alopalo.com

Send News,Article and Feedback to us ! e-mail: This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.

Sat05192012

Last update01:18:52 AM

Font Size

Profile

Menu Style

Cpanel

दक्ष चिकित्सक नहुँदा एचआइभी सङ्क्रमितलाई उपचारमा समस्या

विराटनगर २० मंसिर÷ कोसी अञ्चल अस्पताल विराटनगरमा दक्ष चिकित्सक नहुँदा एचआइभी सङ्क्रमितलाई उपचारमा समस्या हुनेगरेको छ ।
 सङ्क्रमितहरुले शरीरमा प्रतिरोधात्मक क्षमताको वृद्धि गर्न दैनिक एचआइभी सङ्क्रमण जाँच गराइसकेपछि एआरभी नामक औषधि दक्ष चिकित्सकको परामर्शमा सेवन गर्नुपर्दछ । तर अस्पतालले चिकित्सक व्यवस्था नगर्दा एआरभी सेवन गरिरहेका १७० जना सङक्रमितलाई उपचारमा समस्या भइरहेको एचआइभी जिल्ला समन्वय समिति सदस्य संजीव चापागार्इंले बताउनुभयो ।

कति सुरक्षित छन् हाम्रा अस्पताल

 नेपालका अधिकांश अस्पताल भवनहरू भूकम्प, आगलागीजस्ता प्रकोपका दृष्टिले अत्यन्तै जोखिमपूर्ण अवस्थामा रहेका छन् ।नेपालमा सबै जिल्लामा गरी करिब २०० वटा सरकारी व्यवस्थापनका स्वास्थ्य उपचार केन्द्रहरू छन् । तीमध्ये ८० प्रतिशत उपचार केन्द्रहरू ठूलो भूकम्प आयो भने उपचार सेवा सुचारु गर्न नसक्ने अवस्थामा पुग्नेछन् ।

हेपाटाईटिस जनचेतना तथा रोकथाम कार्यक्रम

धरान ७ जेठ÷  बौद्ध शिक्षा तथा सामाजिक विकास केन्द्र नेपालको आयोजनामा हेपाटाईटिस जनचेतना तथा रोकथाम कार्यक्रमको निशुल्क स्वास्थ्य शिविर धरानमा सम्पन्न भएको छ ।

औषधी गुणस्तरहिन

विराटनगर कार्तिक ३ / महिला स्वास्थ्य स्वयम् सेविका र स्थानिय स्वास्थ्य केन्द्रहरुले गर्भबती महिला र निमोनिया भएको बच्चाहरुलाई निशुल्क प्रदानगर्ने औषधी गुणस्तरहिन भएको पाइएको छ ।    जिल्ला जनस्वास्थ्य कार्यलय मोरङद्धारा वितरण गरीएको गर्भवती महिलालाई दिइने आइरन चक्की र निमोनिया भएका बच्चाहरुलाई दिइने कोट्रिम पिडि ट्वाबलेट गुणस्तरहिन पाइएको हो ।

[जान्नै पर्ने कुरा] भिटामिन

डाक्टर सा’ब भिटामिन लेख्दिनुस् न!

भिटामिन हामीलाई दैनिक रुपमा आवश्यक पर्ने महत्त्वपूर्ण तत्त्व हो। भिटामिन शारिरिक वृद्धि र बिकासको लागि मात्र नभएर हामीलाई विभिन्न रोग लाग्नबाट बचाउन हाम्रो शरीरको रोगसँग लड्न सक्ने क्षमता बढाइ शरीरलाई स्वस्थ समेत राख्ने गर्दछ। हाम्रो शरीरलाई आवश्यक पर्ने भिटामिनहरु  ’ए’, ‘बी’, ‘सी’, ‘डी’, ‘इ’ र ‘के’ हुन्।

यी भिटामिनहरु हामीलाई हाम्रो खानाबाट मिल्दछ। हरेक भिटामिनको आ-आफ्नै काम हुन्छ।

 

  • भिटामिन ‘ए’ ले आँखाको शक्ति सामान्य राख्न साथै

दुहवीका दुइवटा औषधी पसल शिलबन्दि

इटहरी ३ कार्तिक÷ दर्ता नगरी सञ्चालन भएका सुनसरीको दुहवीका दुइवटा औषधी पसल बाणिज्य कार्यालयले शिलबन्दि गरेको छ ।  बाणिज्य कार्यालयका फार्मेसी अधिकृत गणेश तामाङको नेतृत्वमा रहेको टोलीले सुनसरीको दुहवीमा रहेको सेवा औषधी पसल र मातृशिशु स्वस्थ्य क्लिनिकमा शिलबन्दि गरेको हो । दर्ता नगरी पसल सञ्चालन गरेको र चर्को मुल्यमा औषधी बिक्रि गरेको पाइएपछि अनुगमन टोलीले पसलमा शिलबन्दी गरेको इलाका प्रहरी कार्यलय दुहबीका प्रहरी निरिक्षक मेघराज थापाले बताउनुभयो ।

झापामा कलाजारको समस्या

दमक २८ वैशाख / गर्मी र वर्षा मौसमको सुरुवात सँगै झापामा ७ जना कालाजारको नयाँ विरामी फेला परेका छन् । झापाको कोरोबारी गाविसमा कालाजारको विरामी फेला परेको जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । सातजना नयाँ विरामी सहित १५ जना कालाजारका विरामी पुगेको तथ्याङ्कमा उल्लेख छ । गर्मी मौसममा फैलने लामखुट्टे र भुषुना जस्ता जिवाणुको टोकाईबाट कालाजार सर्ने गर्दछ ।

पालमा होमियोप्याथिक स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन

न्यूजडेस्क ८ असोज /   नेपाल होमियोप्याथिक चिकित्सक सङ्घले नेपालमा होमियोप्याथिक स्वास्थ्य विज्ञान प्रतिष्ठान गठनको माग गरेको छ । 
    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री राजेन्द्र महतोसँग नेपाल होमियोप्याथिक चिकित्सक सङ्घले नेपालमा होमियोप्याथिक स्वास्थ्य विज्ञान प्रतिष्ठान गठनको माग गरेको हो ।   

अलपत्र प्रसुति गृह

सप्तरी २८ वैशाख / दुईवर्ष अघि सप्तरीको रूपनगरमा जापानी सहयोगमा निर्मित सुविधा सम्पन्न प्रसूति गृह अहिले अलपत्र परेको छ ।
सप्तरीको पूर्व पश्चिम राजमार्ग छेउमा स्थापित कृति हेल्थ केयर सेन्टर अन्तर्गत सञ्चालित सुरक्षित मातृत्व प्रसूतिगृह चिकित्सक अभावका कारण अलपत्र परेको हो । विसं २०६६ मङ्सिर १३ गते नेपालका लागि तत्कालिन जापानी राजदूत ताजुओ मिजुनोले प्रसूतिगृहको उद्घाटन गर्नुभएको थियो ।

धनकुटामा वृहत शल्यक्रिया स्वास्थ्य शिविर

धनकुटा ५ असोज / धनकुटामा हुन गइरहेको वृहत शल्यक्रिया स्वास्थ्य शिविरका लागि धनकुटा अस्पतालमा आज ५० जना विरामीको परिक्षण गरिएको छ ।

[महिला स्वास्थ्य] स्तन क्यान्सर

क्यान्सर शरीरको कोषिकाहरुको रोग हो। स्तन क्यान्सर (Breast Cancer) मा व्यक्तिको स्तनको कोषिकाहरु अस्वाभाविक वृद्धि भएर हुन्छ। स्तन क्यान्सर भन्ने बित्तिकै महिलाहरुमा मात्रा हुने सोचाइ सबैमा हुन्छ तर यो महिलामा मात्र नभएर पुरुषमा पनि हुने गर्छ। तर, महिलाको तुलनामा पुरुषमा धेरै कम हुन्छ।

प्रतिष्ठानमा शुल्क वृद्धि

धरान ४ साउन /  धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सेवा शुल्कमा बृद्धी गरेको छ । सरकारले आर्थिक वर्ष ०६८÷०६९को वजेटमा प्रतिष्ठानको लागी आवश्यक बजेट नछुट्याएपछि सेवा सुल्क बढाउनु परेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले आर्थिक वर्षको सूरुवातसगै इमरजेन्सी तथा स्पेसल ओपीडीमा दर्ता शुल्क १० रुपैयाबाट बढाएर ८० रुपैया पु¥याएको छ भने पेइङमा दर्ता शुल्क ५० रुपयाबाट बढाएर ३ सय ५० पुर्याएको छ ।

संखुवासभामा महिला स्वास्थ्य

संखुवासभा ८ बैशाख / संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारीमा भोलीदेखि पाठेघर खसेका महिलाहरुको निशुल्क शल्यक्रिया शिविर गरिने भएको छ ।

निशुल्क स्वास्थ शिविर

इलाम ३२ असार /    स्थानीय समुदायको आयोजना र डाक्टर मेघबहादुर पराजुली सामुदायीक अस्पतालको प्राविधिक सहयोगमा इलाम सदरमुकाममा आज निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

डा.शर्मालाई अन्तर्राष्ट्रिय पुरस्कार

धरान / 'एबीसी जँचाउ मृगौला बचाऊ' भन्ने नाराका साथ मृगौला रोगीहरुलाई निःशुल्क परामर्श र उपचारमा संलग्न प्रा। डा। साजीवकुमार शर्मा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन् ।
यहाँस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत् मृगौला रोग विशेषज्ञ डा। शर्मालाई इन्टरनेसनल सोसाइटी अफ नेप्रुाेलोजी आईसीएन ले क्यानाडाको भ्यान्कभर सहरमा हालै सम्पन्न वल्र्ड कङ्ग्रेस अफ नेप्रुाेलोजी २०११ मा उरुग्वेका एक चिकित्सकसहित सम्मानित गरेको हो ।

एचआइभी एड्स न्यूनिकरण

बिराटनगर  जेठ २० /  मोरङमा एचआइभी र एड्स न्युनिकरणमा क्रियाशील ब्यक्तिहरूलाई निःशुल्क रूपमा प्रस्ताव तथा प्रतिवेदन लेखन तालिम दिइएको छ ।

इलाममा स्वास्थ्य शिविर

इलाम २६ चैत / इलाममा हिजोदेखि आयोजित दुई दिने शिविरमा १४ सय भन्दा बढि विरामीले निशुल्क उपचार गराएका छन् ।
अखिल नेपाल जन–स्वास्थ्यकर्मी संघको आयोजना तथा नोबेल मेडिकल कलेज विराटनगरको प्राविधिक सहयोगमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा १ सय २५ जनाको भिडियो एक्सरे, एक सय ५८ जनाको मुटुको इसिजि, ८ जनाको साधारण अप्रेशन गरिएको लिम्वूवान राज्य समितिका सहसंयोजक प्रदिप शर्माले बताउनुभयो ।

उदयपुरमा प्रसुतिगृहमा उपकरणको अभाव

न्यूजडेस्क १८ जेठ / उदयपुरको पञ्चावती गाविस स्थित उदयपुर गढी प्राथमिक स्वास्थ्य केन्द्रको प्रसुतिगृहमा उपकरणको अभाव हुदाँ बिरामीहरु प्रभावित भएका छन् ।

कुरो एन्टिवायोटिक औषधिको

विराटनगर २३ चैत्र /  एन्टिवायोटिक औषधिको उचित प्रयोग गर्न नसके मानव जीवनमा गम्भिर असर पर्ने विज्ञहरुले बताएका छन् ।

एम्बुलेन्स सुविधा सम्पन्न नहुँदा विरामीलाई सास्ती

न्युजडेस्क ७ जेठ / विरामी बोक्ने एम्वुलेन्सहरू तोकीएको मापदण्ड अनुसार सुविधा सम्पन्न नहुदा विरामीहरूले सास्ती खेप्नु परेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय मोरङमा दर्ता भएर सञ्चालनमा रहेका ६४ एम्वुलेन्स मध्ये अधिकांस एम्वुलेन्समा अक्सीजन सिलीण्डर, प्राथमिक उपचारका बाकस, स्टेथेस्कोप, तालीम प्राप्त चालक आदिको अभावमा सेवाको गुणस्तर खस्केको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख नवराज सुब्बाले बताउनुभयो । 

उच्च रक्तचाप (Hypertension)

शरीरमा रगत संचार हुने बेलामा धमनीको भित्तामा (arterial wall)पर्ने चापलाई रक्तचाप (blood pressure/ BP) भनेर बुझिन्छ।रक्तचाप जति धेरै हुन्छ, मुटु र मृगौलालाई असर पर्ने र साथै ज्यानलाई नै जोखिम हुने सम्भावना त्यति नै धेरै हुन्छ।

सामान्यत: रक्तचाप नाप्दा  120/80 mmHg भन्दा कम हुन्छ। यदि रक्तचाप 120/80 mmHg देखि  139/89 mmHg बीच छ भने पूर्व-उच्च रक्तचाप (Pre-hypertension) भनिन्छ भने 140/90 mmHg वा त्यो भन्दा माथि छ भने उच्च रक्तचाप (Hypertension) भनेर भनिन्छ।

  • उच्च रक्तचाप कसलाई हुन्छ त?

- उच्च रक्तचाप वंशाणुगत जाने भएको हुनाले तपाईको परिवारमा पहिले देखि यो समस्या छ भने तपाईलाई पनि सो समस्या हुनसक्छ।
- मधुमेह, मृगौला र मुटुको रोगहरु पनि उच्च रक्तचापको जड हो
- जीवनशैली: मोटोपन, अधिक मात्रामा नून वा नूनिलो खानाको सेवन, धूम्रपान र मद्यपान साथै बिना व्यायाम-कसरतको शारिरिक निष्क्रियता
- उमेर ढल्दै जाँदा पनि रक्तचाप बढ्दै जान्छ

  • उच्च रक्तचाप छ भनेर कसरी थाहा पाउने?
- यसको सुरुमा कुनै चिन्हहरु र लक्षणहरु हुँदैन, त्यसैले  रक्तचाप कति छ पत्ता लगाउनको लागि रक्तचाप नाप्नु पर्ने हुन्छ।
  • उच्च रक्तचाप कसरी कम गर्न सकिन्छ त?

- नियमित रुपमा रक्तचाप चेक (BP Check) गर्नुहोस्
- नून (नूनिलो खाना) साथै चिल्लो खाना पनि  एकदम कम सेवन गर्नुहोस्
- प्रशस्त फलफूल र तरकारी खानुहोस्
फलफूल र तरकारी पोटासियमको प्राकृतिक स्रोत हो, जसले उच्च रक्तचाप कम गराउन सहयोग पुर्‍याउन्छ। फलफूल र तरकारीमा नून र चिल्लो कम हुन्छ भने रेसाको (fiber) राम्रो स्रोत हो।
-  मानसिक तनाव कम गर्नुहोस्
-  उच्च रक्तचापबाट हृदयघात पनि हुने गर्नाले त्यसबाट बच्नको लागि धूम्रपानको लत त्याग्नुहोस्
- सक्रिय जीवनशैली अप्नाउनुहोस्।  शारिरिक सक्रियताले (कम्तीमा हप्तामा ४-५ दिन ३० मिनेट कसरत) उच्च रक्तचाप कम गर्नु साथै स्वस्थ वजन सन्तुलन गर्न साथै वजन  घटाउन र अन्य रोगहरु लाग्नबाट पनि बँचाउछ।

 

Book reviews

भयवाद चिन्तन र विमर्श

भरखरै नेपालको बजारमा भयवाद सम्बन्धी अर्को पुस्तक ‘भयवाद चिन्तन र विमर्श’ आएको छ । यो पुस्तक भृकृटी मण्डपको पुस्तक प्रदर्शनीमा पनि बिक्री भएको थियो । यो भयवाद अध्ययन केन्द्रको पहिलो प्रकाशन हो ।