alopalo.com

Send News,Article and Feedback to us ! e-mail address: This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it. , This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.

Wed02222012

Last update01:25:40 PM

Font Size

Profile

Menu Style

Cpanel

मायादेवी राईसँग केही क्षण

User Rating:  / 17
PoorBest 

हङकङ भ्रमणमा आउनु भएका विश्वसाहित्य तथा दर्शनमर्मज्ञ, ओजस्वी स्रष्टा, आयामेली आन्दोलन तथा लिलालेखनका शिखरपुरुष, नेपाली साहित्यका विराट् प्रतिभा, उच्च समाजसेवी तथा विशिष्ट नागरिक डा. इन्द्रबहादुर राई लाई सम्मान गर्नेहरुको यस पालि ओइरो नै लाग्यो । सबैले उहाँको सम्मान गर्ने कोसिस गरे ।

मलाई उहाँसँग कुराकानी गर्ने । साक्षात्कार गर्ने मन धेरै पहिले देखिको हो । यसपालि सबैले इन्द्रसरलाई हेरी रहँदा उहाँको धर्मपत्नी मायादेवी राई प्रति कसैको ध्यान गएको थिएन । सबैले मायादेवीलाई इन्द्रसरको धर्मपत्नीको रुपमा मात्र हेरे । मलाई भने डा. इन्द्रबहादुर राईको दैनिक जीवनको बारेमा केही जान्ने जिज्ञासा आयो । एक सफल पुरुषको पछाडि धर्मपत्नीको कतिसम्म हात हुन्छ यसको अनुमान गर्न हामीलाई मुस्किल पर्छ ।

हङकङ आउँदा ८४ वर्षीया डा.इन्द्रवादुरले आफ्ने ८० वर्षीया श्रीमती मायादेवीलाई पनि साथै लिएर आउनु भयो । यहाँ मात्र होइन जहाँ गए पनि साथैमा पत्नी लिएर हिड्नु हुने, उहाँले आफ्नो धर्मपत्नीलाई धुमधामले माया गर्नु हुँदो रहेछ । उहाँहरुको प्रेम देखेर गुरुआमालाई पनि धेरै प्रश्न सोध्न मनलागेको थियो । मैले अवसर खोज्दै उहाँलाई केही सामान्य प्रश्नहरु सोधेको थिए ।

१९५० सालमा प्रेम विवाह गर्नु भएका इन्द्रवहादुर सरले श्रीमतीसँगै ६१ वर्षको लामो दाम्पत्य जीवन विताउनु भएको रहेछ । इन्द्रबहादुरको सृजनाको पहिलो पाठक, पहिलो श्रोता मायादेवी राईसँगको कुराकानीको केही अंशलाई यहाँ राख्दै छौं ।
-सम्पादक
आलोपालो डटकम
गुरुआमा हङकङ कस्तो लाग्यो ?
-हङकङ रमाइलो लाग्यो । उहाँले पनि मन पराउनु भयो । हङकङका नेपाली सही बाटोमा हिडेका रहेछन् भन्ने लाग्यो । भन्नु हुँदैछ ।

इन्द्र सर, कहिले काँही लेख्न छाड्छु त भन्नु हुन्न ?
- कहिले काँही त भन्नु हुन्छ नी, आँखाले देख्नु हुन्न, हातले हुँदैन त्यो  बेला छाड्छु भन्नु हुन्छ मुखले, तर कहाँ सक्ने ? दार्जिलिङमा त यस्तो साहित्यिक कार्यक्रममा, बैठकमा कही जानु हुन्न ।

किन जानु हुन्न  ?
-एकजनाको मिटिङमा गयो भने, एउटा कार्यक्रममा गयो भने अर्कोकोमा पनि जान पर्छ । जान सक्नु हुन्न । एउटाले बोलायो भने अर्कोले पनि बोलाउँछ । गएन भने चित्त दुखाउँछन् भनेर कसैकोमा जानु हुन्न । उसकोमा गयो मेरो आएन भनेर साहित्यकारहरु पनि रिसाउँछन त्यही भएर जानु हुन्न ।

दार्जिलिङसँग रिसाउनु भएको त होइन ?
-कहाँ रिसाउनु नी, अब विमोचनमा जाँदा गहिरो अध्ययन गर्नु पर्छ । लार्पवाही गरेर केही गर्न रुचाउनु हुन्न । गरे पछि एकोहोरो गहिरिएर गर्नु हुन्छ । समय पनि त पाउनु पर्यो नी यी सब गर्न ।

गुरुआमा तपाई कति वर्ष पुग्नु भयो ?
-म त, ८० वर्ष लागे ।

गुरु चाँहि कति वर्ष पुग्नु भयो ।
-उहाँ ८४ वर्ष पुग्नु भयो । त्यही त घरकाहरुले यति बूढाबूढी भइसक्यौ हङकङ जान सक्छौ के भनेर भन्दै थिए । नातिनातीनाहरुले किन जाने भन्दै थिए ।

गुरु गुरुआमा तपाईहरु त तगडा हुनुहुँदो रहेछ नी ?
हजुर बलियो छौं

गुरुआमा अब हामी त त्यति बाँच्दैनौ होला ?
-हाँस्दै... त्यही त हामी पनि साह्रै धेरै बाच्यौं भन्छु । बेसी बाचेका छौं ।
गुरुआमा होइन हाम्रोलागि अरु बाँच्नु परेको छ, तपाईहरूले ?
-(गुरुआमा हाँसो)

गुरुआमाले बिहे कहिले गर्नु भएको हो ?
-१९५० सालमा विहे गरेको हो ।

यत्रो ६१ वर्षगुरुसँगै हुनुहुँदो रहेछ जहिल्यै साहित्यको कुरा सुन्दा सुन्दा तपाईलाई दिक्क लागेन ?
-मुस्कुराउँदै, अब कति कुरा त मसँग पनि सोध्नु हुन्छ । सल्लाह माग्नु हुन्छ अब बताईदिन्छु पनि ।

अनि काठमाण्डौतिर जाँदा पनि सँगै जानुहुन्छ ?
- अब जही जाँदा पनि हामीसँगै जान्छौं । सबैले थाहा पाएका छन् । नरेन्द्रराजले पनि उहाँ जाँदा मलाई भन्नु हुन्छ । भाउजू सानोसानोमा त म बोलाउँदिन ठूलोमा त आउँनै पर्छ भनेर भन्नु हुन्छ । नरेन्द्रराज प्रसाईले ।

अनि मागी विवाह गर्नु भएको हो की ?
-होइन –मुस्कुराउँदै

गुरुआमा तपाईहरुको प्रेमसम्वन्ध इन्द्रसरसँग भएको पनि यति लामो भएछ । कस्तो लाग्छ नी तपाईलाई ?
- खै, बित्यो है, छिटो वितेको जस्तो लाग्छ । बित्यो के गर्ने ।

होइन गुरुआमा उता दार्जिलिङ तिरकाले इन्द्रसरलाई वेवास्ता गरेजस्तो लाग्दैन ?
-खैँ, उनीहरुको आफ्नै छ । त्यही हो जुन ठाउँमा बसिन्छ त्यसको मूल्य थाहाँ हुँदैन ।

भारतका अन्य ठाउँका नेपालीहरु आएर सरलाई नेपाली भाषाकोलागि सरसल्लाह माग्न आउँछन् कि आउँदैनन् ?
-आउँछन्

अनि गुरुआमा हामीलाई हङकङमा देख्दा कस्तो लागिरहेको छ ?
- हामीलाई खुशी लागेको छ । के सोँचेको त्यो भन्दा अर्कै लाग्यो । यहाँका नेपालीहरुले गरेको उन्नति हेर्दा हामीलाई खुशी लाग्यो । साह्रै राम्रो लाग्यो । हाम्रो दार्जिलिङले गर्न नसकेको काम तपाईहरुले गर्नु भएको रहेछ । सरले भन्दै हुनुहुन्छ म सानो केही लेख्छु ।

गुरुआमा हङकङ आउँदा छोराछोरीले फोन गरे त ?
उहाँले (देश सुब्बालाई देखाउँदै) दिल्लीमा गरिदिनु भयो । दिल्लीमा छन् मेरो नातिनातिनाहरु ।

अनि गुरु र गुरुआमा प्राय तपाईहरु कहाँ बस्नु हुन्छ ?
हामी छ महिना दार्जिलिङमा बस्छौं, छ महिना सिलगुढीमा बस्छौं । सिलगुढीमा बस्दा चाँहि उता झापा नेपालकाहरु साहित्यकारहरुसँग बढी भेटघाट हुन्छ । सजिलो हुन्छ । कहिले काँही काइला (बैरागी काइला) पनि आइ पुग्नु हुन्छ । कोही बेला धाराबासीहरु पनि आइपुग्नु हुन्छ ।

गुरुलाई लेख्ने समय कति बेला छुट्याउनु हुन्छ ?
- बिहान उठ्यो खाइपिई गरेपछि दिनमा लेख्नु हुन्छ ।

खानापिन कसले दिन्छ ?
-म दिन्छु ।

साह्रै माया गर्नु हुँदो रहेछ ?
हाँस्तै, अब बानी बसिसक्यो ।

गुरुआमा केही दुःख छ ?
-केही दुःख छैन । छोराछोरी हुर्के बढे नातिनातिना हुर्के बढे । सबै जना राम्रा भए । हामीलाई केही दुःख छैन । सबैको राम्रो पोजिशन छ ।

दार्जिलिङमा नेपालीलाई केही दुःख छ की ?
-दार्जिलिङमा सबै नेपाली छन् । केही दुःख छ जस्तो लाग्दैन । बोल्ने भाषा पनि बंगाली, बिहारी सबैले नेपाली भाषा बोल्छन् ।

गुरुआमा हाम्रो इन्द्र सरलाई गोर्खाल्याण्ड देख्छु जस्तो लागेको छ की छैन ?
खै त, कोही बेला त देख्छु जस्तो लाग्छ । तर पार्टीहरुको कुरा मिल्दैन । एक हुन सक्दैनन् ।

अनि सरले सम्झाउनु हुन्न ?
-पार्टीका मान्छेहरु आउँछन् । सम्झाउनु त हुन्छ नी तर उनीहरु एक हुनै सक्तैनन् ।

पवन चाम्लिङ पनि आउनु हुन्छ की गुरुलाई भेट्न ?
पवन चाम्लिङ त मूख्य मन्त्री हो ।  बेला बेलामा बोलाउनु हुन्छ ।

 

Facebook Plugin Social