alopalo.com

Send News,Article and Feedback to us ! e-mail: This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.

Sat05192012

Last update01:18:52 AM

Font Size

Profile

Menu Style

Cpanel

Diet & Fitness

खानेपानी आयोजनाको सार्वजानिक सुनुवाई

User Rating:  / 0
PoorBest 

धनुकटा ८ मंसीर /  धनकुटाको सान्ने गाविसमा सञ्चालित छिन्ताङदेवी खानेपानी आयोजनाको निमार्ण प्रक्रिया सम्वन्धि सार्वजनिक सुनुवाई कार्यक्रम आज सम्पन्न भएको छ ।  

हुसाडेक नेपाल धनकुटाको सहजीकरण तथा छिन्ताङदेवी खानेपानी उपभोक्ता समिति सान्नेको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा आयोजना सञ्चालन भएको सवै ठाउँमा पानीको धारा व्यावस्था तथा पानी नपुगेको ठाउँमा १५ दिनसम्ममा पानीको व्यवस्था गर्ने, निमार्ण भएका सवै धारामा पानीे उपलव्ध गराउने, उपभोक्ताहरुले उल्लेखित जनश्रमदान गर्ने र आयोजना निमार्ण तथा अनुगमनमा सहयोग गर्ने विषयमा छलफल भएको छ ।
   
यस्तै विभिन्न उपसमितिहरु निमार्णगरी कार्य सञ्चालगर्ने, आयोजनाका सवै सुचनाहरु होडिङ वोर्ड मार्फत उपभोक्ताहरुलाई जानकारी गराउने, मर्मत सम्भारगरी नयाँ तथा पुराना धाराहरुबाट समानुपातिक रुपमा पानीको प्रयोग गर्ने लगायतका विषयका छलफल गरिएको छ । छलफलका क्रममा उठेका विभिन्न विषयलाई समावेश गरी ७ वुद्धे प्रतिवद्धता पत्रमा हुसाडेक नेपालका अध्यक्ष विदुर सुवेदी, सान्ने गाविसका कार्यालय सहायक ठगेन्द्रप्रसाद अधिकारी, आयोजना अनुगमन समितिका सदस्य इन्दिरा वुढाथोकी, आयोजना उपभोक्ता समितिका अध्यक्ष शान्तिराम गौतम लगायतले प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्नु भएको थियो ।

 

Book reviews

भयवाद चिन्तन र विमर्श

भरखरै नेपालको बजारमा भयवाद सम्बन्धी अर्को पुस्तक ‘भयवाद चिन्तन र विमर्श’ आएको छ । यो पुस्तक भृकृटी मण्डपको पुस्तक प्रदर्शनीमा पनि बिक्री भएको थियो । यो भयवाद अध्ययन केन्द्रको पहिलो प्रकाशन हो ।