alopalo.com

Send News,Article and Feedback to us ! e-mail: This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.

Sat05192012

Last update01:18:52 AM

Font Size

Profile

Menu Style

Cpanel

What Ails You

भूकम्पका कारण बालबालिकाको पठनपाठनमा प्रभावित

User Rating:  / 0
PoorBest 

इलाम १० असोज / एकसाता अघि गएको भूकम्पका कारण विद्यालय बन्द हुँदा इलामका एक हजारभन्दा बढी बालबालिकाको पठनपाठन प्रभावित भएको छ ।  इलामका एकदर्जन भन्दा बढी विद्यालय भत्किएका कारण विद्यार्थीको पठनपाठन हुन नसकेको हो । भूकम्पका कारण जमुनाको राष्ट्रिय निमावि, भानुदय निमावि, सुलुबुङको बालनिकेतन प्रावि, मावुको नवज्योति प्रावि, माईमझुवाको गुफा प्रावि र आमचोकको कालिकादेवी प्राविको पठनपाठन प्रभावित भएको छ ।

 त्यस्तै नयाँबजारको लप्सीबोटे प्रावि, प्याङको सल्लेरी प्रावि, चमैताको तिलपुङ प्रावि, सिंहवसन्त निमावि, सिद्धदेऊमाई प्रावि, सोयाङको चन्द्रोदय प्रावि, जोगमाईको सप्तकाली र पूवामझुवाको सिद्धार्थ प्राविको पठनपाठन पनि अवरूद्ध बनेको छ ।

 तिहारअघि विद्यालय खुल्ने अवस्था नरहेकाले क्षतिग्रस्त विद्यालयको तथ्याङ्क तयार पारेर भवन निर्माणका लागि शिक्षा विभाग र क्षेत्रीय शिक्षा निर्देशनालयमा पेश गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लाका १ सय ६२ वटा विद्यालयमा क्षति पुगेको छ । क्षति भएका विद्यालयको सङ्ख्या थपिने क्रमजारी रहेको जिल्ला शिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेलले बताउनुभयोे ।

 

Book reviews

भयवाद चिन्तन र विमर्श

भरखरै नेपालको बजारमा भयवाद सम्बन्धी अर्को पुस्तक ‘भयवाद चिन्तन र विमर्श’ आएको छ । यो पुस्तक भृकृटी मण्डपको पुस्तक प्रदर्शनीमा पनि बिक्री भएको थियो । यो भयवाद अध्ययन केन्द्रको पहिलो प्रकाशन हो ।