितरण गरेको हो ।
धनकुटाबाट मेसिन रिडेबल पासपोर्ट
- Details
- Category: विकासे समाचार
- Written by AND Nepal
धनकुटा १ साउन / आजदेखि जिल्ला प्रशासन कार्यालय धनकुटाबाट मेसिन रिडेवल पासपोर्ट (एमआरपी) वितरण प्रक्रिया शुरु गरिएको छ ।
पासपोर्ट वितरणका लागि प्रशासनले राहदानी फारम बुझ्ने काम आजदेखि शुुरु गरिएको प्रमुख जिल्ला अधिकारी कुमार श्रेष्ठले बताउँनुभयो । जिल्ला प्रशासन कार्यालयबाट राहदानी फारम वितरण गर्नुभन्दा अगाडि बैदेशिक रोजगारीमा जानेहरुका लागि सिधै परराष्ट्र मन्त्रालयले राहदानी उपलव्ध गराउँदै आएकोमा आजदेखि राहदानी फारम जिल्लाबाट नै उपलव्ध हुन थालेको हो ।
गाउँ सुधार अभियान
- Details
- Category: विकासे समाचार
- Written by AND Nepal
धनकुटा ८ असोज / गाउँ टोलको बिकास गर्न अरुको भरपरेर मात्र नहुने भन्दै धनकुटाका स्थानीय संगम टोल बस्ती संगठनले गाउँ सुधार अभियान थालेको छ ।
पूर्वाञ्चल नेपालका ताजा समाचारहरु
- Details
- Category: विकासे समाचार
- Written by AND Nepal
इलाममा उद्योगहरुले प्रदुषण नियन्त्रणमा ध्यान दिने
इलाम २७ असार÷ उद्योगहरुले प्रदुषण नियन्त्रणमा ध्यान पुरयाएको भन्दै इलामका तीन वटा उद्योगहरुलाई प्रदुषण नियन्त्रण प्रमाण पत्र प्रदान गरिएको छ । इलामको साँखेजुङ्ग वडा नम्बर ६ मा सञ्चालित लाइटहिल अर्थोडक्स चिया उद्योग, सोहि गाविसकै ७ नम्बर वडामा सञ्चालित पाथीभरा टि प्रोडयुसर्स उद्योग र पुवा मझुवा ८ मा सञ्चालित पाण्ड डेरि उद्योगलाई प्रमाण पत्र प्रदान गरिएको हो ।
लक्ष्यभन्दा बढी राजश्व संकलन
- Details
- Category: विकासे समाचार
- Written by AND Nepal
विराटनगर ५ असोज / विराटनगर भन्सार कार्यालयले तोकिएको लक्ष्यभन्दा १२ करोड बढी राजस्व सङ्कलन गरेको जनाएको छ । कार्यालयले २०६७ चैतदेखि २०६८ साउन महिनासम्म लक्ष्य अनुरूप राजस्व सङ्कलन नगरी राजस्व घाटा व्यहोर्दै आएको थियो । तर चालु आर्थिक वर्षको भदौ महिनामा ८३ करोड २४ लाख ५७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा कार्यालयले ९१ करोड ६८ लाख कुल राजस्व सकंलन गरेको छ ।
धनकुटामा पर्यटन प्रवर्द्धन अभियान
- Details
- Category: विकासे समाचार
- Written by AND Nepal
धनकुटा २६ असार / धनकुटामा पर्यटनको विकास गर्ने उद्देश्यले संचालन गरिएको पर्यटन प्रवद्र्धन अभियान अन्र्तगत पहिलो चरणको कार्यक्रम हिजो सम्पन्न भएको छ ।
भूकम्प पीडितलाई राहत बितरण शुरु
- Details
- Category: विकासे समाचार
- Written by AND Nepal
धनकुटा ५ असोज / गत असोज १ गते गएको भुकम्पले क्षति पु-याएका धनकुटाका पीडित परिवारलाई आजदेखि राहत वितरण दिन थालिएको छ । धनकुटा नगरपालिका क्षेत्रमा धनकुटाका प्रमुख जिल्ला अधिकारी कुमार श्रेष्ठले भुकम्पबाट घर भत्किएका बुद्धनारायण रम्तेललाई राहत रकम वितरण गरेर कार्यक्रमको सुरुवात गर्नुभएको हो । जिल्ला दैविक प्रकोप समितिमा आएको निवेदनको आधारमा घरबार विहिन भएका परिवारलाई राहत रकम वितरण थालेको धनकुटाका प्रमुख जिल्ला अधिकारी कुमार श्रेष्ठले बताउनुभएको छ ।
पर्यटन प्रवर्द्धनमा स्थानीयहरुको सक्रियता
- Details
- Category: विकासे समाचार
- Written by AND Nepal
झापा असार २५ / पर्यटन प्रवद्र्द्धनमा स्थानीयहरुको संस्थागत सक्रियताका कारण झापा जिल्लामा आन्तरीक पर्यटकहरुको चाप बढ्न थालेको छ ।
झापाको सतासीधाम, दोमुखा, जामुनखाडि सिमसार, अर्जुनधारा, सुखानी पार्क र हात्तिको हुल दृष्यावलोकन गर्नसकिने बाहुनडाँगीमा आन्तरीक पर्यटकहरु आकर्षीत हुन थालेका हुन् । पर्यटन बर्ष २०११ लाई सफल बनाउन स्थानीयहरु जागरुक भएपछि आन्तरीक पर्यटन आगमनमा वृद्धि भएको छ ।
किसानलाई चियाको डाला
- Details
- Category: विकासे समाचार
- Written by AND Nepal
इलाम २९ भदौ÷ चिया विस्तार आयोजना जस्वीरले इलामका ११ गाविसका किसानलाई चियाको डाला (कटिङ) वितरण गरेको छ ।
चियाखेतीतर्फ किसानलाई आकर्षित गराउने उद्देश्यले आयोजनाले हालसम्म ५० जना किसानलाई कटिङ वितरण गरेको हो । विरुवाभन्दा पनि डाला छिटो सर्ने र छोटो समयमा नै उत्पादन हुने भएपछि किसानले डाला लैजान थालेका हुन् ।
वार्षिकोत्सवको अवसरमा धरानमा वृक्षारोपण
- Details
- Category: विकासे समाचार
- Written by AND Nepal
धरान असार २५ / त्रिभुवन विश्वविद्यालयको ५३ औ वार्षिकोत्सको अवसरमा धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ्ग क्याम्पसमा वृक्षारोपण गरिएको छ । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक संघ इकाइ कमिटिले जिल्ला वन कार्यालय इनरुवाको सहयोगमा साढे ७ सय वटा विभिन्न जातका विरुवाहरु रोपेका हुन् । क्याम्पस प्रमुख जावेद आलम र संघका अध्यक्ष रामनाथ गुरागाईले संयुक्त रुपमा विरुवाहरु रोपी उद्घाटन गरेका थिए ।
विष्णुपादुका गाविस धरानमा गाभिने
- Details
- Category: विकासे समाचार
- Written by AND Nepal
धरान २० भदौ / धरानस्थित विष्णुपादुका गाविसका स्थानीय सरोकार संघर्ष समितिले विष्णुपादुकालाई धरान नगरपालिकामा समायोजनगर्न बृहत छलफलगरि कामअघि बढाउने भएको छ सरोकार संघर्ष समितिले हिजो धरानमा पत्रकार सम्मेलनगरि समायोजनको कामलाई चाढै अघि बढाउने जानकारी दिएको हो ।
धनकुटा जितपुर सडक निर्माण
- Details
- Category: विकासे समाचार
- Written by AND Nepal
धनकुटा १८ असार / धनकुटाको जितपुरमा सडक निर्माण भएपछि आजदेखि नियमित रुपमा ट्याक्सी संचालनमा आएको छ । निगालेदेखि जितपुरसम्ममा निगाले सिमेन्ट उद्योग, जितपुर गाविस र स्थानीयवासीको सक्रियतामा ४ किलोमिटर सडक निर्माण गरिएपछि ट्याक्सी नियमित रुपमा संचालनमा आएको हो । ट्याक्सी संचालनमा आएपछि स्थानीयवासीहरु हर्षित बनेका छन् ।
बहराईन एयर अब नेपालमा जाने
- Details
- Category: विकासे समाचार
- Written by AND Nepal
इटहरी १८ भदौ / बहराइनको निजी बायुसोवा कम्पनी बहराईन एयरले आगामी असोज ४ गतेदेखी नेपालसम्मको उडान सुचारु गर्नेभएको छ ।
अन्र्तराष्ट्रिय उडानतर्फ सो कम्पनीले दुई महिनाअघि नेपालका लागि आफनो उडान स्थगित गरेको थियो । नेपालमा पर्यटकहरुका लागि अनुकुल वातावरण सुरुहुन लागेकाले उडान सुरुगर्न लागिएको कम्पनीले जनाएको छ ।
धनकुटामा पत्रकार अभिमूखीकरण, इलाममा पत्रकारिता पुरस्कार
- Details
- Category: विकासे समाचार
- Written by AND Nepal
धनकुटा १८ असार÷ धनकुटामा दिगो विकास व्यवस्थापनका लागि पत्रकार अभिमुखिकरण सम्वन्धि अन्र्तक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । धनकुटा नगरपालिकाको सहयोग तथा क्रियाशिल महिला पत्रकार समुह धनकुटाको आयोजनामा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको हो । दिगो विकास मार्फत विकास निमार्णका कामहरु गर्नका लागि पत्रकारहरुले खेल्नुपर्ने भुमिकाको वारेमा छलफल गर्ने उद्देश्यले कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।
रोक्का भयो सप्तकोशी बाढी पीडितहरुको रकम
- Details
- Category: विकासे समाचार
- Written by And Nepal
इटहरी १४ साउन÷ सप्तकोशी बाढी पीडितका नाममा नेपाल सरकारले छुट्याएको सवा १ करोड फ्रिज भएको छ ।
बाढीग्रस्त क्षेत्रका जनताका लागि स्वरोजगार कार्यक्रम अन्र्तगत बाढीजन्य क्षति पुनः निर्माण आयोजनाको करिब १ करोड २३ लाख फ्रिज भएको हो । बाढीजन्य क्षति पुनः निर्माण कार्यक्रम अन्र्तगत कृषि विकास कार्यालय सुनसरीले पीडितहरुका लागि कुटो कोदालोका साथै बीउ, मलखाद लगायतका कृषिका लागि सरकारले बजेट छुट्याएको थियो ।
सरकारले बजेट छुट्याए पनि आवश्यक सामान वितरण र कृषिहाट बजार निर्माण कार्य नगरेका कारण ठुलो रकम फ्रिज भएको हो । प्राविधिक कारणले कार्यक्रम गर्न नसकिएकाले रकम फ्रिज भएको कार्यालयले जनाएको छ ।
इलाममा जडीबुट्टी संरक्षण तालिम
- Details
- Category: विकासे समाचार
- Written by AND Nepal
इलाम १६ असार // इलामको माबुमा सञ्चालित ४ दिने जडीबुटी संरक्षण तथा चिराइतो खेती तालिम सम्पन्न भएको छ । किसानलाई व्यबसायिक रुपमा चिराइतो खेतीकालागी शिप दिलाउने उद्धेश्यले तालिम सञ्चालन गरिएको हो । जिल्ला विकास समिति इलामको आयोजनामा भएको तालिममा माबु थाम कृषि सहकारी संस्थाका ४० जना किसानहरुको सहभागिता रहेको तालिम जडीबुटी संस्थाकी पबित्र खवासले सहजिकरण गर्नुभएको हो ।

Send News,Article and Feedback to us ! e-mail:
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.







