You & Your Family
भाइरल ज्वरोका विरामीको संख्यामा वृद्धि
इटहरी ३ कार्तिक / मौसम परिवर्तनसगै सुनसरीमा भाइरल ज्वरोका विरामीको संख्यामा वृद्धि भएको छ ।बिरामीको संख्या बढेपछि ग्रमिण क्षेत्रका उपस्वास्थ्य चौकीमा दिनहु विरामीको चाप बढेको सुनसरीको सिमरिया उपस्वास्थ्य चौकीका अहेव राजेन्द्र यादवले बताउनुभयो । चौकीमा दिनुह ५० देखि ६० जना सम्म विरामीहरु जाने गरेको अहेव यावदले बताउनुभयो ।
स्वास्थ्य चौकीमा भाइरल ज्वरोसगै स्वासप्रस्वास र झाँडापखालाको विरामीको संख्या बढीरहेको उहाँले बताउनुभयो ।
यस्तै, सुनसरीको ग्रामिण क्षेत्रमा रहेका अधिकांस उपस्वास्थ्य चौकीहरुमा विरामीको चाप उत्तिकै रहेको जिल्ला जनस्वास्थ्य कार्यलय सुनसरीले जनाएको छ ।

Send News,Article and Feedback to us ! e-mail:
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.








