शताब्दीको मैजारो -भीमनिधि तिवारी
-नरेन्द्रराज प्रसाई
भीमनिधि तिवारी नसुन्ने नेपाली छैनन् । संसारभरि जहाँजहाँ नेपाली भाषासाहित्य पढिन्छ त्यतात्यता तिवारी पुगे । उनको योगदानको सुभासमात्र देशदेशान्तरमा पुगेन; उनको व्यवहारिक ज्ञान, सिद्धान्त र सीपले नै नेपाली भाषीहरूलाई रङ्गाई दियो । उदाहरणका लागि भन्ने हो भने धेरैपल्ट दार्जीलिङगेहरूले यिनको गीत गाए । त्यही सन्दर्भमा नेपाली साहित्यका महारथी भारत दार्जीलिङका पारसमणि प्रधानले घरिघरि यिनको महिमाको चर्चा गरिरहे, ‘तिवारी साहित्य हामीले दार्जीलिङतिर प्रचार गर्न नपाएको भए आज दार्जीलिङको साहित्यसम्बन्धी जतिको मान र मर्यादा छ त्यो हुने थिएन ।’
देशविदेशका ११ जनालाई नइ पुरस्कार
काठमाडौं, २०६८ चैत १० गते
पूर्व प्रधानमन्त्रीद्वय कीर्तिनिधि विष्ट तथा माधवकुमार नेपालले विविध क्षेत्रमा समर्पित भई आआफ्ना ठाउँबाट प्रतिष्ठा आर्जन गर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका एघार जना प्रतिभालाई २०६८ सालको नइ पुरस्कार प्रदान गर्नु भयो । यी पुरस्कार जनही बीस हजार रूपियाँ राशिका छन् ।
नइ चन्द्रधन पुरस्कार धर्मसंस्कृतिको सम्बर्धन, संरक्षण र जागरणमा समर्पित जगद्गुरू बालसन्त मोहनशरण देवाचार्यलाई प्रदान गरिएको छ ।
त्यसै गरी नेपालको राष्ट्रिय अखण्डता र स्वतन्त्रता विषयक चिन्तन, विश्लेषण र जागरणका निम्ति गणेश रसिकलाई नइ कीर्तिनिधि पुरस्कार प्रदान गरियो ।
पीडित बालिकालाई बेलायतबाट सहयोग
काठमाण्डौ / शरीरमा रगत नबन्ने (आइटीपी) रोगको महँगोे र जटिल उपचार गराइरहेकी बर्दियाकी १२ बर्षिया बालिका सरिता डिसीको उपचारकालागि बेलायतमा आस्फोर्ड स्थित एसविइ कम्पनिमा कार्यारत नेपालीहरुले रु. १ लाख २८ हजार नगद सहयोग गरेकाछन् ।
देशविदेशका ११ जनालाई नइ पुरस्कार
काठमाडौं / नइ प्रकाशनले विविध क्षेत्रमा समर्पित भई आआफ्ना ठाउँबाट प्रतिष्ठा आर्जन गर्ने राष्टिूय र अन्तर्राष्टिूय क्षेात्रका एघार प्रतिभालाई २०६८ सालको नइ पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । ती पुरस्कार जनही रु २० हजार राशिका छन् । नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको प्रकाशनको पूर्ण बैठकले सो निर्णय गरेको हो ।सो अनुसार नइ चन्द्रधन पुरस्कार धर्मसंस्कृतिको सम्वद्र्धन संरक्षण र जागरणमा समर्पित जगद्गुरु बालसन्त मोहनशरणदेवाचार्यलाई दिइने छ । त्यसैगरी नेपालको राष्टिूय अखण्डता र स्वतन्त्रता विषयक चिन्तन विश्लेषण र जागरणका निम्ति गणेश रसिकलाई नइ कीर्तिनिधि पुरस्कार प्रदान गर्ने निर्णय भएको छ । राजनीतिमा समर्पित भएर पनि कथा उपन्यास निबन्ध तथा कविताको स्तरीय सिर्जना गर्दै देशदेशान्तरमा नेपाली भाषाको गरिमा बढाएबापत प्रदीप नेपाललाई नइ ईश्वरबल्लभ पुरस्कार प्रदान गर्ने निर्णय भएको छ । साथै अनिता तुलाधरलाई आधुनिक कथालेखनमा समर्पित रही नेपाली भाषासाहित्यको श्रीवृद्धिमा उल्लेखनीय भूमिका निर्वाहका निम्ति नइ रेखा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ ।
नेपाली भाषासाहित्यको समालोचना तथा अन्वेषणमा योगदान गरेबापत डा।देवीप्रसाद सुवेदीलाई नइ ईश्वर बराल पुरस्कार प्रदान गरिने भएको छ भने केशव आचार्यलाई नेपाली भाषासाहित्यको सिर्जना र सङ्गठनमा समर्पित भई योगदान पुर् याएबापत नइ भाजप पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ ।
गीतसङ्गीतमार्फत जनस्तरमा नेपाली भाषाको गरिमा बढाउनाका अतिरिक्त आधुनिक सङ्गीतको महिमा वृद्धि गराउन गरेको योगदानका निम्ति भारत दार्जिलिङका चन्दन लोम्जेल र डेजी बराइलीलाई नइ कोइलीदेवी पुरस्कार संयुक्त रुपमा प्रदान गर्ने निर्णय भएको छ ।
यसैगरी मानव समुदायभित्र रहेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको सङ्गठन विस्तार र सेवामा राष्टू र अन्तर्राष्टिूय क्षेत्रमा योगदान पुर् याएबापत तेस्रोलिङ्गी पिङ्की गुरुङलाई नइ रामलक्ष्मी पुरस्कार प्रदान गरिने भएको छ । विदेशमा रहेर पनि नेपाली भाषासाहित्यमा समर्पित भई कृति निर्माणमा समेत योगदान गर्ने बेलायतका स्रष्टाद्वय गोपीकृष्ण प्रसाईंको ुरात ढलेको थिएनु कवितासङ्ग्रह र जया राईको ुबेकर स्टिूटका दुई आँखाु कथासङ्ग्रहलाई नइ गणेशदुर्गा पुरस्कार संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरिएको छ । नइ प्रकाशनले तीन चरण गरेर हरेक वर्ष रु दस लाख राशिको २५ वटा पुरस्कार प्रदान गर्दै आएको प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईंले बताउनुभयो । RSS

Send News,Article and Feedback to us ! e-mail:
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.














