धनकुटामा रक्त सञ्चार केन्द्र
- Details
- Category: You and Your Family
- Written by AND Nepal
धनकुटा ७ कार्तिक / बिरामीलाई आवश्यकपर्ने रगत संञ्चयको लागि धनकुटा जिल्लामा पहिलो पटक रक्त सञ्चार केन्द्रको स्थापना गरिएको छ । स्वास्थ्य सेवा बिभागको ३६ लाखको सहयोगमा जिल्ला स्वास्थ्य कार्यालय धनकुटामा स्थापना गरिएको रक्त सञ्चार केन्द्रको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । केन्द्रिय कार्यालयले करिव २ बर्ष लामो अध्यायन गरि उपयुक्त स्थानको रुपमा स्वीकृत गरेपछि धनकुटा जिल्लामा रक्त सञ्चार केन्द्रको स्थापना गरिएको हो ।
भाइरल ज्वरोका विरामीको संख्यामा वृद्धि
- Details
- Category: You and Your Family
- Written by Dev Raj Rai
इटहरी ३ कार्तिक / मौसम परिवर्तनसगै सुनसरीमा भाइरल ज्वरोका विरामीको संख्यामा वृद्धि भएको छ ।बिरामीको संख्या बढेपछि ग्रमिण क्षेत्रका उपस्वास्थ्य चौकीमा दिनहु विरामीको चाप बढेको सुनसरीको सिमरिया उपस्वास्थ्य चौकीका अहेव राजेन्द्र यादवले बताउनुभयो । चौकीमा दिनुह ५० देखि ६० जना सम्म विरामीहरु जाने गरेको अहेव यावदले बताउनुभयो ।
बिराटनगरमा ब्रोङकोस्कोपी सेवा
- Details
- Category: You and Your Family
- Written by AND Nepal
न्युजडेस्क २३ भदौ / निजी क्षेत्रमा पहिलो पटक नोबेल मेडिकल कलेज विराटनगरले ब्रोङकोस्कोपी (फोक्सोमा पाइप हालेर गरिने जाँच) सेवाको परीक्षण कार्य सुरु गरेको छ । जापानबाट आएका फोक्सो रोग विज्ञहरूको टोलीले २० जना बिरामीको निःशुल्क जाँचगरी अस्पतालले ब्रोङकोस्कोपी परीक्षण सुरु गरेको हो । अहिले परीक्षणका रूपमा रहेको सेवा विज्ञहरूको समूह तयार भएलगत्तै नियमित गरिने अस्पताल स्रोतले जनाएको छ ।
भारतमा उत्पादित तेल गुणस्तरहीन
- Details
- Category: You and Your Family
- Written by AND Nepal
झापा ५ असोज÷ भारतमा उत्पादित झापाको बजारमा विक्री भइरहेको ३ ब्रान्डका खाने तेल गुणस्तरहीन रहेको प्रमाणित भएको छ । तुलसी, ड्रागन र क्रान्ति खाने तेल परीक्षणबाट गुणस्तरहीन भएको पाइएको जिल्ला अनुगमन समितिका सदस्य एवम् घरेलु कार्यालयका प्रमुख राधाकृष्ण खतिवडाले बताउनुभयो । खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण क्षेत्रीय कार्यालय विराटनगरले परीक्षण गरी यी ब्राण्डका खाने तेल अयोग्य रहेको बताएको हो ।
निशुल्क स्वास्थ शिविर
- Details
- Category: You and Your Family
- Written by AND Nepal
उदयपुर २१ जेठ / सत्य साई सेवा संगठन उदयपुरको आयोजना तथा अन्र्तराष्ट्रिय संगठनको आर्थिक सहयोगमा उदयपुरमा आज निशुल्क स्वास्थ शिबिर सम्पन्न भएको छ । स्वास्थ्य सेवाबाट मानब धर्म हुने भन्दै संगठनले नेपालका ५४ जिल्लामा स्वास्थ्य शिबिरको आयोजना गरीसकेको जनाएको छ । निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने क्रममा उदयपुर ५५ औं जिल्ला भएको आयोजकले जनाएको छ ।
संखुवासभामा अस्पताल अहेबलाई जिम्मा
- Details
- Category: You and Your Family
- Written by Dev Raj Rai
संखुवासभा २८ भदौ / संखुवासभाको खाँदबारी जिल्ला अस्पताल अहेबलाई जिम्मा लगाएर अस्पतालमा कार्यरत ७ जना डाक्टर तालिम र आन्दोलनमा गएपछि सेवाग्राही मारमा परेका छन् ।

Send News,Article and Feedback to us ! e-mail:
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.







