Headlines :
पूर्वको पर्यटकीय ग्राम भेडेटार नपुगे यात्रा अधुरो | एक हजार तामाङ काटिएको इतिहास | देवकोटा प्राय: भन्थे -- म मर्न चाहन्छु | तीज गीत “झुम्का लगाउँछु“ | विदुषी बुलु शर्माको कथा | युएईमा ससफोको दोश्रो पार्टी एकता दिवस सम्पन्न | सिक्नेचर मुभि – थिन्क पोजिटीभ ग्लोबल क्याम्पिन | मेरो पैतृक अध्यात्मको पाटो | तेह्र बर्षीय गायिका सुबिका राईको प्रथम म्युजिक भिडियो | सबिना गुरुङको चरी चिरिबिरी सार्वजानिक | आठपहरिया राई र दशैं | आमा बित्दा रुने फुर्सद छैन | मेरो भलो चिताउने साथी | मेरी यस्ती एउटी बहिनी | पहिलो प्रेमअनुभूति - राजकुमार दिक्पाल | हामीलाई एक्लै छाडी पन्नाकाजी पनि हिंडे | कीर्तिनिधि विष्टबाट नइलाई ३० लाख | छापामार युवतीको डायरी | ‘सगरमाथा साँझ–३’ आयोजना गरिने | सुरेन्द्र लिम्बू परदेशीलाई अस्वीकृत विचार–साहित्य पुरस्कार साहित्यकार | विश्व साइकल यात्रीले प्याराग्लाईडिङ प्रशिक्षण लिँदै | चेतनायुक्त प्रतिपक्षीय बिचार नै ‘अस्वीकृत बिचार’ हो - डा. कविताराम श्रेष्ठ | विपि प्रतिष्ठानमा सकियो उपकुलपतिको पदावधि, आकांक्षीहरु शक्तिकेन्द्र धाउदै | ’वोझ नहोस् मेरो माया.. | हङकङमा नेपाली भाषा, साहित्य र संस्कृति सप्ताहको रौनक | माओ त्सेतुङ, सुखानीमा हत्या र म | गोयाङको सुगन्ध कृतिलाई २,०२,००२ रुपैयाको पहिचान पुरस्कार | प्रा. डा. कृष्णहरि बराल दुबाईमा सम्मानित | केशर माङयुङको नयाँ गीत ः भिडियो सार्बजनिक | तेजेश्वरबाबु ग्वंगलाई २०७२ सालको 'घटराज पुरस्कार' | Vote for Mira Rai | वाल गायिका प्रीशा श्रेष्ठको 'प्रीशा' | देशदेशान्तरका २०५ जनालाई-सत्यमोहन जोशी शताब्दी पदक | तोडेर नाता जाँदै छु प्रिय तिम्रो नजरबाट - राकेश काफ्ले | गीतकार प्रकाश सुवेदीको ’मनका कुरा तिमीलाई सार्बजनिक | सत्यमोहन जोशी ः शताब्दी पुरुष | सिडी बिजय र मनिशाको पत्ति नमिलेको तास बजारमा | सन्जीव र नलिना पोर्तुगल आउँदै लिस्बोन | ’डढेलोभित्रका सतिसाल’ हङकङमा प्रिमियर | आठपहरिया राई र दशैं | 'सत्यमोहन जोशी शताब्दी पदक' | यूएइमा फोनिज गठन हुने | दार्जिलिङले के सिकायो ? अन्तत: सूधपा को हुन् ! | सडकबाट शिखर पुगेका ब्यक्तित्व | नौ हजार फिटबाट २३ नेपाली उडे | साहसिक हिरो सानोबाबु सुनुवारलाई सम्मान | पाँच फिट अग्लो अभिनन्दन पत्र | साउदीमा प्रवासी नेपालीले मनाए क्वाटीपूर्णे | स्याङजा समितिमा दुई लाख हिनामिना स्याङजाली कान्छासहित निष्कासि | स्वर, सङ्गीत र शब्दका शिखर : गोपाल योञ्जन | गायक सुरेश राना मगर : कुराकानी | गुरुङ तमू समाज मकाउको प्रथम अधिवेशन | मकाउमा सेतो पुतली ः भूकम्प पीडितकालागि पुननिर्माणकालागि सहयोग जुटाउँदै | महाकविका प्रिय कवि श्यामदास वैष्णव भन्छन्- | अम्बर गुरुङ नेपाली आकाशका गीत थिए | यूएइमा साकेला उँभौली-५०७६ सम्पन्न | पुण्यरश्मिलाई बीपी कोइरालाको सहयोग | ओ...खरबुजा...खरबुजा...! | आमाप्रतिको आदर ः आभा मुकारुङ | Mother Tongue Education Rights of Ethnic Minorities | सुटिङ सम्पन्न | कविता - सम्झेर पुर्खा | हङकङमा पूर्खादिवस २०१६ | फोरममा सामूहिक प्रवेश | किरात मञ्च नेपालको सङ्गठन विस्तार | धरानमा प्याराग्लाइडिङ | साइप्रसमा ग्याल्बु ल्होसार भब्य सम्पन्न तथा नयाँ कार्य समिती गठन | बुद्धिसागर बश्याल - अनलाईन वार्ता | त्रिमूर्ति निकेतनमा ११४ औं सम जयन्ती | अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक प्रकाश थापालाई सम्मान | आफ्नोपन बिना बाँच्नुको सार छैन ।- यासेली योङहाङ | सङ्गीतका अमर साधक रत्नबहादुर खड्गी | विश्व शेर्पा संघको तदर्थ समिति गठन | तारादेवी नेपाली गीतगायनमा बहुचर्चित नाउँ | समाज सेवामा अगुवा सँस्था गुदेल शेर्पा किदुग | त्रिमूर्ति निकेतनमा १३२ औं लेखनाथ जयन्ती | सेप्टेम्बर १, २०१६ देखि प्राथमिक १ कक्षामा भर्ना हन गइरहेका छन् भने | क्वाणटम साहित्यको व्याख्याता - डा. मधुकृष्ण श्रेष्ठ | आदिवासी जनजातिको निम्ति समर्पित पेम्बा गेलु शेर्पा | इजरायलमा जनमूक्ति मंचको गठन | सुनगाभा फुल्यो लेकैमा...म्युजिक भिडियो सार्वजनिक | राईलाई ‘नइ धनरूप पुरस्कार’ | राष्ट्रिय एकता खलबलाउने संविधान स्वीकार हुन सक्दैन । | बिबिसी नेपाली सेवाको एकपक्षिय प्रसारण विरुद्ध खेद प्रस्ताव पारित र नेता शेर्पाको रिहाईको माग | न्युयोर्कमा ट्राभलिङ किम्फ सम्पन्न् - देशी विदेशी दर्शकहरुको सहभागीता | एघारौं त्रिमूर्ति दिवस- ९ जना पुरस्कृत १७ ओटा कृति लोकार्पण | शेर्पा किदुक साईप्रसको प्रथम बैठक सम्पन्न | जीवनको अनुवाद र सोम लिम्बू | साईप्रसमा महिलाहरूको वर्चस्व रहेको शेर्पा किदुक गठन | सबैको गुरुमा - भारती ओख्राबो | साईप्रसमा राजनैतिक पार्टी र विध्यार्थी एकता | माया ठकुरी ‘नेपाली साहित्य नारी रत्न’ घोषित | गीत-सङ्गीतमा लाग्नेहरूले कहिल्यै एक्लो हुनुपर्दैन ।- केन्जुमा सुब्बा | “सक्छौ भने युद्ध गर्न आऊ भनेर राज्यले हामीलाई निम्तो दियो” : डा. ओम गुरुङ | हङकङ र मकाउको सफलता पछि किम्फ अब अमेरिकाको न्यूयोर्कमा | बैँककमा जम्बो कार्यक्रम 'चुम्लुङ' सम्पन्न | शेर्पा संघ, यूरोपको तेश्रो महाधिवेशन सन् २०१६ को लोसारमा आयोजना हुँदै | १२ भाषाका ज्ञाता : हेमचन्द्र पोख्रेल | नामी तर दुखी शान्ति मास्के | कवि रण काफ्ले भारतमा पूर्वोत्तर हिन्दी एकादमीबाट सम्मानित | भयवाद दर्शनको पुस्तकलाई दुईवटा अन्तर्राष्ट्रिय अवार्ड | सावधान सरकार ! खबरदार सरकार ! | हङकङको नेपाली साहित्यकार, गीतकारहरुमा नाम छुटाउन नहुने व्यक्ति-- डीबी पालुङ्वा | हङकङमा समवेदना व्यक्त गर्न मैनबत्ती प्रज्वलन कार्यक्रम | पुर्खा दिवस र थपिएका अर्थ | हङकङमा पुर्खादिवस सम्पन्न | गाउँमा के गर्न सक्छु भनेर सोची रहेको छु – गौतम सागर राई | द युनिभर्सीटी अफ हङकङमा भयवाद्का कुरा | हङकङमा पुर्खादिवसको भव्य तयारी | अबका नेपाली पुस्ताले आफ्नै जन्मथलोमै ब्यवस्थित जीवन यापन गर्न सकून् -कर्मा छिरिङ शेर्पा(बेलायत) | आफ्नै जन्मगाउँका उकाली-ओरालीले गायिका बनायो । -रत्ना बराईली(लोक-गायिका) | ‘मनभरी चोट भए पनि दर्शकसँग हाँस्नु पर्छ ।‘ - लाक्पा शेर्पा(अमोद) | आफ्नो भाषा-सँस्कृति-धर्म-भेष अँगालेर कला-कर्ममा प्रयोग गर्दा सुहाएको जस्तो लाग्छ । --बरधोज | आँसु झारेँ धेरै-धेरै केवल तिम्रैलागि--ईशा लावती लिम्बू(गीतकार) | मानध्वजको चरित्रले मलाई नै रुवाउँछ । ___ मौसम ईम्बुङ(चेसुङका लेखक-निर्देशक) | ‘गायिका नै बन्छु’ भन्ने जवाफ नदिए पनि गायिका नै बनेँ' -- आभा मुकारुङ | किम्फका उत्कृष्ट | बालकृष्ण समको सङ्क्षिप्त परिचय | शिक्षा र ज्ञानले मानसिक, शारीरिकरुपले सबल तुल्याउँछ - जुनिता लिम्बू | निदै छैन आँखामा --गायिका जशोदा सुब्बा | संगीतकार गणेश गुरुङका बारेमा र केहि सम्झना | गायिका तायाहाङमा राईको दोस्रो एल्बम ‘तराना’ सार्वजनिक | कुशल गायक- कुशल थलङ | कलाको गला | मलाई टिपिकल कला-सँस्कृतिप्रति रुची छ -सुमी लिम्बू(नृत्यकार/मोडल)-बर्मा, हाल: बैँकक | चीनकी दीपा एवाईको योगदानबारे चर्चा | बजगाईंको कथासङ्ग्रह ‘कमरेड भाउजू’ सार्वजनिक | छुटेका पाइलाकी स्रष्टा-- बुलु शर्माबाट नइलाई छ लाख | हङकङमा नेपाली सप्ताह २०१४ सम्पन्न | शताब्दी पुरुषको स्वास्थ्यमा सुधार -- सरकारबाट १० लाख रुपियाँ प्रदान | अल्बम बेचेर आमाघरलाई सहयोग | त्रिमूर्ति निकेतनमा १३१ औं लेखनाथ जयन्ती | हङकङमा नेपाली साहित्य लेखन ज्यादै उर्बर छ - टंक सम्बाहाम्फे | सरकारले पनि डा.जोशीलाई शताब्दी पुरुषको सम्मान दिने डा.जोशीलाई १०१ ओटा अभिनन्दनपत्रहरु प्रदान | विश्व नेपाली स्रष्टा कोश प्रकाशित गरिने | एडिबीको ऋण सम्झौता | नौजनालाई नइ बाल पुरस्कार प्रदान | गरीबीले भोकै मरे फरक पर्दैन, तर सँस्कृति-सँस्कारहीन हुनु साँच्चीकै समाप्त हुनु हो --- मनोज साङसोन | ओराङफुङ जस्तै गायिका देशु सुहाङ | महाकवि देवकोटाबारे केही जानकारी | त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती | नौ जनालाई नइ देरुनीखपू बाल पुरस्कार | यूएइमा पत्रकारिता तालिम सम्पन्न | TEARLESS EYES_Story by Vijay Kangmang | एचके नेपाली रेडियोका कुरा | किरात राई यायोक्खा यूएइ शाखाको पाँचौ अधिवेशन सम्पन्न- | भलिबल प्रतियोगिता सम्पन्न, स्क्याड समुह प्रथम | पारिजातको जीवनकथा | हङकङमा धरानेहरुको बृहत जमघट | अमिलो पानीपुरी र पिरो चटपटेले १ लाख ८० हजार संकलन गर्यो | नइ भूपाल दुर्गा पुरस्कारको स्थापना | सम्भावना बोकेका सर्जकहरू हुनुहुन्छ,साहित्यिक एकता भने देखिन्न- बिद्रोही साइला | यूएईमा नेपाली कल्चर शो | उत्कृष्ठ सभासद छनौट प्रक्रियाको शुभारम्भ | हङकङमा प्राथमिक विद्यालय भर्नाहुन चाहाने विधार्थीहरुकालागि | 'माई प्रोमिस' धरानमा प्रिमियर | भयवाद विश्वको कान्छो र नौलो दर्शन हो – देश सुब्बा | डिभिजन-३ को लागि१८ जनाको नाम सार्बजनिक | Apple Announces Apple Watch, Available in Early 2015 | हामी आफैँभित्र पनि अमूर्त अनेक शक्ति, स्रोत र सम्भावना छन् -खगेन्द्र पन्धाक | सधैं अरुको भलाइँ गरिरहने सरला गुरुङको कलायात्रा | गीतसंगीत साधकहरुकालागि प्रिय साथी, असल नेपाली – राजु गुरुङ | लोकप्रिय गिटारिष्ट यादव राई | धरान हङकङ मञ्च : १५ औं वार्षिक उत्सव भव्यरुपमा हङकङमा मनाउने | अभाङ्गगार्ड, खलिल जिब्रान र हाम्रा नानीहरू | गजल रचनाका प्राथमिक आधारभूत केहि तत्व र नियमहरु | STORY- The Second State | टेरिया मगरको राहदानीमा समस्या ; युएईको कार्यक्रम स्थगन | iPhone 6 -- Apple's 2014 iPhone, debuting September 9 | मातृभाषाको विकास र चुनौतीहरु | हराएका राहदानीको विवरण इन्टरपोलको वेबसाइटमा | Stay alert against communicable diseases in new school year | विश्व आदिवासी दिवस | नेपाली संगीतमा ‘आरोही’ : पहिलो एकल अल्बम लिएर आए सुनिता र अनुशील | के हो यो ALS र Ice Bucket Challenge? | मानवीय सहयोगकालागि हङकङमा मेलोडी नाइट | राजेशपायल राई हङकङमाः असाह्य बालबालिकाहरुको शिक्षदीक्षाकालागि ५० हजार दिने घोषणा | Philosophy of Fearism | नेपालीको सान जितू राई बने विश्वको नं. १ खेलाडी | D. B. Chitrakar | 'भारतसँग राजनीतिक तहमै समस्या समाधान गर्नुपर्छ' | Quality of life | तेरिया अव युएईमा | हङकङका ८ नेपालीलाई ‘भानुभक्त स्वर्ण पदक’ | नेपाली साहित्यका महारथी गणेशबहादुर प्रसाईको निधन | जोशीलाई पाँच लाख रुपियाँ सहित शताब्दी पुरुष | आदिकवि भानुभक्त आचार्यको जीवनी | २५ स्रष्टाहरूलाई ‘भानुभक्त काव्य पुस्कार’ | रक्तदाताहरुलाई रेडक्रसको सम्मान, जगतअम्बू गुरुङ सम्मानित | हङकङमा विश्व काव्य यात्रा भव्यरुपमा सम्पन्न- कवि चौधरी नेपाली विधार्थीहरुसँग | भारतीय गोर्खाहरुको विविध साँस्कृतिक कार्यक्रम | हङकङमा भव्य पूर्खादिवस | The Nepalese community in Hong Kong looks to preserve Gurkha legacy | राजा महेन्द्रको हृदयाघात र कीर्तिनिधि विष्ट | इन्टिग्रेसन, चिनियाँ भाषा अनि हाम्रा आवश्यकताहरू | विश्वभर छरिएका गोर्खाली समाधिहरु | Minorities face challenges in the classroom | बालकृष्ण समको सङ्क्षिप्त परिचय | कविहरूका पनि कवि ‘कविशिरोमणि’ लेखनाथ पौड्याल | समग्र जीबनको सांगीतिक अन्तर्मन्थन “गह” | एक विशिष्ट सांगीतिक कार्यक्रमः अम्बर गुरुङ रात्री | भूगोलमा नारायणगोपाल | त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती | देवकोटाको राँचीबास किन ? | देवकोटाले कहिले पागल लेखे ? | शुसिल नेवा बने मिस्टर हङकङ नेपाल २०१३ | झुक्तै नझुक्ने नेपाली शिर अर्थात् डा.वानीरा गिरी | नेपाली आधुनिक गीतका लोकप्रिय गायक फत्तेमान | हङकङको नेपाल | नेपाली भाषा साहित्य र डायस्पोरा | श्रीहरि, सरुभक्त र मञ्जु काँचुलीलाई त्रिमूर्ति पुरस्कार | पाट ह्योङ सेन्ट्रल प्राइमरी स्कुलको दिक्षान्त समारोह सम्पन्न | पराजुलीत्रयको सांगीतिक कार्यक्रम हुने | विष्णुनन्द चाम्लिङ राईको गीति संग्रह ‘सम्झौता‘ | विश्व नारी रत्नः वानीरा गिरी | प्रकाश सायमी दाइसँग सात दिन | पूर्वमा पर्यटन मेला | नेपाली क्रिकेटको कुरा | स्तम्भ लेखनबाट म विदा | नयाँ वर्षमा च्याम्बरको डाइरेक्टरी | एउटा ज्यूँदो मान्छे अनङगनाथ पौडेल | जनजाति महासंघको उद्घोष– अनसन र तालाबन्दी | हङकङमा पुर्खादिवस 2013 | पहिलो दैनिक पत्रिकाको सम्पादक- गोविन्द मल्ल गोठाले | नेपालका गौरवः लैनसिंह वाङ्देल | सेवाका आदरणीय- त्रैलोक्यनाथ श्रेष्ठ | मुलुकलाई निरंकुशतर्फ धकेल्ने षड्यन्त्रः राजकुमार लेखी | पहिचानको बिरुद्धमा उत्रनेहरू सबै जातिबादी हुन : अशोक राई | महिला दिवसमा कार्यशाला गोष्ठी | ‘रोहितको आकृति’को लोकार्पण | लिम्बू भाषाको चलचित्र “केःवा कोःक्मा“ हङकङमा प्रदर्शन गरिने | नेपाली बास्केटबल टिमलाई प्रोत्साहन | सुनसरी उद्योग वाणिज्य संघमा राजेन्द्र श्रेष्ठ | महावाणिज्यदूत नियुक्ति बदर गर्न विरोधसभ | नेपाली काग्रेसको दोस्रो धरान नगर भेलामा तनाव | थापा हत्याको विरोधमा चौतारी | किरायाद्धारा यूएईमा एक महिलाको उद्धार | दुबईमा बनभोजसंगै उधौली साकेल | जाडो बढ्यो नेपालमा | धरानमा फेरि सडक उत्सव | तुवाचुङ जायजुम सहयोग समिति गठन | किराँत विभूति इमानसिंह चेम्जोङ | राजन मुकारुङसंग साक्षात्कार | हङकङमा नेपाली सप्ताह २०१२ | त्रिमूर्तिमा १२८औं लेखनाथ जयन्ती सम्पन्न | काठमाडौँ विश्वविद्यालयको अठारौँ दीक्षान्त समारोह (दोस्रो कार्यक्रम) सम्पन्न | पहलमानसिंह स्वार-जीवनी | १४ अञ्चलमा विश्व नारी नेपाली साहित्य सम्मेलन गठन | शुटिङ रिपोर्टः कवि राई | अनाम सडकमाः जातीय एकताको संदेश | संघीय समाजवादी पार्टीको हङकङ तदर्थ समिति गठन | पहिलो समालोचना पुरस्कार समर्पण | धरानको खानेपानी समस्या समाधान गर्न एडिविले सहयोग गर्ने | आदिकवि भानुभक्त आचार्यको लघु जीवनी | गायक राजेश पायल राई नमस्ते यूरोप सांगीतिक यात्रामा स्वीटजरल्याण्ड पछि जर्मनी र बेल्जियम आउदै | भारतको आसाम राज्यको हवाइपुरमा “नेपाली साहित्यमा भयवाद” | विश्वभर छरिएका गोर्खाली समाधिहरु | नेपालबाहिर रहेका नेपालीहरुको प्रतिनिधि नायक ध्रुव दत्त | मायादेवी राईसँगको कुराकानी | प्रकृतिगामी --कथा | सर्वप्रिय कम्युनिष्ट ः जसुदा राई | गोर्खाः ईज्जत, इमान अनि प्रेष्टीज | नौकन्यालाई नइ देरुनिखपू बाल पुरस्कार प्रदान | सानैमा ठूली - शारदा अधिकारी | हङकङमा महाकवि देवकोटाजयन्ती २०१२ सम्पन्न | साब्लाबुङ | तेक्वान्दो प्रतियोगितामा हङकङेली नेपाली खेलाडहरुलाई सफल्ता | नेपाली जातीय कवि -पं.धरणीधर शर्मा |
Recent Events
Most Read
Book Reviews
Philosophy of Fearism: Life is conducted, directed and controlled by the fear."1. ‘Fearism is a gift to the world from Nepali.’ Prof. Dr Tanka Prasad Neupane, Chairman, Fearism Study Centre: Baicharik Chintan, 2066 v.s. 2. ‘Fearism of Desh Subba has shake
विस्तृत समाचार
VIEW ALL
समाचार »
जीवनी
झुक्तै नझुक्ने नेपाली शिर अर्थात् डा.वानीरा गिरी

नरेन्द्रराज प्रसाई

डा.वानीरा गिरी भन्नु नेपाली साहित्यका विश्व नारी रत्न हुन् । आधा आकाश ओगटेको जनसङ्ख्याको कुरा भन्नुपर्दा वानीरा गिरी नेपाली भाषासाहित्यको एउटा सिङ्गो अस्तित्व हुन्, एउटा सिङ्गो स्वाभिमान हुन् र एउटा सिङ्गो शिर हुन् । वानीरा गिरी फेरि दोहो¥याएर पाउन नेपालले चिरकाल प्रतीक्षा गर्नुपर्ने पनि हुन्छ ।

किनभने वानीरा गिरीको नेपाली माटोमा लागेको छाप र नेपाली माटोको वानीरा गिरीलाई परेको छाप नै नेपाली साहित्यको एउटा सुखद् र भरपर्दो संयोग बनेको छ । त्यही यथार्थ ठाडै भन्नुको अर्थमा वानीरा गिरी नेपाली साहित्यको एउटा बलियो आधारशिला हुन् । वानीरा गिरीरूपी खाँबोलाई नेपाली भाषा लेख्ने देशदेशान्तरका नारीहरूले मियो नै मानेका छन् ।
वानीरा गिरीका बुबाले सौतेनी आमाको खप्की खप्न नसकेर आफ्नो मातृभूमिलाई चटक्कै छोड्नुपरेको थियो । भनाð, इन्द्रराज गिरीले प्रवासमै कर्म गरेर त्यतै जीवन तुरेका थिए । आफ्नो पितृभूमि र मातृभूमि पछ््याएर वानीरा गिरी फेरि नेपालकै धुलो टेक्न आइपुगिन् । अनि यसै माटोले उनलाई नेपाली साहित्यमा दिग्विजय नै गराइदियो ।
वानीरा गिरीले नेपाल आएर आफ्नो वैयक्तिक जीवनमात्र भोग गरिनन्, उनले नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि आफ्नो मन, वचन र कर्म रोपिन् । त्यसैले आजको विश्वसाहित्यका अघिल्लो पङ्क्तिमा बस्नेहरूले नेपालको बौद्धिक चेतनाकी नारीस्रष्टा एकजनाको नाउँ सोध्नेबित्तिकै त्यसको सरल उत्तरमा डा.वानीरा गिरीको नाउँ उच्चारण गर्नै पर्ने हुन्छ ।

नेपाली भाषासाहित्यका नारीचुली वानीरा गिरीको रचनामा कुनै राजनीतिक सिद्धान्तको रङ देखिँदैन । उनी कुनै राजनीतिक दलको पछौटे पनि बनिनन् । उनले निस्वार्थ रूपमा नेपाली भाषाकै सेवा गरिन् । नेपाली साहित्यलाई सम्मानका साथ मुलुकबाहिर पु¥याउन उनले जीवनभर साधना, आराधनामात्र गरिनन्; तपस्या नै गरिन् । तापनि उनलाई अन्धो राष्ट्रवादको मुखौटोधारी खेमाले उताकी अर्थात् भारतबाट हाम्रो भाग खान आइपुगेकी भनेर लखेट्न पनि छोडेनन् । उनले यस्ता कटुवचनलाई टेक्तै हिँडिन् र अन्ततः उनी नेपाली साहित्यका विश्व नारी रत्नमा नै दरिइन् ।

नेपाली भाषासाहित्यमा आपूmहरूलाई ठेकेदार ठान्ने प्रचलन पनि नेपालको एउटा महारोग नै भएको छ । नेपाली भाषाका नाउँमा राइँदाइँ गर्ने ती नायकहरूको अपाच्य कर्तुतका दृश्य यहाँ  प्रकाशित नभएका पनि होइनन् । स्वनामधन्य छद्मभेषीहरूको रेशमी पर्दा आफ्ना कर्मद्वारा च्यातेर त्यहीँनेर अलग्गै र सग्लो स्वपहिचान प्रस्तुत गर्ने वानीरा गिरीहरू नेपाली साहित्यका स्वाभिमानी शिर मानिएका छन् । समर्पित स्रष्टाहरूको प्रोत्साहनमा बिर्को लगाउन चाहनेहरूका माझबाट आफ्नो शिरलाई नभाँची वानीराहरूले आफ्नो सग्लो परिचय देशदेशान्तरमा दिएका छन् । वानीराले नेपाली स्रष्टाको स्वाभिमानी शिरको प्रतीक अन्तर्राष्ट्रिय क्षेत्रमा समेत पु¥याएकी छिन् ।

नेपाली भाषाको सेवा गर्छु भनेर ठेकदारी लिनेहरूले जसरी कविशिरोमणि लेखनाथ पौड्याललाई आशैआशमा हिरिक्कहिरिक्क पारेर तड्पाइएको थियो, जसरी नाट्यसम्राट् बालकृष्ण समलाई आश्वासनको दियो बालेर आपूmहरूप्रति प्रज्वलित पार्दै समका भागमा अन्धकार पार्ने प्रयास गरिएको थियो र त्यसरी नै महाकवि लक्ष्मीप्रसाद देवकोटालाई आफ्नै घरको परिसरमा आइपुगेको बेला पनि पानीसमेत खान नदिएर होच्याइन्थ्यो र महाकविको जीवनकालभरि नै पागलकै व्यवहारसमेत गरिएको थियो । वानीरा गिरी स्वयम्ले पनि त्यस्ताखाले डरलाग्दा खप्की र हैकम सुनेकी र देखेकी पनि थिइन् । त्यसैले उनी यो महारोग लाग्नबाट बचाउन सधð सतर्क भैराखिन् ।

वानीरा गिरी प्रवृत्तलाई जरैबाट उखेलेर मास्ने परम्परा पनि नेपालमा नौलो मानिएन । एकातिर वानीराको किल्किले समाउने र अर्कातिर वानीराको घुँडामुनि नुहाइधुवाइ गर्ने तिनै तŒवहरू घरिघरि हामीले देख्तै आउँनुप¥यो । वानीरालाई व्यङग््य हान्न खोज्दा आफै जोकर भएकाहरूको रोगबाट वानीरा सदैव अलग रहँदै आइन् । वास्तवमा राणाको चिहान खोस्रेर, उधिनेर र  खोतलेर ल्याइएको सिनो ढुक्ने काम वानीरा गिरीबाट पनि कहिल्यै भएन ।

नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि वानीरा गिरी सधð उँभो उक्लिरहिन् । वास्तवमा, प्रतिभाशाली मान्छेहरू निर्धक्क भएर नै हिँड्छन् । वानीरा गिरी पनि त्यही कोटिमा उभिएकी स्रष्टाकी नमुना मानिन्छिन् । उनमा आफ्नै किसिमको जीवनशैली हुर्किएको छ । त्यसैले उनी घाँसपातमा सिरुजस्तै घोचिली छिन्, ढुङ्गामा दर्शन ढुङ्गाभन्दा बलिई छिन् र धातुमा फलामभन्दा दह«ी छिन् । अनि त उनको आफ्नो अस्तित्वमा जतिसुकै स्यालका लस्करहरूबाट बाटो छेक्न खोजिए तापनि उनी कहिल्यै छेकिइनन्, उनका अघिल्तिर जतिसुकै कुकुर भुकाए तापनि उनले आफ्नो बाटो छोडिनन् र उनीप्रति जस्तै मुर्कुट्टाद्वारा आक्रमण गराए तापनि वानीरा कहिल्यै तर्सिइनन् । बरु उनले आफ्नो बुताले ती सबैलाई आपूm पछिपछि हिँड्ने जुलुस बनाइरहिन् । अनि हिजो वानीराका  विपरीतध्रुवी जुलुसको नेतृत्व गरेर हिँड्ने व्यक्ति पनि आजै आफ्ना छातीमा हात राखेर ‘आकाशमा थुके आफ्नै मुखमा छिटा’ भन्ने वाक्य वक्न बाध्य भएका देखिन्छन् ।

वानीरा गिरी कठोरताकी नमुना हुन् भने कोमलताकी पनि नमुनामा स्थापित नाउँ हुन् । कुनै पनि कुरालाई उनको ब्रह्मले राम्रो देख्यो भने उनी नौनीघ्यूजस्तै हुन्छिन्, भुवाजस्तै हुन्छिन् र बादलजस्तै पनि हुन्छिन् । उनी अनावश्यक टिप्पणी, वादविवाद र छलफलमा अल्मलिन चाहन्नन् । उनी सार्थक ठाउँमा मात्रै सार्थक समय रोप्न चाहन्छिन् । त्यसैले पनि उनको जीवनयात्रा उत्कृष्ट मापमा नापिन पुग्यो । उनी जे लेख्छिन्, सत्य स्वीकारेर नै लेख्छिन् । उनी आडम्बरदेखि टाढै बसेर लेख्छिन् । त्यसैले उनको लेखनी अब्बल दर्जाको हुन पुग्यो । उनको साहित्यिक जीवनको साङ्गोपाङ्ग अध्ययन गरेर भन्नुपर्दा आजको विश्वसाहित्यमा नेपाली साहित्यको नारी लेखनको परिवेशमा एउटा रानो वानीरा गिरी भएकी छिन् । अब उनलाई जति चाटे पनि केही फरक पर्दैन, किनभने उनी साहित्यिक आरोह हुन्; अनि उनलाई जसले थुके पनि केही फरक पर्दैन, उनी साहित्यिक गङ्गा हुन् । त्यही बेहोराले सिङ्गो सृजनात्मक धर्तीमा उनी फक्रेकी छिन् र नेपाली साहित्यको नाम्लो थाप्लोमा लगाएर विश्वपरिक्रमा गरिरहेकी छिन् ।
वानीरा गिरीसँग मान्छेको प्रायः मतमतान्तर हुन्छ, किनभने उनी बौद्धिक चेतनाले खारिएकी व्यक्तित्व हुन् । अर्को कुरा प्रायः सर्जकहरू नै स्वाभिमानी प्रवृत्तिमा हुर्केका हुन्छन् । स्वाभिमानी चेतना कहिल्यै पनि टाउको हल्लाएर स्वीकृतिमात्र जनाउन सक्तैन । त्यसैले सत्यतथ्यका लागि वानीराले मतान्तर राख्ने गरेको सन्दर्भको साक्षी म पनि भएको छु ।

मैले वानीरा गिरीलाई २०३० सालदेखि नै चिनेको हुँ । त्यसपछि उनीप्रति मेरो एकोहोरो माया, प्रेम र श्रद्धा झाँगिँदै जान थाल्यो । उनीसँग मलाई नजिक पु¥याउने काम इन्द्रेणी प्रसाईले गरेकी थिइन् । इन्द्रेणी नातामा मेरी भतिजी बुहारी थिइन् । उनी पनि पद्मकन्या बहुमुखी कलेजमा पढाउँथिन् । अनि वानीरा पनि त्यहीँ पढाउँथिन् । इन्द्रेणीको डेरामा वानीरासँग म सर्वप्रथम त्यसै बेला बोलेको थिएँ । त्यस बेला वानीरा आफ्ना दुवै छोराछोरी लिएर इन्द्रेणीको शुभजन्मदिनको अवसरमा शुभकामना दिन घट्टेकुलो आएकी थिइन् । त्यसपछि हामी दुईको साहित्यिक नाता पनि क्रमशः बढ्न थालेको थियो । त्यतिखेर वानीरा गिरी नेपाली परिवेशमा आफ्नो सग्लो अस्तित्व स्थापित गर्ने क्रममा थिइन् भने म फाट्टफुट्ट प्रायः गीत र कविता मात्रै लेख्ने गर्थें ।

पछिपछिका दिनहरूमा लेखकको सूचीमा मेरो नाउँले पनि चियाउन थालेको थियो । म पनि लेखक हुँ कि ! जस्तो लागेर  २०४० सालतिर मैले वानीरा दिदीलाई एउटा चिठी लेखेको थिएँ, तर मैले मेरो पत्रको प्रत्युत्तर पाइनँ । अनि फेरि मैले उनलाई अर्को पत्र पनि लेखेँ, त्यसको पनि मैले प्रत्युत्तर पाइनँ । म लेखिरहन्थेँ, शायद, उनी मेरो लेखनी च्यातिदिन्थिन् या फालिदिन्थिन् । मैले एकोहोरो श्रद्धाको बीउ राख्न कहिल्यै छोडिनँ । तर मैले उनीबाट कहिल्यै हार्दिकता भेट्न पनि सकिनँ । खै ! धेरैपटक ईश्वरवल्लभ दाइले हामीमाझको सम्बन्धलाई न्यानो पार्न पनि खोजे, तर त्यति सकेनन् । हो, पछिल्ला दिनहरूमा वानीरामा मप्रति क्रमशः केही न केही परिवर्तनचाहिँ आएको मैले महसुस पनि गरेको थिएँ । वास्तवमा एउटी बघिनीलाई आफ्नो विशेष श्रद्धाद्वारा रिझाउन मैले प्रयास गरेको थिएँ । उनी नेपाली साहित्यको बघिनी भन्ने कुरा मैले २०५० सालतिर सुनेको थिएँ । एकपटक धेरैका अघि वैरागी काइँलाले वानीरालाई भनेका थिए— ‘वानीरा बहिनी एक्लो बघिनी हो; जसका कारण हामी सबैको शोभा बढेको छ ।’
त्रिमूर्ति निकेतनको म संस्थापक हुन पुगेँ । घटराज भट्टराई, इन्दिरा प्रसाई र मेरो तन, मन र धनको चिनो पनि त्यही त्रिमूर्ति निकेतन हो । त्रिमूर्ति निकेतनले २०६६ सालमा आफ्नो कार्यसम्पादन गर्ने क्रममा प्रथम ‘अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन’ कुशलतापूर्वक सम्पादन गरेको जगजाहेर नै छ । त्यस सफलतापछि विश्वभर छरिएर रहेका नेपाली भाषा लेख्ने नारीस्रष्टाहरूको एउटै मञ्च स्थापनार्थ त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको प्रस्ताव आयो । उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएपछि हामी यसको कार्यसम्पादनतर्फ उन्मुख भयौँ । परिणामस्वरूप, त्रिमूर्ति निकेतनअन्तर्गत बालकृष्ण सम फाउन्डेशनका संयोजक साहित्यकार प्रा.डा.गार्गी शर्माको अध्यक्षतामा ‘विश्व नारी नेपाली साहित्य सम्मेलन’को गठन भयो । अनि त्यस सम्मेलनमा त्रिमूर्ति निकेतनकै सदस्यसचिव पदेन सदस्यसचिव रहने कुरा भयो र म ‘विश्व नारी नेपाली साहित्य सम्मेलन’को पनि सदस्यसचिव रहन पुगेँ ।

ईश्वरवल्लभ दाइसँग मेरो पेटबोली मिल्ने गथ्र्यो । हामी प्रायः नेपाली साहित्यकै कुरामा धेरै अल्मलिने गथ्र्यौं । अनि मचाहिँ नारीस्रष्टाबारेको चिन्तनमै लागिरहेको पनि उनलाई थाहा थियो । यसै प्रसङ्गमा उनले २०४६ सालदेखि मलाई बराबर भन्ने गर्थे— ‘नेपाली साहित्यमा त्यस बेलादेखि यस बेलासम्मको नारीलेखनमा बौद्धिक चिन्तक र निरन्तर लेखिरहने त वानीरा नै सर्वोत्कृष्ट स्रष्टा हुन् ।’ उनले भनेको त्यही बेहोरालाई मैले दृष्टिगत गरिरहेँ । अनि वानीरा गिरी र वानीरा गिरी नै फेरि मेरा मनमस्तिष्कमा खेलिरहने नाउँ हुन थाल्यो । ‘विश्व नारी नेपाली साहित्य सम्मेलन’को गठन भएपछि त मैले नेपाली अक्षर लेख्ने वानीरा र वानीराहरू मात्रै खोज्न थालेँ । त्यसै सिलसिलामा त्रिमूर्ति निकेतन र विश्व नारी नेपाली साहित्य सम्मेलनले चौध अञ्चल र विश्वका झन्नै बीस देशका नेपाली साहित्यकारमाझ सर्वोत्कृष्ट एकजना जीवित नारीस्रष्टाको खोजी कार्य गरिरह्यो । अनि प्रायः धेरैले एउटै स्वरमा वानीरा गिरी, वानीरा गिरी र डा.वानीरा गिरीकै नाउँ उल्लेख गरिरहे ।
वर्तमान नारी साहित्यकारमध्ये वानीरा गिरीपछिको èाृङ्खलामा पनि लगातार कहिले प्रेमा शाह, कहिले माया ठकुरी, कहिले कुन्दन शर्मा र कहिले लक्खीदेवी सुन्दासहरूको नाउँ आइरह्यो । साथसाथै भुवन ढुङ्गाना, डा.बेन्जु शर्मा र तोया गुरुङको नेपाली भाषाको सृजनाले पनि देशदेशान्तरको गरिमा बढाएको रहेछ भन्ने पनि हामीले त्यसै बेला महसुस गर्न पायाð । अनि फेरि वानीरा गिरी र अन्य सातजना नारीचुलीको नामावली प्रस्तुत गरेर चारैतिर सर्वेक्षणका मतहरू हामीले बटुल्न थाल्याð । अजातशत्रु त यस पृथ्वीको नश्वर चोलामा हुन मुस्किलै छ । त्यसैले वानीरा गिरीका पनि शत्रुपक्ष चल्मलाउनु त अनौठो कदापि होइन । तर ती शत्रुपक्ष पनि वानीरा गिरीको उच्चस्तरीय प्रतिभाका सन्दर्भको कुरामा भने नतमस्तक नै भएका थिए । अन्ततः सर्वेक्षणको नतिजास्वरूप एकमात्र वानीरा गिरीको नाउँ सर्वमान्य नारी लेखकका रूपमा आएको थियो । यसरी जति नै पल्ट उल्टोपाल्टो गरेर सोधीखोजी गरिँदा पनि उनै डा.वानीरा गिरी नै नेपाली साहित्यका विश्व नारी नेपाली साहित्य रत्नको सिंहासनका लागि ठहर हुँदै आइन् । त्यसपछि मात्र ‘विश्व नारी नेपाली साहित्य सम्मेलन’को २०६९ साल असोज २० गतेको पूर्ण बैठकबाट डा.वानीरा गिरीलाई ‘नेपाली साहित्यका विश्व नारी रत्न’को उपाधि समर्पण गर्ने निर्णय भएको थियो ।

नेपालको वर्तमान भागबण्डाको राजनीतिक व्यवस्थाले गर्दा कैयाð वानीरा प्रवृत्त लेखकहरू आफल्न खोजिएका छन् । दलगत स्वार्थले गर्दा साहित्यमा होचाहोचा कदका मान्छेहरूलाई तान्ने क्रेन राखिएको छ र त्यसैले तानेर माथिमाथि पु¥याउने चलन भएको छ । तर जति जे गरे पनि साहित्यमा सधँैभरि क्रेन संस्कृतिको बोलबाला रहन सक्दैन । युगले अर्काको बुई चढेर अग्लिएका पुड्काहरूको सालिक निर्माण गर्दैन । भोलिको इतिहासले निजीकर्मद्वारा अग्लिएका सर्जकको मात्र सालिक निर्माण गर्छ । अथवा कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटा अनि प्रेमराजेश्वरी, गोमा र पारिजातका सालिक निर्माण भइरहने छन् । यिनीहरूलाई कसैले तिरस्कार गरेकै थिए भने पनि अब केही अर्थ रहेन । उनीहरूको नश्वर देह माटोमा विलिन भएको वर्षौं हुँदा पनि यी दिग्जीवन्त हुँदै नेपाली धरामा अजरअमर भएर रहेका छन् । अनि त्यही कोटिमा शिर ठाडो पारेर ठिङ्ग उभिने अर्की नारीचुली हुनुको गर्व हामीले भोग्न पाएका छाð, जसलाई विश्व समुदायका नेपाली भाषीले सगर्व नेपाली साहित्यको विश्व नारी रत्न वानीरा गिरी सम्बोधन गरेका छन् ।

वानीरा गिरी भनेको त्यस्तो नाउँ हो, जसको साहित्यप्रतिको समर्पणका कारण देशदेशान्तरका नारीस्रष्टाले काव्यात्मक जयघोष गरेका छन् । अनि वानीरा गिरीलाई नारीहरूले नेपाली साहित्यको धरोहर मानेका छन् । त्यसैले प्राध्यापक डा.गार्गी शर्मा बोलेकी थिइन्,— ‘यस भूगोलमा नारीसाहित्यको वर्तमान शिखर भन्नु नै डा.वानीरा गिरी हुन् ।’ प्रा.डा.उषा ठाकुरका अनुसार, ‘वानीरा गिरी र नेपाली साहित्य अनि विश्व नेपाली नारी साहित्य र वानीरा गिरी सहोदरी हुन् ।’ वास्तवमा वानीरा गिरी तिनै हुन्, जसको उपस्थितिले नेपाली साहित्यको नारीमय अस्तित्वको गरिमा बढेको छ । यही भाकामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकी केन्द्रीय अध्यक्ष गीता खत्रीले लेखेकी छिन्— ‘नेपाली भाषासाहित्यको वर्तमान विश्वपरिवेशमा नै वानीरा गिरी एउटा स्वर्णिम गजुर बनेकी छिन् ।’
ईश्वरवल्लभका भनाईमा ‘वानीरा यस युगकी नारीस्रष्टाकी शिखर चेतनाबिन्दु हुन् ।’ अनि उषा शेरचनका अनुसार भन्ने हो भने ‘वानीरा गिरी एउटा हाडेओखर हुन् । उनी बाहिर हाड र भित्र मीठो गुदी हुन् ।’

नेपाली साहित्यका विश्व नारी रत्न अर्थात् वानीरा गिरीे सधð स्वाभिमानको लडाइँमा जुझारु योद्धाका रूपमा युद्धरत भइरहिन् । उनी सधð अस्मिताको सङ्घर्षमा समर्पित भइरहिन् । अनि उनी सधð योग्यता, कुशलता र निपूर्णताको जुधाइमा अहोरात्र लम्किरहिन् । त्यसैले उनी नेपाली गौरव पोखिने धर्ती र आकाशमा स्वाभिमानको सग्लो प्रतीकका रूपमा उभिइरहिन् । उनको

आफ्नो मत व्यक्त गर्नुहोस्
You can contact us using the following form.
The fields marked by (*) are necessary.
*
*
अन्य समाचार...

How to listen HK Nepali Radio ?

For iPhone User

Open the iPhone and go to the App Store. Download HK Nepali Radio apps or  Nepali FM applications, Browse the HK Nepali Radio and Enjoy live streaming radio on your iPhone eiter through the speaker or by connecting earphones. HK Nepali Radio for iOS

For Android  Users

We have good news for you. Our android application is available in Google Play Store. To download our application, we would like to request you to click here. HKNEPALIRADIO Android apps

Subscribe Our Channel
Latest Comments