Headlines :
पूर्वको पर्यटकीय ग्राम भेडेटार नपुगे यात्रा अधुरो | एक हजार तामाङ काटिएको इतिहास | देवकोटा प्राय: भन्थे -- म मर्न चाहन्छु | तीज गीत “झुम्का लगाउँछु“ | विदुषी बुलु शर्माको कथा | युएईमा ससफोको दोश्रो पार्टी एकता दिवस सम्पन्न | सिक्नेचर मुभि – थिन्क पोजिटीभ ग्लोबल क्याम्पिन | मेरो पैतृक अध्यात्मको पाटो | तेह्र बर्षीय गायिका सुबिका राईको प्रथम म्युजिक भिडियो | सबिना गुरुङको चरी चिरिबिरी सार्वजानिक | आठपहरिया राई र दशैं | आमा बित्दा रुने फुर्सद छैन | मेरो भलो चिताउने साथी | मेरी यस्ती एउटी बहिनी | पहिलो प्रेमअनुभूति - राजकुमार दिक्पाल | हामीलाई एक्लै छाडी पन्नाकाजी पनि हिंडे | कीर्तिनिधि विष्टबाट नइलाई ३० लाख | छापामार युवतीको डायरी | सुरेन्द्र लिम्बू परदेशीलाई अस्वीकृत विचार–साहित्य पुरस्कार साहित्यकार | ‘सगरमाथा साँझ–३’ आयोजना गरिने | विश्व साइकल यात्रीले प्याराग्लाईडिङ प्रशिक्षण लिँदै | चेतनायुक्त प्रतिपक्षीय बिचार नै ‘अस्वीकृत बिचार’ हो - डा. कविताराम श्रेष्ठ | विपि प्रतिष्ठानमा सकियो उपकुलपतिको पदावधि, आकांक्षीहरु शक्तिकेन्द्र धाउदै | ’वोझ नहोस् मेरो माया.. | हङकङमा नेपाली भाषा, साहित्य र संस्कृति सप्ताहको रौनक | माओ त्सेतुङ, सुखानीमा हत्या र म | गोयाङको सुगन्ध कृतिलाई २,०२,००२ रुपैयाको पहिचान पुरस्कार | प्रा. डा. कृष्णहरि बराल दुबाईमा सम्मानित | केशर माङयुङको नयाँ गीत ः भिडियो सार्बजनिक | तेजेश्वरबाबु ग्वंगलाई २०७२ सालको 'घटराज पुरस्कार' | Vote for Mira Rai | वाल गायिका प्रीशा श्रेष्ठको 'प्रीशा' | देशदेशान्तरका २०५ जनालाई-सत्यमोहन जोशी शताब्दी पदक | तोडेर नाता जाँदै छु प्रिय तिम्रो नजरबाट - राकेश काफ्ले | गीतकार प्रकाश सुवेदीको ’मनका कुरा तिमीलाई सार्बजनिक | सत्यमोहन जोशी ः शताब्दी पुरुष | सिडी बिजय र मनिशाको पत्ति नमिलेको तास बजारमा | सन्जीव र नलिना पोर्तुगल आउँदै लिस्बोन | ’डढेलोभित्रका सतिसाल’ हङकङमा प्रिमियर | आठपहरिया राई र दशैं | 'सत्यमोहन जोशी शताब्दी पदक' | यूएइमा फोनिज गठन हुने | दार्जिलिङले के सिकायो ? अन्तत: सूधपा को हुन् ! | सडकबाट शिखर पुगेका ब्यक्तित्व | नौ हजार फिटबाट २३ नेपाली उडे | साहसिक हिरो सानोबाबु सुनुवारलाई सम्मान | पाँच फिट अग्लो अभिनन्दन पत्र | साउदीमा प्रवासी नेपालीले मनाए क्वाटीपूर्णे | स्याङजा समितिमा दुई लाख हिनामिना स्याङजाली कान्छासहित निष्कासि | स्वर, सङ्गीत र शब्दका शिखर : गोपाल योञ्जन | गायक सुरेश राना मगर : कुराकानी | गुरुङ तमू समाज मकाउको प्रथम अधिवेशन | मकाउमा सेतो पुतली ः भूकम्प पीडितकालागि पुननिर्माणकालागि सहयोग जुटाउँदै | महाकविका प्रिय कवि श्यामदास वैष्णव भन्छन्- | अम्बर गुरुङ नेपाली आकाशका गीत थिए | यूएइमा साकेला उँभौली-५०७६ सम्पन्न | ओ...खरबुजा...खरबुजा...! | पुण्यरश्मिलाई बीपी कोइरालाको सहयोग | आमाप्रतिको आदर ः आभा मुकारुङ | Mother Tongue Education Rights of Ethnic Minorities | सुटिङ सम्पन्न | कविता - सम्झेर पुर्खा | हङकङमा पूर्खादिवस २०१६ | फोरममा सामूहिक प्रवेश | किरात मञ्च नेपालको सङ्गठन विस्तार | धरानमा प्याराग्लाइडिङ | साइप्रसमा ग्याल्बु ल्होसार भब्य सम्पन्न तथा नयाँ कार्य समिती गठन | बुद्धिसागर बश्याल - अनलाईन वार्ता | त्रिमूर्ति निकेतनमा ११४ औं सम जयन्ती | अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक प्रकाश थापालाई सम्मान | आफ्नोपन बिना बाँच्नुको सार छैन ।- यासेली योङहाङ | सङ्गीतका अमर साधक रत्नबहादुर खड्गी | विश्व शेर्पा संघको तदर्थ समिति गठन | तारादेवी नेपाली गीतगायनमा बहुचर्चित नाउँ | समाज सेवामा अगुवा सँस्था गुदेल शेर्पा किदुग | त्रिमूर्ति निकेतनमा १३२ औं लेखनाथ जयन्ती | क्वाणटम साहित्यको व्याख्याता - डा. मधुकृष्ण श्रेष्ठ | सेप्टेम्बर १, २०१६ देखि प्राथमिक १ कक्षामा भर्ना हन गइरहेका छन् भने | आदिवासी जनजातिको निम्ति समर्पित पेम्बा गेलु शेर्पा | इजरायलमा जनमूक्ति मंचको गठन | सुनगाभा फुल्यो लेकैमा...म्युजिक भिडियो सार्वजनिक | राईलाई ‘नइ धनरूप पुरस्कार’ | राष्ट्रिय एकता खलबलाउने संविधान स्वीकार हुन सक्दैन । | बिबिसी नेपाली सेवाको एकपक्षिय प्रसारण विरुद्ध खेद प्रस्ताव पारित र नेता शेर्पाको रिहाईको माग | एघारौं त्रिमूर्ति दिवस- ९ जना पुरस्कृत १७ ओटा कृति लोकार्पण | न्युयोर्कमा ट्राभलिङ किम्फ सम्पन्न् - देशी विदेशी दर्शकहरुको सहभागीता | शेर्पा किदुक साईप्रसको प्रथम बैठक सम्पन्न | जीवनको अनुवाद र सोम लिम्बू | साईप्रसमा महिलाहरूको वर्चस्व रहेको शेर्पा किदुक गठन | सबैको गुरुमा - भारती ओख्राबो | साईप्रसमा राजनैतिक पार्टी र विध्यार्थी एकता | गीत-सङ्गीतमा लाग्नेहरूले कहिल्यै एक्लो हुनुपर्दैन ।- केन्जुमा सुब्बा | माया ठकुरी ‘नेपाली साहित्य नारी रत्न’ घोषित | “सक्छौ भने युद्ध गर्न आऊ भनेर राज्यले हामीलाई निम्तो दियो” : डा. ओम गुरुङ | हङकङ र मकाउको सफलता पछि किम्फ अब अमेरिकाको न्यूयोर्कमा | शेर्पा संघ, यूरोपको तेश्रो महाधिवेशन सन् २०१६ को लोसारमा आयोजना हुँदै | बैँककमा जम्बो कार्यक्रम 'चुम्लुङ' सम्पन्न | १२ भाषाका ज्ञाता : हेमचन्द्र पोख्रेल | नामी तर दुखी शान्ति मास्के | कवि रण काफ्ले भारतमा पूर्वोत्तर हिन्दी एकादमीबाट सम्मानित | भयवाद दर्शनको पुस्तकलाई दुईवटा अन्तर्राष्ट्रिय अवार्ड | सावधान सरकार ! खबरदार सरकार ! | हङकङको नेपाली साहित्यकार, गीतकारहरुमा नाम छुटाउन नहुने व्यक्ति-- डीबी पालुङ्वा | हङकङमा समवेदना व्यक्त गर्न मैनबत्ती प्रज्वलन कार्यक्रम | पुर्खा दिवस र थपिएका अर्थ | हङकङमा पुर्खादिवस सम्पन्न | द युनिभर्सीटी अफ हङकङमा भयवाद्का कुरा | गाउँमा के गर्न सक्छु भनेर सोची रहेको छु – गौतम सागर राई | हङकङमा पुर्खादिवसको भव्य तयारी | अबका नेपाली पुस्ताले आफ्नै जन्मथलोमै ब्यवस्थित जीवन यापन गर्न सकून् -कर्मा छिरिङ शेर्पा(बेलायत) | आफ्नै जन्मगाउँका उकाली-ओरालीले गायिका बनायो । -रत्ना बराईली(लोक-गायिका) | ‘मनभरी चोट भए पनि दर्शकसँग हाँस्नु पर्छ ।‘ - लाक्पा शेर्पा(अमोद) | आफ्नो भाषा-सँस्कृति-धर्म-भेष अँगालेर कला-कर्ममा प्रयोग गर्दा सुहाएको जस्तो लाग्छ । --बरधोज | आँसु झारेँ धेरै-धेरै केवल तिम्रैलागि--ईशा लावती लिम्बू(गीतकार) | मानध्वजको चरित्रले मलाई नै रुवाउँछ । ___ मौसम ईम्बुङ(चेसुङका लेखक-निर्देशक) | ‘गायिका नै बन्छु’ भन्ने जवाफ नदिए पनि गायिका नै बनेँ' -- आभा मुकारुङ | किम्फका उत्कृष्ट | बालकृष्ण समको सङ्क्षिप्त परिचय | शिक्षा र ज्ञानले मानसिक, शारीरिकरुपले सबल तुल्याउँछ - जुनिता लिम्बू | संगीतकार गणेश गुरुङका बारेमा र केहि सम्झना | निदै छैन आँखामा --गायिका जशोदा सुब्बा | गायिका तायाहाङमा राईको दोस्रो एल्बम ‘तराना’ सार्वजनिक | कुशल गायक- कुशल थलङ | मलाई टिपिकल कला-सँस्कृतिप्रति रुची छ -सुमी लिम्बू(नृत्यकार/मोडल)-बर्मा, हाल: बैँकक | कलाको गला | चीनकी दीपा एवाईको योगदानबारे चर्चा | छुटेका पाइलाकी स्रष्टा-- बुलु शर्माबाट नइलाई छ लाख | बजगाईंको कथासङ्ग्रह ‘कमरेड भाउजू’ सार्वजनिक | हङकङमा नेपाली सप्ताह २०१४ सम्पन्न | शताब्दी पुरुषको स्वास्थ्यमा सुधार -- सरकारबाट १० लाख रुपियाँ प्रदान | अल्बम बेचेर आमाघरलाई सहयोग | त्रिमूर्ति निकेतनमा १३१ औं लेखनाथ जयन्ती | हङकङमा नेपाली साहित्य लेखन ज्यादै उर्बर छ - टंक सम्बाहाम्फे | सरकारले पनि डा.जोशीलाई शताब्दी पुरुषको सम्मान दिने डा.जोशीलाई १०१ ओटा अभिनन्दनपत्रहरु प्रदान | विश्व नेपाली स्रष्टा कोश प्रकाशित गरिने | एडिबीको ऋण सम्झौता | नौजनालाई नइ बाल पुरस्कार प्रदान | गरीबीले भोकै मरे फरक पर्दैन, तर सँस्कृति-सँस्कारहीन हुनु साँच्चीकै समाप्त हुनु हो --- मनोज साङसोन | ओराङफुङ जस्तै गायिका देशु सुहाङ | महाकवि देवकोटाबारे केही जानकारी | त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती | नौ जनालाई नइ देरुनीखपू बाल पुरस्कार | यूएइमा पत्रकारिता तालिम सम्पन्न | TEARLESS EYES_Story by Vijay Kangmang | एचके नेपाली रेडियोका कुरा | किरात राई यायोक्खा यूएइ शाखाको पाँचौ अधिवेशन सम्पन्न- | भलिबल प्रतियोगिता सम्पन्न, स्क्याड समुह प्रथम | पारिजातको जीवनकथा | अमिलो पानीपुरी र पिरो चटपटेले १ लाख ८० हजार संकलन गर्यो | हङकङमा धरानेहरुको बृहत जमघट | नइ भूपाल दुर्गा पुरस्कारको स्थापना | सम्भावना बोकेका सर्जकहरू हुनुहुन्छ,साहित्यिक एकता भने देखिन्न- बिद्रोही साइला | यूएईमा नेपाली कल्चर शो | उत्कृष्ठ सभासद छनौट प्रक्रियाको शुभारम्भ | हङकङमा प्राथमिक विद्यालय भर्नाहुन चाहाने विधार्थीहरुकालागि | 'माई प्रोमिस' धरानमा प्रिमियर | Apple Announces Apple Watch, Available in Early 2015 | भयवाद विश्वको कान्छो र नौलो दर्शन हो – देश सुब्बा | हामी आफैँभित्र पनि अमूर्त अनेक शक्ति, स्रोत र सम्भावना छन् -खगेन्द्र पन्धाक | डिभिजन-३ को लागि१८ जनाको नाम सार्बजनिक | सधैं अरुको भलाइँ गरिरहने सरला गुरुङको कलायात्रा | गीतसंगीत साधकहरुकालागि प्रिय साथी, असल नेपाली – राजु गुरुङ | धरान हङकङ मञ्च : १५ औं वार्षिक उत्सव भव्यरुपमा हङकङमा मनाउने | लोकप्रिय गिटारिष्ट यादव राई | STORY- The Second State | गजल रचनाका प्राथमिक आधारभूत केहि तत्व र नियमहरु | अभाङ्गगार्ड, खलिल जिब्रान र हाम्रा नानीहरू | टेरिया मगरको राहदानीमा समस्या ; युएईको कार्यक्रम स्थगन | मातृभाषाको विकास र चुनौतीहरु | iPhone 6 -- Apple's 2014 iPhone, debuting September 9 | हराएका राहदानीको विवरण इन्टरपोलको वेबसाइटमा | Stay alert against communicable diseases in new school year | नेपाली संगीतमा ‘आरोही’ : पहिलो एकल अल्बम लिएर आए सुनिता र अनुशील | विश्व आदिवासी दिवस | के हो यो ALS र Ice Bucket Challenge? | मानवीय सहयोगकालागि हङकङमा मेलोडी नाइट | राजेशपायल राई हङकङमाः असाह्य बालबालिकाहरुको शिक्षदीक्षाकालागि ५० हजार दिने घोषणा | नेपालीको सान जितू राई बने विश्वको नं. १ खेलाडी | Philosophy of Fearism | D. B. Chitrakar | 'भारतसँग राजनीतिक तहमै समस्या समाधान गर्नुपर्छ' | Quality of life | तेरिया अव युएईमा | हङकङका ८ नेपालीलाई ‘भानुभक्त स्वर्ण पदक’ | नेपाली साहित्यका महारथी गणेशबहादुर प्रसाईको निधन | जोशीलाई पाँच लाख रुपियाँ सहित शताब्दी पुरुष | आदिकवि भानुभक्त आचार्यको जीवनी | २५ स्रष्टाहरूलाई ‘भानुभक्त काव्य पुस्कार’ | रक्तदाताहरुलाई रेडक्रसको सम्मान, जगतअम्बू गुरुङ सम्मानित | हङकङमा विश्व काव्य यात्रा भव्यरुपमा सम्पन्न- कवि चौधरी नेपाली विधार्थीहरुसँग | भारतीय गोर्खाहरुको विविध साँस्कृतिक कार्यक्रम | हङकङमा भव्य पूर्खादिवस | The Nepalese community in Hong Kong looks to preserve Gurkha legacy | राजा महेन्द्रको हृदयाघात र कीर्तिनिधि विष्ट | विश्वभर छरिएका गोर्खाली समाधिहरु | इन्टिग्रेसन, चिनियाँ भाषा अनि हाम्रा आवश्यकताहरू | Minorities face challenges in the classroom | बालकृष्ण समको सङ्क्षिप्त परिचय | कविहरूका पनि कवि ‘कविशिरोमणि’ लेखनाथ पौड्याल | समग्र जीबनको सांगीतिक अन्तर्मन्थन “गह” | एक विशिष्ट सांगीतिक कार्यक्रमः अम्बर गुरुङ रात्री | भूगोलमा नारायणगोपाल | त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती | देवकोटाको राँचीबास किन ? | देवकोटाले कहिले पागल लेखे ? | शुसिल नेवा बने मिस्टर हङकङ नेपाल २०१३ | झुक्तै नझुक्ने नेपाली शिर अर्थात् डा.वानीरा गिरी | नेपाली आधुनिक गीतका लोकप्रिय गायक फत्तेमान | हङकङको नेपाल | नेपाली भाषा साहित्य र डायस्पोरा | श्रीहरि, सरुभक्त र मञ्जु काँचुलीलाई त्रिमूर्ति पुरस्कार | पाट ह्योङ सेन्ट्रल प्राइमरी स्कुलको दिक्षान्त समारोह सम्पन्न | पराजुलीत्रयको सांगीतिक कार्यक्रम हुने | विष्णुनन्द चाम्लिङ राईको गीति संग्रह ‘सम्झौता‘ | विश्व नारी रत्नः वानीरा गिरी | प्रकाश सायमी दाइसँग सात दिन | पूर्वमा पर्यटन मेला | नेपाली क्रिकेटको कुरा | स्तम्भ लेखनबाट म विदा | नयाँ वर्षमा च्याम्बरको डाइरेक्टरी | एउटा ज्यूँदो मान्छे अनङगनाथ पौडेल | जनजाति महासंघको उद्घोष– अनसन र तालाबन्दी | हङकङमा पुर्खादिवस 2013 | पहिलो दैनिक पत्रिकाको सम्पादक- गोविन्द मल्ल गोठाले | नेपालका गौरवः लैनसिंह वाङ्देल | सेवाका आदरणीय- त्रैलोक्यनाथ श्रेष्ठ | मुलुकलाई निरंकुशतर्फ धकेल्ने षड्यन्त्रः राजकुमार लेखी | पहिचानको बिरुद्धमा उत्रनेहरू सबै जातिबादी हुन : अशोक राई | महिला दिवसमा कार्यशाला गोष्ठी | ‘रोहितको आकृति’को लोकार्पण | लिम्बू भाषाको चलचित्र “केःवा कोःक्मा“ हङकङमा प्रदर्शन गरिने | नेपाली बास्केटबल टिमलाई प्रोत्साहन | सुनसरी उद्योग वाणिज्य संघमा राजेन्द्र श्रेष्ठ | महावाणिज्यदूत नियुक्ति बदर गर्न विरोधसभ | नेपाली काग्रेसको दोस्रो धरान नगर भेलामा तनाव | थापा हत्याको विरोधमा चौतारी | किरायाद्धारा यूएईमा एक महिलाको उद्धार | दुबईमा बनभोजसंगै उधौली साकेल | जाडो बढ्यो नेपालमा | धरानमा फेरि सडक उत्सव | तुवाचुङ जायजुम सहयोग समिति गठन | किराँत विभूति इमानसिंह चेम्जोङ | राजन मुकारुङसंग साक्षात्कार | हङकङमा नेपाली सप्ताह २०१२ | त्रिमूर्तिमा १२८औं लेखनाथ जयन्ती सम्पन्न | काठमाडौँ विश्वविद्यालयको अठारौँ दीक्षान्त समारोह (दोस्रो कार्यक्रम) सम्पन्न | पहलमानसिंह स्वार-जीवनी | १४ अञ्चलमा विश्व नारी नेपाली साहित्य सम्मेलन गठन | शुटिङ रिपोर्टः कवि राई | अनाम सडकमाः जातीय एकताको संदेश | संघीय समाजवादी पार्टीको हङकङ तदर्थ समिति गठन | पहिलो समालोचना पुरस्कार समर्पण | आदिकवि भानुभक्त आचार्यको लघु जीवनी | धरानको खानेपानी समस्या समाधान गर्न एडिविले सहयोग गर्ने | भारतको आसाम राज्यको हवाइपुरमा “नेपाली साहित्यमा भयवाद” | गायक राजेश पायल राई नमस्ते यूरोप सांगीतिक यात्रामा स्वीटजरल्याण्ड पछि जर्मनी र बेल्जियम आउदै | विश्वभर छरिएका गोर्खाली समाधिहरु | मायादेवी राईसँगको कुराकानी | नेपालबाहिर रहेका नेपालीहरुको प्रतिनिधि नायक ध्रुव दत्त | सर्वप्रिय कम्युनिष्ट ः जसुदा राई | गोर्खाः ईज्जत, इमान अनि प्रेष्टीज | प्रकृतिगामी --कथा | नौकन्यालाई नइ देरुनिखपू बाल पुरस्कार प्रदान | सानैमा ठूली - शारदा अधिकारी | हङकङमा महाकवि देवकोटाजयन्ती २०१२ सम्पन्न | साब्लाबुङ | तेक्वान्दो प्रतियोगितामा हङकङेली नेपाली खेलाडहरुलाई सफल्ता | नेपाली जातीय कवि -पं.धरणीधर शर्मा |
Recent Events
Most Read
Book Reviews
Philosophy of Fearism: Life is conducted, directed and controlled by the fear."1. ‘Fearism is a gift to the world from Nepali.’ Prof. Dr Tanka Prasad Neupane, Chairman, Fearism Study Centre: Baicharik Chintan, 2066 v.s. 2. ‘Fearism of Desh Subba has shake
विस्तृत समाचार
VIEW ALL
समाचार »
नेपालका समाचार
'भारतसँग राजनीतिक तहमै समस्या समाधान गर्नुपर्छ'


अरुण चौधरी मुलुकका प्रतिष्ठित उद्योगी हुन्। चौधरी ग्रुपका प्रबन्ध निर्देशक अरुण नेपाल–भारत उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत हुन्।

भारतीय प्रधानमन्त्रीको १७ वर्षपछि नेपाल भ्रमण हुँदैछ। भ्रमण अवधिमा नेपालले प्रस्तुत गर्ने एजेन्डाको बारेमा छलफल भइरहेको छ। मुलुकको समृद्धीसँग जोडेर हामीले के एजेन्डा राख्नुपर्छ?

म सम्झन्छु निजी क्षेत्र र सरकारले १९९६को आइके गुजरालको भ्रमणलाई ल्यान्डमार्क भ्रमण भनेका थिए। अहिले नेपालले राम्रो कार्ड खेल्न सक्यो भने ल्यान्डमार्क होइन यो रिर्वाडिङ भिजिट हुन्छ। किनभने नरेन्द्र मोदीले व्यवसायको बारेमा बढी बहस र छलफल गर्नुहुन्छ र राजनीतिक कुरा कम गर्नुहुन्छ। नेपाललाई अहिले चाहिएको भनेको नै यस्तै अवसर हो। यो अवसरमा फाइदा लिन सकेनौ र हामी झिनामसिना कुरामा अल्भि्कयौं भने हामीले धेरै वर्षसम्म गुमाउँछौ। हालै भएको भारतीय विदेशमन्त्री सुषमा स्वराजको भ्रमणमा पनि उहाँले सबै कुरा गर्न तयार रहेको भन्नुभएको छ। सन् १९५०को सन्धी जसलाई हामीले असमान भनेर बसिरहेका छौ त्यसमा पनि उनीहरु छलफल गर्न तयार छन् । यसको अर्थ उनीहरु कुनैपनि मुद्दामा छलफल गर्न तयार छन् भन्ने हो।


हामीले हेरेको र डिफाइन गरेको प्रतिस्पर्धी क्षेत्र भनेको जलविद्युत, पर्यटन र कृषि हो। बजेटले पनि यीनैलाई प्राथमिकता राखेको छ, यो एकदमै सान्दर्भिक र समयसापेक्ष छ। यसमै केन्द्रित भएर एजेन्डाहरु पनि तय गर्नुपर्छ। बजेट आएकै समय र भारतीय प्रधानमन्त्री आउनु संयोग पनि हो जस्तो लाग्छ। हामीले आफ्ना मुद्दालाई औचित्यपूर्ण र स्पस्ट हिसाबले राख्ने हो भने नेपालले धेरै फाइदा लिन सक्छ। मोदीको नेपाल भ्रमण भलो चिताएर हुन लागिरहेको छ हामीले चाहेको खण्डमा नेपालको समृद्धिको लागि धेरै फाइदा लिन सकिन्छ।  

आइके गुजरालको भ्रमणपछि मोदीको भ्रमण हुँदैछ। यो अवधिमा मुलुकमा राजनीतिक परिवर्तन भइसकेको छ तर राजनीतिक मानसिकता भने परिवर्तन हुन सकेको छैन नि?
राजनीतिक मानसिकता परिवर्तन नहुनु हाम्रो आन्तरिक समस्या हो। यो परिवर्तन नहुनुको एक मात्र कारण हाम्रा दलले लोकप्रिय, आर्थिक प्रभाव धेरै नहुने कुरा गरेर भोट बैंकहरु तयार गर्न चाहन्छन् तर यसले कुनै सहयोग गर्दैन्। अल्पकालमा यसले सहयोग गर्ला तर जनता शिक्षित भइसकेका छन्। उनीहरुले बुझिरहेका छन्। संचारमाध्यमहरु यतिधेरै प्रभावकारी भइसकेका छन्। कुनै पनि भाषणबाजीले भलो हुनेवाला छैन भन्ने बुझिसकेका छन्। यत्रो वर्षको दौरानमा पनि देखिने, दिगो आर्थिक वृद्वि दर हुनुपर्ने हो त्यो नभएको कारणले हाम्रो राजनीतिक वृत्तले सोच्ने बेला आएको छ। यसबाहेक कुनै पनि विषयमा हामी समस्या मात्रै देख्छौ।

अहिलेको विवाद भनेको लोकप्रियता मात्रै हो त?
यसलाई मेरो हेर्ने तरीका अलग छ। यसमा यो भन्न सकिन्न विगतको सन्धी/सम्झौंता नेपालको पक्षमा होला। तर हामीले के विचार गर्नुपर्छ भने आफ्नो स्वार्थको रक्षा तपाई आफुले गर्ने हो। अर्को पक्षले आफ्नो स्वार्थको रक्षा गरिदियोस भन्नु मिठो कल्पना मात्र हो। उहाँहरुले ल्याउनुभएको कुरा विगतमा आफ्नो स्वार्थको रक्षा गर्न नसकेर आएको हो जसलाई अहिले आएर भारतले ठग्यो भनेर टिकाटिप्पणी गरिहेका छौ। यो लोकप्रिय बन्ने चाहना मात्रै हो। अहिलेको विवाद गृहकार्य नर्गनु, आफ्नो स्वार्थको रक्षा गर्न नसक्नु र दीर्घकालिन रुपमा सोच्न नसक्नुका कारणले भएको हो। त्यसो भन्दैमा निर्णय नगर्ने भन्ने अवश्य पनि होइन।

आइके गुजरालकै भ्रमणमा नेपाल–भारत वाणिज्य सन्धीबाट नेपालको व्यापार विस्तारमा ठूलो सहयोग पुगेको थियो। अहिलेको भ्रमणले त्यही आशा पुनःजागृत गर्न सक्छ?
यसलाई तपाईले दुई किसिमले हेर्नुपर्छ। सन् १९९६को सन्धीमा गुजरालले आएर उत्पतिको प्रमाणपत्रको बारेमा मात्रै कुरा गर्नुभएको हो। नेपालबाट कुनैपनि वस्तु निकासी गर्न सकिन्छ भनियो। यसले निकासी ह्वातै बढ्यो। तर हामीले त्यो बेलामा पनि के सोचेनौ भने हाम्रो औद्योगिक प्राथमिकता दिगो उद्योगमा नभएर अस्थायी उद्योगमा केन्द्रीत भयौ। भारतमा भन्सार बढी भएको र नेपालमा सस्तो रहेको उद्योग स्थापना गर्यौंग। भन्सार अन्तरको मुनाफालाई मात्रै हेरेर उद्योग स्थापना गरेर भारत निकासी गर्ने उद्योग धेरै आए। भन्सार शुल्क भनेको दीर्घकालिन रुपमा उही बस्ने कुरा भएन। देशको उदारीकरणसँगै यो घट्ने गर्छ। भन्सार शुल्क घट्दा औद्योगिकरण उल्टो चक्रमा गएको हो।

तपाई आफै उद्योगी, भनेपछि विगतमा उद्योगी व्यवसायीले नेपाल–भारतबीचको भन्सारको मुनाफा हेरेर मात्रै उद्योग स्थापना गरे?
सही हो। यसमा सरकार भन्दा व्यवसायीले सोच्न सकेन। उद्योगीले उद्योगको लाइफ के हुनेवाला भन्ने सोच्न सकेन? सरकार पनि छोटो समयको निकासी बढेको आधारमा खुशी भयो तर यो निकासी बढेको कति समयको लागि हो भनेर सोच्न सकेन्। भारतबाट जुन किसिमको आयात भइरहेको छ त्यसलाई धान्न सकिने निकासी भइरहेको छ वा हुन्छ भनेर मूल्यांकन गर्न सकिन्थ्यो तर हामीले हेरेनौं।

अहिले पनि केही उद्योगीहरुको संगठनले वनस्पति घिउ, याक्रेलिक यान लगायतका वस्तुमा लगाइएको परिमाणत्मक बन्देज हटाउनको लागि लबिङ गरिरहेका छ नी?
विभिन्न व्यवसायिक संगठनले यो कुरा उठाउनु उहाँहरुको व्यवसायिक धर्म हो। त्यसमा उहाँहरुले गलत गर्नुभयो भनेर भन्दिन्। तर तपाईले के चिज माग्ने भन्ने कुरा हो। फेरी माग्ने भन्ने शब्द मलाई आइराछ (हाँस्दै)लाई अपव्याख्या गरेर चौपट बनाइदिइसके। हामीले के चिज आफ्नो 'विस लिस्ट' मा हालिराछौ त्यसले देशलाई कति फाइदा भइरहेको छ भनेर सरकारले के हेरिरहेको त? घिउ तेलमा परिमाणत्मक बन्देज पूरै हटाउँदा नेपालबाट यो निकासी हुन सक्छ, हाम्रो प्रतिस्पर्धात्मक फाइदा छ हाम्रो नेपालमा? यो भनेको 'विस लिस्ट' भारतले हामीले मागेको कति वटा पूरा गरिदियो भनेर बुँदा थप्ने कुरा मात्रै हो। यो एकदमै कम प्राथमिकताका एजेन्डा हो। म उदाहरण दिन्छु छात्रवृत्ति बढाउनुपर्योथ र आयोडाइज्ड नुन नेपालीलाई खुवाउनु पर्योए। कि हामी नेपालीहरु हाम्रो देश त्यो अवस्थामा पनि पुगेन हामीले छात्रवृति दिन सकेनौ र आयोडाइज्ड नुनको व्यवसायमा लगानी गर्न सकेनौ। यस्ता न्युन प्राथमिकताका एजेन्डा राख्नुहुँदैन यसको सट्टामा अर्को ठोस एजेन्डा राख्न सके त्यसले मुलुक, जनता र आर्थिक रुपमा फाइदा हुनसक्छ।

भारतले नेपाली उत्पादनलाई शुन्य भन्सारदरमा निकासी सुविधा दिएको छ तर भारतको विभिन्न गैरभन्सार अवरोधले नेपाली वस्तुको सहज प्रवेश भने पाउन सकेको छैन। यसले कृषिजन्य वस्तुको निकासी प्रभावित भएका छन्। यसलाई तपाईले कसरी हेर्नुभएको छ?
यो अत्यन्तै सान्दर्भिक कुरा हो। यसले प्रत्यक्ष रुपमा हाम्रो प्राथमिक क्षेत्र कृषिलाई ठूलो प्रभाव पारेको छ। यसलाई गम्भिर बहस गरेर भारतको चासो के हो त भन्ने कुरालाई बुझेर र हाम्रो चासो के हो भनेर बुझेर एउटा निश्चित समयसीमा तोकेर तार्किक निष्कर्षमा पुर्यााउनुपर्छ। नेपालमा भएको कृषि उत्पादनलाई भारतले स्वागत गर्छ। गुणस्तरको समस्या छैन भने निर्वाध रुपमा जाने व्यवस्था गर्नुपर्छ। त्यसको लागि निश्चित समय सीमा बनाएर निकासी गर्न पाउने व्यवस्थालाई प्रमुख एजेन्डाको रुपमा प्रस्तुत गर्नुपर्छ जसले वहुसंख्यक जनता लाभान्वित हुनेछन्।

भारतसँग नेपालको व्यापार घाटा चुलिदै गएको छ। नेपालको भारतसँगको व्यापार ६५ प्रतिशत भन्दा बढी छ। यस्तो अवस्थामा व्यापार घाटा कम गर्ने आधार के हो?
नेपालमा हामीले के गर्ने कोशिश गरिरहेका छौ भने भारतबाट औद्योगिक उत्पादन भित्रिन्छन् त्यसलाई हामीले औद्योगिक उत्पादनबाट मेकअप गर्न खोजेका छौ जुन सरासर सम्भव नै छैन। हाम्रो औद्योगिक लागत, अर्थतन्त्रको आकार सबै चिजलाई हेर्दा औद्योगिक वस्तुले औद्योगिक वस्तुलाई खाडल पुरा गर्न खोज्नु दिवा स्वप्न नै हो। यसलाई घटाउने हो भने प्राथमिकता क्षेत्र जलविद्युत, पर्यटन र कृषि क्षेत्र हो। कृषिप्रधान देश हो भने उन्नत कृषि गर्ने हो भने ठूलो हिस्सा निकासी गर्न सकिन्छ र व्यापार घाटा कम गर्न सकिन्छ। अर्को व्यापार घाटा कम गर्ने भनेको जलविद्युत नै हो। यो भनेको नेपाललाई अध्यारो बनाएर भारत निकासी गर्ने भन्ने होइन। जलविद्युत क्षेत्र नै सबैभन्दा व्यापार घाटा कम गर्न सकिन्छ तर आज सुरु गर्नुभयो भने कुनै आयोजना पूरा हुन पाँच वर्ष लाग्छ। हाम्रो खपत सिध्याएर भारत निकासी गर्दा लामो समय लाग्ने भएकोले अहिले सुरु गर्नुपर्छ।

भारतले पठाएको जलविद्युत व्यापार सम्झौंताको मस्यौंदा प्रस्तावमाथि यतिधेरै आलोचना, बहसहरु भए। यसलाई तपाईले कसरी हेर्नुभएको छ?
यो विश्वासको संकट हो। कुनै पक्षलाई दोष दिन मिल्ने ठाउँ छैन। सम्झौंताको मस्यौंदा प्रस्तावमा आफ्नो अनुकुल र पायक हुनेगरी पठाउनु कुनै हिसाबले बदनियत काम होइन। हाम्रो समस्या भनेकै कुनै सम्झौता मस्यौदा प्रस्तावलाई समयमा बहस नगरी अन्तिम समयमा आएर सार्वजनिक गर्ने परम्पराले यस्तो अवस्था आएको हो। अहिलेको अवस्थामा कुनै प्रस्तावलाई गोप्य राख्न सक्नुहुन्छ? यो किन सञ्चारमाध्यम, राजनीतिक दल र जनतासम्म छलफल लगिएको छैन। किन खाली विवादको लागि विवाद गरिरहनुभएको छ? यो समाधान होइन हामी समाधान खोज्नेतिर जानुपर्नेछ।

त्यसो भए के हो समाधान?
नरेन्द्र मोदीले आफुलाई अन्तर्राष्ट्रिय नेताको रुपमा प्रस्तुत गर्न खोजिरहनुभएको छ। उहाँ काममा समर्पित पनि हुनुहुन्छ। यसको उदाहरण हो वषर्ौंदेखि अड्केर बसेको ब्रिक्स डेभलपमेन्ट बैंक। उहाँ सहभागी भएको पहिलो बैठकबाटै यो बैंकले मूर्तरुप लियो। त्यसपछि कुरा गरौं नेपालको जसलाई महत्व दिएको स्वतःसिद्ध छ। यो पृष्ठभूमीमा उहाँ नेपाल आउँदै हुनुहुन्छ। हामीले भारत सरकारसँग भातृत्वको आधारमा एउटा जलविद्युत परियोजना फ्रेन्डसीप परियोजनाको रुपमा नेपालमा बनाइदिनको लागि प्रस्ताव राख्नुपर्छ। आज नेपालले एक किसिमले बफरजोनको रुपमा केही न केही सहयोग गरेको छ। यसलाई व्यवसायिक दृष्ट्रिकोणले हेर्ने हो भने नेपाल बफरजोनमा नभएको भए सुरक्षा खर्च के हुन्थ्यो? अर्को एउटा परियोजना ६० प्रतिशत अनुदान र ४० प्रतिशत ऋणमा बनाउनुपर्छ। भुटानमा गरेको मोडल पनि यही हो। यो परियोजना पनि सँगसँगै जानुपर्छ र यो प्रक्रिया सुरु गर्नासाथ जनतामा विश्वास आउँछ। यसको सकभर चाँडो उपभोग गर्नुपर्ने आवश्यकता छ। जलवायु परिवर्तनले उत्पादकत्व र लाइफ पनि कम हुँदै गएको छ। पानी भनेको त्यसैपनि बगेर गएको छ। यदि पानीमा समस्या हो भने रन अफ दि रिभर परियोजना अघि बढाउन सकिन्छ।

हामीलाई अहिले पूर्वाधार क्षेत्रमा लगानी आवश्यक छ। पूर्वाधारमा कस्तो क्षेत्रमा लगानी प्रस्ताव गर्नुपर्छ?
देशको समृद्धिको मेरुदण्ड भनेको पूर्वाधार हो। हामी अब पूर्वाधार क्षेत्रमा केन्द्रीत हुनुपर्छ। पूर्वाधार भएको खण्डमा चौतर्फी फाइदा हुन्छ। कृषि क्षेत्रको बजारीकरण गर्न सकिदैन। हामीले विमानस्थल, राजमार्गमा अनुदान र ऋणको आधारमा ठूलो लगानी ल्याउन आवश्यक छ। यसले व्यवसाय लागत घट्छ। कृषि उपजको ढुवानी घट्छ र प्रतिस्पर्धी बन्छ। पर्यटनलाई ज्यादै फाइदा हुन्छ। अहिले साहसिक पर्यटन लगायतको बाँकी अरु ठाउँहरु छन् भरपुर उपयोग गर्ने वातावरण पूर्वाधारको कारणले बन्छ।

पछिल्लो समयमा भारतीय बहुराष्ट्रिय कम्पनीहरुले नेपालमा लगानी आएका छैनन्। यो लगानी ल्याउन मुलुकले के गर्नुपर्छ?
व्यवसायिक उद्योग आउने भनेको प्रतिस्पर्धा हेरेर आउने हो। कुनै पनि विदेशी लगानी आउने भनेको प्रतिफल हेरेर हो। अरु देशको तुलनामा बढी वा त्यो भन्दा त्यही तहको प्रतिफल पाइरहेको छ की छैन। प्रतिस्पर्धात्मक क्षमता छैन भने आउँदैनन्। यसमा श्रमको समस्या भनेको झिनो/मसिनो मुद्दा हो। प्रतिस्पर्धात्मक क्षमतामा हाम्रो अवस्था कस्तो छ। यसको तुलना गर्नुपर्छ। भारतसँग हाम्रो प्रतिस्पर्धात्मक क्षमतामा पछाडी भएपछि कसरी लगानी आउँछ। जुन क्षेत्रमा हाम्रो प्रतिस्पर्धात्मक क्षमता राम्रो छ त्यसमा हामी केन्द्रित छैनौ तर जुन प्रतिस्पर्धात्मक छैनौ हामी त्यसमा केन्द्रित भइरहेका छौ।

सार्क डेभलपमेन्ट बैंकको अवधारणा आएको छ। यसलाई तपाईहरुले कसरी हेर्नुभएको छ?
यो एकदमै राम्रो सकारात्मक अवधारणा हो। यो अवधारणामा सानो देशको भन्दा ठूलो देशको सक्रियता आवश्यक हुन्छ। नेपालको सन्दर्भमा क्षमता भन्दा सावधानीपूर्वक समाधान गरेर आफ्नो स्वार्थलाई दीर्घकालिन विकासको रुपमा हेरेर अगाडी जानुपर्छ।

मोदीको भ्रमणका एजेन्डा बनाउने बारेमा निजी क्षेत्रसँग पर्याप्त छलफल भएन भनिन्छ नि?
नेपालले कर्मचारीतन्त्र भन्दा भारतसँग राजनीतिक तहमै आफ्नो समस्या समाधान गर्नसक्नुपर्छ सन् १९९६ को पनि त्यही हो। नेपालजस्तो देशमा हामीले आफुले के पाउने भन्दा पनि भारतले नेपाललाई के बढी भन्दा बढी दिन सकिन्छ भनेर भावना गुजरालको भएकोले 'गुजराल डक्ट्रिन'ले चर्चित भएको हो। अहिले पनि हामीले त्यही लाइनमा सोचेर प्रधानमन्त्री नरेन्द्र मोदी विश्वको महत्वपूर्ण नेता बन्नसक्नुहुन्छ उहाँ नेपालप्रति विशिष्ट बन्ने हो त्यो कुरा प्रदर्शन गर्नको लागि यहाँ पनि वातावरण तयार गर्नुपर्छ।

नरेन्द्र मोदीको भ्रमणको समयमा तपाई नेपालको प्रमुख पदमा भएको भए कसरी एजेन्डा प्रस्तुत गर्नुहुन्थ्यो?
समृद्व छिमेकी मुलुकको राष्ट्र प्रमुख आउँदा हामीले राम्रो गृहकार्य गर्न आवश्यक थियो। हामीले गरिरहेको गृहकार्य अपूर्ण नै छ। तर पनि यस्तो अवस्थामा केही रणनीतिक योजना बनाउँदा त्यसले मुलुकलाई फाइदा पुग्न सक्छ भने त्यसलाई पनि आत्मसात गर्नुपर्छ। म भारतीय प्रधानमन्त्री पशुपतिनाथको दर्शन गर्न जानुभएको बेलामा कुनै भ्रमणको तालिका बिना जान्थे। तपाई जहाँ पशुपतिनाथ भनेर दर्शन गर्न आउनुभएको छ यो क्षेत्र पनि विद्युत अभावले अन्धकार हुन्छ त्यसैले मोदीजी नेपाललाई अन्धकारबाट मुक्त गराउन सहयोग गर्नुहोस् भन्थे। अहिले यहाँ कुनै जलविद्युत आयोजना निर्माणपछि बिक्रीको बारेमा धेरै बहस, आलोचना भएको छ। मैले कुनै ठूलो जलविद्युत परियोजना निःशुल्क बनाइदिन आग्रह गर्थे। कुनै आयोजना निःशुल्क बन्नेबितिकै अहिले जलविद्युत व्यापार सम्झौंताको विवादको अन्त्य समेत हुने थियो।

राजनीतिक तहमा अहिले सन्धी सम्झौंता नगर्ने भनेर छलफल भइरहेको छ। यदि यो निर्णय हुने हो भने मोदीको भ्रमण पशुपति दर्शन मात्रै हुन्छ होइन?
त्यस्तै हुन्छ। लाभ लिन सकेन भने त्यही हुनसक्छ। कुनैपनि भ्रमणको फाइदा आफ्नो पक्षमा गराउने भनेको आफ्नो काम हो। यो भ्रमण फलदायी नभइसकेको खण्डमा भारतले नेपालको कहिल्यै भलो चिताउँदै भन्नुको अवश्य पनि आफ्नो 'जन्मसिद्व हार्ने' मानसिकता हो।

आफ्नो मत व्यक्त गर्नुहोस्
You can contact us using the following form.
The fields marked by (*) are necessary.
*
*
अन्य समाचार...

How to listen HK Nepali Radio ?

For iPhone User

Open the iPhone and go to the App Store. Download HK Nepali Radio apps or  Nepali FM applications, Browse the HK Nepali Radio and Enjoy live streaming radio on your iPhone eiter through the speaker or by connecting earphones. HK Nepali Radio for iOS

For Android  Users

We have good news for you. Our android application is available in Google Play Store. To download our application, we would like to request you to click here. HKNEPALIRADIO Android apps

Subscribe Our Channel
Latest Comments