Headlines :
आरुषी क्रियशनमार्फत सरीता महर्जनलाई सहयोग | परदेशमा बसेर लेखी टोपल्दा | पूर्वको पर्यटकीय ग्राम भेडेटार नपुगे यात्रा अधुरो | एक हजार तामाङ काटिएको इतिहास | देवकोटा प्राय: भन्थे -- म मर्न चाहन्छु | तीज गीत “झुम्का लगाउँछु“ | विदुषी बुलु शर्माको कथा | युएईमा ससफोको दोश्रो पार्टी एकता दिवस सम्पन्न | सिक्नेचर मुभि – थिन्क पोजिटीभ ग्लोबल क्याम्पिन | मेरो पैतृक अध्यात्मको पाटो | तेह्र बर्षीय गायिका सुबिका राईको प्रथम म्युजिक भिडियो | सबिना गुरुङको चरी चिरिबिरी सार्वजानिक | आठपहरिया राई र दशैं | आमा बित्दा रुने फुर्सद छैन | मेरो भलो चिताउने साथी | मेरी यस्ती एउटी बहिनी | पहिलो प्रेमअनुभूति - राजकुमार दिक्पाल | हामीलाई एक्लै छाडी पन्नाकाजी पनि हिंडे | कीर्तिनिधि विष्टबाट नइलाई ३० लाख | छापामार युवतीको डायरी | ‘सगरमाथा साँझ–३’ आयोजना गरिने | सुरेन्द्र लिम्बू परदेशीलाई अस्वीकृत विचार–साहित्य पुरस्कार साहित्यकार | विश्व साइकल यात्रीले प्याराग्लाईडिङ प्रशिक्षण लिँदै | चेतनायुक्त प्रतिपक्षीय बिचार नै ‘अस्वीकृत बिचार’ हो - डा. कविताराम श्रेष्ठ | विपि प्रतिष्ठानमा सकियो उपकुलपतिको पदावधि, आकांक्षीहरु शक्तिकेन्द्र धाउदै | ’वोझ नहोस् मेरो माया.. | हङकङमा नेपाली भाषा, साहित्य र संस्कृति सप्ताहको रौनक | माओ त्सेतुङ, सुखानीमा हत्या र म | गोयाङको सुगन्ध कृतिलाई २,०२,००२ रुपैयाको पहिचान पुरस्कार | प्रा. डा. कृष्णहरि बराल दुबाईमा सम्मानित | केशर माङयुङको नयाँ गीत ः भिडियो सार्बजनिक | तेजेश्वरबाबु ग्वंगलाई २०७२ सालको 'घटराज पुरस्कार' | Vote for Mira Rai | वाल गायिका प्रीशा श्रेष्ठको 'प्रीशा' | तोडेर नाता जाँदै छु प्रिय तिम्रो नजरबाट - राकेश काफ्ले | गीतकार प्रकाश सुवेदीको ’मनका कुरा तिमीलाई सार्बजनिक | देशदेशान्तरका २०५ जनालाई-सत्यमोहन जोशी शताब्दी पदक | सत्यमोहन जोशी ः शताब्दी पुरुष | सिडी बिजय र मनिशाको पत्ति नमिलेको तास बजारमा | सन्जीव र नलिना पोर्तुगल आउँदै लिस्बोन | ’डढेलोभित्रका सतिसाल’ हङकङमा प्रिमियर | आठपहरिया राई र दशैं | 'सत्यमोहन जोशी शताब्दी पदक' | यूएइमा फोनिज गठन हुने | सडकबाट शिखर पुगेका ब्यक्तित्व | दार्जिलिङले के सिकायो ? अन्तत: सूधपा को हुन् ! | नौ हजार फिटबाट २३ नेपाली उडे | साहसिक हिरो सानोबाबु सुनुवारलाई सम्मान | पाँच फिट अग्लो अभिनन्दन पत्र | साउदीमा प्रवासी नेपालीले मनाए क्वाटीपूर्णे | स्याङजा समितिमा दुई लाख हिनामिना स्याङजाली कान्छासहित निष्कासि | स्वर, सङ्गीत र शब्दका शिखर : गोपाल योञ्जन | गायक सुरेश राना मगर : कुराकानी | गुरुङ तमू समाज मकाउको प्रथम अधिवेशन | मकाउमा सेतो पुतली ः भूकम्प पीडितकालागि पुननिर्माणकालागि सहयोग जुटाउँदै | महाकविका प्रिय कवि श्यामदास वैष्णव भन्छन्- | अम्बर गुरुङ नेपाली आकाशका गीत थिए | पुण्यरश्मिलाई बीपी कोइरालाको सहयोग | ओ...खरबुजा...खरबुजा...! | यूएइमा साकेला उँभौली-५०७६ सम्पन्न | आमाप्रतिको आदर ः आभा मुकारुङ | Mother Tongue Education Rights of Ethnic Minorities | सुटिङ सम्पन्न | कविता - सम्झेर पुर्खा | हङकङमा पूर्खादिवस २०१६ | फोरममा सामूहिक प्रवेश | किरात मञ्च नेपालको सङ्गठन विस्तार | धरानमा प्याराग्लाइडिङ | साइप्रसमा ग्याल्बु ल्होसार भब्य सम्पन्न तथा नयाँ कार्य समिती गठन | बुद्धिसागर बश्याल - अनलाईन वार्ता | त्रिमूर्ति निकेतनमा ११४ औं सम जयन्ती | अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक प्रकाश थापालाई सम्मान | आफ्नोपन बिना बाँच्नुको सार छैन ।- यासेली योङहाङ | सङ्गीतका अमर साधक रत्नबहादुर खड्गी | विश्व शेर्पा संघको तदर्थ समिति गठन | तारादेवी नेपाली गीतगायनमा बहुचर्चित नाउँ | समाज सेवामा अगुवा सँस्था गुदेल शेर्पा किदुग | त्रिमूर्ति निकेतनमा १३२ औं लेखनाथ जयन्ती | क्वाणटम साहित्यको व्याख्याता - डा. मधुकृष्ण श्रेष्ठ | सेप्टेम्बर १, २०१६ देखि प्राथमिक १ कक्षामा भर्ना हन गइरहेका छन् भने | आदिवासी जनजातिको निम्ति समर्पित पेम्बा गेलु शेर्पा | इजरायलमा जनमूक्ति मंचको गठन | सुनगाभा फुल्यो लेकैमा...म्युजिक भिडियो सार्वजनिक | राईलाई ‘नइ धनरूप पुरस्कार’ | राष्ट्रिय एकता खलबलाउने संविधान स्वीकार हुन सक्दैन । | बिबिसी नेपाली सेवाको एकपक्षिय प्रसारण विरुद्ध खेद प्रस्ताव पारित र नेता शेर्पाको रिहाईको माग | एघारौं त्रिमूर्ति दिवस- ९ जना पुरस्कृत १७ ओटा कृति लोकार्पण | न्युयोर्कमा ट्राभलिङ किम्फ सम्पन्न् - देशी विदेशी दर्शकहरुको सहभागीता | शेर्पा किदुक साईप्रसको प्रथम बैठक सम्पन्न | जीवनको अनुवाद र सोम लिम्बू | साईप्रसमा महिलाहरूको वर्चस्व रहेको शेर्पा किदुक गठन | सबैको गुरुमा - भारती ओख्राबो | साईप्रसमा राजनैतिक पार्टी र विध्यार्थी एकता | गीत-सङ्गीतमा लाग्नेहरूले कहिल्यै एक्लो हुनुपर्दैन ।- केन्जुमा सुब्बा | माया ठकुरी ‘नेपाली साहित्य नारी रत्न’ घोषित | “सक्छौ भने युद्ध गर्न आऊ भनेर राज्यले हामीलाई निम्तो दियो” : डा. ओम गुरुङ | हङकङ र मकाउको सफलता पछि किम्फ अब अमेरिकाको न्यूयोर्कमा | शेर्पा संघ, यूरोपको तेश्रो महाधिवेशन सन् २०१६ को लोसारमा आयोजना हुँदै | बैँककमा जम्बो कार्यक्रम 'चुम्लुङ' सम्पन्न | नामी तर दुखी शान्ति मास्के | १२ भाषाका ज्ञाता : हेमचन्द्र पोख्रेल | कवि रण काफ्ले भारतमा पूर्वोत्तर हिन्दी एकादमीबाट सम्मानित | भयवाद दर्शनको पुस्तकलाई दुईवटा अन्तर्राष्ट्रिय अवार्ड | सावधान सरकार ! खबरदार सरकार ! | हङकङको नेपाली साहित्यकार, गीतकारहरुमा नाम छुटाउन नहुने व्यक्ति-- डीबी पालुङ्वा | हङकङमा समवेदना व्यक्त गर्न मैनबत्ती प्रज्वलन कार्यक्रम | पुर्खा दिवस र थपिएका अर्थ | हङकङमा पुर्खादिवस सम्पन्न | द युनिभर्सीटी अफ हङकङमा भयवाद्का कुरा | गाउँमा के गर्न सक्छु भनेर सोची रहेको छु – गौतम सागर राई | हङकङमा पुर्खादिवसको भव्य तयारी | अबका नेपाली पुस्ताले आफ्नै जन्मथलोमै ब्यवस्थित जीवन यापन गर्न सकून् -कर्मा छिरिङ शेर्पा(बेलायत) | आफ्नै जन्मगाउँका उकाली-ओरालीले गायिका बनायो । -रत्ना बराईली(लोक-गायिका) | ‘मनभरी चोट भए पनि दर्शकसँग हाँस्नु पर्छ ।‘ - लाक्पा शेर्पा(अमोद) | आफ्नो भाषा-सँस्कृति-धर्म-भेष अँगालेर कला-कर्ममा प्रयोग गर्दा सुहाएको जस्तो लाग्छ । --बरधोज | आँसु झारेँ धेरै-धेरै केवल तिम्रैलागि--ईशा लावती लिम्बू(गीतकार) | मानध्वजको चरित्रले मलाई नै रुवाउँछ । ___ मौसम ईम्बुङ(चेसुङका लेखक-निर्देशक) | ‘गायिका नै बन्छु’ भन्ने जवाफ नदिए पनि गायिका नै बनेँ' -- आभा मुकारुङ | किम्फका उत्कृष्ट | बालकृष्ण समको सङ्क्षिप्त परिचय | शिक्षा र ज्ञानले मानसिक, शारीरिकरुपले सबल तुल्याउँछ - जुनिता लिम्बू | निदै छैन आँखामा --गायिका जशोदा सुब्बा | संगीतकार गणेश गुरुङका बारेमा र केहि सम्झना | गायिका तायाहाङमा राईको दोस्रो एल्बम ‘तराना’ सार्वजनिक | कुशल गायक- कुशल थलङ | मलाई टिपिकल कला-सँस्कृतिप्रति रुची छ -सुमी लिम्बू(नृत्यकार/मोडल)-बर्मा, हाल: बैँकक | कलाको गला | चीनकी दीपा एवाईको योगदानबारे चर्चा | छुटेका पाइलाकी स्रष्टा-- बुलु शर्माबाट नइलाई छ लाख | बजगाईंको कथासङ्ग्रह ‘कमरेड भाउजू’ सार्वजनिक | हङकङमा नेपाली सप्ताह २०१४ सम्पन्न | अल्बम बेचेर आमाघरलाई सहयोग | शताब्दी पुरुषको स्वास्थ्यमा सुधार -- सरकारबाट १० लाख रुपियाँ प्रदान | त्रिमूर्ति निकेतनमा १३१ औं लेखनाथ जयन्ती | हङकङमा नेपाली साहित्य लेखन ज्यादै उर्बर छ - टंक सम्बाहाम्फे | सरकारले पनि डा.जोशीलाई शताब्दी पुरुषको सम्मान दिने डा.जोशीलाई १०१ ओटा अभिनन्दनपत्रहरु प्रदान | एडिबीको ऋण सम्झौता | विश्व नेपाली स्रष्टा कोश प्रकाशित गरिने | नौजनालाई नइ बाल पुरस्कार प्रदान | गरीबीले भोकै मरे फरक पर्दैन, तर सँस्कृति-सँस्कारहीन हुनु साँच्चीकै समाप्त हुनु हो --- मनोज साङसोन | ओराङफुङ जस्तै गायिका देशु सुहाङ | महाकवि देवकोटाबारे केही जानकारी | त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती | नौ जनालाई नइ देरुनीखपू बाल पुरस्कार | यूएइमा पत्रकारिता तालिम सम्पन्न | एचके नेपाली रेडियोका कुरा | TEARLESS EYES_Story by Vijay Kangmang | किरात राई यायोक्खा यूएइ शाखाको पाँचौ अधिवेशन सम्पन्न- | भलिबल प्रतियोगिता सम्पन्न, स्क्याड समुह प्रथम | पारिजातको जीवनकथा | हङकङमा धरानेहरुको बृहत जमघट | अमिलो पानीपुरी र पिरो चटपटेले १ लाख ८० हजार संकलन गर्यो | नइ भूपाल दुर्गा पुरस्कारको स्थापना | सम्भावना बोकेका सर्जकहरू हुनुहुन्छ,साहित्यिक एकता भने देखिन्न- बिद्रोही साइला | यूएईमा नेपाली कल्चर शो | उत्कृष्ठ सभासद छनौट प्रक्रियाको शुभारम्भ | हङकङमा प्राथमिक विद्यालय भर्नाहुन चाहाने विधार्थीहरुकालागि | 'माई प्रोमिस' धरानमा प्रिमियर | Apple Announces Apple Watch, Available in Early 2015 | डिभिजन-३ को लागि१८ जनाको नाम सार्बजनिक | हामी आफैँभित्र पनि अमूर्त अनेक शक्ति, स्रोत र सम्भावना छन् -खगेन्द्र पन्धाक | भयवाद विश्वको कान्छो र नौलो दर्शन हो – देश सुब्बा | सधैं अरुको भलाइँ गरिरहने सरला गुरुङको कलायात्रा | गीतसंगीत साधकहरुकालागि प्रिय साथी, असल नेपाली – राजु गुरुङ | लोकप्रिय गिटारिष्ट यादव राई | धरान हङकङ मञ्च : १५ औं वार्षिक उत्सव भव्यरुपमा हङकङमा मनाउने | गजल रचनाका प्राथमिक आधारभूत केहि तत्व र नियमहरु | अभाङ्गगार्ड, खलिल जिब्रान र हाम्रा नानीहरू | STORY- The Second State | मातृभाषाको विकास र चुनौतीहरु | टेरिया मगरको राहदानीमा समस्या ; युएईको कार्यक्रम स्थगन | iPhone 6 -- Apple's 2014 iPhone, debuting September 9 | हराएका राहदानीको विवरण इन्टरपोलको वेबसाइटमा | Stay alert against communicable diseases in new school year | नेपाली संगीतमा ‘आरोही’ : पहिलो एकल अल्बम लिएर आए सुनिता र अनुशील | विश्व आदिवासी दिवस | के हो यो ALS र Ice Bucket Challenge? | मानवीय सहयोगकालागि हङकङमा मेलोडी नाइट | राजेशपायल राई हङकङमाः असाह्य बालबालिकाहरुको शिक्षदीक्षाकालागि ५० हजार दिने घोषणा | नेपालीको सान जितू राई बने विश्वको नं. १ खेलाडी | Philosophy of Fearism | D. B. Chitrakar | Quality of life | 'भारतसँग राजनीतिक तहमै समस्या समाधान गर्नुपर्छ' | तेरिया अव युएईमा | हङकङका ८ नेपालीलाई ‘भानुभक्त स्वर्ण पदक’ | नेपाली साहित्यका महारथी गणेशबहादुर प्रसाईको निधन | जोशीलाई पाँच लाख रुपियाँ सहित शताब्दी पुरुष | आदिकवि भानुभक्त आचार्यको जीवनी | २५ स्रष्टाहरूलाई ‘भानुभक्त काव्य पुस्कार’ | रक्तदाताहरुलाई रेडक्रसको सम्मान, जगतअम्बू गुरुङ सम्मानित | भारतीय गोर्खाहरुको विविध साँस्कृतिक कार्यक्रम | हङकङमा विश्व काव्य यात्रा भव्यरुपमा सम्पन्न- कवि चौधरी नेपाली विधार्थीहरुसँग | हङकङमा भव्य पूर्खादिवस | The Nepalese community in Hong Kong looks to preserve Gurkha legacy | राजा महेन्द्रको हृदयाघात र कीर्तिनिधि विष्ट | विश्वभर छरिएका गोर्खाली समाधिहरु | इन्टिग्रेसन, चिनियाँ भाषा अनि हाम्रा आवश्यकताहरू | Minorities face challenges in the classroom | बालकृष्ण समको सङ्क्षिप्त परिचय | कविहरूका पनि कवि ‘कविशिरोमणि’ लेखनाथ पौड्याल | समग्र जीबनको सांगीतिक अन्तर्मन्थन “गह” | एक विशिष्ट सांगीतिक कार्यक्रमः अम्बर गुरुङ रात्री | भूगोलमा नारायणगोपाल | त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती | देवकोटाको राँचीबास किन ? | देवकोटाले कहिले पागल लेखे ? | शुसिल नेवा बने मिस्टर हङकङ नेपाल २०१३ | झुक्तै नझुक्ने नेपाली शिर अर्थात् डा.वानीरा गिरी | नेपाली आधुनिक गीतका लोकप्रिय गायक फत्तेमान | हङकङको नेपाल | नेपाली भाषा साहित्य र डायस्पोरा | श्रीहरि, सरुभक्त र मञ्जु काँचुलीलाई त्रिमूर्ति पुरस्कार | पाट ह्योङ सेन्ट्रल प्राइमरी स्कुलको दिक्षान्त समारोह सम्पन्न | पराजुलीत्रयको सांगीतिक कार्यक्रम हुने | विष्णुनन्द चाम्लिङ राईको गीति संग्रह ‘सम्झौता‘ | विश्व नारी रत्नः वानीरा गिरी | प्रकाश सायमी दाइसँग सात दिन | पूर्वमा पर्यटन मेला | नेपाली क्रिकेटको कुरा | स्तम्भ लेखनबाट म विदा | नयाँ वर्षमा च्याम्बरको डाइरेक्टरी | एउटा ज्यूँदो मान्छे अनङगनाथ पौडेल | जनजाति महासंघको उद्घोष– अनसन र तालाबन्दी | हङकङमा पुर्खादिवस 2013 | नेपालका गौरवः लैनसिंह वाङ्देल | पहिलो दैनिक पत्रिकाको सम्पादक- गोविन्द मल्ल गोठाले | सेवाका आदरणीय- त्रैलोक्यनाथ श्रेष्ठ | मुलुकलाई निरंकुशतर्फ धकेल्ने षड्यन्त्रः राजकुमार लेखी | पहिचानको बिरुद्धमा उत्रनेहरू सबै जातिबादी हुन : अशोक राई | महिला दिवसमा कार्यशाला गोष्ठी | ‘रोहितको आकृति’को लोकार्पण | लिम्बू भाषाको चलचित्र “केःवा कोःक्मा“ हङकङमा प्रदर्शन गरिने | नेपाली बास्केटबल टिमलाई प्रोत्साहन | सुनसरी उद्योग वाणिज्य संघमा राजेन्द्र श्रेष्ठ | महावाणिज्यदूत नियुक्ति बदर गर्न विरोधसभ | नेपाली काग्रेसको दोस्रो धरान नगर भेलामा तनाव | थापा हत्याको विरोधमा चौतारी | दुबईमा बनभोजसंगै उधौली साकेल | किरायाद्धारा यूएईमा एक महिलाको उद्धार | जाडो बढ्यो नेपालमा | धरानमा फेरि सडक उत्सव | तुवाचुङ जायजुम सहयोग समिति गठन | किराँत विभूति इमानसिंह चेम्जोङ | राजन मुकारुङसंग साक्षात्कार | त्रिमूर्तिमा १२८औं लेखनाथ जयन्ती सम्पन्न | हङकङमा नेपाली सप्ताह २०१२ | काठमाडौँ विश्वविद्यालयको अठारौँ दीक्षान्त समारोह (दोस्रो कार्यक्रम) सम्पन्न | पहलमानसिंह स्वार-जीवनी | १४ अञ्चलमा विश्व नारी नेपाली साहित्य सम्मेलन गठन | शुटिङ रिपोर्टः कवि राई | अनाम सडकमाः जातीय एकताको संदेश | संघीय समाजवादी पार्टीको हङकङ तदर्थ समिति गठन | पहिलो समालोचना पुरस्कार समर्पण | धरानको खानेपानी समस्या समाधान गर्न एडिविले सहयोग गर्ने | आदिकवि भानुभक्त आचार्यको लघु जीवनी | गायक राजेश पायल राई नमस्ते यूरोप सांगीतिक यात्रामा स्वीटजरल्याण्ड पछि जर्मनी र बेल्जियम आउदै | भारतको आसाम राज्यको हवाइपुरमा “नेपाली साहित्यमा भयवाद” | नेपालबाहिर रहेका नेपालीहरुको प्रतिनिधि नायक ध्रुव दत्त | मायादेवी राईसँगको कुराकानी | विश्वभर छरिएका गोर्खाली समाधिहरु | प्रकृतिगामी --कथा | सर्वप्रिय कम्युनिष्ट ः जसुदा राई | गोर्खाः ईज्जत, इमान अनि प्रेष्टीज | नौकन्यालाई नइ देरुनिखपू बाल पुरस्कार प्रदान | सानैमा ठूली - शारदा अधिकारी | हङकङमा महाकवि देवकोटाजयन्ती २०१२ सम्पन्न | साब्लाबुङ | नेपाली जातीय कवि -पं.धरणीधर शर्मा | तेक्वान्दो प्रतियोगितामा हङकङेली नेपाली खेलाडहरुलाई सफल्ता |
Recent Events
Most Read
Book Reviews
Philosophy of Fearism: Life is conducted, directed and controlled by the fear."1. ‘Fearism is a gift to the world from Nepali.’ Prof. Dr Tanka Prasad Neupane, Chairman, Fearism Study Centre: Baicharik Chintan, 2066 v.s. 2. ‘Fearism of Desh Subba has shake
विस्तृत समाचार
VIEW ALL
समाचार »
अन्तरवार्ता
हङकङमा नेपाली साहित्य लेखन ज्यादै उर्बर छ - टंक सम्बाहाम्फे

हङकङमा नेपाली भाषा साहित्यकालागि भइरहेका हर प्रयासहरुमा सबैभन्दा अग्रपंक्तिमा रहेर नेपाली साहित्य वाङ्मयको विकास, संरक्षण र संवद्र्धनको क्षेत्रमा सक्रिय, हङकङमा नेपाली साहित्यको प्रमुख व्यक्तित्व – हङकङ नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष टंक साम्बाहाम्फेसँग आलोपालो डटकमकालागि गरिएको कुराकानी यहाँ प्रकाशित गरिएको छ । आलोपालो डटकम नेपाली भाषा, साहित्य एवं समाजको बृहत्तर हितमा लाग्नेहरुको लेख, रचना, अन्तरवार्ता र जीवनीहरु यहाँ प्रकाशित गरिरहेका छौं ।

१. टंक सम्बाहाम्फेज्यू तपाईलाई के भनेर बोलाउ ?कवि,गीतकार वा अरु केही ?

>> मलाई जसरी बोलाए पनि हुन्छ । म गीत,कविता,गजल देखि लिएर प्राय सबै विधामा कलम चलाउने गर्छु । अथवा एउटा सरल नेपालीको रुपमा बोलाए पनि हुन्छ । म नेपाली हु ।  

२. तपाईको कविता र गीत बिधामा भने साच्चिकै चर्चामा हुनुहुन्छ ? के भन्नुहुन्छ तपाई ?

>> कविता र गीत बिधा मैले सबै भन्दा बढी हात चलाउने विधा हो त्यसैले अलि बढी नै लेख्ने गर्छु लेखि रहेको छु । त्यसैले यो विधामा मेरो नाम अगाडी आउनु स्वभाविकै हो । र जसले चर्चा गर्न योग्य लेख्छ उसको चर्चा हुन जरुरी पनि छ । यसमा म के भनौ कामले चर्चा पाउने हो मैले त्यो काम गरेको छु त्यसकारण मेरो चर्चा भएको हुन पर्छ ।

३. कविज्यू, तपाईको कविता संग्रहको बारेमा बताउँनुहोस् न ?

>> मेरो कबिता संग्रह बि.स.२०५७ सालमा युद्धभित्र उभिएका बुद्धहरु नेपाली साहित्य प्रतिष्ठान,हंगकंगद्वारा प्रकाशित भएको हो । त्यसपछि म निरन्तर कविता लेखन मै छु प्रकाशनको काम थाती राखेर । बरु अरु २ सिडी एल्बम निकाले त्यसबीचमा । यो संग्रहको बारेमा म के भनौ मैले जुन कुरालाई फोकस गरेर लेखेको थिए त्यसमा सफल भएको ठान्छु । मैले भन्दा बढी ९ जना समिक्षकहरुले यो कविता संग्रहको बारेमा बोल्नु भएको छ ।

४. तपाईहरु रेखा कविता आन्दोलनमा हुनुहुन्छ ? रेखा भनेको के हो ?
>> हो म रेखा कविता लेखन आन्दोलनमा छु अथवा छौ म लगायत १२ जना नेपाली कविहरु । छोटकरीमा रेखालाई जीवन र जगतलाई जोड्ने सेतुको रुपमा परिभाषा गरेका छौ । यसका छ मान्यताहरु छन् । १. समानता २. क्षेत्रता३. सामयिकता ४. सहनशीलता ५. अलङ्कारिता ६.रेखीय प्रस्तुति रहेका छन ।

५. रेखा कविता आन्दोलनको गतिविधिहरु सुनाउँनुहोस् न ?

>> रेखा साहित्य लेखनको जन्म सन् २०१० सेप्टेम्वर १२ तारीख देखि औपचारीक रुपमा भएको हो । त्यसपछि लगातार फेसबुक मार्फत रेखा कविता लेखन म लगायत १२ जना नेपाली कविहरुले बिश्वब्यापी लेख्दै आएका छौ । सन् २०११ मा सबैभन्दा पहिले काठमाडौको गुरुकुलमा रेखा कविता बारे मैले व्याख्या गरेको थिए । जहा रेखा कवि अतित मुखियाको रेखा काब्य अचानो आहतको बिमोचन पनि भएको थियो । त्यसपछि  बाणी प्रकाशन बिराटनगर र दमक क्याम्पसमा रेखा कविता वाचन तथा बिशेष बिमर्श गरिएको थियो । सन् २०१४ को जुलाई महिनामा पुन बाणी प्रकाशन बिराटनगर र महेन्द्र बहुमुखी क्याम्पस धरानमा  रेखा कविता वाचन तथा बिशेष बिमर्श कार्यक्रम सम्पन्न भएको छ । साथै रेखा कवि अतित मुखियाको अर्को नया रेखा कविता संग्रह प्रकाशनको क्रममा रहेको छ । समयको माग अनुरुप काम भैरहेको जानकारी गराउन चाहन्छु ।

६. तपाई गीत लेखनमा चर्चित हुनुहुन्छ नि ?  हिजोआज के गर्दै हुनुहुन्छ ?

>> गीत नै मेरो जीवन जस्तो लाग्छ त्यसैले हरबखत गीत लेखि रहन्छु । मानबिय संवेदनालाई छुने खालको बढी गीत लेख्ने भएकोले पनि चर्चा भएको हुनु पर्छ । मनोभाब र सार एल्बममा यस्तै प्रकारको गीत बढी समेटेको छु त्यसैले ती दुई एल्बमहरु चर्चामा आएका हुन । जसको चर्चाले सर्जकलाई पनि चर्चित बनाएको हुनु पर्छ । हिजोआज म घरयासी काम संगै साहित्य लेखनमा सक्रीय नै छु ।

७. हङकङको नेपाली साहित्य बारेमा केही बताउँनुहोस् न ?

 >>> हङकङमा नेपाली साहित्य लेखन ज्यादै उर्बर छ । यहिबाट विभिन्न बिचारहरुको उत्पादन भएको छ । भयवाद ,रेखा कविता लेखन,समुच्च विचार र चाउचाउ साहित्य । पुस्तक र साहित्यिक पत्रिका पनि प्रकाशनमा आईरहेका छन् । नेपाली भाषा पढाई हुने बिद्यालयमा पनि नेपाली साहित्यको बिबिध विधामा बिद्यार्थीहरुले कलम चलाउदै छन् । मासिक रुपमा  हङकङ साहित्यिक साझा श्रीङ्खाला ३० औ भाग पूरा भएको छ । फेसबुक मार्फत त्यतिकै लेख रचना आईरहेका छन् ।यसलाई मुल्यांकन गर्ने हो भने हंगकंगमा नेपाली साहित्य लेखनको स्थिति राम्रै भएको अनुमान गरेको छु ।

८. तपाई हङकङ नेपाली साहित्य प्रतिष्ठानको अध्यक्ष हुनुहुन्छ ? तपाईको संस्थालाई यहाँको केही साहित्यकारहरुले ब्यानरसम्म फेर्दैन भन्ने आरोप लगाउँछन नी ?

>>> हजुर अहिले सम्म नेपाली साहित्य प्रतिष्ठान हङकङको अध्यक्ष पदमा बहाली नै छु । किनभने अरु चलाउने व्यक्ति आउनु भएको छैन त्यसैले मैले चलाउनु मेरो कर्तब्य पनि हो । यहाँको केही साहित्यकारहरुले ब्यानरसम्म फेर्दैन भन्ने आरोप मात्र भन्दा पनि हल्ला मात्र हो । ब्यानर फेर्न आउनेलाई बाटो खुल्ला छ किनकि नेपाली साहित्य प्रतिष्ठान हङकङ चलाउने मैले मात्र ठेक्का लिएको छैन । यो सबैको साझा संस्था हो ।

९. नेपाली साहित्य प्रष्ठिानको आगामी कार्यक्रमहरु केही छन् की ?

>>> नेपाली साहित्य प्रतिष्ठान हङकङको आगामी कार्यक्रम सदा झैँ लेखन तथा प्रकाशनलाई नै बढवा दिने हो ।हालसम्म प्रतिष्ठानले  छरिएको सिन्दूर -कथा सङग्रह-(वि.सं.२०५७),युद्धभित्र उभिएका वुद्धहरु -कविता सङग्रह(वि.सं.२०५८),त्यान्द्रो-उपन्यास-(वि.सं.२०५९),यथार्थका चोइटाहरु -संयुक्त कथासङग्रह-(वि.सं.२०६०),भयवादः वैचारिक चिन्तन - वैचारिक लेखसङग्रह-(वि.सं.२०६६) केवल गंगा गुरुङका कविताहरु -कविता संग्रह –(२०६७) दीप्स शाह ( आगो दोश्रो संस्करण २०११) कृष्ण कला वनेम (बिर्सिएका गीतहरु २०११) विसंगति  २०१३ कविता संग्रह र हालासालई हाङ्गपाल आङ्गबुहांग - च्याब्रुङ्गको आवाज २०१४ हाईकु संग्रह प्रकशित गरेको छ ।

१०. हङकङका नेपाली साहित्यकारहरु साह्रै विभाजित भइरहेका छन् भनिन्छ नी ?

>>>  हङकङका नेपाली साहित्यकारहरु साह्रै विभाजित भएको कुरा हल्लामा मात्र आएको हो । तर हामी हङकङका नेपाली साहित्यकारहरु कतै विभाजित भएका छैनौ । विचारको फरक हुनु भन्ने कुरा अर्कै हो तर हामी समझादारिता छ । हामी समग्रमा हिडी रहेका छौ । हाम्रो गन्तब्य एउटै हो नेपाली भाषा साहित्यको लेखन तथा अभिवृद्धि गर्नु हो ।

११. नेपाली भाषा विकासकालागि हामी के गर्न सकिन्छ ?

>>> नेपाली भाषा विकासकालागि हामीले हंगकंगमा धेरै काम गर्न सक्छौ र गरि पनि रहेका छौ । पुस्तकालय स्थापना,यहा अध्यायन गर्ने बिद्यार्थीहरुमा साहित्य सम्बन्धि गोष्ठी गरेर अगाडी बढ्न सकिन्छ । यहा बसोबास गर्ने नेपाली साहित्यकारहरुलाई प्रोत्साहन स्वरुप सम्मान तथा पुरस्कारको व्यस्था साथै पुस्तक प्रकाशन गरिदिएर नेपाली भाषा विकास गर्न सकिन्छ । अर्को कुरा विधिवत हंगकंग सरकारको अनुसूचीमा नेपाली भाषा दर्ता गरेर अगाडी बढ्न सकिन्छ । नेपाली भाषामा लेखिएका रचनाहरुलाई चाईनिज भाषामा अनुबाद गरेर नेपाली भाषालाई अरुको सामु चिनाउन सकिन्छ ।

१२. हङकङको नेपाली समाजको उन्नति प्रगति के कसरी गर्न सकिएला ?

>>> हङकङको नेपाली समाजको उन्नति प्रगति गर्ने उपायहरु धेरै छन् । त्यो मध्ये एक नेपाली साहित्यको अभिवृद्धिले पनि हङकङको नेपाली समाजको उन्नति प्रगति हुन्छ । किनभने साहित्य भनेको नै बौद्धिकतामा पर्दछ । सबै भन्दा पहिले मानिसको बौद्धिक विकास वा चेतना अगाडी बढ्न जरुरी छ । त्यस्तै हङकङको नेपाली समाजको उन्नति प्रगति गर्ने उपायहरु अरु पनि छन् । त्यसको लागि आफ्ना आफ्नै स्तरबाट अघि बढ्न जरुरी छ । सीप,शिक्षा,बौद्धिकता,आर्थिक र राजनीतिक हिसाबले ससक्त ढंगमा अगाडी बढ्न सकियो भने हङकङको नेपाली समाजको उन्नति प्रगति चाडै अगाडी बढेर जाने कुरामा म बिश्वस्त छु ।

१३. विश्वका नेपाली भाषा साहित्य प्रेमीहरुलाई केही भनी दिनुहोस् न ?

>>> बिश्वभर छरिएर रहनु भएका नेपाली भाषा साहित्य प्रेमीहरुलाई म के भन्न चाहन्छु भने आआफ्नै ठाउबाट नेपाली भाषा साहित्य,वांगमयको लागि अगाडी बढौ । अभिवृद्धि र बिकासको लागि हामी विदेश रहेर पनि केहि गर्न सक्छौ । पुस्तक प्रकाशन,लेखन,अध्यायन संगसंगै स्रष्टाहरुको सम्मानको लागि पुरस्कारहरु समेत विदेशबाटै स्थापना भएका छन् । एउटै हातेमालोमा उनिएर नेपाली भाषा साहित्य,वांगमयको लागि एकजुट हौ । म यहि आव्हान गर्न चाहन्छु । हामीले पनि हङकङ बसेर नेपाली भाषा साहित्य अभिवृद्धि गर्न केहि काम निरन्तर गरिरहेका छौ । धन्यबाद ।

आफ्नो मत व्यक्त गर्नुहोस्
You can contact us using the following form.
The fields marked by (*) are necessary.
*
*
अन्य समाचार...

How to listen HK Nepali Radio ?

For iPhone User

Open the iPhone and go to the App Store. Download HK Nepali Radio apps or  Nepali FM applications, Browse the HK Nepali Radio and Enjoy live streaming radio on your iPhone eiter through the speaker or by connecting earphones. HK Nepali Radio for iOS

For Android  Users

We have good news for you. Our android application is available in Google Play Store. To download our application, we would like to request you to click here. HKNEPALIRADIO Android apps

Subscribe Our Channel
Latest Comments