Natural Health
मधुमेह डाइबिटिज (Diabetes) के हो ?
मधुमेह / डाइबिटिज (Diabetes) यस्तो अवस्था हो जब प्यान्क्रियाजले शरीरलाई आवश्यक पर्ने इन्सुलिन हार्मोन उत्पादन गर्न सक्दैन, अथवा शरीरमा इन्सुलिन हार्मोनको केही प्रभाव पर्दैन। इन्सुलिन मांसपेशी (muscles) को क्रियाकलापको लागि चाहिने एकदमै महत्त्वपूर्ण हार्मोन हो। ग्लुकोज, जसले शरीरलाई उर्जा दिन्छ त्यही ग्लुकोज मांसपेशीको कोशिकाहरुमा सोसेर भित्र पुर्याउनको लागि इन्सुलिन हाम्रो शरीरलाई आवश्यक पर्दछ।
मांसपेशीहरुले प्रशस्त मात्रामा ग्लुकोज नपाएपश्चात त्यसको सट्टामा शरीरले उर्जाको लागि शरीरको अन्य भागको प्रोटिन र चिल्लो प्रयोग गर्दछ, जसले गर्दा मधुमेह रोगमा शरीरको तौल घट्दछ। प्रयोगमा नआएको ग्लुकोज भने रक्तसंचारमा प्रवेश गर्दछ।
यसैले गर्दा मधुमेह हुँदा रगतमा ग्लुकोजको मात्रा बढी देखिन्छ।
मधुमेहका लक्षणहरु
१. प्यास धेरै लाग्ने
२. पिसाब बढी हुने
३. भोक बढ्ने
४. शरीर दुब्लाउने, कमजोर हुने
मधुमेहका प्रकार
- प्रकार १ (Type 1 Diabetes) – इन्सुलिनमा निर्भर रहने
- यस प्रकारको मधुमेह प्यान्क्रियाजले इन्सुलिनको उत्पादन नगर्नाले हुन्छ, जसको कारण भने खासै खुलेको छैन। सानै उमेरमा पनि यो प्रकार बिकास हुनाले गर्दा यसलाई ‘किशोरावस्थामा हुने मधुमेह’ (juvenile-onset diabetes) पनि भनिन्छ। जीवनभर दैनिक रूपमा इन्सुलिनको सुई लिएर रगतमा इन्सुलिनको मात्रा बराबर ल्याउनु पर्नाले यसलाई ‘इन्सुलिन निर्भर मधुमेह’ (insulin-dependent diabetes) पनि भनिन्छ।
- प्रकार २ (Type 2 Diabetes) – इन्सुलिनमा निर्भर नरहने
- प्राय: जसो ३५ नाघेपछि लाग्ने यस प्रकारको मधुमेहलाई ‘व्यस्क/अधबैंसेमा हुने मधुमेह’ (adult-onset diabetes) भनेर पनि भनिन्छ। यस रोगमा प्यान्क्रियाजले प्रशस्त इन्सुलिन उत्पादन गरे पनि शरीरले प्रभावकारी ढंगले उपयोग गर्न सक्दैन।
९०-९५% मधुमेह रोगीमा यो प्रकार पाइन्छ।
वंशाणुगत रुपमा पनि यस प्रकारको मधुमेहको सिकार भइन्छ।। अरुलाई पनि यो प्रकारको मधुमेह लाग्न सक्छ तर यदि तपाईको तौल बढी छ, असन्तुलित आहार सेवन जसमा बढी गुलियो छ र तपाईको जीवनशैली निस्क्रिय (बिना कसरत)छ भने तपाईलाई यो प्रकारको मधुमेहबाट पीडित हुने सम्भावना धेरै छ।
- गर्भावस्थाको मधुमेह (जेस्टेसेनल / Gestational)
- ४ प्रतिशत गर्भवती महिलामा भेटिन्छ। गर्भावस्थामा देखिएता पनि बच्चा जन्माएपछि ठीक हुन्छ तर पछि गएर दोश्रो प्रकार (प्रकार २)को मधुमेह लाग्न सक्छ।
रोकथाम
आज विश्वमा मधुमेह ठूलो चुनौती र महामारी भएको छ त्यसैले यसको रोकथाम र नियन्त्रणको लागि प्रभावकारी कदम चाल्नु आवश्यक देखापरेको छ। वंशाणुगत कारण्लाई बदल्न हामी सक्दैनौ तर जीवनशैलीसँग सम्बन्धित कारणलाई परिवर्तन गरी यो रोगबाट बच्न भने सकिन्छ।
- सन्तुलित एवम् स्वस्थकर भोजन
- हरियो सागपात र फलफूल धेरै खाने
- नियमित व्यायाम (मोटोपन र पेट घटाउनु)
- धूम्रपान र मद्यपान त्याग

Send News,Article and Feedback to us ! e-mail:
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.








