Headlines :
पूर्वको पर्यटकीय ग्राम भेडेटार नपुगे यात्रा अधुरो | एक हजार तामाङ काटिएको इतिहास | देवकोटा प्राय: भन्थे -- म मर्न चाहन्छु | तीज गीत “झुम्का लगाउँछु“ | विदुषी बुलु शर्माको कथा | युएईमा ससफोको दोश्रो पार्टी एकता दिवस सम्पन्न | सिक्नेचर मुभि – थिन्क पोजिटीभ ग्लोबल क्याम्पिन | मेरो पैतृक अध्यात्मको पाटो | तेह्र बर्षीय गायिका सुबिका राईको प्रथम म्युजिक भिडियो | सबिना गुरुङको चरी चिरिबिरी सार्वजानिक | आठपहरिया राई र दशैं | आमा बित्दा रुने फुर्सद छैन | मेरो भलो चिताउने साथी | मेरी यस्ती एउटी बहिनी | पहिलो प्रेमअनुभूति - राजकुमार दिक्पाल | हामीलाई एक्लै छाडी पन्नाकाजी पनि हिंडे | कीर्तिनिधि विष्टबाट नइलाई ३० लाख | छापामार युवतीको डायरी | सुरेन्द्र लिम्बू परदेशीलाई अस्वीकृत विचार–साहित्य पुरस्कार साहित्यकार | ‘सगरमाथा साँझ–३’ आयोजना गरिने | विश्व साइकल यात्रीले प्याराग्लाईडिङ प्रशिक्षण लिँदै | चेतनायुक्त प्रतिपक्षीय बिचार नै ‘अस्वीकृत बिचार’ हो - डा. कविताराम श्रेष्ठ | विपि प्रतिष्ठानमा सकियो उपकुलपतिको पदावधि, आकांक्षीहरु शक्तिकेन्द्र धाउदै | ’वोझ नहोस् मेरो माया.. | माओ त्सेतुङ, सुखानीमा हत्या र म | हङकङमा नेपाली भाषा, साहित्य र संस्कृति सप्ताहको रौनक | गोयाङको सुगन्ध कृतिलाई २,०२,००२ रुपैयाको पहिचान पुरस्कार | प्रा. डा. कृष्णहरि बराल दुबाईमा सम्मानित | केशर माङयुङको नयाँ गीत ः भिडियो सार्बजनिक | तेजेश्वरबाबु ग्वंगलाई २०७२ सालको 'घटराज पुरस्कार' | Vote for Mira Rai | वाल गायिका प्रीशा श्रेष्ठको 'प्रीशा' | गीतकार प्रकाश सुवेदीको ’मनका कुरा तिमीलाई सार्बजनिक | देशदेशान्तरका २०५ जनालाई-सत्यमोहन जोशी शताब्दी पदक | तोडेर नाता जाँदै छु प्रिय तिम्रो नजरबाट - राकेश काफ्ले | सत्यमोहन जोशी ः शताब्दी पुरुष | सिडी बिजय र मनिशाको पत्ति नमिलेको तास बजारमा | सन्जीव र नलिना पोर्तुगल आउँदै लिस्बोन | ’डढेलोभित्रका सतिसाल’ हङकङमा प्रिमियर | आठपहरिया राई र दशैं | 'सत्यमोहन जोशी शताब्दी पदक' | यूएइमा फोनिज गठन हुने | दार्जिलिङले के सिकायो ? अन्तत: सूधपा को हुन् ! | सडकबाट शिखर पुगेका ब्यक्तित्व | नौ हजार फिटबाट २३ नेपाली उडे | साहसिक हिरो सानोबाबु सुनुवारलाई सम्मान | पाँच फिट अग्लो अभिनन्दन पत्र | साउदीमा प्रवासी नेपालीले मनाए क्वाटीपूर्णे | स्याङजा समितिमा दुई लाख हिनामिना स्याङजाली कान्छासहित निष्कासि | स्वर, सङ्गीत र शब्दका शिखर : गोपाल योञ्जन | गायक सुरेश राना मगर : कुराकानी | गुरुङ तमू समाज मकाउको प्रथम अधिवेशन | मकाउमा सेतो पुतली ः भूकम्प पीडितकालागि पुननिर्माणकालागि सहयोग जुटाउँदै | महाकविका प्रिय कवि श्यामदास वैष्णव भन्छन्- | अम्बर गुरुङ नेपाली आकाशका गीत थिए | यूएइमा साकेला उँभौली-५०७६ सम्पन्न | ओ...खरबुजा...खरबुजा...! | पुण्यरश्मिलाई बीपी कोइरालाको सहयोग | आमाप्रतिको आदर ः आभा मुकारुङ | Mother Tongue Education Rights of Ethnic Minorities | सुटिङ सम्पन्न | कविता - सम्झेर पुर्खा | हङकङमा पूर्खादिवस २०१६ | फोरममा सामूहिक प्रवेश | किरात मञ्च नेपालको सङ्गठन विस्तार | धरानमा प्याराग्लाइडिङ | साइप्रसमा ग्याल्बु ल्होसार भब्य सम्पन्न तथा नयाँ कार्य समिती गठन | बुद्धिसागर बश्याल - अनलाईन वार्ता | त्रिमूर्ति निकेतनमा ११४ औं सम जयन्ती | अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक प्रकाश थापालाई सम्मान | आफ्नोपन बिना बाँच्नुको सार छैन ।- यासेली योङहाङ | सङ्गीतका अमर साधक रत्नबहादुर खड्गी | विश्व शेर्पा संघको तदर्थ समिति गठन | तारादेवी नेपाली गीतगायनमा बहुचर्चित नाउँ | समाज सेवामा अगुवा सँस्था गुदेल शेर्पा किदुग | त्रिमूर्ति निकेतनमा १३२ औं लेखनाथ जयन्ती | क्वाणटम साहित्यको व्याख्याता - डा. मधुकृष्ण श्रेष्ठ | सेप्टेम्बर १, २०१६ देखि प्राथमिक १ कक्षामा भर्ना हन गइरहेका छन् भने | आदिवासी जनजातिको निम्ति समर्पित पेम्बा गेलु शेर्पा | इजरायलमा जनमूक्ति मंचको गठन | सुनगाभा फुल्यो लेकैमा...म्युजिक भिडियो सार्वजनिक | राईलाई ‘नइ धनरूप पुरस्कार’ | राष्ट्रिय एकता खलबलाउने संविधान स्वीकार हुन सक्दैन । | बिबिसी नेपाली सेवाको एकपक्षिय प्रसारण विरुद्ध खेद प्रस्ताव पारित र नेता शेर्पाको रिहाईको माग | एघारौं त्रिमूर्ति दिवस- ९ जना पुरस्कृत १७ ओटा कृति लोकार्पण | न्युयोर्कमा ट्राभलिङ किम्फ सम्पन्न् - देशी विदेशी दर्शकहरुको सहभागीता | शेर्पा किदुक साईप्रसको प्रथम बैठक सम्पन्न | जीवनको अनुवाद र सोम लिम्बू | साईप्रसमा महिलाहरूको वर्चस्व रहेको शेर्पा किदुक गठन | सबैको गुरुमा - भारती ओख्राबो | साईप्रसमा राजनैतिक पार्टी र विध्यार्थी एकता | माया ठकुरी ‘नेपाली साहित्य नारी रत्न’ घोषित | गीत-सङ्गीतमा लाग्नेहरूले कहिल्यै एक्लो हुनुपर्दैन ।- केन्जुमा सुब्बा | “सक्छौ भने युद्ध गर्न आऊ भनेर राज्यले हामीलाई निम्तो दियो” : डा. ओम गुरुङ | हङकङ र मकाउको सफलता पछि किम्फ अब अमेरिकाको न्यूयोर्कमा | बैँककमा जम्बो कार्यक्रम 'चुम्लुङ' सम्पन्न | शेर्पा संघ, यूरोपको तेश्रो महाधिवेशन सन् २०१६ को लोसारमा आयोजना हुँदै | १२ भाषाका ज्ञाता : हेमचन्द्र पोख्रेल | नामी तर दुखी शान्ति मास्के | कवि रण काफ्ले भारतमा पूर्वोत्तर हिन्दी एकादमीबाट सम्मानित | भयवाद दर्शनको पुस्तकलाई दुईवटा अन्तर्राष्ट्रिय अवार्ड | सावधान सरकार ! खबरदार सरकार ! | हङकङको नेपाली साहित्यकार, गीतकारहरुमा नाम छुटाउन नहुने व्यक्ति-- डीबी पालुङ्वा | हङकङमा समवेदना व्यक्त गर्न मैनबत्ती प्रज्वलन कार्यक्रम | पुर्खा दिवस र थपिएका अर्थ | हङकङमा पुर्खादिवस सम्पन्न | द युनिभर्सीटी अफ हङकङमा भयवाद्का कुरा | गाउँमा के गर्न सक्छु भनेर सोची रहेको छु – गौतम सागर राई | हङकङमा पुर्खादिवसको भव्य तयारी | अबका नेपाली पुस्ताले आफ्नै जन्मथलोमै ब्यवस्थित जीवन यापन गर्न सकून् -कर्मा छिरिङ शेर्पा(बेलायत) | आफ्नै जन्मगाउँका उकाली-ओरालीले गायिका बनायो । -रत्ना बराईली(लोक-गायिका) | ‘मनभरी चोट भए पनि दर्शकसँग हाँस्नु पर्छ ।‘ - लाक्पा शेर्पा(अमोद) | आफ्नो भाषा-सँस्कृति-धर्म-भेष अँगालेर कला-कर्ममा प्रयोग गर्दा सुहाएको जस्तो लाग्छ । --बरधोज | आँसु झारेँ धेरै-धेरै केवल तिम्रैलागि--ईशा लावती लिम्बू(गीतकार) | मानध्वजको चरित्रले मलाई नै रुवाउँछ । ___ मौसम ईम्बुङ(चेसुङका लेखक-निर्देशक) | ‘गायिका नै बन्छु’ भन्ने जवाफ नदिए पनि गायिका नै बनेँ' -- आभा मुकारुङ | किम्फका उत्कृष्ट | बालकृष्ण समको सङ्क्षिप्त परिचय | शिक्षा र ज्ञानले मानसिक, शारीरिकरुपले सबल तुल्याउँछ - जुनिता लिम्बू | संगीतकार गणेश गुरुङका बारेमा र केहि सम्झना | निदै छैन आँखामा --गायिका जशोदा सुब्बा | गायिका तायाहाङमा राईको दोस्रो एल्बम ‘तराना’ सार्वजनिक | कुशल गायक- कुशल थलङ | मलाई टिपिकल कला-सँस्कृतिप्रति रुची छ -सुमी लिम्बू(नृत्यकार/मोडल)-बर्मा, हाल: बैँकक | कलाको गला | चीनकी दीपा एवाईको योगदानबारे चर्चा | बजगाईंको कथासङ्ग्रह ‘कमरेड भाउजू’ सार्वजनिक | छुटेका पाइलाकी स्रष्टा-- बुलु शर्माबाट नइलाई छ लाख | हङकङमा नेपाली सप्ताह २०१४ सम्पन्न | शताब्दी पुरुषको स्वास्थ्यमा सुधार -- सरकारबाट १० लाख रुपियाँ प्रदान | अल्बम बेचेर आमाघरलाई सहयोग | त्रिमूर्ति निकेतनमा १३१ औं लेखनाथ जयन्ती | हङकङमा नेपाली साहित्य लेखन ज्यादै उर्बर छ - टंक सम्बाहाम्फे | सरकारले पनि डा.जोशीलाई शताब्दी पुरुषको सम्मान दिने डा.जोशीलाई १०१ ओटा अभिनन्दनपत्रहरु प्रदान | विश्व नेपाली स्रष्टा कोश प्रकाशित गरिने | एडिबीको ऋण सम्झौता | नौजनालाई नइ बाल पुरस्कार प्रदान | गरीबीले भोकै मरे फरक पर्दैन, तर सँस्कृति-सँस्कारहीन हुनु साँच्चीकै समाप्त हुनु हो --- मनोज साङसोन | ओराङफुङ जस्तै गायिका देशु सुहाङ | महाकवि देवकोटाबारे केही जानकारी | त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती | नौ जनालाई नइ देरुनीखपू बाल पुरस्कार | यूएइमा पत्रकारिता तालिम सम्पन्न | एचके नेपाली रेडियोका कुरा | TEARLESS EYES_Story by Vijay Kangmang | किरात राई यायोक्खा यूएइ शाखाको पाँचौ अधिवेशन सम्पन्न- | भलिबल प्रतियोगिता सम्पन्न, स्क्याड समुह प्रथम | पारिजातको जीवनकथा | अमिलो पानीपुरी र पिरो चटपटेले १ लाख ८० हजार संकलन गर्यो | हङकङमा धरानेहरुको बृहत जमघट | नइ भूपाल दुर्गा पुरस्कारको स्थापना | सम्भावना बोकेका सर्जकहरू हुनुहुन्छ,साहित्यिक एकता भने देखिन्न- बिद्रोही साइला | यूएईमा नेपाली कल्चर शो | उत्कृष्ठ सभासद छनौट प्रक्रियाको शुभारम्भ | हङकङमा प्राथमिक विद्यालय भर्नाहुन चाहाने विधार्थीहरुकालागि | 'माई प्रोमिस' धरानमा प्रिमियर | Apple Announces Apple Watch, Available in Early 2015 | भयवाद विश्वको कान्छो र नौलो दर्शन हो – देश सुब्बा | हामी आफैँभित्र पनि अमूर्त अनेक शक्ति, स्रोत र सम्भावना छन् -खगेन्द्र पन्धाक | डिभिजन-३ को लागि१८ जनाको नाम सार्बजनिक | सधैं अरुको भलाइँ गरिरहने सरला गुरुङको कलायात्रा | गीतसंगीत साधकहरुकालागि प्रिय साथी, असल नेपाली – राजु गुरुङ | धरान हङकङ मञ्च : १५ औं वार्षिक उत्सव भव्यरुपमा हङकङमा मनाउने | लोकप्रिय गिटारिष्ट यादव राई | गजल रचनाका प्राथमिक आधारभूत केहि तत्व र नियमहरु | STORY- The Second State | अभाङ्गगार्ड, खलिल जिब्रान र हाम्रा नानीहरू | टेरिया मगरको राहदानीमा समस्या ; युएईको कार्यक्रम स्थगन | मातृभाषाको विकास र चुनौतीहरु | iPhone 6 -- Apple's 2014 iPhone, debuting September 9 | हराएका राहदानीको विवरण इन्टरपोलको वेबसाइटमा | Stay alert against communicable diseases in new school year | नेपाली संगीतमा ‘आरोही’ : पहिलो एकल अल्बम लिएर आए सुनिता र अनुशील | विश्व आदिवासी दिवस | के हो यो ALS र Ice Bucket Challenge? | राजेशपायल राई हङकङमाः असाह्य बालबालिकाहरुको शिक्षदीक्षाकालागि ५० हजार दिने घोषणा | मानवीय सहयोगकालागि हङकङमा मेलोडी नाइट | Philosophy of Fearism | नेपालीको सान जितू राई बने विश्वको नं. १ खेलाडी | D. B. Chitrakar | Quality of life | 'भारतसँग राजनीतिक तहमै समस्या समाधान गर्नुपर्छ' | तेरिया अव युएईमा | हङकङका ८ नेपालीलाई ‘भानुभक्त स्वर्ण पदक’ | नेपाली साहित्यका महारथी गणेशबहादुर प्रसाईको निधन | जोशीलाई पाँच लाख रुपियाँ सहित शताब्दी पुरुष | आदिकवि भानुभक्त आचार्यको जीवनी | २५ स्रष्टाहरूलाई ‘भानुभक्त काव्य पुस्कार’ | रक्तदाताहरुलाई रेडक्रसको सम्मान, जगतअम्बू गुरुङ सम्मानित | भारतीय गोर्खाहरुको विविध साँस्कृतिक कार्यक्रम | हङकङमा विश्व काव्य यात्रा भव्यरुपमा सम्पन्न- कवि चौधरी नेपाली विधार्थीहरुसँग | हङकङमा भव्य पूर्खादिवस | The Nepalese community in Hong Kong looks to preserve Gurkha legacy | राजा महेन्द्रको हृदयाघात र कीर्तिनिधि विष्ट | विश्वभर छरिएका गोर्खाली समाधिहरु | इन्टिग्रेसन, चिनियाँ भाषा अनि हाम्रा आवश्यकताहरू | Minorities face challenges in the classroom | बालकृष्ण समको सङ्क्षिप्त परिचय | कविहरूका पनि कवि ‘कविशिरोमणि’ लेखनाथ पौड्याल | समग्र जीबनको सांगीतिक अन्तर्मन्थन “गह” | एक विशिष्ट सांगीतिक कार्यक्रमः अम्बर गुरुङ रात्री | भूगोलमा नारायणगोपाल | त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती | देवकोटाको राँचीबास किन ? | देवकोटाले कहिले पागल लेखे ? | शुसिल नेवा बने मिस्टर हङकङ नेपाल २०१३ | झुक्तै नझुक्ने नेपाली शिर अर्थात् डा.वानीरा गिरी | नेपाली आधुनिक गीतका लोकप्रिय गायक फत्तेमान | हङकङको नेपाल | नेपाली भाषा साहित्य र डायस्पोरा | श्रीहरि, सरुभक्त र मञ्जु काँचुलीलाई त्रिमूर्ति पुरस्कार | पाट ह्योङ सेन्ट्रल प्राइमरी स्कुलको दिक्षान्त समारोह सम्पन्न | पराजुलीत्रयको सांगीतिक कार्यक्रम हुने | विष्णुनन्द चाम्लिङ राईको गीति संग्रह ‘सम्झौता‘ | विश्व नारी रत्नः वानीरा गिरी | प्रकाश सायमी दाइसँग सात दिन | पूर्वमा पर्यटन मेला | नेपाली क्रिकेटको कुरा | स्तम्भ लेखनबाट म विदा | नयाँ वर्षमा च्याम्बरको डाइरेक्टरी | एउटा ज्यूँदो मान्छे अनङगनाथ पौडेल | जनजाति महासंघको उद्घोष– अनसन र तालाबन्दी | हङकङमा पुर्खादिवस 2013 | नेपालका गौरवः लैनसिंह वाङ्देल | पहिलो दैनिक पत्रिकाको सम्पादक- गोविन्द मल्ल गोठाले | सेवाका आदरणीय- त्रैलोक्यनाथ श्रेष्ठ | मुलुकलाई निरंकुशतर्फ धकेल्ने षड्यन्त्रः राजकुमार लेखी | पहिचानको बिरुद्धमा उत्रनेहरू सबै जातिबादी हुन : अशोक राई | महिला दिवसमा कार्यशाला गोष्ठी | ‘रोहितको आकृति’को लोकार्पण | लिम्बू भाषाको चलचित्र “केःवा कोःक्मा“ हङकङमा प्रदर्शन गरिने | नेपाली बास्केटबल टिमलाई प्रोत्साहन | सुनसरी उद्योग वाणिज्य संघमा राजेन्द्र श्रेष्ठ | महावाणिज्यदूत नियुक्ति बदर गर्न विरोधसभ | नेपाली काग्रेसको दोस्रो धरान नगर भेलामा तनाव | थापा हत्याको विरोधमा चौतारी | किरायाद्धारा यूएईमा एक महिलाको उद्धार | दुबईमा बनभोजसंगै उधौली साकेल | जाडो बढ्यो नेपालमा | धरानमा फेरि सडक उत्सव | तुवाचुङ जायजुम सहयोग समिति गठन | किराँत विभूति इमानसिंह चेम्जोङ | राजन मुकारुङसंग साक्षात्कार | हङकङमा नेपाली सप्ताह २०१२ | त्रिमूर्तिमा १२८औं लेखनाथ जयन्ती सम्पन्न | काठमाडौँ विश्वविद्यालयको अठारौँ दीक्षान्त समारोह (दोस्रो कार्यक्रम) सम्पन्न | पहलमानसिंह स्वार-जीवनी | १४ अञ्चलमा विश्व नारी नेपाली साहित्य सम्मेलन गठन | शुटिङ रिपोर्टः कवि राई | अनाम सडकमाः जातीय एकताको संदेश | संघीय समाजवादी पार्टीको हङकङ तदर्थ समिति गठन | पहिलो समालोचना पुरस्कार समर्पण | धरानको खानेपानी समस्या समाधान गर्न एडिविले सहयोग गर्ने | आदिकवि भानुभक्त आचार्यको लघु जीवनी | भारतको आसाम राज्यको हवाइपुरमा “नेपाली साहित्यमा भयवाद” | गायक राजेश पायल राई नमस्ते यूरोप सांगीतिक यात्रामा स्वीटजरल्याण्ड पछि जर्मनी र बेल्जियम आउदै | विश्वभर छरिएका गोर्खाली समाधिहरु | मायादेवी राईसँगको कुराकानी | नेपालबाहिर रहेका नेपालीहरुको प्रतिनिधि नायक ध्रुव दत्त | गोर्खाः ईज्जत, इमान अनि प्रेष्टीज | प्रकृतिगामी --कथा | सर्वप्रिय कम्युनिष्ट ः जसुदा राई | नौकन्यालाई नइ देरुनिखपू बाल पुरस्कार प्रदान | सानैमा ठूली - शारदा अधिकारी | हङकङमा महाकवि देवकोटाजयन्ती २०१२ सम्पन्न | साब्लाबुङ | नेपाली जातीय कवि -पं.धरणीधर शर्मा | तेक्वान्दो प्रतियोगितामा हङकङेली नेपाली खेलाडहरुलाई सफल्ता |
Recent Events
Most Read
Book Reviews
Philosophy of Fearism: Life is conducted, directed and controlled by the fear."1. ‘Fearism is a gift to the world from Nepali.’ Prof. Dr Tanka Prasad Neupane, Chairman, Fearism Study Centre: Baicharik Chintan, 2066 v.s. 2. ‘Fearism of Desh Subba has shake
विस्तृत समाचार
VIEW ALL
समाचार »
जीवनी
विदुषी बुलु शर्माको कथा

- नरेन्द्रराज प्रसाई
बुलु शर्मा सत्याल संवत् १९८५ भदौ २२ गते बनारसको नामी रामपुराको नेपाली कोठीमा जन्मेकी थिइन् । शर्माका अनुसार त्यस घडी बनारसमा त्यो घर नेपाली कोठीका रूपमा प्रख्यात थियो । जमिनदार शारदाप्रसाद उपाध्याय र सुशीला उपाध्यायकी छोरी शर्माले त्यसै घरमा कखरा पढिन् । धनीकी छोरी भए तापनि उनले लगातार स्कुल गएर पढ्न पाइनन् । सात कक्षा पढ्दापढ्दै यिनले फेरि स्कुल छाड्नुपरेको थियो ।

शर्माका ठूलो बुबा अम्बिकाप्रसाद उपाध्याय र ठूली आमा अम्बालिकादेवी धनी भईकन सौखिन पनि थिए । त्यसैले पटनामा गर्मी हुँदा उनीहरू पहाडी इलाकातिर जान्थे । उनीहरू गर्मी महिनामा प्रायः सिमला, मुसुरी, नैनीताल, दार्जिलिङ आदि ठाउँ घुम्थे । त्यस यात्रामा शर्मा पनि सरिक हुन्थिन् । चाहे घरमा होस्, चाहे यात्रामा होस्; शर्मा अनुशासित, शिष्ट र आज्ञाकारी स्वभावकी थिइन् । उनी असल गुणले बाँधिएकी थिइन् र अत्यन्तै सोझी पनि थिइन् । सारै सोझी भएकाले घरका सबैले यिनलाई ऋषिकन्या भनेर बोलाउँथे । त्यस शब्दले सम्बोधन गर्दा यी पनि सारै खुसी हुन्थिन् र मक्ख पर्थिन् ।

शर्मा सानामा गीत गाउँथिन् । यिनलाई हार्मोनियम सिकाउने गुरु घरमै आउँथे । यिनका दाजु अर्थात् ठूली आमाका छोरा सूर्यप्रसाद उपाध्याय (नेपाली काङ्ग्रेसका नेता) एकपटक नेपालबाट पटना जाँदा शर्माले गीत गाएकी थिइन् । तर उपाध्यायलाई आफ्नी चेलीबाट गाइएको हुँदा त्यो गीत चित्तै बुझेन । केटीले गीत गाउन हुँदैन भन्ने उनका दाजुको चाहना थियो । वास्तवमा त्यस विषयले शर्माका मनका नेपाल र नेपालीप्रति वितृष्णाका लहर सृजना भएका थिए ।

शर्माको बिहेको प्रसङ्ग पनि नेपालमा नै चल्यो ।  त्यस विषयमा पनि सूर्यप्रसाद उपाध्यायको गीतगायनका प्रसङ्गलाई सम्झेर यिनले नेपालीप्रति त्यति सकारात्मक धारणा राखिनन् । जे भए पनि यिनलाई हेर्न मान्छेहरू काठमाडौंबाट बनारस पुगेका थिए । यिनलाई हेराउने हिसाबले त्यहाँ सिनेमाहलमा पाँच जना नौला नेपालीहरूका लागि टिकटको पनि बन्दोबस्त भयो । सिनेमाहलमा तिनीहरू शर्माका अगाडि बसेका थिए । तिनीहरू घरीघरी पछाडि फर्केर शर्मालाई हेर्थे । त्यसै बेला शर्माकी आमा बोलेकी थिइन् “ए नानी ! चस्मा फुकाल, चस्मा लगाउन हुँदैन । तिमीलाई हेर्न नेपालबाट मान्छे आएका छन्, कस्ती उत्ताउली भन्छन्, चस्मा फुकाल नानी !” आमाका कुरामा शर्माले भनिन् “चस्मा फुकालेर कसरी सिनेमा हेर्नू ?”

आमाका संवाद सुनेर शर्मा छक्क परिन् । नेपाल कस्तो विचित्रको ठाउँ रहेछ ? केटीले गीत पनि गाउन नहुने, चस्मा पनि लाउन नहुने ! अन्ततः त्यो कस्तो ठाउँ होला भन्ने उनी मनमनै सोच्न लागिन् । वास्तवमा त्यति बेला बिहे गरेर नेपालमा नजाने अठोट उनले गरिसकेकी थिइन् । तर पनि चौध वर्ष पुगेपछि शर्माको बिहे भएरै छाड्यो । काठमाडौं गैरीधाराका नोदराज सत्यालसँग १९९९ सालमा उनको वैवाहिक जीवन कायम भयो । शर्माका ससुरा मेदनीराज सत्यालचाहिँ श्री ३ जुद्धका भारदार थिए ।

शर्मा बनारसबाट दुलहा र जन्तीसहित नेपाल आउने निधो भयो । नेपाल आउन उनीहरू बनारसबाट रेल चढे । उनीहरू रेलबाट रक्सौलमा ओर्ली वीरगन्ज पसे । त्यहाँबाट त्यो लस्कर भीमफेदीको उकालो लाग्यो । त्यहाँको पहाडी मनोरम दृश्य, कलकल बग्ने खोला, छ्याङछ्याङ झर्ने झरनाबाट शर्मा मोहित भएकी थिइन् । त्यसै परिवेशमा उनी गीत गुनगुनाउन पनि थालिन् । उनका गीतका भाकामा २० वर्षीय दुलहा गदगद हुने गर्थे । बास बस्तै उनीहरू काठमाडौंतिर लागेका थिए ।

बरियाँतले काठमाडौं टेकेका दिन शर्माले यहाँ मोटर पनि देखिन् । थानकोटबाट मोटर चढी उनी आफ्नो निवास विशालनगर आइन् । केही समय काठमाडौं बसेपछि उनी बनारस गइन् । फेरि उनी काठमाडौं आइन् । उनको माइती र घरमा आउनेजाने क्रम जारी रह्यो ।

शर्मा काठमाडौंमा आफ्नो घरधन्दामा लागिन् । ससुराको आज्ञाले घरमा चस्मा लाउन पनि थालिन् । तर घरबाहिर चस्मा नलगाउन उनलाई ससुराको विशेष निर्देशन नै थियो । चस्माबिना उनी सात फुट टाढाका मान्छे पनि चिन्दैनथिन् ।

शर्मा काठमाडौंमा हात बाँधेर मात्र बसिनन् । त्यति बेला उनले टोलछिमेकका महिलाहरूलाई निःशुल्क स्वीटर बुन्न सिकाउन थालिन् । उनले सिलाइ, बुनाइ र कटाइ गर्ने काम पनि छिमेकीहरूलाई सिकाउन थालिन् । त्यति बेला आफ्नो खुल्लापनका कारणले उनी धेरैकी मनपर्ने भएकी थिइन् ।

शर्माले बिहे गरेको नौ वर्षमा छोरो पाइन् । उदय जन्मेको दुई वर्षपछि यिनले छोरी पाइन् मुक्ता । मुक्ता जन्मेको छ वर्षपछि यिनले फेरि छोरो पाइन् । उनको नाउँ राखियो उज्ज्वल ।

शर्माले पढाइ छाडेको दस वर्षपछि फेरि पढ्न रहर गरिन् । दुई छोरा र एक छोरी भएपछि उनले बनारसबाटै म्याट्रिक दिने विचार गरिन् । उनी माइतबाटै परीक्षामा सम्मिलित हुने भइन् । त्यसैले शर्माका बुबाले घरमा पढाउने एउटा गतिलो शिक्षक राखिदिएका थिए । परीक्षा आउन चार महिना बाँकी भए तापनि उनले हिम्मत हारिनन् । उनलाई म्याट्रिक पास गर्छु भन्ने पूर्ण विश्वास थियो । त्यसैले उनी रातोदिन घुँडाटेकाइमा लागिन् ।

सात कक्षा पढेर स्कुल नगएकी विद्यार्थीका लागि म्याट्रिक परीक्षा अनौठो नै थियो । त्यसमाथि आपूmले पढेको एउटै प्रश्न पनि परीक्षामा आएको थिएन । त्यसैले शर्मा पहिलो दिनमा नै परीक्षा हलमा आधा घन्टा बसेर आफ्नो कापीमा सिम्बल नम्बर लेखेर बाहिर निस्किन् । एउटै प्रश्नको उत्तर दिन नपाएकामा उनी त्यो दिन झोक्राएर घर पुगिन् । आपूmले कुनै पनि प्रश्नको उत्तर नलेखेकोमा उनले खूबै पछुतो पनि मानिन् ।

भोलिपल्ट पनि शर्मा परीक्षा दिन गइन् । त्यस दिन सजिलो प्रश्नपत्र परेको थियो । त्यसैले आत्मविश्वासका साथ उनले परीक्षा दिइन् । त्यही रीतले उनका सम्पूर्ण परीक्षा सम्पन्न भए । आपूmले परीक्षा दिएकोमा उनलाई आत्मसन्तुष्टि भयो । त्यसपछि उनी काखे छोरो च्यापेर काठमाडौं आइन् ।

काठमाडौंमा आएको केही महिनापछि शर्माले बनारसबाट आकाशवाणी पाइन् । उनी म्याट्रिकमा द्वितीय श्रेणीमा पास भएकी रहिछन् । साथै नेपालीमा सत्तरी नम्बर आउँदा सुरुका दिनमा छाडेको नेपालीमा समेत त्यही नम्बर जोडिएर उनी पास भएकी रहिछन् । सुत्केरी बस्न माइत गएका बेला म्याट्रिक परीक्षा दिएकाले उनले म्याट्रिक परीक्षा दिएको काठमाडौंमा कसैलाई थाहा थिएन । एकैचोटि बनारसबाट खबर आएपछि मात्र उनका घरपरिवारले उनी म्याट्रिक पास भएको थाहा पाएका थिए ।

पढाइबाट केही वर्षसम्म विश्रान्ति लिएपछि शर्माले आई. ए. पढिन्; पास भइन् । फेरि उनी कलेज अफ एजुकेसनमा बी. एड. पढ्न भर्ना भइन् । त्यसै बेलादेखि उनले ‘गोरखापत्र’, ‘मधुपर्क’ र अन्य पत्रपत्रिकामा आफ्ना रचनाहरू छपाउन थालिन् र रेडियो नेपालमा पनि रचनाहरू दिन थालिन् । रेडियो नेपालको स्थापनापछि शर्माले लेखेको ‘समाज र प्रेमी’ नाउँको पहिलो रूपक प्रसारण भएको थियो । उक्त रूपक प्रसारण भएपछि धेरैले यिनको तारिफ गरे । त्यसपछि यिनी रूपकलेखनमा पनि लागिरहिन् ।

म्याट्रिक पास गरेको दस वर्षमा शर्माले कलेज पढ्न थालेकाले उनलाई पढाइले निक्कै थिच्न थाल्यो । तर उनका पतिले उनलाई प्रोत्साहन दिइरहन्थे । उनका पतिले उनलाई पढ्ने वातावरण मिलाइदिइरहन्थे । उनैले बुलुलाई कलेजसम्म मोटरसाइकलबाट पु¥याउने र ल्याउने गर्थे । शर्मा आफ्ना लोग्नेको प्रेरणाले पढ्नेतिर प्रेरित भइरहिन् । उनी कलेजकी एउटी असल विद्यार्थीका रूपमा समेत परिचित भइरहिन् ।

शर्माले कलेजमा पढ्दा सांस्कृतिक कार्यक्रममा भाग पनि लिइन् । त्यसबापत उनले पुरस्कार पनि पाइन् । त्यतिमात्र होइन उनले त्यसै बेला बी. एड. कक्षाकी मेधावी विद्यार्थीका रूपमा थप अर्को पनि पुरस्कार पाइन् । उनी यी सारा प्रोत्साहनबाट जति उत्साहित थिइन् सोबमोजिम उनी क्रमशः कलेजमा हाजिर भएर पढ्न सक्ने अवस्थाबाट वञ्चित हुन थालिन् । घरको व्यवहार नमिल्दा उनले निरन्तर कलेजमा गएर पढ्न पाइनन् । त्यसैले उनले त्रिभुवन विश्वविद्यालयबाट प्राइभेट परीक्षार्थीका रूपमा बी. ए. को फाराम भरिन् । उनी रातोदिन घोटिएर घरमै पढ्न थालिन् र पास पनि भइन् । पछि यिनले बी. एड. पनि पास गरिन् ।

स्नातक भएपछि शर्माले कथा, कविता, निबन्धका अतिरिक्त गृहविज्ञानबारे पुस्तकहरू लेख्न थालिन् । त्यति बेलादेखि नै उनले यी विषयमा चासो दिएबापत यिनका ६ वटा पुस्तकहरू प्रकाशनमा आए ।

शर्माले आफ्नो छोरो उदयको निधनपछि ‘जीवन, आनन्द र पीडा’ लेखिन् । त्यो कृति धेरै चर्चित बन्यो । यही कृतिले यिनलाई साहित्यकारमा स्थापित गराइदियो । यिनी निबन्धकारका रूपमा पनि खूबै चर्चित भइन् । त्यसपछि यिनको अर्को महत्वपूर्ण सृजनात्मक कृति निर्माण भयो ‘छुटेका पाइला’ । यो ग्रन्थ उनले आफ्ना लोग्ने स्वर्गीय भएपछि (२०५७ सालदेखि) लेख्न थालेकी थिइन् । खुसी र पीडा अनि जीवन र जगत्मा आधारित ‘छुटेका पाइला’ (२०६०) निबन्धसाहित्यको उत्कृष्ट कृति बन्यो । त्यो कृति अन्य भाषामा पनि अनुवाद भयो । यही कृतिमा शर्माले ‘भूपालमानसिंह कार्की कृति पुरस्कार’ पाइन् । साथै उनी महाकवि देवकोटा शताब्दी सम्मान, नेपाल सरकारबाट भानुभक्त पुरस्कार, विश्वनारी नेपाली साहित्य सम्मान र विश्वनारी नेपाली साहित्य पदकबाट पनि सम्मानित भइन् ।

नइ प्रकाशनले बुलु शर्माका सम्मानमा गत वर्षदेखि नइ बुलु शर्मा पुरस्कारको स्थापना गरी समर्पण गर्दै आएको छ । हरेक वर्ष पचास हजार रुपियाँ राशि सहित ताम्रपत्रका साथ यो पुरस्कार काठामाडौं उपत्यका बाहिरका नारी स्रष्टालाई समर्पण गरिने छ ।

शर्माले नेपाली साहित्यमा दुईवटा कृति समर्पण गरिन् र निबन्ध र आत्मकथाका फाँटमा प्रसिद्धि कमाइन् । उनी नेपाली भाषासाहित्यकी नअस्ताउने तारा बनिन् । यिनका दुवै कृतिले यिनलाई अमर बनाइदिए । वास्तवमा यिनको एउटा कृति छोराको वियोगमा आधारित छ भने अर्को कृति पनि लोग्ने स्वर्गीय भएको दुई महिनापछि लेख्न थालेर बरखीभित्र पूरा गरेकी थिइन् । सरल भाषा, उत्कृष्ट शैली र ओजिलो प्रस्तुतिसहित यिनका ती कृतिहरू चर्चित भए ।

शर्मा नेपाल र भारतका विभिन्न भूभागमा घुमिन् । साथै उनले पाकिस्तान, जर्मनी, संयुक्त अधिराज्य, फ्रान्स, स्वीट्जरल्यान्ड र संयुक्त राज्य अमेरिकाको भ्रमण गरिन् । उनी जहाँजहाँ पुगिन् आफ्ना डायरीका पाना लेख्तै भरिन् । ती कुरा जोडेर पनि यिनले ‘छुटेका पाइला’ लाई ठूलो पारिन् ।

सरल व्यवहारले भरिएकी बुलु शर्मा सत्याल नेपाली साहित्यमा एउटी सुपरिचित नारीस्रष्टाको नाउँ हो । उनी साहित्यसृजनाकी प्रेरणा हुन् । सात दशक  जीवन भोगिसकेपछि वियोगमा पर्दा पनि पूर्ण धैर्य लिएर ‘छुटेका पाइला’ नामक ओजपूर्ण कृति सिर्जना गर्ने बुलु साँच्चिकै सबैका निम्ति प्रेरक व्यक्तित्व नै भइन् । नेपाली भाषा साहित्यकी विशिष्ट प्रतिभा बुलु शर्मा झन्नै एक शताब्दी उमेर बाँचेर २०७४ साल असार ३० गते काठमाडौंमा स्वर्गीय भइन् ।

आफ्नो मत व्यक्त गर्नुहोस्
You can contact us using the following form.
The fields marked by (*) are necessary.
*
*
अन्य समाचार...

How to listen HK Nepali Radio ?

For iPhone User

Open the iPhone and go to the App Store. Download HK Nepali Radio apps or  Nepali FM applications, Browse the HK Nepali Radio and Enjoy live streaming radio on your iPhone eiter through the speaker or by connecting earphones. HK Nepali Radio for iOS

For Android  Users

We have good news for you. Our android application is available in Google Play Store. To download our application, we would like to request you to click here. HKNEPALIRADIO Android apps

Subscribe Our Channel
Latest Comments