Headlines :
आरुषी क्रियशनमार्फत सरीता महर्जनलाई सहयोग | परदेशमा बसेर लेखी टोपल्दा | पूर्वको पर्यटकीय ग्राम भेडेटार नपुगे यात्रा अधुरो | एक हजार तामाङ काटिएको इतिहास | देवकोटा प्राय: भन्थे -- म मर्न चाहन्छु | तीज गीत “झुम्का लगाउँछु“ | विदुषी बुलु शर्माको कथा | युएईमा ससफोको दोश्रो पार्टी एकता दिवस सम्पन्न | सिक्नेचर मुभि – थिन्क पोजिटीभ ग्लोबल क्याम्पिन | मेरो पैतृक अध्यात्मको पाटो | तेह्र बर्षीय गायिका सुबिका राईको प्रथम म्युजिक भिडियो | सबिना गुरुङको चरी चिरिबिरी सार्वजानिक | आठपहरिया राई र दशैं | आमा बित्दा रुने फुर्सद छैन | मेरो भलो चिताउने साथी | मेरी यस्ती एउटी बहिनी | पहिलो प्रेमअनुभूति - राजकुमार दिक्पाल | हामीलाई एक्लै छाडी पन्नाकाजी पनि हिंडे | कीर्तिनिधि विष्टबाट नइलाई ३० लाख | छापामार युवतीको डायरी | ‘सगरमाथा साँझ–३’ आयोजना गरिने | सुरेन्द्र लिम्बू परदेशीलाई अस्वीकृत विचार–साहित्य पुरस्कार साहित्यकार | विश्व साइकल यात्रीले प्याराग्लाईडिङ प्रशिक्षण लिँदै | चेतनायुक्त प्रतिपक्षीय बिचार नै ‘अस्वीकृत बिचार’ हो - डा. कविताराम श्रेष्ठ | विपि प्रतिष्ठानमा सकियो उपकुलपतिको पदावधि, आकांक्षीहरु शक्तिकेन्द्र धाउदै | ’वोझ नहोस् मेरो माया.. | हङकङमा नेपाली भाषा, साहित्य र संस्कृति सप्ताहको रौनक | माओ त्सेतुङ, सुखानीमा हत्या र म | गोयाङको सुगन्ध कृतिलाई २,०२,००२ रुपैयाको पहिचान पुरस्कार | प्रा. डा. कृष्णहरि बराल दुबाईमा सम्मानित | केशर माङयुङको नयाँ गीत ः भिडियो सार्बजनिक | तेजेश्वरबाबु ग्वंगलाई २०७२ सालको 'घटराज पुरस्कार' | Vote for Mira Rai | वाल गायिका प्रीशा श्रेष्ठको 'प्रीशा' | तोडेर नाता जाँदै छु प्रिय तिम्रो नजरबाट - राकेश काफ्ले | गीतकार प्रकाश सुवेदीको ’मनका कुरा तिमीलाई सार्बजनिक | देशदेशान्तरका २०५ जनालाई-सत्यमोहन जोशी शताब्दी पदक | सत्यमोहन जोशी ः शताब्दी पुरुष | सिडी बिजय र मनिशाको पत्ति नमिलेको तास बजारमा | सन्जीव र नलिना पोर्तुगल आउँदै लिस्बोन | ’डढेलोभित्रका सतिसाल’ हङकङमा प्रिमियर | आठपहरिया राई र दशैं | 'सत्यमोहन जोशी शताब्दी पदक' | यूएइमा फोनिज गठन हुने | सडकबाट शिखर पुगेका ब्यक्तित्व | दार्जिलिङले के सिकायो ? अन्तत: सूधपा को हुन् ! | नौ हजार फिटबाट २३ नेपाली उडे | साहसिक हिरो सानोबाबु सुनुवारलाई सम्मान | पाँच फिट अग्लो अभिनन्दन पत्र | साउदीमा प्रवासी नेपालीले मनाए क्वाटीपूर्णे | स्याङजा समितिमा दुई लाख हिनामिना स्याङजाली कान्छासहित निष्कासि | स्वर, सङ्गीत र शब्दका शिखर : गोपाल योञ्जन | गायक सुरेश राना मगर : कुराकानी | गुरुङ तमू समाज मकाउको प्रथम अधिवेशन | मकाउमा सेतो पुतली ः भूकम्प पीडितकालागि पुननिर्माणकालागि सहयोग जुटाउँदै | महाकविका प्रिय कवि श्यामदास वैष्णव भन्छन्- | अम्बर गुरुङ नेपाली आकाशका गीत थिए | पुण्यरश्मिलाई बीपी कोइरालाको सहयोग | ओ...खरबुजा...खरबुजा...! | यूएइमा साकेला उँभौली-५०७६ सम्पन्न | आमाप्रतिको आदर ः आभा मुकारुङ | Mother Tongue Education Rights of Ethnic Minorities | सुटिङ सम्पन्न | कविता - सम्झेर पुर्खा | हङकङमा पूर्खादिवस २०१६ | फोरममा सामूहिक प्रवेश | किरात मञ्च नेपालको सङ्गठन विस्तार | धरानमा प्याराग्लाइडिङ | साइप्रसमा ग्याल्बु ल्होसार भब्य सम्पन्न तथा नयाँ कार्य समिती गठन | बुद्धिसागर बश्याल - अनलाईन वार्ता | त्रिमूर्ति निकेतनमा ११४ औं सम जयन्ती | अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक प्रकाश थापालाई सम्मान | आफ्नोपन बिना बाँच्नुको सार छैन ।- यासेली योङहाङ | सङ्गीतका अमर साधक रत्नबहादुर खड्गी | विश्व शेर्पा संघको तदर्थ समिति गठन | तारादेवी नेपाली गीतगायनमा बहुचर्चित नाउँ | समाज सेवामा अगुवा सँस्था गुदेल शेर्पा किदुग | त्रिमूर्ति निकेतनमा १३२ औं लेखनाथ जयन्ती | क्वाणटम साहित्यको व्याख्याता - डा. मधुकृष्ण श्रेष्ठ | सेप्टेम्बर १, २०१६ देखि प्राथमिक १ कक्षामा भर्ना हन गइरहेका छन् भने | आदिवासी जनजातिको निम्ति समर्पित पेम्बा गेलु शेर्पा | इजरायलमा जनमूक्ति मंचको गठन | सुनगाभा फुल्यो लेकैमा...म्युजिक भिडियो सार्वजनिक | राईलाई ‘नइ धनरूप पुरस्कार’ | राष्ट्रिय एकता खलबलाउने संविधान स्वीकार हुन सक्दैन । | बिबिसी नेपाली सेवाको एकपक्षिय प्रसारण विरुद्ध खेद प्रस्ताव पारित र नेता शेर्पाको रिहाईको माग | एघारौं त्रिमूर्ति दिवस- ९ जना पुरस्कृत १७ ओटा कृति लोकार्पण | न्युयोर्कमा ट्राभलिङ किम्फ सम्पन्न् - देशी विदेशी दर्शकहरुको सहभागीता | शेर्पा किदुक साईप्रसको प्रथम बैठक सम्पन्न | जीवनको अनुवाद र सोम लिम्बू | साईप्रसमा महिलाहरूको वर्चस्व रहेको शेर्पा किदुक गठन | सबैको गुरुमा - भारती ओख्राबो | साईप्रसमा राजनैतिक पार्टी र विध्यार्थी एकता | गीत-सङ्गीतमा लाग्नेहरूले कहिल्यै एक्लो हुनुपर्दैन ।- केन्जुमा सुब्बा | माया ठकुरी ‘नेपाली साहित्य नारी रत्न’ घोषित | “सक्छौ भने युद्ध गर्न आऊ भनेर राज्यले हामीलाई निम्तो दियो” : डा. ओम गुरुङ | हङकङ र मकाउको सफलता पछि किम्फ अब अमेरिकाको न्यूयोर्कमा | शेर्पा संघ, यूरोपको तेश्रो महाधिवेशन सन् २०१६ को लोसारमा आयोजना हुँदै | बैँककमा जम्बो कार्यक्रम 'चुम्लुङ' सम्पन्न | नामी तर दुखी शान्ति मास्के | १२ भाषाका ज्ञाता : हेमचन्द्र पोख्रेल | कवि रण काफ्ले भारतमा पूर्वोत्तर हिन्दी एकादमीबाट सम्मानित | भयवाद दर्शनको पुस्तकलाई दुईवटा अन्तर्राष्ट्रिय अवार्ड | सावधान सरकार ! खबरदार सरकार ! | हङकङको नेपाली साहित्यकार, गीतकारहरुमा नाम छुटाउन नहुने व्यक्ति-- डीबी पालुङ्वा | हङकङमा समवेदना व्यक्त गर्न मैनबत्ती प्रज्वलन कार्यक्रम | पुर्खा दिवस र थपिएका अर्थ | हङकङमा पुर्खादिवस सम्पन्न | द युनिभर्सीटी अफ हङकङमा भयवाद्का कुरा | गाउँमा के गर्न सक्छु भनेर सोची रहेको छु – गौतम सागर राई | हङकङमा पुर्खादिवसको भव्य तयारी | अबका नेपाली पुस्ताले आफ्नै जन्मथलोमै ब्यवस्थित जीवन यापन गर्न सकून् -कर्मा छिरिङ शेर्पा(बेलायत) | आफ्नै जन्मगाउँका उकाली-ओरालीले गायिका बनायो । -रत्ना बराईली(लोक-गायिका) | ‘मनभरी चोट भए पनि दर्शकसँग हाँस्नु पर्छ ।‘ - लाक्पा शेर्पा(अमोद) | आफ्नो भाषा-सँस्कृति-धर्म-भेष अँगालेर कला-कर्ममा प्रयोग गर्दा सुहाएको जस्तो लाग्छ । --बरधोज | आँसु झारेँ धेरै-धेरै केवल तिम्रैलागि--ईशा लावती लिम्बू(गीतकार) | मानध्वजको चरित्रले मलाई नै रुवाउँछ । ___ मौसम ईम्बुङ(चेसुङका लेखक-निर्देशक) | ‘गायिका नै बन्छु’ भन्ने जवाफ नदिए पनि गायिका नै बनेँ' -- आभा मुकारुङ | किम्फका उत्कृष्ट | बालकृष्ण समको सङ्क्षिप्त परिचय | शिक्षा र ज्ञानले मानसिक, शारीरिकरुपले सबल तुल्याउँछ - जुनिता लिम्बू | निदै छैन आँखामा --गायिका जशोदा सुब्बा | संगीतकार गणेश गुरुङका बारेमा र केहि सम्झना | गायिका तायाहाङमा राईको दोस्रो एल्बम ‘तराना’ सार्वजनिक | कुशल गायक- कुशल थलङ | मलाई टिपिकल कला-सँस्कृतिप्रति रुची छ -सुमी लिम्बू(नृत्यकार/मोडल)-बर्मा, हाल: बैँकक | कलाको गला | चीनकी दीपा एवाईको योगदानबारे चर्चा | छुटेका पाइलाकी स्रष्टा-- बुलु शर्माबाट नइलाई छ लाख | बजगाईंको कथासङ्ग्रह ‘कमरेड भाउजू’ सार्वजनिक | हङकङमा नेपाली सप्ताह २०१४ सम्पन्न | अल्बम बेचेर आमाघरलाई सहयोग | शताब्दी पुरुषको स्वास्थ्यमा सुधार -- सरकारबाट १० लाख रुपियाँ प्रदान | त्रिमूर्ति निकेतनमा १३१ औं लेखनाथ जयन्ती | हङकङमा नेपाली साहित्य लेखन ज्यादै उर्बर छ - टंक सम्बाहाम्फे | सरकारले पनि डा.जोशीलाई शताब्दी पुरुषको सम्मान दिने डा.जोशीलाई १०१ ओटा अभिनन्दनपत्रहरु प्रदान | एडिबीको ऋण सम्झौता | विश्व नेपाली स्रष्टा कोश प्रकाशित गरिने | नौजनालाई नइ बाल पुरस्कार प्रदान | गरीबीले भोकै मरे फरक पर्दैन, तर सँस्कृति-सँस्कारहीन हुनु साँच्चीकै समाप्त हुनु हो --- मनोज साङसोन | ओराङफुङ जस्तै गायिका देशु सुहाङ | महाकवि देवकोटाबारे केही जानकारी | त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती | नौ जनालाई नइ देरुनीखपू बाल पुरस्कार | यूएइमा पत्रकारिता तालिम सम्पन्न | एचके नेपाली रेडियोका कुरा | TEARLESS EYES_Story by Vijay Kangmang | किरात राई यायोक्खा यूएइ शाखाको पाँचौ अधिवेशन सम्पन्न- | भलिबल प्रतियोगिता सम्पन्न, स्क्याड समुह प्रथम | पारिजातको जीवनकथा | हङकङमा धरानेहरुको बृहत जमघट | अमिलो पानीपुरी र पिरो चटपटेले १ लाख ८० हजार संकलन गर्यो | नइ भूपाल दुर्गा पुरस्कारको स्थापना | सम्भावना बोकेका सर्जकहरू हुनुहुन्छ,साहित्यिक एकता भने देखिन्न- बिद्रोही साइला | यूएईमा नेपाली कल्चर शो | उत्कृष्ठ सभासद छनौट प्रक्रियाको शुभारम्भ | हङकङमा प्राथमिक विद्यालय भर्नाहुन चाहाने विधार्थीहरुकालागि | 'माई प्रोमिस' धरानमा प्रिमियर | डिभिजन-३ को लागि१८ जनाको नाम सार्बजनिक | हामी आफैँभित्र पनि अमूर्त अनेक शक्ति, स्रोत र सम्भावना छन् -खगेन्द्र पन्धाक | भयवाद विश्वको कान्छो र नौलो दर्शन हो – देश सुब्बा | Apple Announces Apple Watch, Available in Early 2015 | सधैं अरुको भलाइँ गरिरहने सरला गुरुङको कलायात्रा | गीतसंगीत साधकहरुकालागि प्रिय साथी, असल नेपाली – राजु गुरुङ | लोकप्रिय गिटारिष्ट यादव राई | धरान हङकङ मञ्च : १५ औं वार्षिक उत्सव भव्यरुपमा हङकङमा मनाउने | गजल रचनाका प्राथमिक आधारभूत केहि तत्व र नियमहरु | अभाङ्गगार्ड, खलिल जिब्रान र हाम्रा नानीहरू | STORY- The Second State | मातृभाषाको विकास र चुनौतीहरु | टेरिया मगरको राहदानीमा समस्या ; युएईको कार्यक्रम स्थगन | iPhone 6 -- Apple's 2014 iPhone, debuting September 9 | हराएका राहदानीको विवरण इन्टरपोलको वेबसाइटमा | Stay alert against communicable diseases in new school year | नेपाली संगीतमा ‘आरोही’ : पहिलो एकल अल्बम लिएर आए सुनिता र अनुशील | विश्व आदिवासी दिवस | के हो यो ALS र Ice Bucket Challenge? | मानवीय सहयोगकालागि हङकङमा मेलोडी नाइट | राजेशपायल राई हङकङमाः असाह्य बालबालिकाहरुको शिक्षदीक्षाकालागि ५० हजार दिने घोषणा | नेपालीको सान जितू राई बने विश्वको नं. १ खेलाडी | Philosophy of Fearism | D. B. Chitrakar | Quality of life | 'भारतसँग राजनीतिक तहमै समस्या समाधान गर्नुपर्छ' | तेरिया अव युएईमा | हङकङका ८ नेपालीलाई ‘भानुभक्त स्वर्ण पदक’ | नेपाली साहित्यका महारथी गणेशबहादुर प्रसाईको निधन | जोशीलाई पाँच लाख रुपियाँ सहित शताब्दी पुरुष | आदिकवि भानुभक्त आचार्यको जीवनी | २५ स्रष्टाहरूलाई ‘भानुभक्त काव्य पुस्कार’ | रक्तदाताहरुलाई रेडक्रसको सम्मान, जगतअम्बू गुरुङ सम्मानित | भारतीय गोर्खाहरुको विविध साँस्कृतिक कार्यक्रम | हङकङमा विश्व काव्य यात्रा भव्यरुपमा सम्पन्न- कवि चौधरी नेपाली विधार्थीहरुसँग | हङकङमा भव्य पूर्खादिवस | The Nepalese community in Hong Kong looks to preserve Gurkha legacy | राजा महेन्द्रको हृदयाघात र कीर्तिनिधि विष्ट | विश्वभर छरिएका गोर्खाली समाधिहरु | इन्टिग्रेसन, चिनियाँ भाषा अनि हाम्रा आवश्यकताहरू | Minorities face challenges in the classroom | बालकृष्ण समको सङ्क्षिप्त परिचय | कविहरूका पनि कवि ‘कविशिरोमणि’ लेखनाथ पौड्याल | समग्र जीबनको सांगीतिक अन्तर्मन्थन “गह” | एक विशिष्ट सांगीतिक कार्यक्रमः अम्बर गुरुङ रात्री | भूगोलमा नारायणगोपाल | त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती | देवकोटाको राँचीबास किन ? | देवकोटाले कहिले पागल लेखे ? | शुसिल नेवा बने मिस्टर हङकङ नेपाल २०१३ | झुक्तै नझुक्ने नेपाली शिर अर्थात् डा.वानीरा गिरी | नेपाली आधुनिक गीतका लोकप्रिय गायक फत्तेमान | हङकङको नेपाल | नेपाली भाषा साहित्य र डायस्पोरा | श्रीहरि, सरुभक्त र मञ्जु काँचुलीलाई त्रिमूर्ति पुरस्कार | पाट ह्योङ सेन्ट्रल प्राइमरी स्कुलको दिक्षान्त समारोह सम्पन्न | पराजुलीत्रयको सांगीतिक कार्यक्रम हुने | विष्णुनन्द चाम्लिङ राईको गीति संग्रह ‘सम्झौता‘ | विश्व नारी रत्नः वानीरा गिरी | प्रकाश सायमी दाइसँग सात दिन | पूर्वमा पर्यटन मेला | नेपाली क्रिकेटको कुरा | स्तम्भ लेखनबाट म विदा | नयाँ वर्षमा च्याम्बरको डाइरेक्टरी | एउटा ज्यूँदो मान्छे अनङगनाथ पौडेल | जनजाति महासंघको उद्घोष– अनसन र तालाबन्दी | हङकङमा पुर्खादिवस 2013 | नेपालका गौरवः लैनसिंह वाङ्देल | पहिलो दैनिक पत्रिकाको सम्पादक- गोविन्द मल्ल गोठाले | सेवाका आदरणीय- त्रैलोक्यनाथ श्रेष्ठ | मुलुकलाई निरंकुशतर्फ धकेल्ने षड्यन्त्रः राजकुमार लेखी | पहिचानको बिरुद्धमा उत्रनेहरू सबै जातिबादी हुन : अशोक राई | महिला दिवसमा कार्यशाला गोष्ठी | ‘रोहितको आकृति’को लोकार्पण | लिम्बू भाषाको चलचित्र “केःवा कोःक्मा“ हङकङमा प्रदर्शन गरिने | नेपाली बास्केटबल टिमलाई प्रोत्साहन | सुनसरी उद्योग वाणिज्य संघमा राजेन्द्र श्रेष्ठ | महावाणिज्यदूत नियुक्ति बदर गर्न विरोधसभ | नेपाली काग्रेसको दोस्रो धरान नगर भेलामा तनाव | थापा हत्याको विरोधमा चौतारी | दुबईमा बनभोजसंगै उधौली साकेल | किरायाद्धारा यूएईमा एक महिलाको उद्धार | जाडो बढ्यो नेपालमा | धरानमा फेरि सडक उत्सव | तुवाचुङ जायजुम सहयोग समिति गठन | किराँत विभूति इमानसिंह चेम्जोङ | राजन मुकारुङसंग साक्षात्कार | त्रिमूर्तिमा १२८औं लेखनाथ जयन्ती सम्पन्न | हङकङमा नेपाली सप्ताह २०१२ | काठमाडौँ विश्वविद्यालयको अठारौँ दीक्षान्त समारोह (दोस्रो कार्यक्रम) सम्पन्न | पहलमानसिंह स्वार-जीवनी | १४ अञ्चलमा विश्व नारी नेपाली साहित्य सम्मेलन गठन | शुटिङ रिपोर्टः कवि राई | अनाम सडकमाः जातीय एकताको संदेश | संघीय समाजवादी पार्टीको हङकङ तदर्थ समिति गठन | पहिलो समालोचना पुरस्कार समर्पण | धरानको खानेपानी समस्या समाधान गर्न एडिविले सहयोग गर्ने | आदिकवि भानुभक्त आचार्यको लघु जीवनी | गायक राजेश पायल राई नमस्ते यूरोप सांगीतिक यात्रामा स्वीटजरल्याण्ड पछि जर्मनी र बेल्जियम आउदै | भारतको आसाम राज्यको हवाइपुरमा “नेपाली साहित्यमा भयवाद” | नेपालबाहिर रहेका नेपालीहरुको प्रतिनिधि नायक ध्रुव दत्त | मायादेवी राईसँगको कुराकानी | विश्वभर छरिएका गोर्खाली समाधिहरु | प्रकृतिगामी --कथा | सर्वप्रिय कम्युनिष्ट ः जसुदा राई | गोर्खाः ईज्जत, इमान अनि प्रेष्टीज | नौकन्यालाई नइ देरुनिखपू बाल पुरस्कार प्रदान | सानैमा ठूली - शारदा अधिकारी | हङकङमा महाकवि देवकोटाजयन्ती २०१२ सम्पन्न | साब्लाबुङ | नेपाली जातीय कवि -पं.धरणीधर शर्मा | तेक्वान्दो प्रतियोगितामा हङकङेली नेपाली खेलाडहरुलाई सफल्ता |
Recent Events
Most Read
Book Reviews
Philosophy of Fearism: Life is conducted, directed and controlled by the fear."1. ‘Fearism is a gift to the world from Nepali.’ Prof. Dr Tanka Prasad Neupane, Chairman, Fearism Study Centre: Baicharik Chintan, 2066 v.s. 2. ‘Fearism of Desh Subba has shake
विस्तृत समाचार
VIEW ALL
समाचार »
जीवनशैली
पूर्वको पर्यटकीय ग्राम भेडेटार नपुगे यात्रा अधुरो

- देबेन्द्र कार्की --
सेताम्मे हिउ फूल्ने कंचनजंघा र मकालु हिमालको काखमा लमतन्न परेको धनकुटा बजार र दक्षिणमा चारकोशे झाडी मास्दै फैलिएको सुन्दर नगर धरानलाई हेरेर बसेको पर्यटनग्राम भेडेटार पूर्वको पर्यटकिय गन्तव्य बनेको छ ।
आकार्षणको केन्द्रविन्दु मानिएको पर्यटन ग्राम भेडेटारमा बाह्रैमास आन्तरिक तथा बाह्य पर्यटकहरुको भिड हुने गरेको छ । आदी भूभाग धरान र आद िधनकुटाको स्वामित्वमा रहेको भेडेटार आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षकको केन्द्र विन्दुबन्दै आएको छ । पहाडी श्रृखला मकालु मनास्लु ल्होत्से र कुम्भकर्ण हिमालको दृश्यलोकन धनकुटा बजारको आकर्षण एवं सेउती र सर्दुको वीचमा रहेको धरानको मनमोहक दृष्य अवलोकन गर्न भेडेटार चढ्नेहरुको संंख्या पनि दिन दिनै बढेको छ ।

कामको व्यस्थता र थकान विस्रन प्रत्येक शनिबार भेडेटार पुगेर मनोरञ्जन गर्ने,  पिकनिक खेल्नेहरुको भीड उत्तिक्कै हुने गरेको छ । तराईको उखरमाउलो गर्मी छल्ने स्थान अचेल भेटेटार बनेको छ । सेताम्मे हिमालको दृष्यदेखि लिएर तराईका सुन्दर फाँट पूर्व पश्चिम फैलिएको चारकोशे झाडी तथा सान्ध्यामा गोधुली साँझको दृष्य हेर्ने स्थल आजभोली भेडेटार उपयुक्त बनेको छ । नेपालको पूर्वी क्षेत्र भ्रमणमा आउनेहरु भेडेटार नपुगी फिरे भने उनीहरुको यात्रा अधुरो मानिन्छ । त्यसैले पनि पूर्व घुम्न आउनेहरु भेडेटार नपुगी फर्कदैनन । पश्चिम नेपालबाट झापा, मोरग र सुनसरी आउनेहरु एक पटक भेडेटार उक्लीएर मात्र फर्कछन् ।

काम विशेषले काठमाण्डौबाट विराटनगर आएकी रञ्जुु भट्टराई गएको साता उनकी साथीसहित भेडेटार धरान घुमेर फर्किन । काम विशेषले विराटनगर आएको थिए । बसाई एकदिन लम्बनाएर भेडेटार घुमे ।, उनले भनिन, पूर्व आउदा भेडेटार नपेगे यात्रा अधुरो रहन्छ । त्यसैले श्रीमान् र साथीसहित घुमेर फर्किए ।

समुन्द्र सतहदेखि एक हजार ४ सय ३० मिटरको उचाईमा अवस्थित भेडेटार धरानदेखि १६ किमी उत्तर धनकुटादेखि ३२ किमी दक्षिणको सुनसरी र धनकुटाको संगमस्थलको रुपमा रहेको छ । एकैछिनमा चर्को घाम लाग्नु र एकैछिनमा कुहिरोले ढाक्नु भेडेटारको विशेषता हो । छिनछिनको मौसम परिवर्तन पनि पर्यटकका लागि आकर्षक थप्ने अर्को विषय भएको स्थानीय होटल व्यवसायी जितेन्द्र रुम्दाली बताउछन् ।
भेडेटारको आकर्षण

तराईको सम्मो भूमाग देखि १६ किमी मात्र माथि छ तर उच्च हिमाली भेगको जस्तो हावापानी भेडेटारमा पाइन्छ । यस्तै अनौठो हावा पानी भएको सुनेर नेपाल भ्रमणमा आएका बेलायतका राजकुमार चाल्स्र वि.सं २०४० सालमा भेडेटार आएका थिए । उनले भेडेटारको अग्लो चुचुरोमा चढेर सगरमाथा चढनुको आनन्द लिएको भनाई रहेको छ । पहिलो पटक विदेशी पर्यटन आएर चुचुरामा प्रवेश गरेका कारण उक्त चुचुराको नाम नै चाल्स्र प्वाइन्ट राखिएको छ । यो भेडेटार बजार देखि पश्चिम तर्फ रहेको छ । हाल चाल्स्र चढेको चुचुरामा ३० फिट अग्लो टावर बनाइएको छ । यही टावर पर्यटकहरुको आकर्षणको केन्द्र विन्दु बनेको छ । जहाँ हजारौ पर्यटकहरु चढ्न तछाडमछाड गर्ने गर्छन् । उक्त टावरबाट धरान धनकुटा सप्तकोशीको फाँट चारकोसे झाडी एंव तराईका मनमोहक फाट धित मरुन्जेल अवलोकन गर्न सकिन्छ । भ्यूटावरबाट विहानीपख देखिने दृष्य कैद गर्न प्रकृती प्रेमीहरुको तछाडमछाड हुने गरेको छ । सिजनको बेला टावरबाट दृष्य अवलोकन गर्न दैनिक सयौ पर्यटकहरु आउने गरेको टावर संचालकले बताए । सो टावरमा प्रवेश गर्न प्रतिव्यक्ति ५ रुपैया र क्यामेरा सहित प्रबेस गर्दा १० रुपैया शुल्क लिने गरिएको छ । भने भारतबाट आउनेलाई २० रुपैया र अन्य मुलुकबाट आउनेलाई ५० रुपैया शुल्क निर्धारण गरिएको छ । हाल सो टावर चढ्नेहरुको संख्या बढेको छ । दैनिक ७  हजार भन्दा बढि शुल्क संकलन हुने गरेको छ ।

कामको व्यस्तता विर्सन कर्मचारी व्यापारीदेखि लिएर नवप्रेमी प्रेमिकाहरु आफ्नो प्रेमलाई रोमााचक बनाउन धरानदेखि मोटरसाइकलमा भेडेटार घुम्ने युवायुवतीको जोडी जताततै देख्न पाइन्छ । बर्षायामको झरी बादल र पुष माघको ठन्डीको पनि प्रवाहा नगरि युवा यूवतीहरु भेडेटारको भ्यूटावरमा चढ्न दैनिक भिड हुने गरेको छ ।

कार्तिकदेखि बैशाखसम्म पिकनिक खान पूर्व काकडिभ¤ा पश्चिम जनकपुरसम्मका आगन्तुकहरु भेडेटार चढ्ने गरेका छन् । प्रायः बढी युवायुवतीहरुको युगल जोडी रोमािाचत बन्न पुग्ने भएकाले भेडेटारलाई रियल लभर स्टेशन समेत नामकरण गरिएको स्थानियबासी बताउछन । माया प्रिती साट्न र विवाहीता जोडी हनीमुनी मनाउन काठमाण्डौ देखि समेत भेडेटार आउने गर्छन । भारतका विभिन्न ठाउँबाट समेत पर्यटकहरु भेडेटार आउने गरेक छन् ।  पछिल्लो समय भारतबाट अधिकांश पर्यकटहरु आउने गरेको होटल व्यवसायीहरु ब्ताउछन् । ५० प्रतिशत पयृटक भारतको भएको स्थानियले बताए ।

भेडेटार रमाइलो र आनन्द लिन मात्र पर्यटकहरु जाँदैनन् । नजिकै रहेको पाथीभरादेवी मन्दिर पुगेर आध्यात्मीक चिन्तन गर्न समेत पुग्ने गर्दछन् । भेडेटार देखि पश्चिममा रहेको सागुरी गढी, उत्तरमा २ किमी तल रहेको नमस्ते झर्ना राजारानी नाम्चे बजार एसियामै सव भन्दा ठूलो बरको रुख लगायत भेडेटार आसपासमा अवस्थीत छन । यी ऐतिहासीक धार्मिक महत्वका बस्तुले पर्यटकहरुलाई आकृषित पारेका छन । विशेष गर्मी मौसममा शितलता भर्न र चैत्र बैशाखमा गुराँस फुलेको दृष्यावलोकन गर्न पर्यटकहरु झुम्मिने गर्छन् । स्वदेशी तथा विदेशी पर्यटकहरुको चाप वर्षै्पिच्छे बढ्न थालेपछि पूर्वको आकर्षक पर्यटन स्थल भएको प्रमाणित समेत भएको छ । सरकारले समेत यो स्थललाई राष्ट्रिय पर्यटन क्षेत्र भनेर घोषाणा गरेको छ ।

नाम्जेको आकर्षण
कतिलाई थाहा नहुन सक्छ– धनकुटाको नाम्जे गाउँ सिएनएनले गरेको सर्वेक्षणमा विश्वकै १२औं उत्कृष्टमध्ये आठौं उत्कृष्ट गन्तव्यको सूचीमा सूचीकृत छ । त्यही गाउँ अहिले दिनहुँ फेरिनेक्रममा छ । त्यस ठाउँको चर्चा बढेसँगै अहिले टाढा–टाढाबाट त्यहाँसम्म पर्यटक जान थालेका छन् । साबिक भेडेटार गाविसको वडा नम्बर ७ मा पर्ने नाम्जे भेडेटारबाट मात्रै दुई किलोमिटरको दूरीमा छ । अहिले त्यहाँ साना होटल, होमस्टे प्रशस्तै खुलेका छन् । । त्यसबाहेक व्यवस्थित होटल, सरसफाइ, संग्रहालयको भवनसमेत निर्माण भएकाले पर्यटकको लर्को लागिरहेको छ । यहाँ होमस्टे राम्रो फस्टाएको छ । एक रात विताउन र मगरको हुर्रा नाच हेर्न पर्यटकहरु नाम्जेमा बस्ने गरि प्याकेज बनाएर आउने गर्दछन् ।

नाम्जे यति बेला नयाँ गन्तव्य बनेको छ । अहिले भेडेटारबाट नाम्जेसम्म पुग्न ठूला बस, जीप तथा मोटरसाइकल प्रमुख साधन हुन् । भेडेटारबाट नजिकै रहेकाले भेडेटार पुग्ने जो कोही नाम्जेसम्म पुग्छन् नै । भेडेटार र नाम्जे आसपासमै हुनुको फाइदा स्थानीयलाई पुगेको छ ।

नाम्जेबाट कञ्चनजंघा, कुम्भकर्ण, मकालु हिमालसमेत देख्न सकिन्छ । प्राकृतिक सम्पदा, रुखबिरुवा, स्वच्छ हावापानी नै नाम्जेको प्रमुख आकर्षण बनेको छ । मगर जातिको बाहुल्य रहेको नाम्जे क्षेत्र सांस्कृतिक विविधताले पनि चर्चित छ । विशेष गरी तिहारका बेला नाचिने हुर्रा नाम्जेको अर्को आकर्षण हो । अन्य जातिको समेत बसोबास रहेको उक्त क्षेत्रमा मिश्रित बसोबास तथा सोहीअनुसारको सांस्कृतिक विविधता र संस्कारले पर्यटक तानिरहेको छ ।

नमस्ते झरना
पूर्वका चर्चित पर्यटकीय गन्तव्यहरूमध्ये नमस्ते झरना पनि पर्छ । यो फरक गन्तव्यका रूपमा परिचित छ । तराईको उखरमाउलो गर्मी छल्न चिसोपानीसँग खेल्न झरनासम्म पुग्ने गरेको छन् । सरकाी विदा र शनिवारको दिन यहाँ भिड लाग्ने गरेको छ ।

नमस्ते झरना पहाडी छाँगो हो । जहाँ ८० मिटर उचाइबाट झरेको पानीको फोहोरालाई झरनाका रूपमा देख्न पाइन्छ । एकदमै प्राकृतिक यो झरना तथा पानीको फोहोरासँग खेल्न अहिले दिनहुँ थुप्रै पर्यटक पुग्ने गरेका छन् । हाल दैनिक ३ सयभन्दा बढी पर्यटक त्यहाँ पुग्ने गरेको झरना व्यवस्थापन समितिले जनाएको छ । भारतको विहार र पश्चिम नेपालबाट शैक्षिक भ्रमण तथा अवलोकनका निम्ति पनि समूहमा झरना हेर्न पुग्ने गरेका छन् ।
पर्यटक बढ्न थालेसँगै नमस्ते झरना पुग्ने बाटो अहिले व्यवस्थित गरिएको छ । त्यस्तै, आवश्यक अन्य पूर्वाधारसमेत निर्माण हुँदैछ । नमस्ते झरनालाई जिल्ला विकास समितिले करिब दुई दशकअघि नै पर्यटकीयस्थलको रूपमा सूचीकृत गरेको थियो ।

भेडेटार कसरी पुग्ने
भेडेटार पुग्न काठमाण्डौंदेखि हवाईजहाजबाट बिराटनगर ओर्लिए पछि ट्याक्सीमा करिव ५५ किमी दुरी यात्रा गरे पछि पुग्न सकिन्छ । दिवा वा रात्री सेवाबाट काडमाण्डौबाट सिधै धरानमा उत्रिएर भानुचौकबाट रिजर्वका ट्याक्सीमा चढेर भेडेटार पुग्न सकिन्छ । भेडेटार जानका लागि धरानमा प्रशस्त रिजर्व ट्याक्सीहरु पनि पाइन्छन् । ट्याक्सी रिर्जव गर्न समस्या भए धरानको भानुचौक पूर्वपटि धरानबाट राजारानी तेह्रथुम भोजपुर खादबारी बसन्तपुर पाख्रिवास लगायत ठाउँमा जाने प्रसस्त सार्वजनिक बसहरु पाईन्छन । तीबसमा प्रतिव्यक्ति ५० रुपैया तिरे पछि भेडेटार सम्मको यात्रा गर्न सकिन्छ । धरानबाट आजभोली अटोरिक्साहरुले पनि भेडेटारसम्मको सेवा दिने गरेका छन् । भेडेटारबाट २ किमी पूर्व नाम्जेर २ किमी उत्तरको ओरालो झेर पछि नमस्ते झरना प’न सकिन्छ । अटो वा ट्याक्सीलाई यहाँ पुग्न केही थप रकम दिनुपर्ने हुन्छ ।

के छ सुविधा ?
भेडेटारमा धेरै दिन बसेर दृष्यावलोकन गर्न चाहाने पर्यटकहरुका लागि पनि सुविधायुक्त दर्जनौ होटल लजहरुको पनि व्यवस्था छ । जाडो मौसममा घुम्न जानेहरुका लागि तातोपानीमा भिजाएको कोदोको तूङमा खाना धेरै पर्यटकहरु रमाउने गर्छन् । प्रायः भेडेटार घुम्न जानेहरु कोदोको तूङमा र रागाको सुकुटी नचाखी फर्कदैनन् । नेपालीपन रुचाउनेहरुका लागि यहाँ गुन्द्रुक सिन्की लगायतका परिकार समेत पाइने व्यवसायीहरुले बताएका छन् । यहा विदेशी पर्यटकहरुका लागि इण्डीयन र चाईनिज डिस पनि तयार हुने गरेको छ । सुविधायूक्त होटलहरु प्रसस्त खुलेकाले पर्यटकहरुलाई खाना बस्न सहज बनाएको छ । यहाँ पहाडी क्षेत्रमा फलेका ताजा फलफूल तथा तरकारी पनि पाईन्छ ।

सुधारको आवश्यकता
भेडेटार घुमघाम गर्न महत्वपूर्ण गन्तव्य भए पनि यसको प्रचार प्रसार भने कमै भएको छ ।  राजधानीमा आउने विदेशी पर्यटकहरुलाई व्यवसायीहरुले पक्रिएर उतै पोखारा लगायत पश्चिम तिर लाने गरेकाछन । पर्यटन बोर्डले पनि पूर्व तिर पर्यटक ल्याउन कुनै आकर्षक योजना अघि सारेको छैन । पूर्वलाई पर्यटन बोडृले सौतेलो व्यवहार गदै आएको पर्यटन व्यवसायी स्वयम बताउछन् ।

यस्तो सुन्दर भेडेटारको थप पर्यटन प्रवद्र्धन कसरी गर्ने भन्ने कुरा सबैमा चासोको विषय बन्नु पर्ने धरानका पर्यटन व्यवसायी बासुदेव बराल बताउछन् । भेडेटारलाई अझ बढि साँच्चिकै पर्यटकीय स्थल हो भनेर नेपालभरि चिनाउन प्याकेज कार्यक्रम सरकार ितवरबाट पनि हुनु पर्ने व्यवसायीहरु ब्ताउछन् । पर्यटकको चाप अनुसार सुविधा यूक्त होटलहरु भने प्रयाप्त नभएकाले केही होटल लजहरु स्थापना गर्न आवश्यता रहेको स्थानियबासी बताउछन । हाल साना तथा ठूला होटलहरुले दैनिक ५०÷ ६० जना पर्यटकहरुलाई मात्र बस्नकालागि सेवा प्रदान गर्न सक्छन । गोष्टी सेमिनारलगायतको ठूलो संख्यामा हुने भेलाका लागि ठूला हलहरुको आवश्यता पनि खडेकिएको छ ।

पर्यटनको सम्भावना
धरानबाट भेडेटार १६ किमी उत्तरमा रहेको छ । भेडेटार धनकुटा जिल्लामा पर्ने भए पनि हरेक क्षेत्रमा धरानसँग सम्वन्ध जोडिएको छ । राजधानी लगायत बाह्य मुलुकबाट आउने पर्यटकहरु धरानको एकदिनको बसाई पछि भेडेटार पुग्छन् ।भेडेटारको प्रवेशद्धार धरान भएकाले भेडेटार आउने पर्यटकहरुको पहिलो गन्तव्य धरान बन्ने गर्दछ । धरानलाई पनि पर्यटकिय क्षेत्रको रुपमा व्यापक विस्तार गर्नु पर्ने आवश्यकता देखिएको छ । पुर्वको पर्यटकिय क्षेत्र धरान र भेडेटारलाई बनाउन धेरै सम्भावनाहरु रहेका छन् । धरानबाट भेडेटारसम्म केवलकार विस्तार गरिने हो भने पश्चिममा प्रसिद्धि कमाएको मनकामना जस्तै भेडेटारको पाथिभरा मन्दिरले पनि प्रर्यटकहरुलाई आकर्षण गर्न सक्छ । यहाँको पर्यटकीय विकास गराए यहाँ अधिक मात्रामा पर्यटकहरु भित्राउन सकिने पूवृको पर्यटन विकासका अभियान्ता कृष्ण शाह बताउछन् ।

यहाँ नजिक रहेको साँगुरीगढी पनि एउटा महत्वपूर्ण स्थल हो । निशानदेवी पाचकन्या बुढासुब्बा सेउतीमाई तमोरमाई लेउतीमाई लगायतका ९/१० वटा देवीदेउताहरुका मन्दिरहरु रहेका छन् । यी पनि पर्यटनका गन्तव्यको रुपमा विस्तार गर्न सकिन्छ । पछिल्लो समय भेडेटारबाट धरानसम्मको पाराग्लाईडिङ पनि पयृटकहरुका लागि आकर्षण बनेको छ । पोखरामा मात्र सिसमित पाराग्लाडिगको व्यवसायी विकास रविस्तार गर्न सके पोखरा जाने विदेशी पर्यटक पूर्वमा तान्न सकिन्छ ।

यातायात विद्युत संचारलगायत जस्ता पूर्वाधार यूक्त बनाउन सक्ने हो भने भेडेटार सबैका लागि सधैको गन्तव्यस्थल बन्न सक्छ । यी क्षेत्रको प्रचार प्रसार हुन सके धरानको समेत आर्थिक सामाजिक स्तरमा बृद्धि हुनेमा दुई मत छैन ।
 

आफ्नो मत व्यक्त गर्नुहोस्
You can contact us using the following form.
The fields marked by (*) are necessary.
*
*
अन्य समाचार...

How to listen HK Nepali Radio ?

For iPhone User

Open the iPhone and go to the App Store. Download HK Nepali Radio apps or  Nepali FM applications, Browse the HK Nepali Radio and Enjoy live streaming radio on your iPhone eiter through the speaker or by connecting earphones. HK Nepali Radio for iOS

For Android  Users

We have good news for you. Our android application is available in Google Play Store. To download our application, we would like to request you to click here. HKNEPALIRADIO Android apps

Subscribe Our Channel
Latest Comments