Health and Beauty
औषधी गुणस्तरहिन
विराटनगर कार्तिक ३ / महिला स्वास्थ्य स्वयम् सेविका र स्थानिय स्वास्थ्य केन्द्रहरुले गर्भबती महिला र निमोनिया भएको बच्चाहरुलाई निशुल्क प्रदानगर्ने औषधी गुणस्तरहिन भएको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यलय मोरङद्धारा वितरण गरीएको गर्भवती महिलालाई दिइने आइरन चक्की र निमोनिया भएका बच्चाहरुलाई दिइने कोट्रिम पिडि ट्वाबलेट गुणस्तरहिन पाइएको हो ।
आइरन चक्कीको प्याकेट पछाडीको भाग कोरीएको औषधीहरु गाउका महिला स्वास्थ्य स्वयमसेविकाहरुले वितरण गरीरहेका छन ।
ल्यावरोटरीज प्राइभेट लिमिटेड जुगरात भारतमा उत्पादन भएको आइरन चक्कीको पछाडीको आल्मुनियमको भाग कोरीएर खुल्ला भएको चक्की वितरण भइरहेको बताइएको छ । यस्तै, निमोनीया भएका बच्चाहरुलाई दिइने कोट्रिम पिडिको औषधी खोल्नासाथ धुलो हुने औषधी वितरण भइरहेको छ ।
आफुहरुलाई यस्तै औषधी दिएकोले आफुहरुले पनि विरामीलाई यस्तै बाड्ने गरेको हरैचा ८ की महिला स्वास्थ्य स्वयम सेविका शान्ति खवासले बताउनुभयो । म्याद सकिएको औषधीको विषयमा गुनासो आएपछि औषधी हेरेर धुलो नहुने र नखोलिएका हेरेर मात्र खुवाउन सुझाव दिइएको जिल्ला जनस्वास्थ्य कार्यलय मोरङका प्रमुख नवराज सुब्बाले जानकार िदिनुभयो ।
आइरन चक्कीमा समस्या देखिएका कारण मोरङमा आइरन चक्कीको अभाव भएको छ । यसैबिच, सप्तरीमा पनि आइरन चक्कीको अभाव भएपछि गर्भवती महिलाहरु आइरन चक्की सेवन गर्नबाट वञ्चित भएका छन् । मेडिकल स्टोर विराटनगरबाट पठाइएको ६ लाख म्याद सकिएको आइरन चक्की जिल्ला जनस्वास्थ्य कार्यालयमा थन्किएपछि गर्भवती महिलाहरु चक्की सेवन गर्नबाट वञ्चित भएका हुन् ।
महिनौँ दिनदेखि आइरन चक्की र जीवनजल नहुँदा गर्भवती र पखाला लागेका रोगीले उपचार पाउन नसकेको उपस्वास्थ्य चौकी वीरपुरका इन्चार्ज गुञ्जेश्वरप्रसाद यादवले बताउनुभयो

Send News,Article and Feedback to us ! e-mail:
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.








