Headlines :
राष्ट्रिय विभूति: महागुरू फाल्गुनन्दको जीवनी | आरुषी क्रियशनमार्फत सरीता महर्जनलाई सहयोग | परदेशमा बसेर लेखी टोपल्दा | पूर्वको पर्यटकीय ग्राम भेडेटार नपुगे यात्रा अधुरो | एक हजार तामाङ काटिएको इतिहास | देवकोटा प्राय: भन्थे -- म मर्न चाहन्छु | तीज गीत “झुम्का लगाउँछु“ | विदुषी बुलु शर्माको कथा | युएईमा ससफोको दोश्रो पार्टी एकता दिवस सम्पन्न | सिक्नेचर मुभि – थिन्क पोजिटीभ ग्लोबल क्याम्पिन | मेरो पैतृक अध्यात्मको पाटो | तेह्र बर्षीय गायिका सुबिका राईको प्रथम म्युजिक भिडियो | सबिना गुरुङको चरी चिरिबिरी सार्वजानिक | आठपहरिया राई र दशैं | आमा बित्दा रुने फुर्सद छैन | मेरो भलो चिताउने साथी | मेरी यस्ती एउटी बहिनी | पहिलो प्रेमअनुभूति - राजकुमार दिक्पाल | हामीलाई एक्लै छाडी पन्नाकाजी पनि हिंडे | कीर्तिनिधि विष्टबाट नइलाई ३० लाख | छापामार युवतीको डायरी | ‘सगरमाथा साँझ–३’ आयोजना गरिने | सुरेन्द्र लिम्बू परदेशीलाई अस्वीकृत विचार–साहित्य पुरस्कार साहित्यकार | विश्व साइकल यात्रीले प्याराग्लाईडिङ प्रशिक्षण लिँदै | चेतनायुक्त प्रतिपक्षीय बिचार नै ‘अस्वीकृत बिचार’ हो - डा. कविताराम श्रेष्ठ | विपि प्रतिष्ठानमा सकियो उपकुलपतिको पदावधि, आकांक्षीहरु शक्तिकेन्द्र धाउदै | ’वोझ नहोस् मेरो माया.. | माओ त्सेतुङ, सुखानीमा हत्या र म | हङकङमा नेपाली भाषा, साहित्य र संस्कृति सप्ताहको रौनक | गोयाङको सुगन्ध कृतिलाई २,०२,००२ रुपैयाको पहिचान पुरस्कार | प्रा. डा. कृष्णहरि बराल दुबाईमा सम्मानित | केशर माङयुङको नयाँ गीत ः भिडियो सार्बजनिक | तेजेश्वरबाबु ग्वंगलाई २०७२ सालको 'घटराज पुरस्कार' | Vote for Mira Rai | वाल गायिका प्रीशा श्रेष्ठको 'प्रीशा' | देशदेशान्तरका २०५ जनालाई-सत्यमोहन जोशी शताब्दी पदक | गीतकार प्रकाश सुवेदीको ’मनका कुरा तिमीलाई सार्बजनिक | तोडेर नाता जाँदै छु प्रिय तिम्रो नजरबाट - राकेश काफ्ले | सत्यमोहन जोशी ः शताब्दी पुरुष | सिडी बिजय र मनिशाको पत्ति नमिलेको तास बजारमा | सन्जीव र नलिना पोर्तुगल आउँदै लिस्बोन | ’डढेलोभित्रका सतिसाल’ हङकङमा प्रिमियर | आठपहरिया राई र दशैं | 'सत्यमोहन जोशी शताब्दी पदक' | यूएइमा फोनिज गठन हुने | दार्जिलिङले के सिकायो ? अन्तत: सूधपा को हुन् ! | सडकबाट शिखर पुगेका ब्यक्तित्व | नौ हजार फिटबाट २३ नेपाली उडे | साहसिक हिरो सानोबाबु सुनुवारलाई सम्मान | पाँच फिट अग्लो अभिनन्दन पत्र | साउदीमा प्रवासी नेपालीले मनाए क्वाटीपूर्णे | स्याङजा समितिमा दुई लाख हिनामिना स्याङजाली कान्छासहित निष्कासि | स्वर, सङ्गीत र शब्दका शिखर : गोपाल योञ्जन | गायक सुरेश राना मगर : कुराकानी | गुरुङ तमू समाज मकाउको प्रथम अधिवेशन | मकाउमा सेतो पुतली ः भूकम्प पीडितकालागि पुननिर्माणकालागि सहयोग जुटाउँदै | महाकविका प्रिय कवि श्यामदास वैष्णव भन्छन्- | अम्बर गुरुङ नेपाली आकाशका गीत थिए | पुण्यरश्मिलाई बीपी कोइरालाको सहयोग | यूएइमा साकेला उँभौली-५०७६ सम्पन्न | ओ...खरबुजा...खरबुजा...! | आमाप्रतिको आदर ः आभा मुकारुङ | Mother Tongue Education Rights of Ethnic Minorities | सुटिङ सम्पन्न | कविता - सम्झेर पुर्खा | हङकङमा पूर्खादिवस २०१६ | फोरममा सामूहिक प्रवेश | किरात मञ्च नेपालको सङ्गठन विस्तार | धरानमा प्याराग्लाइडिङ | साइप्रसमा ग्याल्बु ल्होसार भब्य सम्पन्न तथा नयाँ कार्य समिती गठन | बुद्धिसागर बश्याल - अनलाईन वार्ता | त्रिमूर्ति निकेतनमा ११४ औं सम जयन्ती | अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक प्रकाश थापालाई सम्मान | आफ्नोपन बिना बाँच्नुको सार छैन ।- यासेली योङहाङ | सङ्गीतका अमर साधक रत्नबहादुर खड्गी | विश्व शेर्पा संघको तदर्थ समिति गठन | तारादेवी नेपाली गीतगायनमा बहुचर्चित नाउँ | समाज सेवामा अगुवा सँस्था गुदेल शेर्पा किदुग | त्रिमूर्ति निकेतनमा १३२ औं लेखनाथ जयन्ती | सेप्टेम्बर १, २०१६ देखि प्राथमिक १ कक्षामा भर्ना हन गइरहेका छन् भने | क्वाणटम साहित्यको व्याख्याता - डा. मधुकृष्ण श्रेष्ठ | आदिवासी जनजातिको निम्ति समर्पित पेम्बा गेलु शेर्पा | इजरायलमा जनमूक्ति मंचको गठन | सुनगाभा फुल्यो लेकैमा...म्युजिक भिडियो सार्वजनिक | राईलाई ‘नइ धनरूप पुरस्कार’ | राष्ट्रिय एकता खलबलाउने संविधान स्वीकार हुन सक्दैन । | बिबिसी नेपाली सेवाको एकपक्षिय प्रसारण विरुद्ध खेद प्रस्ताव पारित र नेता शेर्पाको रिहाईको माग | न्युयोर्कमा ट्राभलिङ किम्फ सम्पन्न् - देशी विदेशी दर्शकहरुको सहभागीता | एघारौं त्रिमूर्ति दिवस- ९ जना पुरस्कृत १७ ओटा कृति लोकार्पण | शेर्पा किदुक साईप्रसको प्रथम बैठक सम्पन्न | जीवनको अनुवाद र सोम लिम्बू | साईप्रसमा महिलाहरूको वर्चस्व रहेको शेर्पा किदुक गठन | सबैको गुरुमा - भारती ओख्राबो | साईप्रसमा राजनैतिक पार्टी र विध्यार्थी एकता | माया ठकुरी ‘नेपाली साहित्य नारी रत्न’ घोषित | गीत-सङ्गीतमा लाग्नेहरूले कहिल्यै एक्लो हुनुपर्दैन ।- केन्जुमा सुब्बा | “सक्छौ भने युद्ध गर्न आऊ भनेर राज्यले हामीलाई निम्तो दियो” : डा. ओम गुरुङ | हङकङ र मकाउको सफलता पछि किम्फ अब अमेरिकाको न्यूयोर्कमा | शेर्पा संघ, यूरोपको तेश्रो महाधिवेशन सन् २०१६ को लोसारमा आयोजना हुँदै | बैँककमा जम्बो कार्यक्रम 'चुम्लुङ' सम्पन्न | नामी तर दुखी शान्ति मास्के | १२ भाषाका ज्ञाता : हेमचन्द्र पोख्रेल | कवि रण काफ्ले भारतमा पूर्वोत्तर हिन्दी एकादमीबाट सम्मानित | भयवाद दर्शनको पुस्तकलाई दुईवटा अन्तर्राष्ट्रिय अवार्ड | सावधान सरकार ! खबरदार सरकार ! | हङकङको नेपाली साहित्यकार, गीतकारहरुमा नाम छुटाउन नहुने व्यक्ति-- डीबी पालुङ्वा | हङकङमा समवेदना व्यक्त गर्न मैनबत्ती प्रज्वलन कार्यक्रम | पुर्खा दिवस र थपिएका अर्थ | हङकङमा पुर्खादिवस सम्पन्न | गाउँमा के गर्न सक्छु भनेर सोची रहेको छु – गौतम सागर राई | द युनिभर्सीटी अफ हङकङमा भयवाद्का कुरा | हङकङमा पुर्खादिवसको भव्य तयारी | अबका नेपाली पुस्ताले आफ्नै जन्मथलोमै ब्यवस्थित जीवन यापन गर्न सकून् -कर्मा छिरिङ शेर्पा(बेलायत) | आफ्नै जन्मगाउँका उकाली-ओरालीले गायिका बनायो । -रत्ना बराईली(लोक-गायिका) | ‘मनभरी चोट भए पनि दर्शकसँग हाँस्नु पर्छ ।‘ - लाक्पा शेर्पा(अमोद) | आफ्नो भाषा-सँस्कृति-धर्म-भेष अँगालेर कला-कर्ममा प्रयोग गर्दा सुहाएको जस्तो लाग्छ । --बरधोज | आँसु झारेँ धेरै-धेरै केवल तिम्रैलागि--ईशा लावती लिम्बू(गीतकार) | मानध्वजको चरित्रले मलाई नै रुवाउँछ । ___ मौसम ईम्बुङ(चेसुङका लेखक-निर्देशक) | ‘गायिका नै बन्छु’ भन्ने जवाफ नदिए पनि गायिका नै बनेँ' -- आभा मुकारुङ | किम्फका उत्कृष्ट | बालकृष्ण समको सङ्क्षिप्त परिचय | शिक्षा र ज्ञानले मानसिक, शारीरिकरुपले सबल तुल्याउँछ - जुनिता लिम्बू | निदै छैन आँखामा --गायिका जशोदा सुब्बा | संगीतकार गणेश गुरुङका बारेमा र केहि सम्झना | गायिका तायाहाङमा राईको दोस्रो एल्बम ‘तराना’ सार्वजनिक | कुशल गायक- कुशल थलङ | कलाको गला | मलाई टिपिकल कला-सँस्कृतिप्रति रुची छ -सुमी लिम्बू(नृत्यकार/मोडल)-बर्मा, हाल: बैँकक | चीनकी दीपा एवाईको योगदानबारे चर्चा | छुटेका पाइलाकी स्रष्टा-- बुलु शर्माबाट नइलाई छ लाख | बजगाईंको कथासङ्ग्रह ‘कमरेड भाउजू’ सार्वजनिक | हङकङमा नेपाली सप्ताह २०१४ सम्पन्न | शताब्दी पुरुषको स्वास्थ्यमा सुधार -- सरकारबाट १० लाख रुपियाँ प्रदान | अल्बम बेचेर आमाघरलाई सहयोग | त्रिमूर्ति निकेतनमा १३१ औं लेखनाथ जयन्ती | हङकङमा नेपाली साहित्य लेखन ज्यादै उर्बर छ - टंक सम्बाहाम्फे | सरकारले पनि डा.जोशीलाई शताब्दी पुरुषको सम्मान दिने डा.जोशीलाई १०१ ओटा अभिनन्दनपत्रहरु प्रदान | विश्व नेपाली स्रष्टा कोश प्रकाशित गरिने | एडिबीको ऋण सम्झौता | नौजनालाई नइ बाल पुरस्कार प्रदान | गरीबीले भोकै मरे फरक पर्दैन, तर सँस्कृति-सँस्कारहीन हुनु साँच्चीकै समाप्त हुनु हो --- मनोज साङसोन | ओराङफुङ जस्तै गायिका देशु सुहाङ | महाकवि देवकोटाबारे केही जानकारी | त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती | नौ जनालाई नइ देरुनीखपू बाल पुरस्कार | यूएइमा पत्रकारिता तालिम सम्पन्न | TEARLESS EYES_Story by Vijay Kangmang | एचके नेपाली रेडियोका कुरा | किरात राई यायोक्खा यूएइ शाखाको पाँचौ अधिवेशन सम्पन्न- | भलिबल प्रतियोगिता सम्पन्न, स्क्याड समुह प्रथम | पारिजातको जीवनकथा | अमिलो पानीपुरी र पिरो चटपटेले १ लाख ८० हजार संकलन गर्यो | हङकङमा धरानेहरुको बृहत जमघट | नइ भूपाल दुर्गा पुरस्कारको स्थापना | सम्भावना बोकेका सर्जकहरू हुनुहुन्छ,साहित्यिक एकता भने देखिन्न- बिद्रोही साइला | यूएईमा नेपाली कल्चर शो | उत्कृष्ठ सभासद छनौट प्रक्रियाको शुभारम्भ | हङकङमा प्राथमिक विद्यालय भर्नाहुन चाहाने विधार्थीहरुकालागि | 'माई प्रोमिस' धरानमा प्रिमियर | हामी आफैँभित्र पनि अमूर्त अनेक शक्ति, स्रोत र सम्भावना छन् -खगेन्द्र पन्धाक | डिभिजन-३ को लागि१८ जनाको नाम सार्बजनिक | Apple Announces Apple Watch, Available in Early 2015 | भयवाद विश्वको कान्छो र नौलो दर्शन हो – देश सुब्बा | सधैं अरुको भलाइँ गरिरहने सरला गुरुङको कलायात्रा | गीतसंगीत साधकहरुकालागि प्रिय साथी, असल नेपाली – राजु गुरुङ | लोकप्रिय गिटारिष्ट यादव राई | धरान हङकङ मञ्च : १५ औं वार्षिक उत्सव भव्यरुपमा हङकङमा मनाउने | अभाङ्गगार्ड, खलिल जिब्रान र हाम्रा नानीहरू | STORY- The Second State | गजल रचनाका प्राथमिक आधारभूत केहि तत्व र नियमहरु | मातृभाषाको विकास र चुनौतीहरु | टेरिया मगरको राहदानीमा समस्या ; युएईको कार्यक्रम स्थगन | iPhone 6 -- Apple's 2014 iPhone, debuting September 9 | हराएका राहदानीको विवरण इन्टरपोलको वेबसाइटमा | Stay alert against communicable diseases in new school year | विश्व आदिवासी दिवस | नेपाली संगीतमा ‘आरोही’ : पहिलो एकल अल्बम लिएर आए सुनिता र अनुशील | के हो यो ALS र Ice Bucket Challenge? | मानवीय सहयोगकालागि हङकङमा मेलोडी नाइट | राजेशपायल राई हङकङमाः असाह्य बालबालिकाहरुको शिक्षदीक्षाकालागि ५० हजार दिने घोषणा | Philosophy of Fearism | नेपालीको सान जितू राई बने विश्वको नं. १ खेलाडी | D. B. Chitrakar | Quality of life | 'भारतसँग राजनीतिक तहमै समस्या समाधान गर्नुपर्छ' | तेरिया अव युएईमा | हङकङका ८ नेपालीलाई ‘भानुभक्त स्वर्ण पदक’ | नेपाली साहित्यका महारथी गणेशबहादुर प्रसाईको निधन | जोशीलाई पाँच लाख रुपियाँ सहित शताब्दी पुरुष | आदिकवि भानुभक्त आचार्यको जीवनी | २५ स्रष्टाहरूलाई ‘भानुभक्त काव्य पुस्कार’ | रक्तदाताहरुलाई रेडक्रसको सम्मान, जगतअम्बू गुरुङ सम्मानित | हङकङमा विश्व काव्य यात्रा भव्यरुपमा सम्पन्न- कवि चौधरी नेपाली विधार्थीहरुसँग | भारतीय गोर्खाहरुको विविध साँस्कृतिक कार्यक्रम | हङकङमा भव्य पूर्खादिवस | The Nepalese community in Hong Kong looks to preserve Gurkha legacy | राजा महेन्द्रको हृदयाघात र कीर्तिनिधि विष्ट | विश्वभर छरिएका गोर्खाली समाधिहरु | इन्टिग्रेसन, चिनियाँ भाषा अनि हाम्रा आवश्यकताहरू | Minorities face challenges in the classroom | बालकृष्ण समको सङ्क्षिप्त परिचय | कविहरूका पनि कवि ‘कविशिरोमणि’ लेखनाथ पौड्याल | समग्र जीबनको सांगीतिक अन्तर्मन्थन “गह” | एक विशिष्ट सांगीतिक कार्यक्रमः अम्बर गुरुङ रात्री | भूगोलमा नारायणगोपाल | त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती | देवकोटाले कहिले पागल लेखे ? | देवकोटाको राँचीबास किन ? | शुसिल नेवा बने मिस्टर हङकङ नेपाल २०१३ | झुक्तै नझुक्ने नेपाली शिर अर्थात् डा.वानीरा गिरी | नेपाली आधुनिक गीतका लोकप्रिय गायक फत्तेमान | हङकङको नेपाल | नेपाली भाषा साहित्य र डायस्पोरा | श्रीहरि, सरुभक्त र मञ्जु काँचुलीलाई त्रिमूर्ति पुरस्कार | पाट ह्योङ सेन्ट्रल प्राइमरी स्कुलको दिक्षान्त समारोह सम्पन्न | पराजुलीत्रयको सांगीतिक कार्यक्रम हुने | विष्णुनन्द चाम्लिङ राईको गीति संग्रह ‘सम्झौता‘ | विश्व नारी रत्नः वानीरा गिरी | प्रकाश सायमी दाइसँग सात दिन | पूर्वमा पर्यटन मेला | नेपाली क्रिकेटको कुरा | स्तम्भ लेखनबाट म विदा | नयाँ वर्षमा च्याम्बरको डाइरेक्टरी | एउटा ज्यूँदो मान्छे अनङगनाथ पौडेल | जनजाति महासंघको उद्घोष– अनसन र तालाबन्दी | हङकङमा पुर्खादिवस 2013 | पहिलो दैनिक पत्रिकाको सम्पादक- गोविन्द मल्ल गोठाले | नेपालका गौरवः लैनसिंह वाङ्देल | सेवाका आदरणीय- त्रैलोक्यनाथ श्रेष्ठ | मुलुकलाई निरंकुशतर्फ धकेल्ने षड्यन्त्रः राजकुमार लेखी | पहिचानको बिरुद्धमा उत्रनेहरू सबै जातिबादी हुन : अशोक राई | महिला दिवसमा कार्यशाला गोष्ठी | ‘रोहितको आकृति’को लोकार्पण | लिम्बू भाषाको चलचित्र “केःवा कोःक्मा“ हङकङमा प्रदर्शन गरिने | नेपाली बास्केटबल टिमलाई प्रोत्साहन | सुनसरी उद्योग वाणिज्य संघमा राजेन्द्र श्रेष्ठ | महावाणिज्यदूत नियुक्ति बदर गर्न विरोधसभ | नेपाली काग्रेसको दोस्रो धरान नगर भेलामा तनाव | थापा हत्याको विरोधमा चौतारी | किरायाद्धारा यूएईमा एक महिलाको उद्धार | दुबईमा बनभोजसंगै उधौली साकेल | जाडो बढ्यो नेपालमा | धरानमा फेरि सडक उत्सव | तुवाचुङ जायजुम सहयोग समिति गठन | किराँत विभूति इमानसिंह चेम्जोङ | राजन मुकारुङसंग साक्षात्कार | हङकङमा नेपाली सप्ताह २०१२ | त्रिमूर्तिमा १२८औं लेखनाथ जयन्ती सम्पन्न | काठमाडौँ विश्वविद्यालयको अठारौँ दीक्षान्त समारोह (दोस्रो कार्यक्रम) सम्पन्न | पहलमानसिंह स्वार-जीवनी | १४ अञ्चलमा विश्व नारी नेपाली साहित्य सम्मेलन गठन | शुटिङ रिपोर्टः कवि राई | अनाम सडकमाः जातीय एकताको संदेश | संघीय समाजवादी पार्टीको हङकङ तदर्थ समिति गठन | पहिलो समालोचना पुरस्कार समर्पण | धरानको खानेपानी समस्या समाधान गर्न एडिविले सहयोग गर्ने | आदिकवि भानुभक्त आचार्यको लघु जीवनी | भारतको आसाम राज्यको हवाइपुरमा “नेपाली साहित्यमा भयवाद” | गायक राजेश पायल राई नमस्ते यूरोप सांगीतिक यात्रामा स्वीटजरल्याण्ड पछि जर्मनी र बेल्जियम आउदै | विश्वभर छरिएका गोर्खाली समाधिहरु | मायादेवी राईसँगको कुराकानी | नेपालबाहिर रहेका नेपालीहरुको प्रतिनिधि नायक ध्रुव दत्त | गोर्खाः ईज्जत, इमान अनि प्रेष्टीज | प्रकृतिगामी --कथा | सर्वप्रिय कम्युनिष्ट ः जसुदा राई | नौकन्यालाई नइ देरुनिखपू बाल पुरस्कार प्रदान | सानैमा ठूली - शारदा अधिकारी | हङकङमा महाकवि देवकोटाजयन्ती २०१२ सम्पन्न | साब्लाबुङ | तेक्वान्दो प्रतियोगितामा हङकङेली नेपाली खेलाडहरुलाई सफल्ता | नेपाली जातीय कवि -पं.धरणीधर शर्मा |
Recent Events
Most Read
Book Reviews
Philosophy of Fearism: Life is conducted, directed and controlled by the fear."1. ‘Fearism is a gift to the world from Nepali.’ Prof. Dr Tanka Prasad Neupane, Chairman, Fearism Study Centre: Baicharik Chintan, 2066 v.s. 2. ‘Fearism of Desh Subba has shake
विस्तृत समाचार
VIEW ALL
समाचार »
जीवनी
पुण्यरश्मिलाई बीपी कोइरालाको सहयोग

पुण्यरश्मिको कारुणिक कथा
~~ नरेन्द्रराज प्रसाई    
पुण्यरश्मि सानैदेखि नरम, सरल र सहज थिइन् । उनको लगनशीलताबाट उनका बुबाआमा पनि प्रसन्न हुन्थे । नेपालका पहिला एम.बी.बी.एस. डा.सिद्धिमणि आचार्य दीक्षित र हेमप्रभा आचार्य दीक्षितकी छोरी पुण्यरश्मिको जन्म संवत् १९८० जेठ ५ गते शुक्रबार काठमाडौंको डिल्लीबजारमा भएको थियो । आमाबुबाले दिएको सुखसयलमा यिनको बाल्यकाल बितेको थियो । त्यति बेला यिनका बुबा श्री ३ राणाका पनि चिकित्सक भएकाले राणाहरू औषधी उपचार गर्न भारतको दिल्ली, कोलकाता जाँदा दीक्षित पनि सँगसँगै जाने गर्थे । त्यसैले त्यहाँबाट ल्याएका खानेकुरा र लाउने कुराबाट सानैदेखि पुण्यरश्मि परिचित थिइन् ।

पुण्यरश्मिलाई आफ्ना बुबाद्वारा अरू दाजुभाइसरह पढाइ र खेलकुदमा समान रूपमा सहभागी गराइएको थियो । व्यायाममा पनि उनलाई अरू छोरासरह कट्टु र बाहुले चोलीमा सक्रिय बनाइएको थियो । त्यतिमात्र होइन; त्यस जमानामा नारीहरू शिक्षाबाट वञ्चित हुने परिस्थिति भए तापनि पुण्यरश्मिलाई घरैमा शिक्षक राखी प्राथमिक शिक्षा प्रदान गरिएको थियो ।

त्यस कालमा ब्राहृमणकुलमा रजस्वला हुनुभन्दा पूर्व नै छोरीको बिहे गर्नु पर्ने अनिवार्य परम्परा थियो । त्यसैले पुण्यरश्मिको पनि बाह्र वर्षको उमेरमा कोलकाता निवासी अठार वर्षीय गोपीनाथ खतिवडासँग विवाह गरिएको थियो । पुण्यरश्मिसँग गोपीनाथ खतिवडाको बिहेका लागि पहल गर्ने व्यक्ति थिए तोयराज जोशी । जोशी डा.सिद्धिमणि दीक्षितका घनिष्ठ मित्र थिए । राणाको विरोध गरेकाले सोही अभियोगमा खतिवडा परिवारलाई चारपाटे मुडेर जनै चुँडाली देशनिकाला गरिएको थियो । त्यसैले तिनीहरूलाई नेपाल छिर्न अनुमति थिएन । तर बिहेको कारण खुलाई निश्चित पन्ध्र दिनसम्मका लागि भनेर उनीहरू नेपाल आएका थिए ।

पुण्यरश्मिले बिहे गरेको ३ वर्षा छोरा पाइन् । राजेन्द्र खतिवडा जन्मँदा उनी पन्ध्र वर्षकी थिइन् । पहिलो छोरो जन्मेको दुई वर्षपछि उनले फेरि देवेन्द्र पाइन् ।

पुण्यरश्मिको घर काशीमा पनि थियो, कोलकातामा पनि थियो र बिहारको सहरसामा पनि थियो । आफ्ना पतिका साथ यिनी बारम्बार ती ठाउँमा पुग्ने गर्थिन् । ती ठाउँहरूमा यिनका हितैषी कम्पनी नामक किताब दोकानहरू थिए । त्यति बेला ती दोकानहरू तीती ठाउँका पुस्तक पसलहरूमध्ये नाम चलेका थिए । उनीहरूले त्यो रमाइलो जीवन भोग्दाभोग्दै पुण्यरश्मिका ससुरा र दुवैजना जेठाजुको निधन भयो । त्यसपछि कोलकाताको हितैषी कम्पनीचाहिँ तुरुन्तै बन्द भयो । ससुरा र दुई जेठाजुको निधनपछि पुण्यरश्मिहरू काशीमा बस्न थाले ।

पुण्यरश्मि पढ्न भनेपछि मरिमेट्थिन् । त्यसैले यिनले आफ्ना पतिको प्रेरणा र आफ्नै इच्छा मिसाएर इलाहाबाद बोर्डबाट प्राइवेट परीक्षा दिई म्याटि्रक पास गरिन् । त्यति बेला यिनले स्कुलकलेज नगई आफ्ना पतिले ल्याइदिएका किताब पढेर म्याट्रिक, आई.ए. र बी.ए. प्राइवेट परीक्षार्थीकै रूपमा पास गरेकी थिइन् । त्यसपछि उनलाई पढ्ने रुचि झनै जाग्यो । परिणामस्वरूप उनले बनारस हिन्दू विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा एम.ए. उत्तीर्ण गरिन् ।

नेपालमा २००७ सालको प्रजातन्त्र आएपछि पुण्यरश्मिको परिवार गदगद थियो । खास गरेर यिनीहरूको सम्बन्ध श्री ५ त्रिभुवनसँग पनि गाँसिएको थियो । साथै विश्वेश्वरप्रसाद कोइरालासँग पनि यिनीहरूको घनिष्ठ सम्बन्ध थियो । वास्तवमा कोलकातामा बस्ता कोइराला र गोपीनाथ खतिवडाको खुबै मिल्ती थियो ।

२०१५ सालपछि विश्वेश्वरप्रसाद कोइराला नेपालका प्रधानमन्त्री भए । त्यस घटनापछि गोपीनाथ खतिवडाले आफ्नी धर्मपत्नी पुण्यरश्मिलाई भने "अब म नेपाल गएर विश्वेश्वर बाबूलाई भेट्छु र स्कुलका पाठ्यपुस्तक छाप्ने सम्बन्धी कुरा गर्छु ।" त्यसैअनुरूप खतिवडा नेपाल आए र त्यसपछि उनले कोइरालालाई सबै कुरा भने । कोइरालालाई खतिवडाको कुरा चित्त बुझयो । कोइरालाकै निर्देशनमा उनले काठमाडौं आएर सर्वप्रथम पाठयपुस्तक प्रकाशन संस्था खोले र नाउँ राखे 'नयाँ नेपाल प्रकाशन' । अनि उनले आफ्नो घरको सम्पूर्ण धन प्रकाशन गृहमा लगाए । साथै त्यस गृहमा खतिवडाले बनारसको कृष्णचन्द्र बेदीको हिन्दी प्रचारक प्रकाशनसँग साझेदारी पनि गरे । त्यसपछि 'नयाँ नेपाल प्रकाशन' आर्थिक कारणले झनै ठूलो भयो । त्यसपछि यिनीहरूले नेपाल भरिका कक्षा एकदेखि आठसम्मका पाठयपुस्तक छाप्न थाले ।

पुण्यरश्मिका पतिले नेपालमा सशक्त रूपमा प्रकाशनसम्बन्धी काम गर्न थाले । देशभरि 'नयाँ नेपाल प्रकाशन' का सम्पूर्ण पाठयपुस्तक लागू भए । किताबहरू धमाधम विद्यार्थीमाझ बिक्न थाले । पुण्यरश्मिको सपना बिपना हुन थाल्यो । अकल्पनीय ढङ्गबाट प्रकाशन गृहले ठाउँ ढाक्न थाल्यो । त्यस बेला यिनीहरूको आर्थिक हैसियत दिन दुई गुना र रात चार गुनाले फैलिएको थियो ।

२०१७ सालमा विश्वेश्वरप्रसाद कोइराला पक्राउ परे । त्यो घटना घट्नासाथ खतिवडाका साझेदार कृष्णचन्द्र बेदीले अब आफ्नो प्रकाशन संस्था नोक्सानमा पर्ने सम्भावना भएको बुझे । अनि उनले 'नयाँ नेपाल प्रकाशन' बाट आफ्नो हात झकिे । राजनैतिक परिवर्तनका साथै 'नयाँ नेपाल प्रकाशन' का सम्पूर्ण पाठयपुस्तक पनि स्कुलका पाठयक्रमबाट झिक्न थालियो । त्यसैले उक्त संस्था एक्कासि डुब्न थाल्यो । वास्तवमा त्यसपछि पञ्चायती व्यवस्था अन्तर्गतका किताबहरू प्रकाशन हुन थाले । त्यसैले त्यति बेला 'नयाँ नेपाल प्रकाशन' का जम्मा एक सय सोह्र प्रकारका करिब एक करोड प्रति किताब खेर गए । त्यस काण्डले त्यति बेला  पुण्यरश्मिको सर्वस्वहरण भएझैँ भएको थियो । फलस्वरूप यिनीहरू ऋणमा चुर्लुम्मै डुबे ।

त्यति ठूलो सङ्कट आएपछि गोपीनाथ खतिवडा आर्थिक, सामाजिक, शारीरिक र मानसिक रूपमा थला परे । ऋणमा डुबेको चिन्ताले उनी शारीरिक रूपमा पनि अस्वस्थ भए । चिन्ताका कारण मानसिक रूपमा पनि उनी अत्यन्तै पीडित भए । परिणामस्वरूप उनलाई पक्षाघात भयो । आफ्ना पतिलाई औषधी उपचार गर्न पुण्यरश्मिले ट्रकका ट्रक किताब पुरानो कागजका भाउमा जोखेर पनि बेचिन् ।

त्यति बेला पुण्यरश्मिलाई अत्यन्तै ठूलो विपत्तिले घेरेको थियो । त्यस आपतमा आफ्ना इष्टमित्रहरू समेत पनि खतिवडा दम्पतीसँग विपरीत भएका थिए । त्यति बेला यस भूगोलभरिमा पुण्यरश्मिका लागि एउटै नारी जीवित थिइन् । अथवा भनूँ पुण्यरश्मिलाई आइपरेको आपत उनकी सम्धिनी सुलोचना घिमिरेले देखेकी थिइन् । त्यसैले उनले सकेको मद्दत पनि गरिन् । तर त्यो सहयोग पनि आमाको लाम्टो चुसेको बालकलाई बाबुको घुँडा चुसेझैँ मात्र भएको थियो ।

पुण्यरश्मि आफ्ना पतिलाई डोर्‍याउँदै काठमाडौं आइन् । बाजे बराजुका पालादेखि बसेको बनारस छाडेर खतिवडा पनि बाँकी जीवन बाँच्न आफ्नी पत्नीका पछि लागे । त्यति बेला तिनीहरूसँग काठमाडौंसम्मको यातायात र रेलको भाडासमेत थिएन । आफ्नी सम्धिनीको सहयोगमा यिनीहरू काठमाडौं बसाइँ सरे । त्यति बेलासम्ममा यिनीहरूका दुवै छोरा पनि पेट पाल्न लाखापाखा लागिसकेका थिए ।

काठमाडौंमा आएपछि पनि पुण्यरश्मिहरूलाई खानेलाउने समस्याले गाँजेको थियो । घरको दयनीय आर्थिक अवस्थाका कारण पुण्यरश्मिले जागिर खोजिन् । करिब आठ वर्षबेरोजगार भएपछि यिनको प्रा. कृष्णराज अर्यालसँग भेट भयो । अर्याल त्यस बेला रत्नराज्यलक्ष्मी कलेजका प्रिन्सिपल थिए । पुण्यरश्मिले अर्यालको सौहार्दका कारण त्यही कलेजमा अङ्ग्रेजी पढाउने जागिर पाइन् । त्यसबाट उनलाई खान लाउन केही सहयोग पुग्न थाल्यो । प्राध्यापन पेसामा प्रवेश गर्दा उनी पैँतालीस वर्षी थिइन् ।

पुण्यरश्मिले रत्नराज्यलक्ष्मी कलेज पढाउन थालेपछि मदन स्मारक स्कुलमा पनि पढाउने मौका पाइन् । त्यति बेला उनी बासी रोटी खाएर बिहान पाँच बजे डेराबाट निस्की भृकुटीमण्डपको रत्नराज्यलक्ष्मी कलेज पुग्थिन् र त्यहाँ बिहान पढाएर दिउँसो पाटनको मदन स्मारक स्कुल पुग्थिन् । अनि उनी गलेर साँझ पाँचछ बजे डेरामा पुग्थिन् । २०३० सालमा उनका श्रीमानको स्वर्गारोहण भयो, अनि उनले मदन मेमोरियल स्कुलमा पढाउन छोडिन् । नयाँ शिक्षा लागेपछि रत्नराज्य कलेज त्रिभुवन विश्वविद्यालयमा गाभियो र उनको सेवा पनि स्थायी भयो । उनले यी ठाउँमा पढाएको केही वर्षछि डिल्लीबजारको कन्या क्याम्पसमा पनि पढाइन् ।

पुण्यरश्मि सङ्घर्षकी एउटी विम्ब बनिन् । सङ्घर्ष नै उनको एउटा गतिलो साथी बन्यो । उनी आफ्नो सङ्घर्षमा चेप्टिरहेकै बेला उनका पति स्वर्गीय भए । त्यसपछि उनका कान्छा छोरा देवेन्द्र र जेठा छोरा राजेन्द्र पनि स्वर्गीय भए । दुवै छोराको मस्तिष्क रक्तस्रावका कारणले अकस्मात् स्वर्गारोहण भएको थियो ।

पुण्यरश्मि २०२६ सालदेखि मात्र लेखरचनामा झुल्केको नाउँ हो । त्यसबखत उनका भाइ डा. हेमाङ्ग दीक्षित 'यति डाइजेष्ट' का सम्पादक थिए । आफ्नो भाइको आग्रहमा उनले 'यति'का लागि लघुकथा लेख्न थालिन् । उनले सो पत्रिकामा छसातवटा कथा लेखिन् । त्यसपछि सो पत्रिका बन्द भयो; अनि उनको कलम पनि बन्द भयो ।

पुण्यरश्मिले कन्या क्याम्पस पढाएताका त्यहाँ 'रत्नश्री' द्वैमासिकका सम्पादक मदनदेव भट्टर्राई पनि पढाउँथे । तिनै भट्टर्राईको जोडले उनले फेरि साहित्यरचना गर्न थालिन् । भट्टराईको सौहार्दले 'रत्नश्री' मा यिनका धेरै लेखरचना र कथाहरू छापिए । त्यसपछि यिनले साझा प्रकाशनका शङ्कर कोइरालालाई भेटिन् । अनि कोइरालाका आग्रहमा यिनले लघुनाटक लेखेर साझा प्रकाशनलाई दिइन्; त्यो साझाले नै छाप्यो । त्यसपछि पुण्यरश्मिलाई लेखनमा झनै जोस चल्यो र उनी सुपारी चपाउँदै थप लेख्ने काममा पनि व्यस्त हुन थालिन् । उनी सुपारीको अम्मली थिइन् । उनी सानैदेखि सदैव सुपारीप्रेमी भइरहिन् । जतिसुकै कष्ट आइपरे तापनि यिनले मुखबाट चाहिँ कहिल्यै सुपारी निकालिनन् । यिनका कृतिहरू प्रकाशनमा आइरहन थाले । त्यसैबीच यिनले साढे चार वर्ष लगाएर वसन्त शर्मा नेपालद्वारा लिखित 'शब्दसागर' नामक शब्दकोशको अङ्ग्रेजीमा अनुवाद पनि गरिन् ।

पुण्यरश्मिले नेपाली साहित्यमा जति गरिन् धेरै गरिन् । यिनले अङ्ग्रेजी पढे तापनि र्सार्वजनिक रूपमा नेपाली भाषासाहित्यको नै सेवा गरिरहिन् । यिनले फुटकर लेखरचना र कथाबाहेक जम्मा ८वटा पुस्तकहरू लेखिन् । उनका कृतिहरू हुन्; केही लघुनाटक (२०४५), जयन्तजुनू (उपन्यासः२०५१), अक्लान्त (उपन्यासः२०५२), मेरो परिचय (आत्मकथाः२०५७), अपूरो अभिलाषा (उपन्यासः२०५९), अप्रचलित सत्य (कथासङ्ग्रहः२०६०), बीपी बाबुको उपन्यास (समालोचना), मेरी वृन्दा यस्तै भई (कथासंङ्ग्रह), धर्मान्ध (कथासंङ्ग्रह : २०७१) ।

पुण्यरश्मि शिक्षासेवाको एउटा ज्वलन्त नाउँ बन्यो । यिनले बत्तीस वर्षरत्नराज्यलक्ष्मी क्याम्पसमा मात्र पढाइन् । साथै यिनी नेपाली भाषासाहित्यकी एउटी प्रेरक व्यक्तित्व बनिन् । पुण्यरश्मि जसरी साहित्य सृजना गर्छिन् त्यस्तै साधारण रूपमा उनले जीवन भुक्तान गरिन् । कुनैबेला उनको सपना बिपना थियो भने पछिपछि उनको बिपना सपनामा रूपान्तर भयो । आर्थिक रूपमा जति नै थेचारिए तापनि उनी कहिल्यै आत्तिइनन् । उनी कहीँ गएर रोइनन् र कसैको शरणमा पुगिनन् । उनी आत्मस्वाभिमान बोकेरै सङ्घर्षमा नै बाँचिन् । उनको परिभाषामा बाँच्नुको अर्थ नै सङ्र्घष्ा बन्यो । सङ्घर्षै सङ्घर्षमा पनि उनले साहित्य रचिरहिन् । जीवनको परिभाषा यिनले उपन्यासमा लेखिन्, कथामा लेखिन् र निबन्धमा पनि लेखिन् । त्यसैले यिनी नेपाली भाषासाहित्यमा नअस्ताउने तारा बनिन् । यिनी गुणकी धनी र धर्ैयकी देवी बनिन् ।

पुण्यरश्मि मानवीय रचनाकी एउटी नमुना हुन् । कसैसँग जोरी खोज्ने, कसैलाई होच्याउने र कसैप्रति घृणा गर्नेहरूले पुण्यरश्मिसँग सङ्गत गर्‍यो भने उसले आफू भीरबाट चिप्लेको अनुभूति ग्रहण गर्छ; किनभने पुण्यरश्मिसँग जो कोही डुक्य्रो भने पनि उनी लत्रेर नै हिँड्ने गर्छिन् । सानी भएर नै उनले प्रौढ अवस्था पार गरिरहेकी छिन् ।

पुण्यरश्मिले आफ्नो सृजनात्मक कला अर्पित गरेर भानुभक्त पुरस्कार, महाकवि देवकोटा शताब्दी सम्मान, विश्वनारी नेपाली साहित्य सम्मान, विश्वनारी नेपाली साहित्य पदक र सीताराम पुरस्कार पाइन् । उनले जतिजति पल्ट पुरस्कार पाउँदै जान्थिन् उतिउति उनी आफ्नो सृजनात्मक योगदान र्सार्थक भएको ठान्दै जान्थिन् ।

आफ्नो मत व्यक्त गर्नुहोस्
You can contact us using the following form.
The fields marked by (*) are necessary.
*
*
अन्य समाचार...

How to listen HK Nepali Radio ?

For iPhone User

Open the iPhone and go to the App Store. Download HK Nepali Radio apps or  Nepali FM applications, Browse the HK Nepali Radio and Enjoy live streaming radio on your iPhone eiter through the speaker or by connecting earphones. HK Nepali Radio for iOS

For Android  Users

We have good news for you. Our android application is available in Google Play Store. To download our application, we would like to request you to click here. HKNEPALIRADIO Android apps

Subscribe Our Channel
Latest Comments