Headlines :
राष्ट्रिय विभूति: महागुरू फाल्गुनन्दको जीवनी | आरुषी क्रियशनमार्फत सरीता महर्जनलाई सहयोग | परदेशमा बसेर लेखी टोपल्दा | पूर्वको पर्यटकीय ग्राम भेडेटार नपुगे यात्रा अधुरो | एक हजार तामाङ काटिएको इतिहास | देवकोटा प्राय: भन्थे -- म मर्न चाहन्छु | तीज गीत “झुम्का लगाउँछु“ | विदुषी बुलु शर्माको कथा | युएईमा ससफोको दोश्रो पार्टी एकता दिवस सम्पन्न | सिक्नेचर मुभि – थिन्क पोजिटीभ ग्लोबल क्याम्पिन | मेरो पैतृक अध्यात्मको पाटो | तेह्र बर्षीय गायिका सुबिका राईको प्रथम म्युजिक भिडियो | सबिना गुरुङको चरी चिरिबिरी सार्वजानिक | आठपहरिया राई र दशैं | आमा बित्दा रुने फुर्सद छैन | मेरो भलो चिताउने साथी | मेरी यस्ती एउटी बहिनी | पहिलो प्रेमअनुभूति - राजकुमार दिक्पाल | हामीलाई एक्लै छाडी पन्नाकाजी पनि हिंडे | कीर्तिनिधि विष्टबाट नइलाई ३० लाख | छापामार युवतीको डायरी | ‘सगरमाथा साँझ–३’ आयोजना गरिने | सुरेन्द्र लिम्बू परदेशीलाई अस्वीकृत विचार–साहित्य पुरस्कार साहित्यकार | विश्व साइकल यात्रीले प्याराग्लाईडिङ प्रशिक्षण लिँदै | चेतनायुक्त प्रतिपक्षीय बिचार नै ‘अस्वीकृत बिचार’ हो - डा. कविताराम श्रेष्ठ | विपि प्रतिष्ठानमा सकियो उपकुलपतिको पदावधि, आकांक्षीहरु शक्तिकेन्द्र धाउदै | ’वोझ नहोस् मेरो माया.. | हङकङमा नेपाली भाषा, साहित्य र संस्कृति सप्ताहको रौनक | माओ त्सेतुङ, सुखानीमा हत्या र म | गोयाङको सुगन्ध कृतिलाई २,०२,००२ रुपैयाको पहिचान पुरस्कार | प्रा. डा. कृष्णहरि बराल दुबाईमा सम्मानित | केशर माङयुङको नयाँ गीत ः भिडियो सार्बजनिक | तेजेश्वरबाबु ग्वंगलाई २०७२ सालको 'घटराज पुरस्कार' | Vote for Mira Rai | वाल गायिका प्रीशा श्रेष्ठको 'प्रीशा' | तोडेर नाता जाँदै छु प्रिय तिम्रो नजरबाट - राकेश काफ्ले | देशदेशान्तरका २०५ जनालाई-सत्यमोहन जोशी शताब्दी पदक | गीतकार प्रकाश सुवेदीको ’मनका कुरा तिमीलाई सार्बजनिक | सत्यमोहन जोशी ः शताब्दी पुरुष | सिडी बिजय र मनिशाको पत्ति नमिलेको तास बजारमा | सन्जीव र नलिना पोर्तुगल आउँदै लिस्बोन | ’डढेलोभित्रका सतिसाल’ हङकङमा प्रिमियर | आठपहरिया राई र दशैं | 'सत्यमोहन जोशी शताब्दी पदक' | यूएइमा फोनिज गठन हुने | सडकबाट शिखर पुगेका ब्यक्तित्व | दार्जिलिङले के सिकायो ? अन्तत: सूधपा को हुन् ! | नौ हजार फिटबाट २३ नेपाली उडे | साहसिक हिरो सानोबाबु सुनुवारलाई सम्मान | पाँच फिट अग्लो अभिनन्दन पत्र | साउदीमा प्रवासी नेपालीले मनाए क्वाटीपूर्णे | स्याङजा समितिमा दुई लाख हिनामिना स्याङजाली कान्छासहित निष्कासि | स्वर, सङ्गीत र शब्दका शिखर : गोपाल योञ्जन | गायक सुरेश राना मगर : कुराकानी | गुरुङ तमू समाज मकाउको प्रथम अधिवेशन | मकाउमा सेतो पुतली ः भूकम्प पीडितकालागि पुननिर्माणकालागि सहयोग जुटाउँदै | महाकविका प्रिय कवि श्यामदास वैष्णव भन्छन्- | अम्बर गुरुङ नेपाली आकाशका गीत थिए | यूएइमा साकेला उँभौली-५०७६ सम्पन्न | पुण्यरश्मिलाई बीपी कोइरालाको सहयोग | ओ...खरबुजा...खरबुजा...! | आमाप्रतिको आदर ः आभा मुकारुङ | Mother Tongue Education Rights of Ethnic Minorities | सुटिङ सम्पन्न | कविता - सम्झेर पुर्खा | हङकङमा पूर्खादिवस २०१६ | फोरममा सामूहिक प्रवेश | किरात मञ्च नेपालको सङ्गठन विस्तार | धरानमा प्याराग्लाइडिङ | साइप्रसमा ग्याल्बु ल्होसार भब्य सम्पन्न तथा नयाँ कार्य समिती गठन | बुद्धिसागर बश्याल - अनलाईन वार्ता | त्रिमूर्ति निकेतनमा ११४ औं सम जयन्ती | अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक प्रकाश थापालाई सम्मान | आफ्नोपन बिना बाँच्नुको सार छैन ।- यासेली योङहाङ | सङ्गीतका अमर साधक रत्नबहादुर खड्गी | विश्व शेर्पा संघको तदर्थ समिति गठन | तारादेवी नेपाली गीतगायनमा बहुचर्चित नाउँ | समाज सेवामा अगुवा सँस्था गुदेल शेर्पा किदुग | त्रिमूर्ति निकेतनमा १३२ औं लेखनाथ जयन्ती | क्वाणटम साहित्यको व्याख्याता - डा. मधुकृष्ण श्रेष्ठ | सेप्टेम्बर १, २०१६ देखि प्राथमिक १ कक्षामा भर्ना हन गइरहेका छन् भने | आदिवासी जनजातिको निम्ति समर्पित पेम्बा गेलु शेर्पा | इजरायलमा जनमूक्ति मंचको गठन | सुनगाभा फुल्यो लेकैमा...म्युजिक भिडियो सार्वजनिक | राईलाई ‘नइ धनरूप पुरस्कार’ | राष्ट्रिय एकता खलबलाउने संविधान स्वीकार हुन सक्दैन । | बिबिसी नेपाली सेवाको एकपक्षिय प्रसारण विरुद्ध खेद प्रस्ताव पारित र नेता शेर्पाको रिहाईको माग | न्युयोर्कमा ट्राभलिङ किम्फ सम्पन्न् - देशी विदेशी दर्शकहरुको सहभागीता | एघारौं त्रिमूर्ति दिवस- ९ जना पुरस्कृत १७ ओटा कृति लोकार्पण | शेर्पा किदुक साईप्रसको प्रथम बैठक सम्पन्न | जीवनको अनुवाद र सोम लिम्बू | साईप्रसमा महिलाहरूको वर्चस्व रहेको शेर्पा किदुक गठन | सबैको गुरुमा - भारती ओख्राबो | साईप्रसमा राजनैतिक पार्टी र विध्यार्थी एकता | गीत-सङ्गीतमा लाग्नेहरूले कहिल्यै एक्लो हुनुपर्दैन ।- केन्जुमा सुब्बा | माया ठकुरी ‘नेपाली साहित्य नारी रत्न’ घोषित | “सक्छौ भने युद्ध गर्न आऊ भनेर राज्यले हामीलाई निम्तो दियो” : डा. ओम गुरुङ | हङकङ र मकाउको सफलता पछि किम्फ अब अमेरिकाको न्यूयोर्कमा | बैँककमा जम्बो कार्यक्रम 'चुम्लुङ' सम्पन्न | शेर्पा संघ, यूरोपको तेश्रो महाधिवेशन सन् २०१६ को लोसारमा आयोजना हुँदै | नामी तर दुखी शान्ति मास्के | १२ भाषाका ज्ञाता : हेमचन्द्र पोख्रेल | कवि रण काफ्ले भारतमा पूर्वोत्तर हिन्दी एकादमीबाट सम्मानित | भयवाद दर्शनको पुस्तकलाई दुईवटा अन्तर्राष्ट्रिय अवार्ड | सावधान सरकार ! खबरदार सरकार ! | हङकङको नेपाली साहित्यकार, गीतकारहरुमा नाम छुटाउन नहुने व्यक्ति-- डीबी पालुङ्वा | हङकङमा समवेदना व्यक्त गर्न मैनबत्ती प्रज्वलन कार्यक्रम | पुर्खा दिवस र थपिएका अर्थ | हङकङमा पुर्खादिवस सम्पन्न | द युनिभर्सीटी अफ हङकङमा भयवाद्का कुरा | गाउँमा के गर्न सक्छु भनेर सोची रहेको छु – गौतम सागर राई | हङकङमा पुर्खादिवसको भव्य तयारी | अबका नेपाली पुस्ताले आफ्नै जन्मथलोमै ब्यवस्थित जीवन यापन गर्न सकून् -कर्मा छिरिङ शेर्पा(बेलायत) | आफ्नै जन्मगाउँका उकाली-ओरालीले गायिका बनायो । -रत्ना बराईली(लोक-गायिका) | ‘मनभरी चोट भए पनि दर्शकसँग हाँस्नु पर्छ ।‘ - लाक्पा शेर्पा(अमोद) | आफ्नो भाषा-सँस्कृति-धर्म-भेष अँगालेर कला-कर्ममा प्रयोग गर्दा सुहाएको जस्तो लाग्छ । --बरधोज | आँसु झारेँ धेरै-धेरै केवल तिम्रैलागि--ईशा लावती लिम्बू(गीतकार) | मानध्वजको चरित्रले मलाई नै रुवाउँछ । ___ मौसम ईम्बुङ(चेसुङका लेखक-निर्देशक) | ‘गायिका नै बन्छु’ भन्ने जवाफ नदिए पनि गायिका नै बनेँ' -- आभा मुकारुङ | किम्फका उत्कृष्ट | बालकृष्ण समको सङ्क्षिप्त परिचय | शिक्षा र ज्ञानले मानसिक, शारीरिकरुपले सबल तुल्याउँछ - जुनिता लिम्बू | संगीतकार गणेश गुरुङका बारेमा र केहि सम्झना | निदै छैन आँखामा --गायिका जशोदा सुब्बा | गायिका तायाहाङमा राईको दोस्रो एल्बम ‘तराना’ सार्वजनिक | कुशल गायक- कुशल थलङ | मलाई टिपिकल कला-सँस्कृतिप्रति रुची छ -सुमी लिम्बू(नृत्यकार/मोडल)-बर्मा, हाल: बैँकक | कलाको गला | चीनकी दीपा एवाईको योगदानबारे चर्चा | बजगाईंको कथासङ्ग्रह ‘कमरेड भाउजू’ सार्वजनिक | छुटेका पाइलाकी स्रष्टा-- बुलु शर्माबाट नइलाई छ लाख | हङकङमा नेपाली सप्ताह २०१४ सम्पन्न | शताब्दी पुरुषको स्वास्थ्यमा सुधार -- सरकारबाट १० लाख रुपियाँ प्रदान | अल्बम बेचेर आमाघरलाई सहयोग | त्रिमूर्ति निकेतनमा १३१ औं लेखनाथ जयन्ती | हङकङमा नेपाली साहित्य लेखन ज्यादै उर्बर छ - टंक सम्बाहाम्फे | सरकारले पनि डा.जोशीलाई शताब्दी पुरुषको सम्मान दिने डा.जोशीलाई १०१ ओटा अभिनन्दनपत्रहरु प्रदान | एडिबीको ऋण सम्झौता | विश्व नेपाली स्रष्टा कोश प्रकाशित गरिने | नौजनालाई नइ बाल पुरस्कार प्रदान | गरीबीले भोकै मरे फरक पर्दैन, तर सँस्कृति-सँस्कारहीन हुनु साँच्चीकै समाप्त हुनु हो --- मनोज साङसोन | ओराङफुङ जस्तै गायिका देशु सुहाङ | महाकवि देवकोटाबारे केही जानकारी | त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती | नौ जनालाई नइ देरुनीखपू बाल पुरस्कार | यूएइमा पत्रकारिता तालिम सम्पन्न | एचके नेपाली रेडियोका कुरा | TEARLESS EYES_Story by Vijay Kangmang | किरात राई यायोक्खा यूएइ शाखाको पाँचौ अधिवेशन सम्पन्न- | भलिबल प्रतियोगिता सम्पन्न, स्क्याड समुह प्रथम | पारिजातको जीवनकथा | हङकङमा धरानेहरुको बृहत जमघट | अमिलो पानीपुरी र पिरो चटपटेले १ लाख ८० हजार संकलन गर्यो | नइ भूपाल दुर्गा पुरस्कारको स्थापना | सम्भावना बोकेका सर्जकहरू हुनुहुन्छ,साहित्यिक एकता भने देखिन्न- बिद्रोही साइला | यूएईमा नेपाली कल्चर शो | उत्कृष्ठ सभासद छनौट प्रक्रियाको शुभारम्भ | हङकङमा प्राथमिक विद्यालय भर्नाहुन चाहाने विधार्थीहरुकालागि | 'माई प्रोमिस' धरानमा प्रिमियर | Apple Announces Apple Watch, Available in Early 2015 | भयवाद विश्वको कान्छो र नौलो दर्शन हो – देश सुब्बा | हामी आफैँभित्र पनि अमूर्त अनेक शक्ति, स्रोत र सम्भावना छन् -खगेन्द्र पन्धाक | डिभिजन-३ को लागि१८ जनाको नाम सार्बजनिक | सधैं अरुको भलाइँ गरिरहने सरला गुरुङको कलायात्रा | गीतसंगीत साधकहरुकालागि प्रिय साथी, असल नेपाली – राजु गुरुङ | लोकप्रिय गिटारिष्ट यादव राई | धरान हङकङ मञ्च : १५ औं वार्षिक उत्सव भव्यरुपमा हङकङमा मनाउने | गजल रचनाका प्राथमिक आधारभूत केहि तत्व र नियमहरु | अभाङ्गगार्ड, खलिल जिब्रान र हाम्रा नानीहरू | STORY- The Second State | मातृभाषाको विकास र चुनौतीहरु | टेरिया मगरको राहदानीमा समस्या ; युएईको कार्यक्रम स्थगन | iPhone 6 -- Apple's 2014 iPhone, debuting September 9 | हराएका राहदानीको विवरण इन्टरपोलको वेबसाइटमा | Stay alert against communicable diseases in new school year | नेपाली संगीतमा ‘आरोही’ : पहिलो एकल अल्बम लिएर आए सुनिता र अनुशील | विश्व आदिवासी दिवस | के हो यो ALS र Ice Bucket Challenge? | मानवीय सहयोगकालागि हङकङमा मेलोडी नाइट | राजेशपायल राई हङकङमाः असाह्य बालबालिकाहरुको शिक्षदीक्षाकालागि ५० हजार दिने घोषणा | Philosophy of Fearism | नेपालीको सान जितू राई बने विश्वको नं. १ खेलाडी | D. B. Chitrakar | Quality of life | 'भारतसँग राजनीतिक तहमै समस्या समाधान गर्नुपर्छ' | तेरिया अव युएईमा | हङकङका ८ नेपालीलाई ‘भानुभक्त स्वर्ण पदक’ | नेपाली साहित्यका महारथी गणेशबहादुर प्रसाईको निधन | जोशीलाई पाँच लाख रुपियाँ सहित शताब्दी पुरुष | आदिकवि भानुभक्त आचार्यको जीवनी | २५ स्रष्टाहरूलाई ‘भानुभक्त काव्य पुस्कार’ | रक्तदाताहरुलाई रेडक्रसको सम्मान, जगतअम्बू गुरुङ सम्मानित | भारतीय गोर्खाहरुको विविध साँस्कृतिक कार्यक्रम | हङकङमा विश्व काव्य यात्रा भव्यरुपमा सम्पन्न- कवि चौधरी नेपाली विधार्थीहरुसँग | हङकङमा भव्य पूर्खादिवस | The Nepalese community in Hong Kong looks to preserve Gurkha legacy | राजा महेन्द्रको हृदयाघात र कीर्तिनिधि विष्ट | विश्वभर छरिएका गोर्खाली समाधिहरु | इन्टिग्रेसन, चिनियाँ भाषा अनि हाम्रा आवश्यकताहरू | Minorities face challenges in the classroom | बालकृष्ण समको सङ्क्षिप्त परिचय | कविहरूका पनि कवि ‘कविशिरोमणि’ लेखनाथ पौड्याल | समग्र जीबनको सांगीतिक अन्तर्मन्थन “गह” | एक विशिष्ट सांगीतिक कार्यक्रमः अम्बर गुरुङ रात्री | भूगोलमा नारायणगोपाल | त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती | देवकोटाले कहिले पागल लेखे ? | देवकोटाको राँचीबास किन ? | शुसिल नेवा बने मिस्टर हङकङ नेपाल २०१३ | झुक्तै नझुक्ने नेपाली शिर अर्थात् डा.वानीरा गिरी | नेपाली आधुनिक गीतका लोकप्रिय गायक फत्तेमान | हङकङको नेपाल | नेपाली भाषा साहित्य र डायस्पोरा | श्रीहरि, सरुभक्त र मञ्जु काँचुलीलाई त्रिमूर्ति पुरस्कार | पाट ह्योङ सेन्ट्रल प्राइमरी स्कुलको दिक्षान्त समारोह सम्पन्न | पराजुलीत्रयको सांगीतिक कार्यक्रम हुने | विष्णुनन्द चाम्लिङ राईको गीति संग्रह ‘सम्झौता‘ | विश्व नारी रत्नः वानीरा गिरी | प्रकाश सायमी दाइसँग सात दिन | नेपाली क्रिकेटको कुरा | पूर्वमा पर्यटन मेला | स्तम्भ लेखनबाट म विदा | नयाँ वर्षमा च्याम्बरको डाइरेक्टरी | एउटा ज्यूँदो मान्छे अनङगनाथ पौडेल | जनजाति महासंघको उद्घोष– अनसन र तालाबन्दी | हङकङमा पुर्खादिवस 2013 | नेपालका गौरवः लैनसिंह वाङ्देल | पहिलो दैनिक पत्रिकाको सम्पादक- गोविन्द मल्ल गोठाले | सेवाका आदरणीय- त्रैलोक्यनाथ श्रेष्ठ | मुलुकलाई निरंकुशतर्फ धकेल्ने षड्यन्त्रः राजकुमार लेखी | पहिचानको बिरुद्धमा उत्रनेहरू सबै जातिबादी हुन : अशोक राई | महिला दिवसमा कार्यशाला गोष्ठी | ‘रोहितको आकृति’को लोकार्पण | लिम्बू भाषाको चलचित्र “केःवा कोःक्मा“ हङकङमा प्रदर्शन गरिने | नेपाली बास्केटबल टिमलाई प्रोत्साहन | सुनसरी उद्योग वाणिज्य संघमा राजेन्द्र श्रेष्ठ | महावाणिज्यदूत नियुक्ति बदर गर्न विरोधसभ | नेपाली काग्रेसको दोस्रो धरान नगर भेलामा तनाव | थापा हत्याको विरोधमा चौतारी | दुबईमा बनभोजसंगै उधौली साकेल | किरायाद्धारा यूएईमा एक महिलाको उद्धार | जाडो बढ्यो नेपालमा | धरानमा फेरि सडक उत्सव | तुवाचुङ जायजुम सहयोग समिति गठन | किराँत विभूति इमानसिंह चेम्जोङ | राजन मुकारुङसंग साक्षात्कार | हङकङमा नेपाली सप्ताह २०१२ | त्रिमूर्तिमा १२८औं लेखनाथ जयन्ती सम्पन्न | काठमाडौँ विश्वविद्यालयको अठारौँ दीक्षान्त समारोह (दोस्रो कार्यक्रम) सम्पन्न | पहलमानसिंह स्वार-जीवनी | १४ अञ्चलमा विश्व नारी नेपाली साहित्य सम्मेलन गठन | शुटिङ रिपोर्टः कवि राई | अनाम सडकमाः जातीय एकताको संदेश | संघीय समाजवादी पार्टीको हङकङ तदर्थ समिति गठन | पहिलो समालोचना पुरस्कार समर्पण | आदिकवि भानुभक्त आचार्यको लघु जीवनी | धरानको खानेपानी समस्या समाधान गर्न एडिविले सहयोग गर्ने | भारतको आसाम राज्यको हवाइपुरमा “नेपाली साहित्यमा भयवाद” | गायक राजेश पायल राई नमस्ते यूरोप सांगीतिक यात्रामा स्वीटजरल्याण्ड पछि जर्मनी र बेल्जियम आउदै | नेपालबाहिर रहेका नेपालीहरुको प्रतिनिधि नायक ध्रुव दत्त | विश्वभर छरिएका गोर्खाली समाधिहरु | मायादेवी राईसँगको कुराकानी | प्रकृतिगामी --कथा | सर्वप्रिय कम्युनिष्ट ः जसुदा राई | गोर्खाः ईज्जत, इमान अनि प्रेष्टीज | नौकन्यालाई नइ देरुनिखपू बाल पुरस्कार प्रदान | सानैमा ठूली - शारदा अधिकारी | हङकङमा महाकवि देवकोटाजयन्ती २०१२ सम्पन्न | साब्लाबुङ | तेक्वान्दो प्रतियोगितामा हङकङेली नेपाली खेलाडहरुलाई सफल्ता | नेपाली जातीय कवि -पं.धरणीधर शर्मा |
Recent Events
Most Read
Book Reviews
Philosophy of Fearism: Life is conducted, directed and controlled by the fear."1. ‘Fearism is a gift to the world from Nepali.’ Prof. Dr Tanka Prasad Neupane, Chairman, Fearism Study Centre: Baicharik Chintan, 2066 v.s. 2. ‘Fearism of Desh Subba has shake
विस्तृत समाचार
VIEW ALL
समाचार »
समाज र सामाजिक कार्यकर्ता
मेरो पैतृक अध्यात्मको पाटो

~~ राजकुमार दिक्पाल ~~
जसलाई मैले सिर्जनाको हिसावले त आजभन्दा २५-२६ वर्षअघि नै चिनेको हुँ, कथा संग्रह “प्रक्षेपण” मार्फत् । तर उहाँसँग मेरो औपचारिक चिनजान थिएन । चिनजानको औपचारिकताको वातावरण बनाइदियो, हाङपाङ एकता समाजले ।

“प्यारो हाङपाङ, सुन्दर हाङपाङ” भन्दै समाजले फेसबुकको वालमा राखेको हाङपाङ गाउँको सुन्दर तस्बिरमा लाइक गर्नेमध्येमा मैले उनै “प्रक्षेपण” कथा संग्रहका सर्जक कृष्ण प्रसाईंलाई पनि पाएँ । तब त के रह्यो, उहाँसमक्ष मित्रताको हात अगाडी बढाइहालेँ । उहाँबाट मेरो मित्रता प्रस्ताव ग्रहण पनि भइहाल्यो । त्यतिले मात्रै मेरो मन थामिएन, कुरा गर्ने मन भयो । कुराकानीका क्रममा उहाँले भन्न्ुभयो,“हामी प्रसाईंहरु यक्सोहरुसँग हाङपाङमा कतिसम्म मिलेर बसेको हौँ भने हामीले एकअर्काको देवता पनि साँटेर लियौँ । हामी आफ्नो घरमा जुन देवीदेवताको स्थान बनाउँछौँ, छेउमा तपाईंहरुको आराध्यदेवी युमाको पनि स्थान बनाउँछौँ र नित्य पूजा गर्छौँ ।”

अग्रज सर्जक र गाउँले दाजु कृष्ण प्रसाईंको यस भनाईबाट मेरा कलाकार नाती खगेन्द्र यक्सोको एउटा भनाईको बारम्बार याद आयो । खगेन्द्र आफ्नो वंशको मुन्धुमको खोज अनुसन्धानमा समर्पित ब्यक्तित्व हुन् । म चाहिँ वंशको इतिहासको खोजीमा छु । खगेन्द्र हाङपाङका अग्रज ब्यक्तित्व जयकृष्ण प्रसाईंको सानिध्यमा थिए । जयकृष्ण प्रसाईंलाई म आफू काका सम्बोधन गथेँ । उहाँ दीर्घायु बाँचेर बित्नुभएको पनि धेरै भएको छैन । उहाँसँगको मित्र–सम्बन्धको पाटोबारेमा कुनै दिन लेखौँला । आज भने हाम्रा आराध्यदेवी युमाको प्रसँगतिर म आफ्नो लेखनलाई केन्द्रीत गर्न चाहन्छु ।

प्रसाईंहरुलाई भैयाद (दाजुभाई)को रुपमा स्वीकार गरी आठराई थुमअन्तरगतको हाङपाङमा सुवांगी चलाउने यक्सो सुब्बाहरुले बसोबास गराएका हुन् । जयकृष्ण काकाले खगेन्द्रलाई यक्सोहरुको आराध्यदेवी युमाको स्थान नै बनाएर पूजा गर्ने गरेको देखाउनुभएको रहेछ । यसबाट यक्सोहरुको किपट भूमी हाङपाङमा बसोबास गर्ने प्रसाईंहरुले धार्मिक तथा साँस्कृतिक सहिष्णुता कायम गर्दै यक्सोहरुको आराध्यदेवी युमाको पनि उपासना गर्ने गरेका थिए भन्ने प्रमाणित हुन्छ ।

मेरा बुवा कप्तान आसबहादुर यक्सो (१९६८–२०४२) हाङपाङका प्रसाईंहरु भनेपछि मरिहत्ते गर्नुहुन्थ्यो । त्यसो त हाङपाङका ओली, चुडाल र पाठकहरुप्रति पनि उहाँको त्यतिनै ठूलो सद्भाव थियो । म सानो छँदा धनकुटाको हाम्रै घरमा बसेर प्रसाईं (जनार्दन प्रसाईं), गंगा (गंगा प्रसाईं) र ओली (चन्द्र ओली) कलेज पढ्नुभएको हो । त्यसबेला होस्टलमा बसेर पढिरहेकी गंगाकी दिदी (कृष्णकुमारी प्रसाईं) कहिले काहिँ हाम्रो घरमा आउनुहुन्थ्यो ।

यक्सोको उद्गम
यक्सोहरुले आफ्नो वंशावलीको इतिहास केलाउँदा उनीहरु मुनातेम्बेतिर पुग्छन् । यो क्षेत्र फक्तालुङ हिमाल आसपास पर्छ । त्यहाँ लिम्बूहरुको मौलिक युमा धर्म जोगाउन गाह«ो भएको, बौद्ध धर्मको प्रभुत्वले पेल्दै लगेको लगेको कारण आफ्नो मौलिक धर्म जोगाउन आफूहरु दक्षिणतिर झरेको मान्यता राख्छन्, उनीहरु । वंशावलीअनुसार उनीहरुको पुर्खा मुनाफेनहाङ हुन् । उनलाई मुनाफेन, मुक्केगुवा वा सिक्केथुक्पा पनि भनिन्छन् । उनी साह्रै रिसाहा भएका कारण उनलाई “सिक्केथुक्पा” भनिएको हो ।

सिक्केथुक्पाका छोरा लासाहाङलाई मौलिक धर्म जोगाउने अभियानमा लाग्दा हत्या गरियो । त्यसपछि उनका शक्तिशाली छोरा उवाहाङ (सन् ८४९–८६५)ले राज्यको पुख्र्यौली विरासत थामे । उनी शक्तिशाली लिम्बु राजा थिए । उनले नयाँ धर्मदर्शन समेत प्रतिपादन गरेका थिए । उवाहाङपछि उनका छोरा मावोहाङ सन् ८६५देखि ८८० सम्म १५ वर्ष राजा भए । मावोहाङ निक्कै धार्मिक र प्रतापी राजा थिए । आज पनि उनकै प्रतापका कारण आफूलाई मावोहाङका सन्तान वा मावोहाङवंशी भन्ने लिम्बूहरुमध्ये यक्सोहरु पनि एक हुन् । लिम्बू मुन्धुममा उवाहाङ र मावोहाङका प्रशस्त उपदेश र देववाणीहरु पाइन्छन् ।

मावोहाङका सन्तानहरु
भर्खरै प्रकाशमा आएको यक्सोहरुको वंशावली “यक्सो इ्रत्लाम” ले मावोहाङका सन्तान को को थिए भनी प्रस्ट पारेको छ । वंशावलीअनुसार यहाँ केही तथ्य प्रस्ट पार्ने प्रयास गरिएको छ ।
मुनाफेनहाङका तीन भाई छोरामध्ये जेठा लासाहाङका छोरा उवाहाङ र नाती मावोहाङ हु्न् । माइला खालाहाङका सन्तान काङभा, मावखिम, यरङ्वा, लक्सम र मादेम्वा भए । यस्तै कान्छा इमेहाङका सन्तान लेप्चा भए ।

लासाहाङका चार छोरामध्ये जेठा उवाहाङ, माइला चाङ्वाहाङ, साइला पारावाहाङ र कान्छा मुरेंगन हुन् । तीमध्ये माइलातिर सुवाङसङ् र महरेसङ भए । साइलातिरका सन्तान फुरुम्वो र पालुङ्वाहरु भए । कान्छा मुरेंगनतिर तवेबुङ, मांयुक, ईजम, पतङ्वा, लाबुङ र संसंवो भए ।

उवाहाङका एकै जना छोरा मावोहाङ भए । उनका पनि एकै जना छोरा थिए, मुदाहाङ । मुदाहाङका तीन भाई छोरामध्ये जेठा थाक्मिया, माइला मुरेगन र कान्छा काप्पेनहाङ भए । मुरेगनका सन्तान तुम्वाहाम्फे, सर्वन्दुङ, यङदेन र मादेन फेन्दुवाहरु हुन् ।  यस्तै काप्पेनहाङका सन्तान चाहिँ लेचेन्जे, लेखक्पा, थगम्बा, लुङदेपु, हिदुम, फाक्फेक्वा मावोहरु हुन् ।

जेठा थाक्मियाका सन्तान मुजिवा हुन् । उनका सन्तान चेम्जोङहरु हुन् । कान्छा थाक्काइनहाङका दु्ई छोरामध्ये तागेहाङका सन्तान इङ्वादक, सवेइनाम, फुङदित आङ्छङ्वोहरु भए भने कान्छा सुल्लिफुङका सन्तानहरु नै यक्सोहरु हुन् ।

यक्सो वंशावलीको पुराना मुल कागजमा भने उवाहाङलाई देवानाम्जे, मावोहाङलाई देवारोङ्गे र मुदाहाङलाई देवा फुनजांपा लेखिएको छ । विक्रम सम्वत १९०९ मा लेखिएको यो वंशावलीको कागज पैतृक विरासतका रुपमा मसँग सुरक्षित छ ।

यक्सोहरुको यक ताप्लेजुङको तमरखोलामा रहेको छ । यस क्षेत्रलाई  आराध्यदेवी युमाको तान बुन्ने ठाउँका रहेको मान्यता स्थापित छ ।

मेरो पैतृक अध्यात्मको पाटो
मेरो बुवाले ब्रिटिश गोरखा सेनामा लामो समय सेवा गर्नुभयो । पेन्सन पाक्नासाथ उहाँलाई राणाहरुले कप्तान दर्जा दिए । उहाँ केही वर्ष नेपाली सेनाको कप्तान दर्जामा रही उहाँले सेवा गर्नुभयो ।
लामो समय सेनाको अफिसर उहाँमा धर्म, सँस्कृति, मुन्धुम र इतिहासको राम्रो ज्ञान थियो । उहाँले क्याप्टेन खड्गेन्द्रसिंह आङबुहाङलाई मुन्धुमका कैयौँ आख्यानहरु सुनाउनुभएको थियो । जतिखेर उहाँले यस्ता अख्यान सुनाउनुहुन्थ्यो, म पनि छेउमा बसेर सुनिरहेको हुन्थेँ । पछि ती आख्यानहरु शिवकुमार श्रेष्ठको सङ्कलनमा प्रकाशित “किराती लोककथाहरु” र “किराती लोककथा संगालो”मा पढ्ने अवसर मैले पाएँ ।
मेरो बुवा सैनिक अफिसर भए पनि उहाँमा किपटिया अहम् थियो । म आफू त धनकुटामा जन्मेको परेँ । हाम्रो आठराई हाङपाङको किपटिया विरासतबारेमा म आफू अनभिज्ञ र अनुभवहीन हुने नै भएँ । फेरि म किशोरावस्थामै छँदा बुवा दिवंगत हुनुभयो ।

तर पछि बुवाको बाकस खोलेर हेर्दा हाम्रो किपटिया विरासतका इतिहासका कैयौँ कागज फेला पारेँ । यसबारेमा छुट्टै पुस्तक लेख्ने तयारी गरिरहेको छु । मभन्दा छैटौँ पुस्ताअघिका पुर्खा श्रीवाजको समयदेखिका कागजपत्र सुरक्षित छन्, मसँग ।

भगिराज इङ्नाम र शेरबहादुर इङ्नामद्वारा लिखित ‘तेह्रथुम जिल्लामा सुब्बाङ्गी प्रथा’ (२०७०)मा तेह्रथुम आठराई क्षेत्रका ३८ जना लिम्बू सुब्बा तथा कर्ताहरुको नाममा जारी लालमोहर पनि छापिएको छ । विक्रम सम्वत १८९४ माघ सुदी ७ रोज ५मा जारी उक्त लालमोहरमा तत्कालिन राजा राजेन्द्रविक्रम शाहद्वारा सम्वोधन गरिएका ३८ जना लिम्बू सुब्बामध्ये एक जना श्रीवाज  पनि छन् । मसँग पनि श्रीवाजले किपट सम्हालेका विक्रम सम्वत १९०२देखि १९१९ सम्मका कागज सुरक्षित छन् ।

मेरो बुवा कप्तान आसबहादुर इतिहास र सँस्कृतिप्रेमी हुनुहुन्थ्यो । उहाँ हरेक पूर्णिमाको दिन युमाको विशेष पूजा गर्नुहुन्थ्यो । प्रत्येक दिन युमाको आराधना गर्नुहुन्थ्यो । पूजामा मलाई सम्मिलित गराउनुहुन्थ्यो । बुवाको भौतिक चोला उठेपछि उहाँको आध्यात्मिक विरासत बोक्ने कोही भएनन्, हाम्रो घरमा ।

म आफू पनि बडो भौतिकवादी भएर हिडेँ, लामो समयसम्म । त्यसैले पैतृक आध्यात्मिक विरासतबारे अनभिज्ञ रहेँ । वास्ता गरिनँ । घरका केही अगुवा क्रिश्चियन बने । मेरा केही हितैषीले मलाई बाइबल पढ्न दिए । क्रिश्चियन बन्न जोड गरे । कसो कसो म क्रिश्चियन बन्नबाट जोगिएँ ।

केही समययता म इतिहासको अध्ययनमा छु । इतिहासका कतिपय पाटो लेखिरहेको पनि छु । इतिहासको अध्ययनपछि ममा आफ्नो पैतृक आध्यामिक विरासतप्रति आस्था प्रगाढ भएर आयो । मैले अध्यात्मको पाटोबाट युमाको अनुशरण गर्नुको विकल्प देखिनँ । आफूले इतिहासको जगमा उभिएर भविष्य नियाल्ने हो भने पैतृक अध्यात्मको बाटोमा हिड्नु नै उचित देखेँ ।
मौलिक परम्परामा कतिपय कमजोरीहरु हुन सक्छ । तिनहरुलाई पनि सच्याउँदै जानुपर्छ ।
 

आफ्नो मत व्यक्त गर्नुहोस्
You can contact us using the following form.
The fields marked by (*) are necessary.
*
*
अन्य समाचार...

How to listen HK Nepali Radio ?

For iPhone User

Open the iPhone and go to the App Store. Download HK Nepali Radio apps or  Nepali FM applications, Browse the HK Nepali Radio and Enjoy live streaming radio on your iPhone eiter through the speaker or by connecting earphones. HK Nepali Radio for iOS

For Android  Users

We have good news for you. Our android application is available in Google Play Store. To download our application, we would like to request you to click here. HKNEPALIRADIO Android apps

Subscribe Our Channel
Latest Comments