Headlines :
राष्ट्रिय विभूति: महागुरू फाल्गुनन्दको जीवनी | आरुषी क्रियशनमार्फत सरीता महर्जनलाई सहयोग | परदेशमा बसेर लेखी टोपल्दा | पूर्वको पर्यटकीय ग्राम भेडेटार नपुगे यात्रा अधुरो | एक हजार तामाङ काटिएको इतिहास | देवकोटा प्राय: भन्थे -- म मर्न चाहन्छु | तीज गीत “झुम्का लगाउँछु“ | विदुषी बुलु शर्माको कथा | युएईमा ससफोको दोश्रो पार्टी एकता दिवस सम्पन्न | सिक्नेचर मुभि – थिन्क पोजिटीभ ग्लोबल क्याम्पिन | मेरो पैतृक अध्यात्मको पाटो | तेह्र बर्षीय गायिका सुबिका राईको प्रथम म्युजिक भिडियो | सबिना गुरुङको चरी चिरिबिरी सार्वजानिक | आठपहरिया राई र दशैं | आमा बित्दा रुने फुर्सद छैन | मेरो भलो चिताउने साथी | मेरी यस्ती एउटी बहिनी | पहिलो प्रेमअनुभूति - राजकुमार दिक्पाल | हामीलाई एक्लै छाडी पन्नाकाजी पनि हिंडे | कीर्तिनिधि विष्टबाट नइलाई ३० लाख | छापामार युवतीको डायरी | ‘सगरमाथा साँझ–३’ आयोजना गरिने | सुरेन्द्र लिम्बू परदेशीलाई अस्वीकृत विचार–साहित्य पुरस्कार साहित्यकार | विश्व साइकल यात्रीले प्याराग्लाईडिङ प्रशिक्षण लिँदै | चेतनायुक्त प्रतिपक्षीय बिचार नै ‘अस्वीकृत बिचार’ हो - डा. कविताराम श्रेष्ठ | विपि प्रतिष्ठानमा सकियो उपकुलपतिको पदावधि, आकांक्षीहरु शक्तिकेन्द्र धाउदै | ’वोझ नहोस् मेरो माया.. | माओ त्सेतुङ, सुखानीमा हत्या र म | हङकङमा नेपाली भाषा, साहित्य र संस्कृति सप्ताहको रौनक | गोयाङको सुगन्ध कृतिलाई २,०२,००२ रुपैयाको पहिचान पुरस्कार | प्रा. डा. कृष्णहरि बराल दुबाईमा सम्मानित | केशर माङयुङको नयाँ गीत ः भिडियो सार्बजनिक | तेजेश्वरबाबु ग्वंगलाई २०७२ सालको 'घटराज पुरस्कार' | Vote for Mira Rai | वाल गायिका प्रीशा श्रेष्ठको 'प्रीशा' | देशदेशान्तरका २०५ जनालाई-सत्यमोहन जोशी शताब्दी पदक | गीतकार प्रकाश सुवेदीको ’मनका कुरा तिमीलाई सार्बजनिक | तोडेर नाता जाँदै छु प्रिय तिम्रो नजरबाट - राकेश काफ्ले | सत्यमोहन जोशी ः शताब्दी पुरुष | सिडी बिजय र मनिशाको पत्ति नमिलेको तास बजारमा | सन्जीव र नलिना पोर्तुगल आउँदै लिस्बोन | ’डढेलोभित्रका सतिसाल’ हङकङमा प्रिमियर | आठपहरिया राई र दशैं | 'सत्यमोहन जोशी शताब्दी पदक' | यूएइमा फोनिज गठन हुने | सडकबाट शिखर पुगेका ब्यक्तित्व | दार्जिलिङले के सिकायो ? अन्तत: सूधपा को हुन् ! | नौ हजार फिटबाट २३ नेपाली उडे | साहसिक हिरो सानोबाबु सुनुवारलाई सम्मान | पाँच फिट अग्लो अभिनन्दन पत्र | साउदीमा प्रवासी नेपालीले मनाए क्वाटीपूर्णे | स्याङजा समितिमा दुई लाख हिनामिना स्याङजाली कान्छासहित निष्कासि | स्वर, सङ्गीत र शब्दका शिखर : गोपाल योञ्जन | गायक सुरेश राना मगर : कुराकानी | गुरुङ तमू समाज मकाउको प्रथम अधिवेशन | मकाउमा सेतो पुतली ः भूकम्प पीडितकालागि पुननिर्माणकालागि सहयोग जुटाउँदै | महाकविका प्रिय कवि श्यामदास वैष्णव भन्छन्- | अम्बर गुरुङ नेपाली आकाशका गीत थिए | पुण्यरश्मिलाई बीपी कोइरालाको सहयोग | यूएइमा साकेला उँभौली-५०७६ सम्पन्न | ओ...खरबुजा...खरबुजा...! | आमाप्रतिको आदर ः आभा मुकारुङ | Mother Tongue Education Rights of Ethnic Minorities | सुटिङ सम्पन्न | कविता - सम्झेर पुर्खा | हङकङमा पूर्खादिवस २०१६ | फोरममा सामूहिक प्रवेश | किरात मञ्च नेपालको सङ्गठन विस्तार | धरानमा प्याराग्लाइडिङ | साइप्रसमा ग्याल्बु ल्होसार भब्य सम्पन्न तथा नयाँ कार्य समिती गठन | बुद्धिसागर बश्याल - अनलाईन वार्ता | त्रिमूर्ति निकेतनमा ११४ औं सम जयन्ती | अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक प्रकाश थापालाई सम्मान | आफ्नोपन बिना बाँच्नुको सार छैन ।- यासेली योङहाङ | सङ्गीतका अमर साधक रत्नबहादुर खड्गी | विश्व शेर्पा संघको तदर्थ समिति गठन | तारादेवी नेपाली गीतगायनमा बहुचर्चित नाउँ | समाज सेवामा अगुवा सँस्था गुदेल शेर्पा किदुग | त्रिमूर्ति निकेतनमा १३२ औं लेखनाथ जयन्ती | सेप्टेम्बर १, २०१६ देखि प्राथमिक १ कक्षामा भर्ना हन गइरहेका छन् भने | क्वाणटम साहित्यको व्याख्याता - डा. मधुकृष्ण श्रेष्ठ | आदिवासी जनजातिको निम्ति समर्पित पेम्बा गेलु शेर्पा | इजरायलमा जनमूक्ति मंचको गठन | सुनगाभा फुल्यो लेकैमा...म्युजिक भिडियो सार्वजनिक | राईलाई ‘नइ धनरूप पुरस्कार’ | राष्ट्रिय एकता खलबलाउने संविधान स्वीकार हुन सक्दैन । | बिबिसी नेपाली सेवाको एकपक्षिय प्रसारण विरुद्ध खेद प्रस्ताव पारित र नेता शेर्पाको रिहाईको माग | न्युयोर्कमा ट्राभलिङ किम्फ सम्पन्न् - देशी विदेशी दर्शकहरुको सहभागीता | एघारौं त्रिमूर्ति दिवस- ९ जना पुरस्कृत १७ ओटा कृति लोकार्पण | शेर्पा किदुक साईप्रसको प्रथम बैठक सम्पन्न | जीवनको अनुवाद र सोम लिम्बू | साईप्रसमा महिलाहरूको वर्चस्व रहेको शेर्पा किदुक गठन | सबैको गुरुमा - भारती ओख्राबो | साईप्रसमा राजनैतिक पार्टी र विध्यार्थी एकता | माया ठकुरी ‘नेपाली साहित्य नारी रत्न’ घोषित | गीत-सङ्गीतमा लाग्नेहरूले कहिल्यै एक्लो हुनुपर्दैन ।- केन्जुमा सुब्बा | “सक्छौ भने युद्ध गर्न आऊ भनेर राज्यले हामीलाई निम्तो दियो” : डा. ओम गुरुङ | हङकङ र मकाउको सफलता पछि किम्फ अब अमेरिकाको न्यूयोर्कमा | शेर्पा संघ, यूरोपको तेश्रो महाधिवेशन सन् २०१६ को लोसारमा आयोजना हुँदै | बैँककमा जम्बो कार्यक्रम 'चुम्लुङ' सम्पन्न | नामी तर दुखी शान्ति मास्के | १२ भाषाका ज्ञाता : हेमचन्द्र पोख्रेल | कवि रण काफ्ले भारतमा पूर्वोत्तर हिन्दी एकादमीबाट सम्मानित | भयवाद दर्शनको पुस्तकलाई दुईवटा अन्तर्राष्ट्रिय अवार्ड | सावधान सरकार ! खबरदार सरकार ! | हङकङको नेपाली साहित्यकार, गीतकारहरुमा नाम छुटाउन नहुने व्यक्ति-- डीबी पालुङ्वा | हङकङमा समवेदना व्यक्त गर्न मैनबत्ती प्रज्वलन कार्यक्रम | पुर्खा दिवस र थपिएका अर्थ | हङकङमा पुर्खादिवस सम्पन्न | गाउँमा के गर्न सक्छु भनेर सोची रहेको छु – गौतम सागर राई | द युनिभर्सीटी अफ हङकङमा भयवाद्का कुरा | हङकङमा पुर्खादिवसको भव्य तयारी | अबका नेपाली पुस्ताले आफ्नै जन्मथलोमै ब्यवस्थित जीवन यापन गर्न सकून् -कर्मा छिरिङ शेर्पा(बेलायत) | आफ्नै जन्मगाउँका उकाली-ओरालीले गायिका बनायो । -रत्ना बराईली(लोक-गायिका) | ‘मनभरी चोट भए पनि दर्शकसँग हाँस्नु पर्छ ।‘ - लाक्पा शेर्पा(अमोद) | आफ्नो भाषा-सँस्कृति-धर्म-भेष अँगालेर कला-कर्ममा प्रयोग गर्दा सुहाएको जस्तो लाग्छ । --बरधोज | आँसु झारेँ धेरै-धेरै केवल तिम्रैलागि--ईशा लावती लिम्बू(गीतकार) | मानध्वजको चरित्रले मलाई नै रुवाउँछ । ___ मौसम ईम्बुङ(चेसुङका लेखक-निर्देशक) | ‘गायिका नै बन्छु’ भन्ने जवाफ नदिए पनि गायिका नै बनेँ' -- आभा मुकारुङ | किम्फका उत्कृष्ट | बालकृष्ण समको सङ्क्षिप्त परिचय | शिक्षा र ज्ञानले मानसिक, शारीरिकरुपले सबल तुल्याउँछ - जुनिता लिम्बू | निदै छैन आँखामा --गायिका जशोदा सुब्बा | संगीतकार गणेश गुरुङका बारेमा र केहि सम्झना | गायिका तायाहाङमा राईको दोस्रो एल्बम ‘तराना’ सार्वजनिक | कुशल गायक- कुशल थलङ | कलाको गला | मलाई टिपिकल कला-सँस्कृतिप्रति रुची छ -सुमी लिम्बू(नृत्यकार/मोडल)-बर्मा, हाल: बैँकक | चीनकी दीपा एवाईको योगदानबारे चर्चा | छुटेका पाइलाकी स्रष्टा-- बुलु शर्माबाट नइलाई छ लाख | बजगाईंको कथासङ्ग्रह ‘कमरेड भाउजू’ सार्वजनिक | हङकङमा नेपाली सप्ताह २०१४ सम्पन्न | शताब्दी पुरुषको स्वास्थ्यमा सुधार -- सरकारबाट १० लाख रुपियाँ प्रदान | अल्बम बेचेर आमाघरलाई सहयोग | त्रिमूर्ति निकेतनमा १३१ औं लेखनाथ जयन्ती | हङकङमा नेपाली साहित्य लेखन ज्यादै उर्बर छ - टंक सम्बाहाम्फे | सरकारले पनि डा.जोशीलाई शताब्दी पुरुषको सम्मान दिने डा.जोशीलाई १०१ ओटा अभिनन्दनपत्रहरु प्रदान | विश्व नेपाली स्रष्टा कोश प्रकाशित गरिने | एडिबीको ऋण सम्झौता | नौजनालाई नइ बाल पुरस्कार प्रदान | गरीबीले भोकै मरे फरक पर्दैन, तर सँस्कृति-सँस्कारहीन हुनु साँच्चीकै समाप्त हुनु हो --- मनोज साङसोन | ओराङफुङ जस्तै गायिका देशु सुहाङ | महाकवि देवकोटाबारे केही जानकारी | त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती | नौ जनालाई नइ देरुनीखपू बाल पुरस्कार | यूएइमा पत्रकारिता तालिम सम्पन्न | एचके नेपाली रेडियोका कुरा | TEARLESS EYES_Story by Vijay Kangmang | किरात राई यायोक्खा यूएइ शाखाको पाँचौ अधिवेशन सम्पन्न- | भलिबल प्रतियोगिता सम्पन्न, स्क्याड समुह प्रथम | पारिजातको जीवनकथा | हङकङमा धरानेहरुको बृहत जमघट | अमिलो पानीपुरी र पिरो चटपटेले १ लाख ८० हजार संकलन गर्यो | नइ भूपाल दुर्गा पुरस्कारको स्थापना | सम्भावना बोकेका सर्जकहरू हुनुहुन्छ,साहित्यिक एकता भने देखिन्न- बिद्रोही साइला | यूएईमा नेपाली कल्चर शो | उत्कृष्ठ सभासद छनौट प्रक्रियाको शुभारम्भ | हङकङमा प्राथमिक विद्यालय भर्नाहुन चाहाने विधार्थीहरुकालागि | 'माई प्रोमिस' धरानमा प्रिमियर | हामी आफैँभित्र पनि अमूर्त अनेक शक्ति, स्रोत र सम्भावना छन् -खगेन्द्र पन्धाक | डिभिजन-३ को लागि१८ जनाको नाम सार्बजनिक | Apple Announces Apple Watch, Available in Early 2015 | भयवाद विश्वको कान्छो र नौलो दर्शन हो – देश सुब्बा | सधैं अरुको भलाइँ गरिरहने सरला गुरुङको कलायात्रा | गीतसंगीत साधकहरुकालागि प्रिय साथी, असल नेपाली – राजु गुरुङ | लोकप्रिय गिटारिष्ट यादव राई | धरान हङकङ मञ्च : १५ औं वार्षिक उत्सव भव्यरुपमा हङकङमा मनाउने | अभाङ्गगार्ड, खलिल जिब्रान र हाम्रा नानीहरू | STORY- The Second State | गजल रचनाका प्राथमिक आधारभूत केहि तत्व र नियमहरु | मातृभाषाको विकास र चुनौतीहरु | टेरिया मगरको राहदानीमा समस्या ; युएईको कार्यक्रम स्थगन | iPhone 6 -- Apple's 2014 iPhone, debuting September 9 | हराएका राहदानीको विवरण इन्टरपोलको वेबसाइटमा | Stay alert against communicable diseases in new school year | विश्व आदिवासी दिवस | नेपाली संगीतमा ‘आरोही’ : पहिलो एकल अल्बम लिएर आए सुनिता र अनुशील | के हो यो ALS र Ice Bucket Challenge? | मानवीय सहयोगकालागि हङकङमा मेलोडी नाइट | राजेशपायल राई हङकङमाः असाह्य बालबालिकाहरुको शिक्षदीक्षाकालागि ५० हजार दिने घोषणा | Philosophy of Fearism | नेपालीको सान जितू राई बने विश्वको नं. १ खेलाडी | D. B. Chitrakar | Quality of life | 'भारतसँग राजनीतिक तहमै समस्या समाधान गर्नुपर्छ' | तेरिया अव युएईमा | हङकङका ८ नेपालीलाई ‘भानुभक्त स्वर्ण पदक’ | नेपाली साहित्यका महारथी गणेशबहादुर प्रसाईको निधन | जोशीलाई पाँच लाख रुपियाँ सहित शताब्दी पुरुष | आदिकवि भानुभक्त आचार्यको जीवनी | २५ स्रष्टाहरूलाई ‘भानुभक्त काव्य पुस्कार’ | रक्तदाताहरुलाई रेडक्रसको सम्मान, जगतअम्बू गुरुङ सम्मानित | हङकङमा विश्व काव्य यात्रा भव्यरुपमा सम्पन्न- कवि चौधरी नेपाली विधार्थीहरुसँग | भारतीय गोर्खाहरुको विविध साँस्कृतिक कार्यक्रम | हङकङमा भव्य पूर्खादिवस | The Nepalese community in Hong Kong looks to preserve Gurkha legacy | राजा महेन्द्रको हृदयाघात र कीर्तिनिधि विष्ट | विश्वभर छरिएका गोर्खाली समाधिहरु | इन्टिग्रेसन, चिनियाँ भाषा अनि हाम्रा आवश्यकताहरू | Minorities face challenges in the classroom | बालकृष्ण समको सङ्क्षिप्त परिचय | कविहरूका पनि कवि ‘कविशिरोमणि’ लेखनाथ पौड्याल | समग्र जीबनको सांगीतिक अन्तर्मन्थन “गह” | एक विशिष्ट सांगीतिक कार्यक्रमः अम्बर गुरुङ रात्री | भूगोलमा नारायणगोपाल | त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती | देवकोटाको राँचीबास किन ? | देवकोटाले कहिले पागल लेखे ? | शुसिल नेवा बने मिस्टर हङकङ नेपाल २०१३ | झुक्तै नझुक्ने नेपाली शिर अर्थात् डा.वानीरा गिरी | नेपाली आधुनिक गीतका लोकप्रिय गायक फत्तेमान | हङकङको नेपाल | नेपाली भाषा साहित्य र डायस्पोरा | श्रीहरि, सरुभक्त र मञ्जु काँचुलीलाई त्रिमूर्ति पुरस्कार | पाट ह्योङ सेन्ट्रल प्राइमरी स्कुलको दिक्षान्त समारोह सम्पन्न | पराजुलीत्रयको सांगीतिक कार्यक्रम हुने | विष्णुनन्द चाम्लिङ राईको गीति संग्रह ‘सम्झौता‘ | विश्व नारी रत्नः वानीरा गिरी | प्रकाश सायमी दाइसँग सात दिन | पूर्वमा पर्यटन मेला | नेपाली क्रिकेटको कुरा | स्तम्भ लेखनबाट म विदा | नयाँ वर्षमा च्याम्बरको डाइरेक्टरी | एउटा ज्यूँदो मान्छे अनङगनाथ पौडेल | जनजाति महासंघको उद्घोष– अनसन र तालाबन्दी | हङकङमा पुर्खादिवस 2013 | नेपालका गौरवः लैनसिंह वाङ्देल | पहिलो दैनिक पत्रिकाको सम्पादक- गोविन्द मल्ल गोठाले | सेवाका आदरणीय- त्रैलोक्यनाथ श्रेष्ठ | मुलुकलाई निरंकुशतर्फ धकेल्ने षड्यन्त्रः राजकुमार लेखी | पहिचानको बिरुद्धमा उत्रनेहरू सबै जातिबादी हुन : अशोक राई | महिला दिवसमा कार्यशाला गोष्ठी | ‘रोहितको आकृति’को लोकार्पण | लिम्बू भाषाको चलचित्र “केःवा कोःक्मा“ हङकङमा प्रदर्शन गरिने | नेपाली बास्केटबल टिमलाई प्रोत्साहन | सुनसरी उद्योग वाणिज्य संघमा राजेन्द्र श्रेष्ठ | महावाणिज्यदूत नियुक्ति बदर गर्न विरोधसभ | नेपाली काग्रेसको दोस्रो धरान नगर भेलामा तनाव | थापा हत्याको विरोधमा चौतारी | किरायाद्धारा यूएईमा एक महिलाको उद्धार | दुबईमा बनभोजसंगै उधौली साकेल | जाडो बढ्यो नेपालमा | धरानमा फेरि सडक उत्सव | तुवाचुङ जायजुम सहयोग समिति गठन | किराँत विभूति इमानसिंह चेम्जोङ | राजन मुकारुङसंग साक्षात्कार | हङकङमा नेपाली सप्ताह २०१२ | त्रिमूर्तिमा १२८औं लेखनाथ जयन्ती सम्पन्न | काठमाडौँ विश्वविद्यालयको अठारौँ दीक्षान्त समारोह (दोस्रो कार्यक्रम) सम्पन्न | पहलमानसिंह स्वार-जीवनी | १४ अञ्चलमा विश्व नारी नेपाली साहित्य सम्मेलन गठन | शुटिङ रिपोर्टः कवि राई | अनाम सडकमाः जातीय एकताको संदेश | संघीय समाजवादी पार्टीको हङकङ तदर्थ समिति गठन | पहिलो समालोचना पुरस्कार समर्पण | धरानको खानेपानी समस्या समाधान गर्न एडिविले सहयोग गर्ने | आदिकवि भानुभक्त आचार्यको लघु जीवनी | भारतको आसाम राज्यको हवाइपुरमा “नेपाली साहित्यमा भयवाद” | गायक राजेश पायल राई नमस्ते यूरोप सांगीतिक यात्रामा स्वीटजरल्याण्ड पछि जर्मनी र बेल्जियम आउदै | विश्वभर छरिएका गोर्खाली समाधिहरु | मायादेवी राईसँगको कुराकानी | नेपालबाहिर रहेका नेपालीहरुको प्रतिनिधि नायक ध्रुव दत्त | गोर्खाः ईज्जत, इमान अनि प्रेष्टीज | प्रकृतिगामी --कथा | सर्वप्रिय कम्युनिष्ट ः जसुदा राई | नौकन्यालाई नइ देरुनिखपू बाल पुरस्कार प्रदान | सानैमा ठूली - शारदा अधिकारी | हङकङमा महाकवि देवकोटाजयन्ती २०१२ सम्पन्न | साब्लाबुङ | तेक्वान्दो प्रतियोगितामा हङकङेली नेपाली खेलाडहरुलाई सफल्ता | नेपाली जातीय कवि -पं.धरणीधर शर्मा |
Recent Events
Most Read
Book Reviews
Philosophy of Fearism: Life is conducted, directed and controlled by the fear."1. ‘Fearism is a gift to the world from Nepali.’ Prof. Dr Tanka Prasad Neupane, Chairman, Fearism Study Centre: Baicharik Chintan, 2066 v.s. 2. ‘Fearism of Desh Subba has shake
विस्तृत समाचार
VIEW ALL
समाचार »
शिक्षा
विश्वभर छरिएका गोर्खाली समाधिहरु

- देवराज राई
 
पृष्ठभूमि
बेलायती सैनिक सेवामा भर्तिभई कल्पनासम्म नगरेका स्थानहरुमा गएर वीरतापूर्वक युद्धमा लडेका गोर्खाली सैनिकहरु अनगिन्ति रुपमा हताहत भएका र सनाखत नभएका पुर्खाहरुको तथ्याङ्क तयारगर्दै साहित्य, संगीत र कलामा पुर्खाहरुलाई सजाउने प्रयास गरिन्दै छ ।
दुईसयअधिक वर्ष यताको बेलायतसंलग्न युद्धहरु सबैमा गोर्खालीहरु जोडिएका कारण बेलायती सेनामा आजसम्म कति भर्तीभए, युद्धमा कति हताहत भए, कतिले ज्यान गुमाउनु पर्याे ती सबैको तथ्याङ्कलाई खोज अनुसन्धानगर्दै प्रकाशगर्ने गोर्खालीको सन्तानभएका कारण हाम्रो पहिलो कर्तव्य हो । त्यस्ता प्रकाशनले कटु यथार्थहरु समाजमा झल्काउने मात्र होइन, नेपाली, विशेष राई, लिम्बू, गुरुङ, मगरको ऐतिहासिक, राजनैतिक, सामाजिक, आर्थिक जस्ता थुप्रै पक्षहरुको परिअध्ययन प्रकृयालाई बढावा दिनेमा सहयोग पुग्ने छ ।
 
वीरतापूर्वक युद्धमा लडेका गोर्खाली सैनिकहरु के कतिले वीरगति पाए ? विश्वका धेरै देशहरु जहाँ गोर्खाली पुर्खाहरु हताहत भए, ती केकालागि भए ? लगायतका सम्हाल्नै नसक्ने प्रश्न रहेको अवस्थामा विश्वभरका युद्ध समाधि स्थलहरुमा रहेका गोर्खालीहरुका समाधिप्रति हङकङमा रहेको गोर्खा सिमेट्री ट्रष्ट हङकङ र हङकङका सचेत गोर्खाका सन्तानहरुले विशेष चासो देखाएका छन् ।
                  
विश्वका प्रख्यात शब्दकोश र इन्साइक्लोपेडियाहरुले गोर्खालीको परिभाषा भाडाको सिँपाही –(मर्सीनरी) लगाएका छन र यस्तै रुपमा बुझिराखेका छन् संसारले गोर्खालीहरुलाई । तीनै शब्दकोश र इन्साइक्लोपेडियाबाट यस्ता तुच्छ परिभाषाप्रति आपत्ति जनाउँदै प्रकाशकहरुसंग तथ्य र अर्थपूर्ण परिभाषासहितको प्रकाशनको मांगगर्दै विगत ६ वर्षको अवधिमा गोर्खालीहरुको वीरता र वलिदानका कार्यहरुको खोजी कार्यमा हामी संलग्न भएका छौं ।
 
     नेपाली इतिहासमा २ सय अधिकवर्षदेखि गोर्खालीहरुले बेलायतलाई र सन् १९४७ देखि भारतलाई दिँदै आएको सैनिक सहयोगजस्तो यर्थाथलाई विश्लेषणगर्दै आम विद्यार्थीहरुलाई गोर्खाली इतिहास र जनजीवनको जानकारी दिनुकासाथै बृहत खोज र अनुसन्धानप्रति प्रोत्साहित गर्नुपर्ने आवश्यकता महशुष गरेका कारण हङकङका नेपालीहरु यसबारेमा अनवरत रुपमा लागि परेकाछन् ।
 
हङकङ लगायत विश्वका विभिन्न ठाउँहरुमा प्रथम तथा दोश्रो विश्वयुद्धमा मारिएका गोर्खालीहरुको समाधिको मर्यादित ढंगले संरक्षण–संवद्र्धनगर्दै नेपाली ऐक्य श्रीबृद्धिको एउटा दरिलो इन्स्टिच्यूसन बन्नसकोस् भन्ने हेतुले  विशेषगरी गोर्खा सिमेट्री ट्रष्ट हङकङ कार्यरत रहेको छ । यसबारेमा विभिन्न देशहरुमा छरिएर बसेका नेपालीहरुलाई पनि पुर्खाको यस मुद्धामा लाग्न अभिप्रेरित गरिरेको छ ।

हाम्रो मूल देश नेपालमा जनजातिहरुको आन्दोलनले चरमरुप लिइरहको बेला नेपालीजाति सम्बन्धि यति दर्दनाक इतिहास हाम्रोसामु भएको बेला हामीले चासो दिएर आवश्यक कदमहरु अधि बढाउने बेला आएको छ । के हामीले यस बारेमा कुनै पहल गरिरहेका छौ त ? आफूलाई सोध्ने बेला भएको छ । किन आदिवासी जनजाति मात्रै लाहुरे भए ? नेपालको इतिहासमा उल्लेख भएको एक सानो अंशलाई लिने हो भने पनि प्रथम विश्वयुद्धमा त्यस बेलाको नेपालको जनसंख्याको २० प्रतिशत नेपाली युवाहरु प्रथम विश्वयुद्धमा सहभागी थिए भन्ने उल्लेख छ । यो २० प्रतिशत नेपालीहरुमा कोको संलग्न थिए ? के हामीले सोध्यौं, किन र केकालागि आत्मावलिदानी थियो भनेर ? यो त्याग, वलिदानी नेपालकालागि थियो । रगत हाम्रैलागि बगेको थियो । विश्वकै सोझा, इमान्दार हाम्रा पुर्वजहरुले नेपालकालागि रगत बगाए । हामी जहाँ जुन अवस्थामा लडे पनि त्यो नेपालकालागि थियो । वीर समशेर, चन्द्रसमशेरहरु पनि नेपालकै थिए । यीनीहरुकै स्वार्थका कारण महासमरमा सबैभन्दा सानो उमेरका सेना भएर हाम्रा गोर्खाली सेनाहरुले ज्यान गुमाए । त्यसबेला सिंगो नेपाली गाउँघरहरु शमसानघाट बनाए । आज नेपाल राष्ट्रले उनीहरुको वलिदानलाई के कति सम्मान गर्यो । नालापानी काँगढामा भएका युद्धभन्दा भन्दा कैंयन गुणा ठूलो त्याग भएको गोर्खाली इतिहासलाई हामीले के कति सम्मान गर्न सक्यौं ?

नेपाल सरकार हिसाब देखाऊ

गत २ सय वर्षदेखि नेपालले गोर्खाको नामको पैसा चलाइ राखेको छ । पैसाको कुनै हिसाब छैन हामीलाई यसमा धोका भएको छ । २०० वर्ष सानो अवधि पनि होइन । प्रथम विश्वयुद्धउसो नेपालले हिसाब गरेरै वर्षेनी १० लाख नेपाली रुपिया लिइराखेको थियो । सन् १९२३ देखि दोब्रिएको छ । दोश्रो विश्वयुद्ध (सन् १९३९ देखि सन् १९४५) देखि अझ बढेको छ । यसको हिसाबकिताब नदेखाऊदा गोर्खालीहरुको अनादार भएको छ । हरेक गोर्खाले यसको हिसाब पाउनु पर्छ । यसकालागि विशेष समिति निर्माण गरेर नेपाल सरकार हिसाब देखाऊ ।

युद्धमैदानमा हताहत गोर्खाको तथ्यांक, नियम र नैतिकता दुबैले जारी गर्नुपर्ने काम राज्यको हो तर आज पर्यान्त नेपाल सरकारले गरेको छैन । यो सरासर गोर्खा प्रति बेइमान हो । नेपाल सरकारले नेपालको राष्ट्रिय संग्राहलयमा समेत गोर्खा योगदानको नामनिशाना राखेको छैन । नेपाली स्वार्थकालागि हाम्रा पुर्खाहरु हताहत भएका हुन् र यो विश्वभरका नेपालीको चासोको विषय हो । सबै नेपालीले बुझ्न पाउनुपर्छ कि गोर्खाभर्ती केकोलागि थियो र यससँग जोडिएका मृत्युसंख्या, यसले ल्याएको सामाजिक, पारिवारिक, भौतिक र मानसिक विचलनले गर्दा आज गोर्खा सम्बन्ध जाति समुदायलाई ठूलो असर परेको छ । यसकालागि समाजशास्त्रीय अध्ययन गरिनु पर्छ । नेपाल सरकार यसको पनि हिसाबकिताब देखाऊ र गोर्खाभर्ती आबद्ध समाजलाई न्याय गर ।

समाधिहरु

संसारका विभिन्न देशहरुमा समाधिहरु छन् त्यहाँ गोर्खालीहरुको पनि समाधि कुनै न कुनै तवरले रहेको छ । बृटिश संलग्न युद्धमा गोर्खालीहरु पनि संलग्न थिए यसर्थ आजको यस लेखमा विश्वभरका युद्ध समाधिस्थलहरुको बारेमा यस लेखमा छोटकरीमा जानकारी गराइएको छ ।

१. विश्वका समाधिहरुको संरक्षण कसले गर्छ ?
 
प्रथम र दोस्रो विश्वयुद्ध लगायत अन्य प्रान्तीय युद्धहरुमा हताहत हुनेहरुको समाधिको संरक्षण सन् १९१७ मा स्थापित कमनवेल्थ वार ग्रभ्स् कमिशनले गर्दै आएको छ । बेलायत, न्यूजिल्याण्ड, क्यानाडा, अष्ट्रलिया, भारत र दक्षिण अफ्रिका मिलेर बनेको कमिशनमा खर्चको भार उनीहरुले नै मिलेर गरिरहेका छन् । त्यसमध्येमा बेलायतले ७.४३, अष्ट्रेलिया १.०५, क्यानाडा १०.७, न्यूजिल्याण्ड २.१४, भारत १.२ र साउथ अफ्रिका २.११ प्रतिशतले खर्चको मात्रा बाडफाडगरी समाधिहरुलाई व्यवस्थित बनाउँने काम भइरहेको छ ।

     मृतकको (शहिदको) जसरी पनि समाधि उठाइनुपर्छ, स्थायी, एकैखाले एवं समाधिमा रंगभेद हुनुहुँदैन भन्ने कमिशनको नीति अनुरुप हाल विश्वका विभिन्न देशहरुमा वार ग्रेभ्स कमिशन कार्यरत रहेको छ । आज त्यस्ता देशहरु १४९ छन् र यी देशहरुमा जम्मा २३,२६४ समाधिस्थलहरु १,६९५,१७४ समाधिहरु रहेका छन् । सनाखत हुन नसकेकाहरु मात्रै २११,९२९ छन् । ती प्राय अधिकांश समाधिस्थलहरुमा गोर्खालीहरुका समाधि समेत रहेका छन् । हताहत र सनाखत हुन नसकेका संख्याभित्र कति गोर्खाहरु छन् यसबारेमा यथेष्ट जानकारी प्रर्याप्त मात्रामा छैन् यसर्थ खोजी गर्नु हाम्रो पुर्खाधर्म हो ।
 
 
२. विश्वमा रहेका समाधिहरुको स्थिति र अवस्था कस्तो छ ?
 
पूर्वी जर्मनीको जरेनड्रोफमा सन् १९८९ पछि (पर्खाल ढलेपछि) खोजतलास हुँदा भारतेली मूलका समाधिहरुमा गोर्खालीहरु पनि फेलापरेका छन् । धेरै ठाउँका समाधिस्थलहरु, जस्तै भारतको राजधानी दिल्लीको संसदभवनकै छेउमा स्थापित समाधिस्थलहरु, ग्यालिपोली (टर्की) को समाधिलाई स्थानीय रुग्न मौसमले असर पारिराखेको छ भने फ्रान्स र वेल्जियममा वर्षेबाडीबाट त्यहाँका समाधिहरुलाई जोगाउन गाह्रो परिरहेको छ । इजिप्टमा पानीको अभावले समाधिउद्यानहरु सुक्ने स्थितिमा छन भने बेलायतमै धेरै समाधिस्थलहरु नीजि जग्गामा परेकाले संरक्षण–संवर्धन कार्यमा गाह्रो भइरहेको छ ।
 
 
३. हङकङका समाधिस्थलहरुमा गोर्खाली
 
सिंगापूर, इटली जस्तै हङकङ गोर्खालीहरुकालागी भनी समाधिहरु गोर्खा सिमेट्रीका नाममा संरक्षणमा रहेका छन् । हङकङको क्यासिनो लाइनमा अवस्थित ताम्मी क्याम्पमा एक ठूलो क्षेत्रफल भित्र बेलायती सैनिक सेवा कालमा मृत्यूवरण गरेका गोर्खालीहरुका ५ सय ८० भन्दा बढी समाधिहरु संरक्षणमा रहेका छन् । यसकोपनि वार ग्रेभ्स कमिशनले सुरक्षा सम्वद्र्धनकालागि जिम्मेवारी लिएको छ ।

हङकङजस्तो साँघुरो ठाउँमा ११ समाधिस्थलहरु दर्ता भएकाछन् तर कतिको नामोनिशान छैन, जस्तो नर्वेजियन फार्म सिमेट्रीको नाम छ, तर सिमेट्री छैन । यो सिमेट्रीमा एकजना राइफलम्यान लिम्बू सर्भिस नम्बर २११४५३६० परेको छ । अहिले खोज गरिन्दैछ ।
समाधि संख्या ६४०३ छ तर ठाउँमा ती सब छैनन् । सनाखत हुन नसकेको संख्या ६२१ छ, यसमा गोर्खाहरु पनि छन्, नामहरु एमओडीसित छ । हङकङमा हताहत भएको संख्या १८२५ भएपनि बाहिरबाट अरु ल्याइएको छ । समाधिहरु जग्गा अभावको कारणले जथाभावी पनि राखिएको छ, जस्तै, कृष्णबहादुर थापा, खडगसिंह गुरुङ र पूर्णवीर राई हिन्दू मन्दिर समाधिस्थल, ह्याप्पीभ्यालीमा राखिएका छन् ।

४. विश्वका केही समाधिस्थलहरु र समाधिहरु
अल्जेरियामा २,१६५ हताहत भएकोमा १२२ को सनाखत हुन सकेन । १३ समाधिस्थलमा २,०४३ समाधिहरु उठाइएका छन् । अष्ट्रेलियाको ८७४ समाधिस्थलमा १४,४६८ समाधिहरु राखिएका छन् ।

वेल्जियममा २,५३,३८८ हताहत भएकोमा ४८,५५५ को सनाखत हुन सकेन । यहाँ ६१३ समाधिस्थलमा २,०४,८३३ समाधिहरु उठाइएका छन् । यसको अर्थ बमबारुदले अंगभंग भई चिन्न नसकिने अवस्थामा धेरै थिए । यहाँ गोर्खाहरुको संख्या ठूलो छ भनिन्छ ।
क्यानाडामा ठूलो संख्यामा समाधिस्थलहरु छन्, २,८११ समाधिस्थलहरु जहाँ १८,४२२ समाधिहरु राखिएका छन् । साइप्रसमा ९ समाधिस्थलमा ३६९ समाधिहरु छन् । डेनमार्कमा १३० समाधिस्थलहरु जसमा १००० समाधिहरु छन्, सनाखत नभएको ११६ जना । इजिप्टमा २४ समाधिस्थलहरुमा ५२, ४५९ समाधिहरु छन्, सनाखत नभएको १,३३५ छन् भने सिरियामा २ समाधिस्थलमा १,२८४ समाधिहरु राखिएका छन् । त्यसरी नै टान्जानियामा खालि २ समाधिस्थल छन् जहाँ ५४,९२३ समाधिहरु अटाइएका छन् । फ्रान्समा जम्मा हताहत भएको संख्या ४,७३,३९२ छ जसमा १,१६,४४० को सनाखत हुन सकेन ।
यत्रो ठूलो संख्यामा गोर्खाहरु कति होलान्, खोजको विषय छ । फिजीमा ७८ मात्र हताहत भए जसमा ३ को सनाखत हुन सकेन । यहाँ समाधिस्थल २ र समाधि १०९ छन् । यहाँ गोर्खाको समाधि छ भन्ने बताइएको छ । जर्मनीमा ४६ मात्रै समाधिस्थल जसमा ३१,५६२ समाधिहरु राखिएका छन् ।

सनाखत नभएको संख्या २,३६२ छ । भारतमा हताहत भएको संख्या १०,९९६ भएपनि अरु नै जगा हताहत भएकाहरुको पनि समाधिहरु उठाइएकोले यहाँ समाधिसंख्या ६२,१४५ हुन पुगेको छ र यी संख्यालाई २३ समाधिस्थलहरुमा राखिएका छन् । इन्डोनेशियामा समाधिस्थल ६ र जम्मा समाधि ३०४९ रहेको छ । इरानमा एउटै मात्र समाधिस्थल जसमा ४१३९ समाधिहरु राखिएका छन् भने इराकमा १५ समाधिस्थलमा ५४,१३७ समाधिहरु छन् । त्यहाँ राजनैतिक उथुलपुथुलले अहिले समाधिको संभरणमा कठिनाइहरु आएको छ । आयरल्याण्डमा ६५७ समाधिस्थल जसमा ३,०९० मात्र समाधिहरु राखिएका छन् । इजरायलमा २८ समाधिस्थल र समाधिहरु १५,३८८ छन् । सनाखत हुन नसकेको संख्या नै २,५८१ छ । इटालीमा ४६,६९६ हताहत भए जसमा १,९१० को सनाखत हुन  सकेन । समाधिस्थल संख्या १२३ र समाधिसंख्या ४९,२५९ छ । जापानमा २८ समाधिस्थलमा जम्मा १७३८ समाधि छन् । केन्यामा समाधिस्थल ३२ र समाधिहरु २०९ छन् भने नाइजेरियामा समाधिस्थल ३२ र समाधिहरु ४,६५२ छन् । सेरिअलोनमा ४ समाधिस्थल जसमा १३५ समाधिहरु उठाइएका छन् । त्यसरी नै दक्षिण अफ्रिकामा ८,४३७ समाधिहरु ५९८ समाधिस्थलहरुमा राखिएका छन् ।
 

५. समाधिको देश बेलायत

दुुुुई महासमरको मूल जड बेलायत रहेकोले सबैभन्दा बढी युद्धको भार पनि बेलायतलाई परेको थियो । यहाँ हताहत हुनेको संख्या १,७२,१४९ छ जहाँ सनाखत हुन नसकेको संख्या १,३९१ छ । समाधिस्थलको संख्या नैै १२,३५४ छ र यी समाधिस्थलहरुमा ३,०४,७७१ व्यक्तिहरु राखिएका छन् । कूल क्षेत्रफल २,२८,३५६ वर्ग किमी भएको बेलायतलाई क्षेत्रफलको आधारमा हेर्ने हो भने यसलार्ई समाधिको देशभन्दा हुन्छ । यसबाट जसकसैले पनि हिसाब लगाउन सक्छ गोर्खाहरुले कुन स्तरको युद्ध कति लामो लडेका थिए भनेर । अनुपातमा अमेरिकामा ९८७ मात्र हताहत भए । ३ को सनाखत हुन सकेन । ९८३ व्यक्तिहरुलाई ४६६ समाधिहरुमा राखिएका छन् । नेपालमा १ व्यक्ति हताहत भएको वार ग्रेभ्स् कमिशनले हिसाब राखेको छ, सो व्यक्ति को र कहाँ होला ? धरान र पोखरातिर राखिएका समाधिहरुको संरक्षण–संवर्धनको अवस्था कस्तो होला ?
 
६ं अन्य देशहरुमा समाधि

यी माथि उल्लेखित देशहरु बाहेक यी देशहरुमा पनि गोर्खा समाधिहरु छन् ः अल्बानिया, एन्टिगुआ, अर्जेन्टिना, अष्ट्रिया, अजरबैजान, अजोर, बहामा, बंगलादेश, बारबाडोस, बेलिज, बर्मुदा, बेट्सवाना, डिगोगार्सिया, ब्राजिल, बुलगेरिया, ब्यामेरुन, क्यानारी टापू, केप भर्द, चाद, चीली, कंगो, कोष्टारिका, क्रोएशिया, क्युबा, गणतन्त्र चेक्स, दिबौती, डोमेनिका, गिनीया, इरिट्रीया, इस्टोनिया, इथियोपिया, फोकल्याण्ड, फिजी, गाम्बिया, घाना, गिब्राल्टार, ग्रीस, ग्रेनेडा, गुआटिमाला, गिनिया, गुयाना, होन्डुरस, हंगेरी, आइसल्याण्ड, जमाइका, लाटभिया, लेसेथो, लाइबेरिया, लिथुनिया, लक्जिमवर्ग, मेसोडोनिया, मादागास्कर, मदइरा, मालावी, माल्दिभ्स, माली, मार्टिनिक, माउरिसस, मोनाको, मोरोक्को, नामिबिया, नर्वे, ओमन, पानामा, पेरु, फिलिपिन्स, पोल्याण्ड,पोर्तुगल,
पोर्टोरिको, रोमानिया, रस्सिया, सामोआ, साउदी अरयिबा, सेनेगल, सर्बिया, सामालिया, स्पेन, सुडान, स्वाजिल्याण्ड, स्वेडन, स्विजरल्याण्ड, टोगो, ट्रिनिदाद, टोंगा, उगाण्डा, उक्रेन, उरुगुए, भेनेजुएला, येमेन, जाम्बिया र जिम्बाबे ।
 
 पुर्खाहरुको सम्झनामा पुर्खा दिवस

गोर्खा सिमेट्री ट्रष्टको विशेष पहलमा हङकङमा रहेका नेपालीहरुले हरेक ५ अप्रिललाई पुर्खा दिवसको रुपमा मनाउँदै आएको छ । यहाँ भएका नेपालीहरुले समाधिस्थल गइ पूजाआजा गर्दै पुर्खाहरुको सम्झनामा विभिन्न कार्यक्रमहरु गर्दै आएका छन् ।
     विशेषगरी हङकङमा अध्ययनरत नेपाली नानीहरुको सक्रियतामा अप्रिलमा पुर्खा दिवस सम्पन्न गरेको थियो यो क्रम २००५ सालदेखि निरन्तर भइआएको छ । आगामी वर्षहरुमा यसलाई हङकङको नेपाली भाषाको पठन पाठनमा समेट्दै विभिन्न कार्यक्रमहरु गर्ने ट्रष्टले जनाएको छ । विश्वभर छरिएर रहेका नेपालीहरुमा भावनात्मक संबन्ध विस्तार गर्न सो दिनलाई पुर्खा दिवस मनाउन आग्रहगर्दै व्यापकता दिनु हाम्रो पुर्खाधर्म हो ।

इतिहासको पुनर्लेखन गरौं

गणतन्त्रको स्थापनाले नयाँ मूल्य मान्यताहरु स्थापित गरेको छ । व्यवस्थाको मारमा थिचेको हिजोको अथ्र्याइ र मूल्यमान्यताहरु उत्तरगणतन्त्र युगमा काम नलाग्ने खालका हुन्छन् । यसै सन्दर्भमा नेपाली इतिहासको पुनर्लेखन अहिलेको घडीको माग हो ।

नेपाली मानदण्डको रुपमा स्थापित गर्न खोजिएको तीतो यथार्थ नेपालमा वीरविरंगनाको गाथा नेपालको सानो

आफ्नो मत व्यक्त गर्नुहोस्
You can contact us using the following form.
The fields marked by (*) are necessary.
*
*
अन्य समाचार...

How to listen HK Nepali Radio ?

For iPhone User

Open the iPhone and go to the App Store. Download HK Nepali Radio apps or  Nepali FM applications, Browse the HK Nepali Radio and Enjoy live streaming radio on your iPhone eiter through the speaker or by connecting earphones. HK Nepali Radio for iOS

For Android  Users

We have good news for you. Our android application is available in Google Play Store. To download our application, we would like to request you to click here. HKNEPALIRADIO Android apps

Subscribe Our Channel
Latest Comments