नायक गोबिन्दाले पनि नायिका तुलसा खड्कालाई हिरोइन बनाउने बाचा त्यतिकै रह्यो । कलिउडमा आउने बलिउडकर्मीहरु आएपिच्छै यस्ता बाचाहरु गरिरहन्छन र चर्चा कमाउँछन् र जान्छन तर नायक राहुल रायले भने चार महिना अघि गरेको वाचालाई पूरा गर्दै नेपालमा नेपाली फिल्म समेत बनाउँने र त्यस्को नायिकामा उषा पौड्याललाई लिने घोषण समेत गरेका छन् भने आफ्नो फिल्मको संगीतको जिम्मा राजेशपायल र्राईले गर्ने बताएका छन् । राजेशपायल रााईको क्रेज देखेर आफूले बनाउने फिल्ममा राजेशपायलकोलागि अलग्गै रोल समेत सोच्ने लालिसकेको नायक राहुलले बताएका छन् ।
गएको बिहीबार काठमाण्डौका् गोदावरीमा शुटिङ गरिएको तुँवालो वोलको गीतमा नायक राहुलसँग परीक्षा क्षेत्रीले अभिनय गरेकी छिन् । निर्देशन व्हाइट प्लस प्रोडक्शनकालागि सुरज श्रेष्ठले गरेका छन् । ललिउडका पूर्व स्टार राहुल रायसँग काम गर्दा एकदमै सहज महशूष गरेका निर्देशक श्रेष्ठ भन्छन् - हतारमा काम गरिएपनि राहुल रायको आत्मियपन र अनुशासनले काम गर्न एकदमै सजिलो भयो र भिडियो राम्रै बन्छ भन्ने कुरामा ढुक्क छु ।
पहिलोपल्ट कुनै वलिउडस्टारले नेपाली भिडियोमा काम गरेको र त्यो भिडियो आफ्नै गीत भएकोमा गायक राजेशपायल राई राहुल रायको कामबाट एकदमै प्रभावित छन् ।
गायक राजेश जति खुशी छन् त्यो भन्दा बढी खुशी नायक राहुल राय देखिएका थिए शुटिङ् स्थलमा । वलिउडका ठूला शुटिङ क्रुसंग काम गरिरहेका राहुलले सानो क्रुसंग काम गर्दा पनि उतिकै उत्साहित भएर काम गरिरहेका थिए । यसो किन होला भन्दा उनको जवाफ थियो - म नेपाली फिल्ममा, भिडियोमा काम गर्न चाहिरहेको थिए । जुन नेपालकै स्टार गायकको गीतबाट शूरु गर्न पाए ।
भारतमा निक्कै सफल्ता पाइरहेको उनको विजिनेस कम्पनी एसओएस कम्पनीको विस्तार नेपालमा समेत गर्न लागेको राहुलको नेपाल आवातजावत भइरहने र त्यही कम्पनीबाटै फिल्म निर्माण समेत गर्ने राहुलले आलोपालोलाई बताए ।
